२०८३ असार २७
२०८३ असार २७

बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,११ गते वैशाख । 

महोत्तरी । लोकतान्त्रिक सामाजवादी पार्टी (लोसपा) नेपालको पिपरा गाउँपालिका कार्यसमितिले वडा अधिवेशन कार्यक्रमअन्तर्गत वडा नम्बर १ एकरहिया, खैरबा, गम्हरीया, ढेकहा गाउँको अधिवेशन सम्पन्न गरेको छ । पर्यवेक्षक विरेन्द्र रायको उपस्थितिमा सम्पन्न भएको साे अधिवेशनमा वडा अध्यक्ष किशोरी महतोको अध्यक्षता रहेको थियो।

अधिवेशनमा लोसपाका केन्द्रीय सचिवद्वय रमन कुमार ठाकुर र अजय झा प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै, केन्द्रीय सदस्यद्वय सत्या देवी महरा र रामकली देवी महतो, मधेश प्रदेश समिति सदस्य अमित कुमार पाण्डेय, जिल्ला युवा अध्यक्ष सुशील महतो, पिपरा गाउँपालिका अध्यक्ष विनित पाण्डेय, पूर्वगाउँपालिका अध्यक्ष तथा लोसपा नेता बिक्रम चौधरी, पालिका नेताद्वय रामविनोद ठाकुर र रामजानकी पासवानलगायत विभिन्न नेताहरूको सहभागिता रहेको थियो।

लोसपाको महाअधिवेशन निर्देशिका २०८१ को दफा १ र २ अनुसार किशोरी महतोको नेतृत्वमा वडा नं. १ को २१ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। साथै, निर्देशिकाको दफा २ (ङ) बमोजिम पालिका अधिवेशनका लागि वडाबाट १६ जना प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन्।

कार्यक्रममा सहभागी नेताहरूले नवगठित समितिलाई बधाई दिँदै लोसपाको सङ्गठन विस्तार र मधेश प्रदेशको विकासमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे। पालिका अध्यक्ष विनित पाण्डेयले नवनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरूलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। “यो अधिवेशनले हाम्रो पार्टीको आधारलाई थप सुदृढ बनाएको छ। नवगठित समितिले स्थानीय स्तरमा जनताको मुद्दालाई प्रभावकारी रूपमा उठाउनेछ,” उनले भने।

अधिवेशनमा वडाका सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको र सर्वसम्मतिबाट नेतृत्व चयन हुनुले पार्टीभित्र एकताको सन्देश गएको लोसपा नेताहरूको भनाइ छ। यो अधिवेशन पिपरा गाउँपालिकामा लोसपाको सङ्गठनात्मक गतिविधिलाई तीव्रता दिने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।लोसपा नेपाल पिपरा परिवारले नवगठित समितिलाई स्थानीय समस्याहरूको समाधान र पार्टीको नीति कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्न प्रेरित गरेको छ। आगामी पालिका अधिवेशनका लागि तयारी तीव्र पार्ने योजनासहित लोसपाले मधेश प्रदेशमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अघि सारेको छ।

“हामी जनताको विश्वास जितेर मधेशको समृद्धिका लागि अघि बढ्नेछौँ। यो अधिवेशन त्यसैको आधार हो,” पालिका अध्यक्ष पाण्डेयले भने। लोसपाले आगामी दिनमा अन्य वडाहरूमा पनि यस्तै अधिवेशनहरू आयोजना गरी सङ्गठनलाई थप मजबुत बनाउने योजना बनाएको पालिका कार्य समितिका अध्यक्ष विनित पाण्डेयले बताएका छन् । सभार रिपब्लिक नेपाल

आरके श्रीवास्तव,राैतहट,११ गते वैशाख । 

लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले काेशी प्रदेश तदर्थ समिति बनाउन पदाधिकारी ताेकेकाे छ । पार्टी विभिन्न पदमा रहनु भएका नेताहरू लाई साे जिम्मेवारी ताेकिएकाे हाे ।

 

लाेसपा नेपालका अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित पत्र माफर्त पदाधिकारीहरूकाे नाम सार्वजनिक गरिएको हाे । पत्रमा उल्लेख भए अनुसार जिम्मेवारी पाउनेहरूमा उपाध्यक्ष द्वय जयप्रकाश ठाकुर,प्रा.अमरकान्त झा,सचिव महम्द कादिर रहेका छन् ।

