काठमाडौं । रुवाण्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो ।
नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा अलआउट हुदै ६२ रन मात्र बनाएको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनाएको थियो ।
यो नेपालको जारी प्रतियोगितामा दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पहिलो खेल जितेको इटालीको पहिलो हार हो ।
नेपालले अर्को खेल अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौं । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले राजस्थानलाई ४ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १५६ रनको लक्ष्य पछाएको कोलकोताले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।
कोलकोताको जितमा रिंकु सिंहले ५३ रन बनाएका थिए भने अनुकुल रोयले २९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले २७ र रोभमन पावेल २३ रन बनाएका थिए ।
त्यस्तै यसअघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले ४६ र यशस्वी जैसवालले ३९ रन बनाएका थिए ।
यो जितपछि कोलकोताको ७ खेलमा ३ अंक भएको छ भने राजस्थानको ६ खेलमा ८ अंक रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
ठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, मधेश र कोशीको तराई भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मोौम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमाआंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई १० रनले पराजित गरेको हो ।
सनराइजर्सले दिएको १९५ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन मात्र बनाएको थियो । चेन्नईका लागि म्याथ्यु शर्टले सर्बाधिक ३४, आयुष मात्रेले ३० र सरफराज खानले २५ रन बनाएका थिए ।
त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ३ विकेट लिए भने नितिश कुमार रेड्डीले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९४ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र हेईनरीच क्लासेनले ५९-५९ रन बनाएका थिए ।
त्यस्तै चेन्नईका बलर जामि ओभरटन र अन्शुल काम्बोजले ३-३ तथा मुकेश चौधरीले २ विकेट लिएका थिए ।
यो जितपछि सनराइजर्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै चेन्नईको भने ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।
पार्टीका अनुसार बैठक आज दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् लगायतका संरचनामा मनोनयनका विषयमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजना प्रस्ताव आह्वानसम्बन्धी विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।
यससँगै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तथा संसदीय दलका लागि प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल हुने बताइएको छ । एभरेष्ट न्यूज एजेन्सी,
Raju Kumar
Raju Kumar
काठमाडौं । नेपालले रुवाण्डामा शुरु भएको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा खराब शुरुवात गरेको छ ।
शनिबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४४ रनले पराजित भएको छ । अमेरिकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनाए थियो । यसअघि पहिला ब्याटिंग गर्दै अमेरकाले २० ओभरमा ६ विकेट गुमाएर १२३ रन बनाएको थियो ।
यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।
रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।
नेपालले अर्को खेल अप्रिल १९ मा इटालीसँग अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । सरकारले स्थानीय तहको संख्या, सीमाना हेरफेर र वर्गीकरणको बारे सुझाव मागेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई पत्राचार गर्दै सुझाव माग गरेको हो ।
त्यस्तै मन्त्रालयले जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघलाई बोधार्थ दिदै सहजिकरणको लागि आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्था बमोजिम गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सिमाना हेरफेर, गाउँपालिका र नगरपालिका एक आपसमा गाभिने र नगरपालिकाको विद्यमान बर्गीकरणमा पुनराबलोकन गर्न प्ररम्भिक मस्यौदा तयार भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहले तोकिएको मापदण्डका आधारमा स्थानीय तहले प्रस्ताव पेश गर्ने, प्रदेशले सिफारिस गर्ने र मन्त्रालयले सिफारिसको अध्ययन गरेर मन्त्रिपरिषदको बैठकमा पेश गर्न बताएको छ ।
सरकारले स्थानीय तहलाई कानुनी अभिलेखको अध्ययन, स्थलगत अध्ययन र अवलोकन, उपलब्ध तथ्य तथ्यांकको विश्लेषण, स्थानीयसँगको छलफल, राजनीतिक दल र नागरिक समाजसँग अन्तरक्रिया, विज्ञसँग परामर्श गरेर निर्णय लिन आग्रह गरेको छ ।
त्यस्तै सीमान हेरफेर वडाको संख्या हेरफेर, स्थानीय तह गाभिने विषयमा अध्ययन गर्न हरेक जिल्लामा जिल्ला समन्वय समितीका प्रमुख संयोजक रहेको समिति बनाइएको छ । जसमा सम्बन्धित स्थानीय तहका उपप्रमुख, सहायक जिल्ला प्रमुख अधिकारी, नापी प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहने व्यवस्था गरिएको छ ।
सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो । एभरेष्ट न्यूज एजेन्सी,
काठमाडौँ । इरानले होर्मुज जलडमरू हुँदै हुने जहाज आवतजावतमा पुन: रोक लगाएको छ । उक्त महत्वपूर्ण समुद्री मार्गमा कडा नियन्त्रण लागू गर्दै इरानले यो निर्णय गरेको हो ।
इरानले अमेरिकाले आफ्ना बन्दरगाहमाथि लगाएको नाकाबन्दी नहटाएसम्म यो प्रतिबन्ध जारी रहने स्पष्ट पारेको छ । संयुक्त सैन्य कमानले जारी गरेको वक्तव्यमा होर्मुज जलडमरू पूर्ण रूपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको र कडाइका साथ व्यवस्थापन भइरहेको जनाइएको छ ।
यसअघि इरानले मार्ग खुला गर्न सकिने संकेत दिएको थियो । तर अमेरिकाले आफ्नो अडान नबदलेपछि इरानले निर्णय परिवर्तन गर्दै आवतजावत रोक्ने कदम चालेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सहमति नभएसम्म, जसमा परमाणु कार्यक्रमसमेत समावेश छ, नाकाबन्दी जारी रहने बताएका थिए । त्यसपछि इरानले कडा प्रतिक्रिया दिँदै समुद्री मार्गमा आवतजावत रोक्ने निर्णय गरेको हो । एभरेष्ट न्यूज एजेन्सी,