बज्जिकाञ्चल संवाददाता,राैतहट,चैत्र २१ गते
राैतहट। पर्यटन विकास कार्यालय गाैरका प्रमुख संजय मिश्रले पत्रकारको सहयोग विना पर्यटन विकासको काम सफल नहुने बताएका छन । प्रमुख मिश्रले बिहिबार आफनो कार्यकक्षमा पत्रकारहरुसंग कुराकानी गर्दै पत्रकारलाई आफु विहान छ बजे देखि बेलुकी ०८ बजे सम्म कुरा गर्ने गरेको बताए । आफु कार्यालयमा नबस्ने ,झोलाबाट कार्यालय सञ्चालन गरेको कुरा आधार हिन रहेको उनले दाबी गर्दै सर्लाही र राैतहट जिल्लाम कार्यक्षेत्र हुदां सधैं कार्यालय बस्न सम्भव नरहेको प्रमुख मिश्रले बताएका छन । चालु आर्थिक बर्षमा यस कार्यालयबाट १ सय ५७ वटा योजना संचालन हुने बताउदै ३१ बटा योजनाको काम टेण्डर प्रकृयाबाट आगाडी बढि सकेको ,७ बटा योजनामा केही त्रुटी देखिएकाले सम्बन्धित निकायमा आवश्यक निर्देशनका लागि लेखि पठाएको र बाकी एक सय विस बटा योजनाको काम उपभोक्ता समिति मार्फत सम्पन्न गरिने प्रमुख मिश्रले बताउदै २० लाख रुपैया देखि माथि तथा ५० लाख रुपैयाँ मुनिका योजना उपभोकता समिति मार्फत भई रहेको उनले बताए ।
दैनिक ५/७ बटा उपभोक्ता समिति दर्ता भएको र कतिपयले कार्य आदेश समेत पाई सकेको बताउदै प्रमुख मिश्रले १६ बटा बिभिन्न योजनाको चिठ्ठी दिन बाकी रहेको बताए ।योजना बिक्री तथा बिचाैलिया मार्फत कमिसन उठाउने जस्ता आरोप निराधार रहेको हुदै नहुने आरोप लगाएर कसैलेबदनाम गराउन लागेको भन्दै सावित गरेर देखाउन उनले चुनाैति समेत दिएका छन ।
पत्रकारले सोधेको एक प्रश्नको जवाफ दिदै प्रमुख मिश्रले पत्रकारको सहयोग बिना राैतहट र सर्लाहीमा पर्यटन विकासको काम सम्भव नरहेको बताउदैउनले पत्रकारहरुलाई विकास निर्माणको काम समयमा स्तरिय होस भनि सहयोग पुग्ने हिसाबले सकारात्मक सहयोग गर्न आग्रह समेत गरेका छन ।
मुन्ना मिश्रा,२१ गते चैत ।
बर्दिया । महिला लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेको आयोजनामा शाखा कार्यालय बाँसगढी बर्दिया मा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।
साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी कर्जा र बचत सम्बन्धि व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा ७७ जना केन्द्र प्रमुख,उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको थियो । सो कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख, उत्कृष्ट केन्द्रहरु लगायत ७ विधामा सहभागीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको उदघाटन गर्दै संस्थाका लुम्बिनी प्रदेश प्रमुख तिलक दत्त पन्तले समग्र महिला लघुवित्तको हालको अवस्था बारे जानकारी र संस्थाले महिलालाई स्वरोजगार, उद्यमशिलतामा आत्मनिर्भर बन्न सहयोग पुर्याएको र वित्तीय संस्थाबाट कर्जा प्रयोग गर्दा हुने फाइदाबारे भिडियो सामाग्री देखाउदै प्रष्ट पार्नुभएको थियो ।