त्यस्तै झापा जिल्ला अध्यक्ष एवम् लाेसपा नेपालका केन्द्रीय सदस्य अनुत सिंह राजवंशी,सुनसरी जिल्ला अध्यक्ष मनिष राैनियार र लाेकतान्त्रिक स्वास्थ्य व्यवसायी संघकाे काेषाध्यक्ष सुनसरी निवासी अर्जुन चाैलागाई रहेका छन् ।

 

वहाँहरूलाई काेशी प्रदेशमा रहेका पार्टीको सम्पूर्ण समितिहरू,पार्टीमा आबद्ध वर्तमान तथा पूर्व पार्टीका नेता/कार्यकर्ताहरू,आम नागरिक,बुद्धिजीवी,उद्यमी/व्यापारीहरू लगायत सबैसँग वृहत् भेटघाट तथा सम्पर्क स्थापित गरि १ महिना भित्र पार्टीको प्रदेश तदर्थ समिति गठन गरि पार्टीलाई जानकारी गराउन निर्देशन दिइएको लाेसपा नेपालका महासचिव मनिष मिश्रले जानकारी गराउनु भएको हाे ।

आरके श्रीवास्तव,राैतहट,१० गते वैशाख । 

लाेकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीको गतिविधि बढाउन ६ जनालाई आफ्नो  प्रभारी ताेकेकाे छ । लाेसपा नेपालकाे भातृ/सुवेक्षुक संगठनहरूकाे गतिविधिहरूलाई पार्टीको तर्फबाट समन्वय गर्न पार्टीको  विभिन्न पदाधिकारीहरूलाई प्रभारीकाे जिम्मेवारी ताेकिएकाे छ ।

लाेसपा नेपालका अध्यक्ष महन्थ ठाकुर द्वारा हस्ताक्षरित  पत्रमा कुन कुन भातृ संगठनमा क-कसलाई जिम्मेवारी दिइएको उल्लेख रहेको छ ।

पत्रमा उल्लेख भएअनुसार लाेसपा नेपालकी वरिष्ठ उपाध्यक्ष निर्जला राउतलाई लाेकतान्त्रिक महिला संघ,महासचिव डा.सुरेन्द्र कुमार झालाई राष्ट्रिय शिक्षक मञ्च,महासचिव मनिष कुमार मिश्रलाई लाेकतान्त्रिक यूवा संघकाे प्रभारीमा ताेकिएकाे हाे ।

त्यस्तै अर्का महासचिव द्वय विमल केडियालाई लाेकतान्त्रिक ट्रेड युनियन महासंघ,बिनाेद कुमार सिंहलाई मधेसी निजामती कर्मचारी मञ्च र पार्टीका सचिव ज्ञानेन्द्र झा(ज्ञानु) लाई लाेकतान्त्रिक बिद्यार्थी संघकाे प्रभारी बनाइएको हाे ।

वहाँहरूलाई लाेसपा नेपालले पार्टीकाे प्रभारी ताेक्ने बित्तिकै सामाजिक संजालमा बधाई तथा शुभकामनाकाे ओइरो लागेको देखिएको छ । पार्टीको गतिविधि अब द्रुतगतिमा बढ्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समय लाेसपाले केन्द्रदेखि जिल्ला सम्मकाे महत्त्वपूर्ण जिम्मेवारीमा पार्टीका जिम्मेवार नेताहरूलाई मनाेनयन गर्दै आएको छ । यसै क्रमा आज पनि वहाँहरू जिम्मेवारी सुम्पेर काम गर्न भनिएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् ।

“शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ,” उनले भनेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा  बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।

शर्माका अनुसार, परीक्षा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । “वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ,” उनले भने, “परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौँ ।” बाह्रखरी

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा नसर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो । नेपाल प्रेस

आरके श्रीवास्तव,राैतहट,०९गते वैशाख  ।

राैतहट प्रिमियर लिग (आरपिएल) मा साेमबार गुजरा राइडर्सले जित निकालेसँगै फाइनलमा प्रवेश गरेको छ । गाैर वारियर्स विरूद्व उसले आफनाे जित निकालेको हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको गाैर वारियर्सले निर्धारित २० ओभर पनि खेल्न पाएन । उसले १९ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाई १ सय १८ रनकाे याेगफल तयार पार्न सफल भएको थियोे ।

जवाफी ब्याटिङमा उत्रेको गुजरा राइडर्सले १९ ओभर २ बलमा ८ विकेटकाे क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो ।

खेलमा राइडर्सका खेलाडी ईस्तेयाक आलम मैन अफ दि मैच घाेषित भएका थिए । आज दिउँसो १ बजे राैतहट प्रिमियर लिगकाे फाइनल तराई टाइगर गरुडा र गुजरा राइडर्सको बिचमा हुने राैतहट जिल्ला क्रिकेट संघले जनाएको छ ।

