२०८३ भाद्र ६
२०८३ भाद्र ६
आरके श्रीवास्तव,रौतहट,१४ गते साउन ।
रौतहटमा धारिलो हतियार प्रहारबाट एक युवक घाईते भएका छन् । जिल्लाकाे फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ निवासी रामअयाेध्या रामकाे छाेरा वर्षा २६ काे युवक शम्भु राम धारिलो हतियार प्रहारबाट घाइते भएका छन् ।
शनिबार बेलुका ६:३० बजेतिर पुरानो रिसइवीको कारण राम माथि धारिलो हतियार प्रहार गरिएको ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनियाका प्रहरी निरिक्षक अरविन्द कुमार साहले जानकारी गराउनु भयाे । धारिलो हतियार प्रहार गर्ने स्थानीय सदरे आलम प्रहरी नियन्त्रणमा रहेको उनले जानकारी गराए । रामकाे दायाँ कोखमा हतियार प्रहार गरिएको छ ।
घाइते रामकाे उपचार नेशनल हस्पिटल विजयपुरमा उपचार भइरहेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीले जानकारी गराएकाे छ । माेहरम(दाहा) पर्व मनाउने क्रममा दुबै जना बिच विवाद भएको प्रहरीले जनाएको छ ।

 

नयाँदिल्ली, १४ साउन ।

मणिपुर सरकारले म्यानमारबाट राज्यमा आउने मानिसहरूको बायोमेट्रिक डाटा लिन सुरु गरेको छ।

 

यसको उद्देश्य मणिपुरमा अवैध रूपमा बसोबास गर्ने म्यानमारका नागरिकहरूको पहिचान गर्नु हो।

 

भारतीय सञ्चारमाध्यमका अनुसार यो काम सेप्टेम्बर २०२३ सम्ममा पूरा गर्न भनिएको छ। यो काम पहिले पनि चलिरहेको थियो तर राज्यमा हिंसाका कारण रोकिएको थियो।

 

गत मे ३ यता कुकी र मेइती समुदायबीच जारी हिंसामा १५० भन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजार ९ सय ९५ मुद्दा दर्ता भएका छन् । ६ हजारभन्दा बढी मानिस हिरासतमा छन् । आगजनीका ५ हजारभन्दा बढी घटना भएका छन् । करिब ६० हजार मानिस घरबारविहीन भएका छन् ।

 

राज्यमा हिंसा रोक्न सरकारले अब घुसपैठ गर्नेहरुको पहिचान गरिरहेको छ । तर, दुई समुदायका बिचमा हिंसा बढे पछि पुनः बायोमेट्रिकको काम सुरु गरिएको हो ।

 

आरके श्रीवास्तव,रौतहट, १३ गते साउन ।

पछिल्लो समय गौर हत्याकाण्डको विषयलाइ लिएर रौतहट तातेको छ । गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले आज(शनिवार)देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा अनिश्चतकालीन धर्ना दिएका हुन् । आम जनता पार्टीको सहयोगमा उनीहरुले आजबाट धर्ना कार्यक्रम थालेको सो पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सांसद प्रभु साहले जानकारी गराउनु भएको हो । ‘

आज भन्दा १७ बर्ष अगाडी भएको अमानवीय र क्रुर गौर हत्याकाण्डको बिषयलाई लिएर केही दिन देखी रौतहट तातेको छ । ज्ञापनपत्र बुझाउने,धर्ना,प्रर्दशन गर्ने जस्ता कामहरु भइरहेको छ । २०६३ चैत्र ७ गते जिल्ला सदरमुकाम गौरमा राइस मिलमा आयोजित सभालाइ विथोलन खोजदा हिंसात्मक घटना घटेको थियो । उक्त घटनामा २८ जना मारिएका थिए । त्यही घटनाको विषयलाइ लिएर आजपाले गत हप्ता जसपा अध्यक्ष उपेन्द्र यादवलाइ पक्राउ गरी कार्यवाही गर्न प्रर्दशन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप बुभाएका थिए ।

