काठमाडौँ । काठमाडौं महानगरले पेरिसमा जारी पारालिम्पिक काश्य पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
बुधबार महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगद पाँच लाख पुरस्कारसहित सम्मान गरेका हुन् ।
त्यस्तै प्रशिक्षक कविराज नेगीलाई पनि महानगरले नगदसहित सम्मान गरेको छ । महानगरले नेगीलाई ३ लाख नगदसहित सम्मान गरेको हो ।
फ्रान्सको राजधानी पेरिसमा जारी १७ औँ पारा ओलम्पिककी कांस्य पदक विजेता पलेशा गोवर्धन बुधबार विहान स्वदेश फर्किएकी हुन्। उनलाई राष्ट्रिय कहल्कुद परिषदले सम्मान स्वरूप विमानस्थल देखि दशरथ रंगशालासम्म नगर परिक्रमा गराएको थियो ।न्युज कारखाना
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि बर्षाले रद्ध भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको थियो ।
यसअघि मंगलबार पहिलो खेल पनि बर्षाले रद्ध भएको थियो ।
नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले अब तेस्रो अभ्यास खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ । न्युज कारखाना
सिरहा १९ भदौ । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ।
मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले हत्या गरेको परिवारजनले जनाएका छ्न।
घटनाको जानकारी पाएपछि मलेशिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको असामयिक निधनले गाउँ र परिवारमा ठूलो क्षति पुर्याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।
यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ।न्युज कारखाना
काठमाडौं । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ । बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो ।
यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज पछि हुने भएको छ । लिग -२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागी हुदै छन् ।
खेलतालिका अनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी- २० सिरिज हुने छ ।
टी- २० सिरिज पछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको बार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजका बारेमा क्यानले अहिले स्पष्ट गरेको छैन ।
हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग- २ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।न्युज कारखाना
काठमाडौँ । बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २-० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा पुगेको छ ।
विश्व टेस्ट च्याम्पियनसिपमा हाल पहिलो नम्बरमा भारत, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा न्यूजिल्याण्ड रहेको छ ।
शिर्ष स्थानमा रहेको भारत ६८.५२ प्रतिशत अंकसहित शिर्ष स्थानमा छ अस्ट्रेलियाको ६२.५ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै न्यूजील्याण्ड ५० प्रतिशतसहित तेस्रो र बंगलादेश ४५. ८३ प्रतिशतसहित चौथो स्थानमा रहेको छ ।
बंगलादेशले पाकिस्तानलाई २ खेलको सिरिजमा २-० ले पराजित गरेको थियो । पहिलो टेस्ट १० विकेटले जितेको बंगलादेशले दोस्रो टेस्ट ६ विकेटले जितेको थियो । यस सूचीमा पाकिस्तान १९.०५ प्रतिशतसहित आठौँ स्थानमा रहेको छ । टेस्ट क्रिकेटको इतिहासमा पाकिस्तान पहिलो पटक बंगलादेशसँग हारेको छ ।न्युज कारखाना
काठमाडौं । हरेक वर्ष दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ । दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ ।
खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले पुराना सुकिला नोट सटही गरिदिने तर नयाँ नोट नदिने जानकारी दिए ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्न यस्तो निर्णय गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
दसैँमा साना तथा ठुला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैङ्कमार्फत सटही व्यवस्था मिलाइने सहायक प्रवक्ता पोखरेलले बताए ।
दसैँतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैङ्कले यस पटक सोही नोट सटहीको सुविधा दिने छ । यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सयकै हाराहारीमा नोट सटही गरिने राष्ट्र बैङ्कले जनाएको छ ।
राष्ट्र बैङ्कका अनुसार पाँच वर्षको औसत हेर्दा नयाँ नोट छपाइका लागि नै एक अर्ब ३० करोड रुपियाँ बर्सेनी खर्च हुँदै आएको छ ।न्युज कारखाना
काठमाडौँ । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ ।
रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ । यो मिसाइलमा ७०० केजी विस्फोटक हुन सक्छ । गए राति युक्रेनी सेनाले क्राइमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो ।