आज हुने फाईनल खेलमा पनि गुजरा राइडर्सले राम्रो प्रदर्शन गर्ने अपेक्षा रहेको टिमका माली साबिर हुसेनले बताएका छन् ।

फाईनल खेदमा ५ वटै टिमका मालिक, सम्पुर्ण खेलप्रेमी, राजनीतिक दल,संचारकर्मी,  नागरिक समाज लगायत समस्त जिल्लावासीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

 

जारी आरपिएल खेलमा जिल्लाका पाँच वटा टिम सहभागी थिए । जसमा गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स रहेका छन् ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते वैशाख । 

नेकपा एमालेको मधेस प्रदेशकी सांसद जैनव खातुनले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ सन्तपुर दोस्तियामा मोक्तमको शिलान्यास गरेकी छन् । आज सोमबार एक कार्यक्रम समारोहका बीच शिलान्यास गरेकी हुन्।

मुस्लिम सामुदायिककाे धर्म अनुसार मोक्तम विश्राम गर्ने स्थल हाे । प्रदेश सांसद जैनव खातुनको विशेष पहल र मधेश प्रदेश सरकारका युवा खेलकूद समाज कल्याण मन्त्रालयले करिब ४० लाखकाे लागतमा दुई तल्ले भवन बन्ने भएको छ ।

उक्त कार्य उपभोक्ता समिति मार्फत काम हुनेछ । जसको अध्यक्षमा तबरेज खा ,कोषाध्यक्षमा लालमुन खातुन,सचिवमा  शेख सदाम रहेको प्रदेश सांसद खातुनले बताईन् ।

उक्त शिलान्यास कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सहबान खा, पूर्व गा.वि.स. अध्यक्ष बुधाई खा,नेता शेख मोबिन, सुरेन्द्र यादव , शिउपुजन यादव ,शेख नथुनी, शेख मज्रुल,राजा बाबु खा,शेख अफताब लगायतकाे सहभागीता रहेको थियोे ।

आरके श्रीवास्तव,गरुडा, ०८ गते वैशाख । 
रौतहटको राजपुर नगरपालिकाले विकास निर्माणका साथै आवश्यकता अनुसार जमिन खरिदमा पनि निकै ध्यान दिएको छ । राजपुरले जमिनको अभाव पूरा गर्न र सार्वजनिक सेवा प्रवाहका लागि भविष्यमा पनि जमिनको अभाव हुन नदिने नीति लिएको छ ।
नगरपालिकाको प्रशासकीय भवन र कृषि भवन निर्माणको लागि ४२ लाख रुपैयाको लागतमा ९ कट्ठा जमिन खरिद गरेको छ । नगरपालिकाको आफ्नै संरचना निर्माणको लागि जमिन किन्न गरिएको यो निकै महत्त्वपूर्ण निर्णय भएको स्थानीयहरुको भनाइ छ ।
नगरपालिकाले विद्यालय, स्वास्थ्य चौकी तथा खानेपानी जस्ता आधारभूत सेवा र सुविधाको लागि आवश्यक जमिन खरिद गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताएका छन् । धेरैलाई पायक पर्ने तथा सडक पुगेको ठाउँमा जमिन खरिद गर्नुपर्ने भएको हुँदा नगरपालिकाले सबै विचार गरेर पर्याप्त मात्रामा जमिन किनेको ठाकुरको भनाइ छ ।
नगरपालिकाको नेतृत्वमा डा.मो. राजिक आलाम निर्वाचित भएपछि सार्वजनिक सेवा प्रवाहका लागि जमिन खरिद गर्ने अभियान नै संचालन भएको स्थानीयको भनाइ छ । नगर प्रमुख डा. आलमले शेख इद्रिश आधारभूत विद्यालयको लागि २२ लाखमा १० कट्ठा, मावि बैरिया भवन निर्माणको लागि ४८ लाखमा ९ कट्ठा, आफताब आधारभूत विद्यालयका लागि २२ लाखमा ३ कट्ठा जमिन खरिद गरिएको छ । धेरै हदसम्म विद्यालयहरुका लागि जमिनको तत्कालीन आवश्यकता पूरा गरिएको र अन्य केही विद्यालयको हकमा पनि विचार भइरहेको नगर प्रमुख डा. आलमको भनाइ छ ।
नगर प्रमुख डा.आलम भन्छन् – नगरपालिकामा स्वास्थ्य सेवाको लागि विभिन्न ठाउँमा आवश्यक मात्रामा जमिन खरिद गरिएको छ । राजपुर ५ मा स्वास्थ्य चौकी भवनका लागि १४ लाखमा ३ कट्ठा, वडा नम्बर ४ मा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माणका लागि ३२ लाखमा १ कट्ठा १० धुर, १५ शैय्याको नगर अस्पताल भवन निर्माणको लागि अपुग ४ कट्ठा जमिन ५८ लाखमा खरिद गरिएको छ । बलुवा स्वास्थ्य चौकी भवनको लागि १ कट्ठा जमिन निशुल्क उपलब्ध भएको छ । स्वास्थ्यको क्षेत्रमा सबै संरचना निर्माण भइसकेपछि निकै सहज हुने नगर प्रमुख डा. आलमको भनाइ छ ।
नगरपालिकाले वडा नम्बर ३ मा खानेपानीको लागि पनि १२ लाखमा ४ कट्ठा जमिन खरिद गरिसकेको छ ।
हालसम्म राजपुर नगरपालिकाले २ करोड ५० लाख रुपैयाको लागतमा प्रशासकीय भवन, कृषि भवन, विभिन्न विद्यालय, स्वास्थ्य चौकी र खानेपानी आदि संरचना निर्माणको लागि २ बिगाहा ३ कट्ठा १० धुर जमिन खरिद गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत ठाकुरको भनाइ छ ।
राजपुर नगरपालिका सार्वजनिक सेवा प्रवाहको लागि सबै किसिमको अवरोध र बाधा व्यवधानलाई छिचोल्दै अगाडि बढिरहेको छ । युवा नेतृत्व भएको कारण सेवा प्रवाहमा सर्वसाधारणलाई निकै सजिलो भएको छ भने जग्गा जमिनको अभाव भएका संस्थालाई पनि सहज हुने गरी काम भइरहेको छ ।