लगतै रौतहट सरदमुकाम गौरमा ६ दलले काउण्टर गर्दै शक्ति प्रर्दशन गरेको थियो । सर्वदलिय/सर्वपक्षिय संघर्ष समिति रौतहटको आयोजनामा मंगलवार प्रर्दशन गरिएको थियो । गत हप्ता आम जनता पार्टी जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष यादवको विरोध गर्दै प्रदर्शन गरेका थिए ।

त्यस्कै काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गरेको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा ६ दलिय मोर्चाका नेताहरुले विभिन्न हत्याकाण्डमा संल्गन रहेको आरोप लगाउँदै सांसद प्रभु साहलाइ पक्राउ गर्न माग गरेका थिए । मोर्चाले पनि सिडियो कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको थियो ।

माओवादी र जनमत पार्टीले छोडयो सर्वदलिय÷सर्वपक्षिय संघर्ष समितिको साथ गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र र जनमत पार्टी बिभाजित भएको छ । उक्त हत्याकाण्डका बिषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहदाँ रौतहटमा भने माओवादी र जनमत पार्टी बिभाजित भएको हो । जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको प्रष्टा पारेका छन् ।

ती दुवै पार्टीले आम जनसमुदाय, सञ्चारकर्मी तथा पार्टी पंक्तिका मित्रहरुलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध समेत गरेका छन् । त्यस्तै जनमत पार्टीका जिल्ला इन्चार्ज ब्रिजकिशोर यादवले आन्दोलनमा आफनो पार्टीको संलग्नता नभएको स्पष्ट पारेका छन् ।

दुइ दलले सर्वदलिय/सर्वपक्षिय संघर्ष समितिको साथ छोडे पछि अब उनीहरुको साथमा नेपाली काँग्रेस,जनता समाजवादी पार्टी,लोसपा र एकिकृत समाजवादी पार्टी रहेको छ । स्रोतका अनुसार आम जनता पार्टीले गौर हत्याकाण्ड पिडित संघर्ष समितिको ब्यानरमा चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सो समितिको ब्यानरमा भोलीबाट आम जनता पार्टीले जिल्लामा मोटरसाईकल रैली तथा जिल्ला बन्दको आवहान समेत गरेको छ ।

 

वासिंग्टन डिसी, १४ साउन ।

अमेरिकामा ग्रीन कार्ड आवेदकहरूले अब लामो प्रतीक्षा गर्नु पर्ने सिमा घटने भएको छ ।

 

अमेरिकी सांसदहरूको एक समूहले राष्ट्रपति जो बाइडेनको प्रशासनलाई ग्रीन कार्डका लागि आवेदन दिने १५० वर्ष पुरानो ब्याकलोग हटाउन माग गर्दै पत्र लेखेका छन, जसकाकारण ग्रिन कार्ड प्रतिक्षाको समयसिमा घटने देखिएको हो  ।

 

भारतीय मूलका सांसदहरू राजा कृष्णमूर्ति र ल्यारी बुचसन लगायत ५६ सांसदहरूले विदेशमन्त्री एन्टोनी ब्लिन्केन र होमल्याण्ड सेक्युरिटी मन्त्री अलेजान्ड्रो मेयोर्कासलाई पत्र लेखेका छन् र रोजगार उन्मुख उच्च सीप भएका पेशेवरहरूलाई राहत दिन तत्काल कदम चाल्न माग गरेका छन्। यी सांसदहरूमा अमेरिकाको सत्तारुढ डेमोक्र्याटका साथै विपक्षी रिपब्लिकनहरू पनि पर्छन्।

कन्सुलर अफेयर्स ब्यूरोले प्रकाशित गरेको रोजगारीमा आधारित भिसा बुलेटिनमा  ‘अर्जेन्ट’ भनी रोजगारीमा आधारित भिसा आवेदन प्रकाशित गर्न पनि सांसदहरुले आग्रह गरेका छन् ।

ग्रीन कार्ड मूलतः स्थायी निवासी कार्ड भनेर चिनिन्छ। यो अमेरिका आउने अन्य देशका नागरिकहरूलाई जारी गरिन्छ। ग्रीन कार्ड भनेको यसको धारकलाई संयुक्त राज्य अमेरिकामा स्थायी बसोबास प्रदान गरिएको ग्यारेन्टी हो।

