काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।
परीक्षा नियन्त्रक कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ ।
नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् । जीत्यस्तै पीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।
लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।
यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । २०८० मा सञ्चालित एसईईको नियमित परीक्षामा पनि ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएपछि सरकारले सबै अनुतिर्ण विद्यार्थीलाई पुरक परीक्षा दिने अवसर दिएको थियो ।न्युज कारखाना
झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् ।
प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।न्युज कारखाना
रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसंगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार एक सूचना जारी गर्दै राजापुर नगरपालिका ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरेको हो।
उक्त क्षेत्रमा स्वास्थ कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, अत्यावश्यक काम बाहेक कुनै ब्यक्ती हिँडडुल गर्न नपाउने सिडियो हिरालाल रेग्मीद्वारा ह्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यक बाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न नपाउने, स्थानिय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने गराउने सूचनामा उल्लेख गरिएको छ।
राजपुर नगरपालिकाको पत्रअनुसार वडा ४ मा गत २ गते १ जनामा झाडा पखाला देखिएको त्यसपछी क्रमसः बढ्दै गएको तथा आर डिटी र कल्चरको रिपोर्ट पोजिटिभ आउँदा रोकथाम नियन्त्रण तथा अन्य समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रमा मानिसको आवतजावत लगायत गतिबिधि तत्काल रोक्न सहयोगको लागि अनुरोध गरिएको थियो । नगरपालिकाको आग्रह संगै सुरक्षा निकायका प्रमुख सहित डाक्टरको टोलीले हैजा प्रभावित क्षेत्रमा अनुगमन निरीक्षण गरेपछि दुई वडा निषेधित क्षेत्र घषणा गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।
सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्र राजापुर ३ र ४ को स्थलगत अनुगमन गरेको थियो।
त्यस अघि प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा सनिवार आवश्यक औषधि सहित पुगेको थियो।
राजापुरको दुई वडामा झाडा पखालाको बिरामीको संख्या बढ्दै गएकाले प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधि हरु लिएर प्रभावित क्षेत्रमा पुगेको थियो।
राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए। सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट र जनकपुर अस्पतालमा कल्चर गर्दा हैजाको जीवाणु फेला परेको डाक्टर ठाकुरले जानकारी दिएका छन्।
२२ जना बिरामी मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको छ। त्यहाँ बिरामीको लागी बेड लगायत बिभिन्न बन्दोबस्तीका सामान सशस्त्र प्रहरीको टोलीले उपलब्ध गरिएको राजापुरको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन्।न्युज कारखाना
न्युयोर्क । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको हो ।
भेटमा दुई देशबीच दुई पक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओेली र मोदीबीच आज भेटवार्ता भएको हो ।
उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।न्युज कारखाना
काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो ।
यस सिरिजमा नेपालको ब्याटिंग लगातार फ्लप हुदै आएको छ । नेपालले आफ्ना शिर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।
यो जित पछि क्यानडा लिग-२ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।
न्युज कारखाना
बारा । बाराको कोल्हवी नगरपालिका अन्तर्गत राष्ट्रिय जंगल छेउमा वस्यक जंगली हात्ती मृत फेला परेको छ ।
स्थानीय कोल्हबी नगरपालिका २ भलुवाही खोर जङ्गल छेउमा जंगली हात्ती मृत फेला परेको हो । अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिवीजन बन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।
घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख इन्स्पेक्टर किशन बस्नेतले घटनाको पुष्टि गरेका छन । इन्सपेक्टर बस्नेतका अनुसार हात्तीको सुढमा सामान्य खतसंगै केही रगतको टाटा देखिएको छ । घटना बारे बिस्तृत विवरण आउन बाकी रहेको ईलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।न्युज कारखाना
न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिबार दिउँसो क्यानडा हुँदै अमेरिकाको न्यूयोर्क पुगेकी परराष्ट्रमन्त्री डा. राणालाई नेपाली जनसम्पर्क समितिको संयोजनमा स्वागत गरिएको हो।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टको नेतृत्वमा गएको समितिका पदाधिकारी, केन्द्रीय सदस्य र पार्टीका विभिन्न तहका कार्यकर्ताले न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत गरेका थिए। नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी मन्त्री राणाको स्वागतका लागि हाल अमेरिकामै रहेका कांग्रेस केन्द्रीय सदस्य डाक्टर रणबहादुर रावल पनि विमानस्थल पुगेका थिए।
यसैगरी मन्त्री राणाको स्वागतका लागि संयक्त राष्ट्र संघको नेपाल मिसनका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेल, न्यूयोर्कस्थित वाणिज्यदूत चक्रबहादुर सुवेदी, अमेरिकाका विभिन्न राज्यका नेपाली अवैतनिक वाणिज्य दूत, विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधि पनि विमानस्थल पुगेका थिए।
जनसम्पर्क समितिका सभापति बिष्टले परराष्ट्रमन्त्री राणालाई सामूहिक रुपमा अमेरिकामा रहेका राजनीतिक दलका प्रवासी संगठन, सामाजिक संघ संस्था, नेपाली दूतावास र न्यूयोर्कस्थित युएनको स्थायी नियोगका तर्फबाट स्वागत गरिएको बताए।
उनले अमेरिकामा नेपालीहरुले भोग्दै आएका समस्या समाधानका लागि कुटनीतिक पहल गरिदिन नेपालीका तर्फबाट परराष्ट्र मन्त्री राणासँग आग्रह गरिएको जानकारी दिए।
यसैबीच नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका विष्टले भोली आइतबार साँझ न्यूयोर्कमा प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डाक्टर राणाको स्वागत तथा सम्मानमा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, नेपाली जनसम्पर्क समिति, अमेरिका, प्रवासी नेपाली मन्च, आदिवासी जनजाति महासंघ, मधेशी एसोसिएशन, एनआरएन न्यूयोर्क च्याप्टरलगायतका संघ संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुने विष्टले बताए।न्युज कारखाना
काठमाडौँ । नेपालले आइसीसी विश्वकप लिग- २ अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ ।
यस सिरिजमा लगातार दुई खेलमा हार बेहोरेर नेपाल दबाबमा रहेको छ । नेपालले पहिलो खेलमा क्यानडासँग १०३ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले हार बेहोरेको थियो ।
लिग- २ मा नेपालले अहिलेसम्म ५ खेलमा हार बेहोरेको छ र अंक तालिकामा सातौं स्थानमा छ । लगातारको हारपछि नेपाल जित्नै पर्ने दबाबमा आज क्यानडासँग खेल्दै छ ।
नेपाल र क्यानडाले अहिलेसम्म ४ एकदिवसीय खेल खेलेका छन् । जसमा नेपालले ३ जित हासिल गरेको छ भने एक खेल क्यानडाले जितेको छ । त्यस्तै लिग-२ मा क्यानडाले भने अहिलेसम्म १० खेलमा ६ जित हासिल गरेको छ भने १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् । त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा रहेका छन् ।न्युज कारखाना
काठमाडौँ । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । न्युज कारखाना