२०८३ भाद्र ६
२०८३ भाद्र ६

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २२ सयले घटेर तोलाको २ लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०२० मा कारोबार भएको थियो । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी ‍प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा , बागमती र  गण्डकी प्रदेशको  हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा रहेको छ । मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिएकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहनुहुन तथा अवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ । एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा पक्राउ गरेको जानकारी दिएको छ ।

शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

ब्युरोले विहिबार काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमती लिई गोल्छालाई काठमाडौंको नक्सालबाट पक्राउ गरिएको जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

बज्जिकाञ्चल संवाददाता,राैतहट,वैशाख ९ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. १ मा आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा निर्माण व्यवसायी तथा निर्माण व्यवसाय संघ रौतहटका निर्वाचित जिल्ला सदस्य सरोज कुमार यादवले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने चाहना सार्वजनिक गरेसँगै चुनावी माहोल थप तातेको देखिएको छ। आउँदो स्थानीय तह निर्वाचनमा कटहरिया–१ बाट सरोज कुमार यादव वडा अध्यक्षको तयारीमा रहेका छन्।

लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका यादवले वडाको समग्र विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्। उनले सडक, नाला, खानेपानी, सरसफाइ लगायत आधारभूत सेवामा सुधार ल्याउँदै वडालाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यादवले पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्व प्रदान गर्ने अठोट व्यक्त गर्दै युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने, सीपमूलक अवसर सिर्जना गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत दिगो विकास अघि बढाउने योजना अघि सारेका छन्। उनले आफ्नो उम्मेदवारीलाई विशेषगरी जेनेरेसन–जेड (Gen Z) युवाहरूको चाहना, सोच र अपेक्षासँग जोडिएको बताउँदै आधुनिक, पारदर्शी र परिणाममुखी नेतृत्वको मागलाई सम्बोधन गर्ने दाबी गरेका छन्।

उनको सम्भावित उम्मेदवारीलाई लिएर स्थानीय बासिन्दाहरूबीच, विशेषगरी युवा तथा जेन्जि पुस्तामा उत्साह र चासो बढ्दै गएको छ। कटहरिया–१ मा यसपटकको चुनाव प्रतिस्पर्धात्मक र थप रोचक हुने संकेत देखिन थालेको छ।

आरके श्रीवास्तव,रौतहट,०९ गते वैशाख ।

नेपाल कम्युनिस्ट पार्टी को ७७ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले रौतहट जिल्ला जनसङ्गठनद्वारा देवाही गोनाही नगरपालिका–८, गोनाही बजारमा बृहत्तर रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।
कार्यक्रम जनसङ्गठनका प्रमुख रुपेश पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा एमाले रौतहट जिल्ला अध्यक्ष सचितानन्द साह को उपस्थिति रहेको थियो ।

त्यस्तै, विशिष्ट अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र सिंह, वडा नं. ८ का अध्यक्ष विजय पटेल, वडा नं. ७ का अध्यक्ष उपेन्द्र राय यादव तथा इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विभिन्न पालिकाबाट आएका नेता–कार्यकर्ता, युवाहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा वक्ताहरूले रक्तदानलाई जीवनदानको महत्वपूर्ण कार्यका रूपमा व्याख्या गर्दै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

रक्तदान कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाले सहभागिता जनाउँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता जनहितका कार्यक्रमहरूलाई निरन्तर अघि बढाइनेछ ।

बज्जिकाञ्चल संवाददाता,वैशाख ०८ गते  । 

काठमाडौं । सद्दाम हुसेन र रेबिका अधिकारी को अभिनय रहेको नयाँ गीत ‘नाच रे पतरकी’ सार्वजनिक भएको छ।  सप्तरङ्गी फिल्म को प्रस्तुतिमा तयार भएको यो गीत सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बटुल्न थालेको छ।

सार्वजनिक पोस्टर र भिडियोमा देखिएको रंगीन मेला, उत्सवमय वातावरण र आकर्षक दृश्य संयोजनले गीतलाई थप जीवन्त बनाएको छ। विशेषगरी सद्दाम र रेबिकाबीचको रोमान्टिक केमेस्ट्री तथा ऊर्जावान नृत्य प्रस्तुति दर्शकलाई लोभ्याउने खालको देखिन्छ।