 

अमेरिकाले रोजगारीमा आधारित ग्रीन कार्डका लागि ७ प्रतिशतको सीमा तोकेको छ । भारतजस्ता देशले यसको पीडा भोगिरहेका छन्, जहाँ ब्याकलग अचम्मको १९५ वर्षमा पुगेको छ । फाउन्डेसन फर इन्डिया र इन्डियन डायस्पोरा स्टडिजले राष्ट्रपति जो बाइडेनलाई छुट्टाछुट्टै पत्र लेखेर समस्या समाधानको माग गरेको छ। संस्थाका खंडेराव काण्डले यो असमान ब्याक लोगले भारतीय प्रविधि व्यवसायी र अन्य प्रतिभाशाली पेशाकर्मीलाई मारमा परेको बताएका छन ।

 

ढाका, १४ साउन ।

बंगलादेशमा भयानक विस्फोट भएको छ ।

 

राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विष्फोट भएका हुन । साथै ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको थियो, जसलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो।

ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विष्फोट भएको थियो, जसले घटनास्थलमा हलचल मच्चाएको थियो । खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो ।

 

अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन् । घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीनतले भवन नजिकै एउटा भ्यान आएको बताए । भ्यान यहाँ एक सेकेण्ड पनि रोकिएन र गुडिरहेको गाडीबाट झोला सडकमा फालेर हिडयो । त्यसको केही समय पछि विस्फोट भएको थियो ।

 

ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए। जसका कारण ठूला दुर्घटना भने हुन नसकेको बताए । अधिकारीहरूले बमहरूलाई निशस्त्र पार्न पानीको बाल्टिनमा राखे।

 

काठमाडौं, १४ साउन ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी सरकार निमार्णका लागि मध्याबधीमा जानु पर्ने जनाएका छन् ।

 

कोशी सरकार गठनका बारेमा रस्साकस्सी चलिरहेको बेला पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मध्याबधी निर्वाचनको बिकल्प सुझाएका हुन ।

‘१ नं प्रदेशमा घोषित रूपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र सारतत्वमा यो व्यवस्था उल्टाएर प्रतिक्रान्ति गर्न उद्यत शक्तिको पाउ परेर सरकार बनाउन मरिहत्ते गर्नु भन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने, नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र ?’ उनले भनेका छन, ‘यस्तै सत्तालिप्साले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बन्छ र प्रतिक्रान्तिको आधार तयार हुन्छ भन्ने कुरा कमसेकम हाम्रा लोकतन्त्रवादी मित्रहरू र क्रान्तिकारी कणहरूले त बुझ्नुपर्ने ।’

 

सभामुखसहितको हस्ताक्षरमा नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार निमार्ण गरे पछि गत शुक्रवार सर्वोच्च अदालतले उल्टाई दिए पछि कोशी सरकार निमार्ण थप सकस परेको छ । अंक गणितका आधारमा सरकार निमार्णमा गर्न संबैधानिक प्रश्न उठिरहेको बेला भट्टराईले मध्याबधीको बिकल्प सुझाएका हुन ।

 

भैरहवा, १४ साउन । 

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीको स्वास्थ्य जाँच गरिएको छ ।

 

२४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरु स्वस्थ्य भएमा मात्र आम नागरीकोहरुको सुरक्षामा प्रभावकारी भुमिका रहने भएकोले नियमित चेक जाँचको लागि कार्यालय परिसरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरि स्वास्थ्य परिक्षण गरिएको हो ।

 

समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर भएको हो । कुनै पनि रोगहरुलाई शुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरै जसो रोगहरुबाट बच्न सकिने हुँदा समय समयमा स्वास्थ्य परिक्षण गराउने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरत बहादुर विकले बताए । शिविरमा जिल्लामा कार्यरत र नजिकका प्रहरी युनिटबाट प्रहरी कर्मचारी तथा प्रहरीले स्वास्थ्य सेवा लिएको एसपी विकले भने ।

 