पोल्टावा रुसी सिमानाबाट १४० किलोमिटर टाढा छ । यहाँ रुसले गरेको हमलामा ५० भन्दा बढीको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।
यही कारणले गर्दा युक्रेनको रक्षा मन्त्रालयले पोल्टावाका लागि यो डरलाग्दो दिन भएको बताएको छ । हवाई आक्रमणको साइरन र मिसाइल आक्रमणको बीचमा यति थोरै समय रहेकोले मन्त्रालयले बम सेल्टरमा जाने क्रममा मानिसहरु घाइते भएको बताएको छ ।न्युज कारखाना
काठमाडौँ । एट्लान्टिक महासागरमा डुबेको टाइटानिक जहाजको रेलिङ भाँचिएको छ । टाइटानिक हेर्न एउटा मिसनले यो जहाजको रेलिङ भाँचिएको पत्ता लगाएको हो ।
जहाजको रेलिङको १५ फिट भाग फुटेर समुन्द्री तलामा खसेको बताइएको छ । जहाजको स्वामित्वमा रहेको कम्पनी आरएमएस टाइटानिक इन्कले पोर्ट साइड रेलिङमा ४ दशमलव ६ मिटर अर्थात करिब १५ फिटको खाडल रहेको जनाएको छ । जहाजमा रहेको सामान फिर्ता गर्ने अधिकार आरएमएस टाइटानिकसँग मात्र छ ।
जहाज र यसको वरपरको क्षेत्रको थ्रीडी स्क्यानिङपछि यो भाग समुन्द्रको तलामा खसेको पत्ता लाग्यो । यो जानकारी जुलाई २९ मा टाइटानिक तर्फ मिसनपछि प्राप्त भएको थियो ।
टाइटानिक जहाज सन् १९१२ मा आइसबर्गसँग ठोक्किएको थियो । जसका कारण जहाज पानीले भरिन थाल्यो र बिस्तारै समुद्रको गहिराइमा डुब्यो । यस दुर्घटनामा लगभग १५ सय जनाको मृत्यु भएको थियो । पानीमा डुबेका कारण अवस्था निरन्तर बिग्रँदै गएको छ ।
जहाजको स्वामित्वमा रहेको कम्पनीले टाइटानिकको बिग्रँदै गएको अवस्था रोक्न नसकिने बताएको छ । यस्तो अवस्थामा, सकेसम्म धेरै चीजहरू दस्तावेज गर्ने प्रयास गरिरहेको कम्पनिले जनाएको छ । यसबाहेक कम्पनीले जहाजमा रहेको रोमन देवीको मूर्ति पनि फेला पारेको छ । यो मूर्तिको उचाइ २ फिट छ, जुन विगत केही दशकदेखि हराइरहेको थियो ।
फिल्म टाइटानिक १९ डिसेम्बर १९९७ मा रिलिज भएको थियो । ११ ओस्कार अवार्ड जितेको यो फिल्म त्यतिबेला विश्वकै सबैभन्दा महँगो फिल्म बनेको थियो । फिल्मले आरएमएस टाइटानिकको पहिलो र अन्तिम यात्रा सन् १९१२ मा साउथह्याम्प्टनबाट गरेको कथा बताउँछ ।
फिल्मका मुख्य पात्र ज्याक र रोजको बीचमा जहाजको धनुषमा रहेको प्रसिद्ध ‘किंग अफ द वर्ल्ड’ दृश्य खिचिएको थियो । यस दृश्यमा, ज्याकले गुलाबलाई जहाजको अगाडि समातिरहेका थिए । फिल्मका लेखक र निर्देशक जेम्स क्यामरुन थिए, जो अवतार, द टर्मिनेटर जस्ता उत्कृष्ट फिल्महरू बनाउनका लागि परिचित थिए ।
अप्रिल १०, १९१२ मा, आफ्नो समयको सबैभन्दा ठूलो जहाज टाइटानिक आफ्नो पहिलो र अन्तिम यात्रामा निस्किएको थियो । यसको निर्माण कार्य १९०९ मा सुरु भयो र यो १९१२ मा सम्पन्न भयो । आफ्नो यात्रा सुरु गरेको चौथो दिन अप्रिल १४-१५ को रातमा टाइटानिक एट्लान्टिक महासागरमा रहेको हिउँको पहाडसँग ठोक्कियो ।
त्यसपछि यो दुई टुक्रामा विभाजित भएर समुन्द्रमा डुब्यो । टाइटानिक जहाज डुब्दा १५०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । तर, जहाजमा सवार ७०० जनालाई भने बचाइयो ।
टाइटानिक दुर्घटनालाई लिएर विभिन्न दाबी गरिन्छ । दाबीका अनुसार, जहाजका क्याप्टेन स्मिथले समुद्रमा आइसबर्गको उपस्थितिको बारेमा चेतावनीलाई बेवास्ता गरेको र जहाजको गति घटाएको पनि बताइन्छ ।न्युज कारखाना
काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहका समर्थकले फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘अनफलो’ गर्ने अभियान चलाएका छन् ।
मंगलबार अपराह्न मेयर बालेनले आफ्नो स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो । कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए । त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन् ।
मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार फलोअर्स रहेकोमा बुधबार बिहान ६ लाख २ हजार मात्र रहेका छन् ।
बालेनले भदौ १६ गते एमालेकी प्रदेश सांसद रेखा शर्माले नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।
सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै बालेनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए । सो पोष्ट हटेपछि शुरु भएको विवादले अब एक अर्काका पेज अनफलो गर्ने अभियानसम्म पुगेको छ ।
न्युज कारखाना
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा आज दोस्रो अभ्यास खेल खेल्ने तालिका रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको हो ।
यसअघि मंगलबार पहिलो खेल भने बर्षाले रद्ध भएको थियो । नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग – २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा रहेको नेपाली राष्ट्रिय टिमले तेस्रो अभ्यास खेल सेप्टेम्बर ६ मा हुने तालिका रहेको छ ।
श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।
यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ । न्युज कारखाना