साथै सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंहले कर्जाको सदुपयोग कसरी गर्ने ,सफल ब्यबसायी कसरी बन्ने ,र बचत गर्दा हुने फाईदा र धेरै संस्थाबाट कर्जा कारोबार गर्दा ग्राहक सदस्यलाई पर्ने नकारात्मक असर बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमको संचालन प्रेम भण्डारीले गर्नुभएको थियो । उक्त कार्यक्रमको सभापति केन्द्र नम्बर १० कि गीता उपाध्याय रहनुभएको थियो, भने सो कार्यक्रमको मुल्यांकनकर्ता केन्द्र नम्बर १०४ कि हेमा थापा रहनु भएको थियो ।
उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय बाँसगढीबाट प्रहरी सहायक निरीक्षक माधव प्रसाद खतिवडा, यस संस्थाका लुम्बिनी प्रदेश प्रमुख तिलक दत्त पन्त, सुनिका कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंह, शाखा कार्यालय नेपालगन्जका प्रमुख सगुने बुढा, शाखा कार्यालय गुलरियाका प्रमुख आयुष न्यौपाने, शाखा कार्यालय बाँसगढीका कर्मचारी ओम प्रकाश यादव अहिर, प्रेम भण्डारी,निशा चौधरी र अन्जना चौधरी को उपस्थिति रहेको र उक्त कार्यक्रममा १० जना लाइ प्रमाण पत्र तथा ८ जना लाइ मायाको चिनो प्रदान गिरएको शाखा कार्यालय बाँसगढीका प्रमुख लोकेन्द्र बहादुर बुढा ले जानकारि दिनुभयो।
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
मधेस प्रदेशमा आज चैती छठ पर्व मनाइँदैछ । चैत नवरात्री पनि चलिरहेको छ । यसै अवसरमा लाेकतान्त्रिक समाजवादी पार्टीले शुभकामना व्यक्त गरेको छ ।
आज लाेसपाका महासचिव मनिष मिश्रले एक शुभकामना संदेश जारी गर्दै लाेक आस्थाको महापर्व चैती छठ तथा चैत नवरात्री पर्वकाे सुखद उपलक्ष्यमा देशभित्र तथा देश बाहिर रहनु भएका सम्पूर्ण नेपालीहरूमा लाेसपा नेपाल हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।

चैती छठ पर्वकाे आज मुख्यदिन अस्तउँदाे सूर्यलाई अर्घ दिई मनाइदैछ । व्रतालुले आज षष्ठी तिथिका दिन निराहार व्रत शुरू गरेका छन् । पञ्चमीका दिन बुधबार राति खरना विधि गरेर सख्खरको खीर प्रसादस्वरुप खाएपछि निराहार व्रत शुरू भएको छ ।
आज साँझ नै व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।
छठ पर्व कार्तिक षष्ठी तिथिमा मनाउने भव्य रूपमा मनाउने गरिन्छ ।
गौर, चैत २१ गते २०८१।
श्रद्धा, भक्ति एवं धार्मिक सहिष्णुताको रूपमा रहेको चैती छठ पर्व रौतहट जिल्लामा अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको छ । विगत भन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको सङ्ख्या वृद्धिसँगै कात्तिक महिनामा मनाइने छठ पर्व जस्तै चैती छठ पनि अत्यन्त उत्साह र महत्त्वका साथ मनाउन लागिएको हो ।
शुद्धता र आपसी सदभावको रूपमा चैती छठ पर्व मनाउनका लागि ब्रतालु तैयारीमा जुटेका छन् । छठ पर्वका पहिलो दिन मङ्गलबार ब्रतालुहरू नुहाइधुवाइ चोखो खाना खाई आज दोस्रो दिन अर्थात् बुधबार बेलुका सख्खर हालेको खिर, पुरी, केरा लगायतका प्रसाद चढाएर पूजा गरी त्यही प्रसाद खाएर उपवास बस्ने र बिहीबार अस्ताउँदो सुर्यलाइ र शुक्रबार उदाउँदो सूर्यलाइ अर्घ दिएपछि चैती छठ पर्व सम्पन्न हुने ब्रतालु मिथलेश देवीले बताउनुभयो ।