गीतका शब्द अजित मण्डलले लेखेका हुन् भने स्वर श्याम राउत र शिल्पी राजले दिएका छन्। संगीत तथा कम्पोज आर्या शर्माको रहेको छ, जसले गीतलाई आधुनिक र नाच्न मिल्ने शैलीमा प्रस्तुत गरेको छ।

गीतको निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले सम्हालेका छन्। क्यामेरा मिलन थापाले गरेका छन् भने सम्पादन, कलर तथा पोस्टर डिजाइन शौखिन तिमल्सिनाले गरेका छन्।

सार्वजनिक भएको छोटो समयमै ‘नाच रे पतरकी’ले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। आकर्षक प्रस्तुति, संगीत र नृत्यका कारण यो गीत आगामी दिनमा झन् लोकप्रिय हुने अपेक्षा गरिएको छ।

आरके श्रीवास्तव,राैतहट,०७ गते वैशाख । 

रौतहटको कटहरियामा “मितेरी बचत तथा ऋण सहकारी संस्था लि.” को औपचारिक उद्घाटन गरिएको छ । वि.सं. २०७० सालमा स्थापना भएको उक्त संस्थाले आजदेखि आफ्नै कार्यालय स्थापना गरी औपचारिक रूपमा कारोबार सुरु गरेको हो । यसअघि नेपाल बैंक लिमिटेड कटहरिया शाखा रहेको भवनमै सहकारीले आफ्नो कार्यालय सञ्चालनमा ल्याएको हो ।

कटहरिया नगरपालिकाभर कार्यक्षेत्र रहेको यस सहकारीबाट स्थानीय व्यवसायी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । संस्थामार्फत नागरिकहरूले बचत गर्नका साथै सहज रूपमा ऋण सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

सहकारीका सञ्चालक श्याम यादवले विधिवत् पूजापाठ गरी संस्थाको उद्घाटन गर्नुभएको हो । उक्त सहकारी अन्य लगानीकर्ताहरूको संयुक्त पहलमा सञ्चालनमा आएको हो ।  साथै, चन्दन दास बाँनियालाई शाखा प्रबन्धकको जिम्मेवारी दिइएको छ ।

एक कार्यक्रमका बीच कटहरिया–४ का वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारीको उद्घाटन गर्नुभयो । सो अवसरमा कटहरिया वडा नम्बर १ वडा अध्यक्ष भूपेन्द्र महताे,कटहरिया ४ का वडा सदस्य रामईश्वर यादव लगायत स्थानीय व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष चन्दन कुशवाहाले सहकारी संस्थाले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउने, साना तथा मध्यम व्यवसायीलाई सहयोग पुर्‍याउने र बचत संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सहकारीलाई पारदर्शी, विश्वसनीय र सेवामुखी रूपमा सञ्चालन गर्न सुझाव दिँदै स्थानीय बासिन्दालाई सहकारीसँग जोडिन आग्रह गर्नुभयो ।

त्यस्तै, सञ्चालक श्याम यादवले पनि सबैलाई सहकारीसँग आबद्ध हुन आह्वान गर्दै आधुनिक प्रविधियुक्त सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, संस्थाको दिगो विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग लगायत देशका बाँकी हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ। मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।  एभरेष्ट न्यूज एजेन्सी,

 

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ५४ रनले पराजित गरेको हो ।

पञ्जावले दिएको २५५ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो ।

लखनउका लागि ऋषव पन्तले सर्बाधिक ४३ रन बनाएका थिए भने एडन मार्क्रमले ४२, मिचेल मार्चले ४०, आयुष बदानीले ३५ र मुकुल चौधरीले २१ रन बनाएका थिए ।

त्यस्तै पञ्जावका बलर मार्को जानसेनले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, युजवेन्द्र चहल र विजयकुमार वैश्यकले एक एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले प्रियांस आर्याको ९३ र कूपर कोनोल्लीको ८७ रनको सहयोगले २० ओभरमा ७ विकेट गुमाउदै २५४ रन बनाएको थियो ।

यो जितपछि पञ्जावको ६ खेलमा ११ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लखनउको भने ६ खेलमा यो चुठो हार हो ।  एभरेष्ट न्यूज एजेन्सी,

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

सचिव दिनेश थापामगर बैठक आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।

बैठकले यसअघि पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई सोधेको स्पष्टीकरण बारे छलफल गर्ने बताइएको छ  । एभरेष्ट न्यूज एजेन्सी,

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।