शिविरमा निःशुल्क रगत परिक्षण, जनरल फिजिसियन सेवा, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,  नाक कान घाटी रोग विशेषज्ञ सहितको रोगसम्बन्धी परीक्षण गरिएको थियो ।

 

सधै तनावमा खटिने प्रहरीले आफु पनि स्वास्थ्य हुनु पर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परिक्षण आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी श्यामु अर्यालले भने । ‘यो नियमित परिक्षण जस्तै हो रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधानका लागि सहयोग होस भन्ने हेतुले प्रत्येक २–३ महिनामा हामीले स्वास्थय शिविरहरु आयोजना गरी प्रहरीको स्वास्थ्य परिक्षण गराउदै आएका छाै‌’, उनले भने ।

 

शिविरबाट सेवा लिएका एक प्रहरीले कर्मचारीहरुलाई कार्यालय भित्र सेवा लिदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न नपरेको बताए । आफुमा भएको समस्या वा स्वास्थ्य छु भन्ने ढुक्क हुनका स्वास्थ्य परीक्षण गर्ने अवसर पाएकोमा उनीहरुले खुसी व्यक्त गरे, कार्यालयको आयोजनामा यस्ता कार्यक्रमहरु नियमित हुने गरेकोले मनोवल उच्च रहने बताए ।

 

काठमाडौं, १४ साउन ।

हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी,  बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो  देशभर आंशिक देखी सामान्य बदली  रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती भने देशभर आंशिक देखी सामान्य बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मशेध, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ । मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको  कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

मञ्जय राम,कटहरिया,साउन १३ गते ।

आज बिहानै देखि राैतहट सहित देशकाे विभिन्न स्थानमा पार्नी परिरहेकाे छ । धेरै दिन पछि वर्षा हुँदा राहत महसुस भएको छ । किसानहरूले राहत पाएका छन् । पानी नपर्दा किसानहरू लाई समस्या उत्पन्न भएको थियाे ।

हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी,

बागमती र मधेश प्रदेशका पश्चिमी भु-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन १३ गते ।
रौतहट । फतुवा बिजयपुर नगरपालिकाको केन्द्र रुपमा रहेको बिजयपुरमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ८ स्थित बिजयपुर बजारमा वृक्षारोपण गरिएको छ । बिजयपुर बजार व्यवस्थापन समितिले इप्रका देखि स्कूल सम्म वृक्षारोपण कार्यक्रम गरेको छ ।

बिजयपुरलाइ हराभरा बनाउनुको साथै वातावरण र पर्यावरण जोगाउन मदत पुगोस् भन्ने उद्देश्यले बजार व्यवस्थापन समितिले सो क्षेत्रमा ५०।६० वटा सोप्लानटको वृक्षारोपण गरेको हो । यसरी वृक्षारोपण कार्यले पर्यावरण जोगाउन सहयोग पुग्ने बिजयपुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष अबरारुल हकले बताउनु भयो ।

थोरै लगानीकामा भएपनि जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराउनका लागि आफूहरुले वृक्षारोपण कार्यको थालनी गरेको बताए । अब उपरान्त जनप्रतिनिधीहरुको यस तर्फ ध्यान जाओस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए ।
ड्राममा माटो भरेर त्यसै भित्र बृक्षारोपण भएको उनले जानकारी गराए ।बजारलाई शाैन्दर्यीकरण गर्नका लागि ड्राममा राख्दा यसलाइ पछि पनि उचित स्थानमा व्यवस्थापन गर्न सक्ने हिसाब विरुवा रोपिएको उनले बताए ।

वृक्षारोपण गरेर यसलाइ संरक्षण गरि नमुनायोग्य काम गरेर देखाउने हकले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय बिजयपुरका इन्चार्ज प्रहरी निरिक्षक अरविन्द कुमार साह,सशस्त्र प्रहरी बल बिजयपुर बेश क्याम्पका इन्चार्ज राजेस आचार्य , शिक्षक संघका नगर अध्यक्ष राधेश्याम प्रसाद यादव, बिजयपुर बजार ब्यवस्थापन समितीका पदाधिकारीहरु उपस्थिती रहेको थियो ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।