छठ पर्वको प्रसादका रूपमा केरा, सुन्तला, नरिवल, अदुवा, गहुँको पिठोले बनाइएको ठेकुवा, उखु लगायतका प्रसाद बासले बनेको छिटा, दौरा, सुप तथा माटोले बनेको हात्ती, ढकना, दियो र कलस लगायत पूजा सामग्रीको प्रयोग गरिन्छ जसलाई शुद्धताको प्रतिकको रूपमा लिने गरिएको ब्रतालु मिथलेश देवीले बताउनुभयो ।
छठ पर्व वर्षमा दुई पटक कात्तिक र चैत महिनामा छठ पर्व मनाउँदै आइरहेको तथा छठ पर्व गर्नाले घरमा सुख शान्ति तथा चर्मरोग निको हुने धार्मिक विश्वास रहेको पण्डित जिवनेश्वर झाले बताउनुभयो ।
छठ पर्वमा सूर्यदेवको पूजा आराधना गर्नाले आपसी सद्भाव र प्रेमका रूपमा पनि लिने गरेको तथा पहिलेभन्दा अहिले चैती छठ पर्व गर्ने ब्रतालुको सङ्ख्यामा वृद्धि हुँदै गएको पण्डित झाले जानकारी दिनुभयो । गोरखापत्र
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
राैतहट । जनता समाजवादी पार्टी नेपाल राैतहटकाे जिल्ला अधिवेशन हुँदैछ । यसकाे लागि तिव्र रूपमा तयारी भइरहेको छ । आगामी चैत २६ र २७ गते जिल्लाकाे मध्य भाग गरूडा जिल्ला अधिवेशन हुन लागेकाे हाे ।
जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले जानकारी गराएका हुन् ।
पार्टीको निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको उनले जनाएका हुन् । जसपा नेपाल राैतहटकाे अधिकांश वडा र पालिकाकाे अधिवेशन पूरा भएकाले चैत २६ गते उद्घाटन र चैत २७ गते नेतृत्व चयन गरिने अध्यक्ष यादवकाे भनाइ छ ।

अधिवेशनका लागि सबै वडा र पालिकाबाट प्रतिनीधि छान्ने काम भइसकेको र नामावली पनि आइसकेको उनले बताएका छन् । जसपा राैतहटमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन आएकाे छ । त्यही अनुसार हामी गर्छाैं ।
यदि सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने निर्देशन भएको छ । जिल्लाकाे पालिकाहरूबाट करिब ३ सय ५० भन्दा बढी प्रतिनिधि सहभागीता रहने उनले बताएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२१ गते चैत ।
मधेस प्रदेशमा आज चैती छठ पर्व मनाइँदैछ । चैत नवरात्री पनि चलिरहेको छ । यसै अवसरमा जनता समाजवादी पार्टीले शुभकामना व्यक्त गरेको छ ।
आज जसपा नेपाल मधेस प्रदेशका अध्यक्ष बालकिशाेर प्रसाद यादवले एक शुभकामना संदेश जारी गर्दै लाेक आस्थाको महापर्व चैती छठ तथा चैत नवरात्री पर्वकाे सुखद उपलक्ष्यमा सम्पूर्ण मधेस तथा देशवासीहरूमा सुस्वास्थ्य,दिर्घायु एवम् उतराेतर प्रगतिकाे लागि शुभकामना व्यक्त गरिएकाे छ ।
चैती छठ पर्वकाे आज मुख्यदिन अस्तउँदाे सूर्यलाई अर्घ दिई मनाइदैछ । व्रतालुले आज षष्ठी तिथिका दिन निराहार व्रत शुरू गरेका छन् । पञ्चमीका दिन बुधबार राति खरना विधि गरेर सख्खरको खीर प्रसादस्वरुप खाएपछि निराहार व्रत शुरू भएको छ ।
आज साँझ नै व्रतालुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डालीहरू हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।