काठमाडौँ।

राष्ट्रिय परीक्षाबोर्डले यो वर्षको कक्षा १२ को परीक्षा स्थगित हुने भएको छ । भोली  मंगलबार बिहान ८ बजे बोर्डको बैठक बस्ने तयारी भइरहेको छ । उच्चस्रोतका अनुसार केही दिनको लागि  सर्ने सम्भावना रहेको छ । कति दिन सर्ने भन्ने विषयमा बोर्ड बैठकले निर्क्योल गर्नेछ ।

यदी भोलीबाट आन्दोलन रोकियो भनेपनि टाढाबाट आन्दोलनमा आएका शिक्षक दुर्गम जिल्लामा पुग्ने अवस्था रहदैन । उत्तरपुस्तिका पुगिसके पनि केन्द्राध्यक्ष विद्यालयमा पुग्नैपर्छ । अनलाईनबाट प्रश्नपत्र पु¥याएपनि प्राविधिक कारणले केहीदिन सर्न सक्छ । शिक्षक आन्दोलनको कारण परीक्षा स्थगित भएको पहिलोपटक हुनसक्छ ।

परीक्षा स्थगित गर्ने हल्लाले विद्यार्थी त्रासमा छन् । बोर्ड बैठकले आन्दोलनको अवस्था विश्लेषण गरी कति दिन स्थगित गर्ने ? भन्ने विषयमा निर्णय गर्नेछ । सायद शुरुको परीक्षा स्थगित गरेर बाकी परीक्षा यथावत् गर्ने की ? सबै सार्ने भन्ने विषयको निर्णय बोर्ड बैठकले गर्नेछ ।

परीक्षा स्थगित हुँदा  तयारीमा रहेको झन्डै ५ लाख ५३ हजार विद्यार्थी अन्योलमा पर्नेछन् । उता शिक्षा, विज्ञान तथा प्रबिधमन्त्रीले राजीनामा दिएको कारण बोर्डलाई परीक्षाको विषयमा कसले सल्लाह दिने भन्ने विषय समेत अन्योलमा परेको छ । सभार न्यूज अफ नेपाल

काठमाडौं : शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी छन्।  शिक्षक महासंघसँग भइरहेको लामो संवाद निष्कर्षहिन भएपछि दबाबमा रहेकी मन्त्री भट्टराईले बालुवाटार पुगेर राजीनामा बुझाएकी हुन्।

शिक्षकहरू आन्दोलनरत अवस्थामा रहेको समयमा उनको राजीनामाले राजनीतिक तथा शैक्षिक वृत्तमा तरंग ल्याएको छ। आन्दोलन चर्किँदै गएको र समाधानको कुनै ठोस आधार नजुटेपछि उनी आलोचनाको केन्द्रमा परेकी थिइन्।

आजै केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामाबारे छलफल हुनेछ। सभार उकेरा

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।