छठ पर्व कार्तिक षष्ठी तिथिमा मनाउने भव्य रूपमा मनाउने गरिन्छ ।
चन्दन यादव, रौतहट २१ गते चैत ।
रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु प्रहरीले बरामद गरेको हो । २०८१ चैत १९ गते करीब ७ बजेको समयमा कार्यालय तथा मातहत समेतबाट संयुक्त रुपमा खटिएको प्रहरी चेकिङ्ग टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नम्बर ४ बसपार्क स्थितमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको गरेको अवस्थामा बरामद भएको प्रहरीले जनाए ।
अन्दाजी मुल्य रु. ९९ हजार ९ सय ६० ०रुपैया बराबरको बिभिन्न किसिमको किराना सर सामानहरु फेला परेको प्रहरीले जानकारी गराएका हुन् । उक्त सर सामानहरु अन्दाजी मूल्य रु. ७ लाख रुपैया बरावरको प्र २ ०३ ००१ ज १३१ नम्बरको पिकअप गाडी १ थानगरि जम्मा अन्दाजी मुल्य रु.७ लाख ९९ हजार ९ सय ६० रुपैया बराबरको रहेको प्रहरीले जनाएका हुन् ।
बिभिन्न किराना सर सामानहरु, पिकअप गाडी १ थान र चालक जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नंम्बर ५ मा बस्ने अन्दाजी २२ वर्षको निरज कुमार साह समेत लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायवउपरीक्षक दिपक कुमार रायले जानकारी गराएका हुन् ।
राजेन्द्र महतो सिरहा ।
जनता समाजवादी पार्टी नेपाल सखुवान्नकारकट्टी गाउँपालिकाको प्रथम अधिवेशन बाट नागेन्द्र कुमार यादव सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छ्न।
बुधबार सखुवानन्कारकट्टी गाउँपालिकामा सते लाल यादवको अध्यक्षतामा आयोजित गाउँअधिवनेशनलेअध्यक्षमा नागेन्द्र कुमार यादव, उपाध्यक्षमा यदुनन्दन यादव, प्रमोद कुमार यादव,सचिव राम कुमार मण्डल,उपसचिवद्धवय अजय कुमार दास, राम नारायण यादव र कोषाध्यक्ष सिला देवी राम सहित ३७ सदस्यी नयाँ कार्यसमिति चयन भएको मतदान अधिकृत भोगेन्द्र प्रसाद यादवले जानकारी दिए।
कार्यक्रममाजसपा नेपालका केन्द्रीय कार्यकारणी समिति सदस्य तथा मधेश प्रदेश सभा सदस्य राजु गुप्ता, जसपा नेपालका युवा नेता दिपेश कुमार यादव लगायत स्थानीय जसपा नेपालका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। नव निर्वाचित यादव यस अघि जसपा नेपालको गाउँ कमिटी उपाध्यक्ष तथा समाजवादी युवा संघको मधेश प्रदेश कमिटी सदस्य रहेका थिए ।
आरके श्रीवास्तव,राैतहट,२० गते चैत ।
राैतहटकाे गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालकाे नगर अधिवेशन सम्पन्न भएको छ । बुधबार साे नगरपालिकाकाे वडा नम्बर १ मनहर्वा परसवामा प्रथम नगर अधिवेशन आयाेजन गरिएको थियो ।

जसकाे प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय उपाध्यक्ष गाेबिन्द चाैधरी रहनु भएको थियोे । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चाैधरीले जसपा नेपाल समाजवादमा विश्वास गर्ने पार्टी रहेकोले समानताको हकका सधैं हामी संघर्ष गर्दै आएको बताउनु भयाे ।

संघियताकाे मूल मुद्दा उठाएको जसपा नेपालले महिलाकाे अधिकार पनि दिलाउन सफल भएको दाबी गरेका छन् ।

त्यस्तै प्रदेश सांसद शेख अबुल कलाम आजाद उर्फ फुलबाबुले अहिले जुन राजतन्त्रवादीकाे हल्ला चलेको छ । यसकाे सम्पूर्ण जिम्मेवारी नेपाली काँग्रेस र नेकपा एमाले रहेकाे उनकाे आराेप रहेको थियोे । अहिलेसम्मकाे भ्रष्ट सरकार मैले आज सम्म पनि सुनेकाे थिएन् । जनताकाे कुरा नसुन्नुकाे नतिजा अहिलेकाे वर्तमान सृजना भएको छ । यसप्रति गम्भीर भएर साेच्नुपर्ने अहिलेकाे आवश्यकता रहेको उनकाे ठहर थियो ।

त्यसैगरी विशिष्ट अतिथि जसपा नेपालका केन्द्रीय सदस्य एवम् गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चाैधरीले जसपा नेपालकै देन हाेकि हामीले आज संघियता पाएका छाैं । अधिकार पनि पाएका छाैं ।
कार्यक्रममा जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले पार्टीको ६ महिने संगठन विस्तार कार्यक्रम अन्तर्गत अहिले धमाधममा नगर अधिवेशनकाे काम भइरहेको बताए । आगामी चैत २६ र २७ गते गरूडामा हुने जिल्ला अधिवेशनकाे तयारी पनि तिव्र रूपमा भइरहेको जानकारी समेत गराउनु भएकाे हाे ।

गुजरा नगरपालिकामा भएको जसपा नेपालकाे नगर अधिवेशनकाे उदघाटन सत्र सम्पन्न भएपनि बन्द सत्र स्थगित गरिएको जसपा मधेश प्रदेशका सचिव पुनित रामले जानकारी गराएका हुन् । २२ गतेको भित्रमा नगर कमिटी गठन गरिने उनले बताएका हुन् । साे नगर अधिवेशनमा जसपा नेपाल नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको थियो ।
प्रेमचन्द्र झा,राैतहट,चैत्र २० गते
राैतहट । नेकपा एमालेका केन्द्रीय सदस्य तथा राैतहट जिल्ला ईन्चार्य अजय कुमार गुप्ताले आर्थिक, सामाजिक तथा शैक्षिक रुपले पछाडी परेका उत्पिडित समाजका जातजातिको विकास नभए सम्म नेपालको विकास सम्भव नरहेको बताएका छन ।
एमाले पार्टी कार्यालय गरुडामा उत्पिडित जातिय मुक्ति समाजको नवाै जिल्ला सम्मेलनको उदघाटन समारोहलाई बुधबार सम्बोधन गर्दै केन्द्रीय सदस्य गुप्ताले समाजका कथित सामन्त वर्गको भेदभाव र चरम शाेषणका शिकार भएका समुदायको उत्थानका लागि एमाले संगठित रुपमा लागि परेको बताए ।
गरिब दलितको सामाजिक शैक्षिक उत्थान र पहिचान तथा आर्थिक रुपान्तरण गर्ने एमालेकाे चाहना रहेको केन्द्रीय सदस्य गुप्ताले बताउदै दलित समुदायलाई राजनैतिक रुपमा चेतना जगाएर पहिचान दिलाउन नेपाल उत्पिडित जातिय मुक्ति समाज गठन गरेको बताए ।
एमाले दलितका लागि निरन्तर काम गरि रहेको बताउदै केन्द्रीय सदस्य गुप्ताले एमाले गरिब, निमुखा र पछाडि परेका समुदाय कै पार्टी रहेको दाबी समेत गरेका छन ।
समाजले निरन्तर रुपमा आफ्ना उदेश्य पुर्तिका निमित काम गरिरहेको उनले विश्वास व्यक्त गरेका छन ।
नेपाल उत्पिडित मुक्ति समाजका राैतहट जिल्ला अध्यक्ष भैरो महराको अध्यक्षतामा भएको साे समारोहमा एमालेका केन्द्रीय सदस्य उद्वव रेग्मी , जिल्ला अध्यक्ष सचितानन्द साह, सचिव बाबुराम दहाल सहितले बाेलेका थिए ।