काठमाडौं, १५ साउन
काठमाडौं, १५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।
बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।
महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।
बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।
महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो। सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।
कर्नाटक , १५ साउन ।
देशैभर टमाटरको मूल्य ह्वात्तै बढेका कारण ग्राहकको खल्ती खुकुलो हुँदै गएको बेला केही किसान तथा व्यापारीले टमाटर बिक्री गरेर मनग्य नाफा कमाउन थालेका छन् ।
यससँगै टमाटर चोरी र लुटपाटका धेरै घटना पनि बाहिर आएका छन् । अहिले भर्खरैको घटनामा कर्नाटकको कोलारबाट राजस्थानतर्फ जाँदै गरेको २० लाख मूल्यको टमाटर बोकेको ट्रक रहस्यमय रूपमा बेपत्ता भएको छ।
टाइम्स अफ इन्डियाुको रिपोर्ट अनुसार यसपछि समस्यामा परेका व्यापारीहरूले कोलार प्रहरीमा उजुरी दिएका थिए। जसमा भनिएको छ कि जुलाई २७ मा दुई जना व्यापारीले कोलार एपीएमसी यार्डबाट राजस्थानको जयपुरमा टमाटर लैजान ट्रक बुक गरेका थिए।
उल्लेखनीय कुरा के हो भने, थोक बजारमा टमाटरको मूल्य अझै पनि १५ किलोको बक्सामा रु दुई हजारको हाराहारीमा खरिदबिक्री भइरहेको छ जबकि खुद्रामा टमाटरको मूल्य प्रतिकिलो १५० देखि २ सयसम्म बढेको छ ।
टमाटरले भरिएको सो ट्रक शनिबार राति जयपुर पुग्न लागेको थियो जबकि ट्रक गन्तव्यमा नपुगेको र चालकको मोबाइल फोन स्वीच अफ छ । ट्रक अपरेटरलाई सम्पर्क गर्ने प्रयास पनि व्यर्थ साबित भएको छ । केही बेइज्जत हुने अनुमान गर्दै कोलारका व्यापारीले प्रहरीमा उजुरी दिएका हुन् ।
नियामे, १५ साउन ।
अफ्रिकी देश नाइजरमा सेनाले आफूले विद्रोह गरेको र राष्ट्रपति मोहम्मद बाजुमको सरकारलाई ध्वस्त पारेको दाबी गरेको छ ।
पश्चिम अफ्रिकी देशहरूले नाइजरको सैन्य विद्रोहका नेताहरूमाथि आर्थिक र यात्रा प्रतिबन्ध लगाएर एक हप्ता भित्र देशका राष्ट्रपति मोहम्मद बाजुमलाई पुनर्स्थापित नगरे बल प्रयोग गर्ने धम्की दिएका छन् ।
राष्ट्रपति गार्डका कमाण्डर जनरल अब्दुररहमान तियानीले आफूलाई नेता घोषणा गरेका थिए ।
पश्चिम अफ्रिकी राज्यहरूको १५– राष्ट्रीय आर्थिक समुदाय (इकोवास) क्षेत्रीय ब्लकले आइतबार नाइजेरियामा आयोजित एक आपतकालीन सम्मेलनमा बाजौमलाई एक हप्ता भित्र पुनर्स्थापित गर्न आह्वान गरेको छ। आर्थिक जरिवाना लगाउनुका साथै इकोवासले ब्लकमा हुने सबै व्यापारिक तथा वित्तीय कारोबारमा पनि प्रतिबन्ध लगाउने भएको छ ।
नाइजर, विश्वको सबैभन्दा गरीब देशहरू मध्ये एक, संयुक्त राष्ट्रको मानव सूचकांकमा प्रायः अन्तिममा आउँछ।
एक मिडिया रिर्पोटका अनुसार आइतवार सैन्य विद्रोहलाई समर्थन गर्ने हजारौं मानिसहरूले नाइजरमा फ्रान्सेली प्रभावलाई लिएर आक्रोश व्यक्त गरेका थिए र फ्रान्सेली दूतावासमा आक्रमण र तोडफोड गरे । रुसले देशका प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपति मोहम्मद बाजुमलाई नाइजरको सेनाको बन्दीबाट रिहा गर्न आह्वान गरेको हो ।
काठमाडौ, १५ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०, टनेल गोलभेडा सानो ८०, घिउ सिमी लोकल २५, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, आलु सेतो ३४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ४५, लौका ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३६० रुपैयाँ ,गाँजर ११०, बन्दा लोकल १०, मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, टाटे सिमी ८०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी रू ३५, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ९०, अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३००,केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५५० रुपैयाँ, कालो अंगुर ५००, किवि ७५०, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १८०, हरियो धनिया १००,लसुन हरियो ९०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २१०, चाइनिज लसुन २७०,रुख कटहर ३५, भेडे खु्र्सानी ७० मा कारोबार भइरहेको छ ।
मस्को, १५ साउन ।
वाग्नर समूहका लडाकुहरू पोल्याण्डका लागि समस्या बनिरहेका छन् ।
पोल्याण्डका प्रधानमन्त्री माटियाज मोराविस्कीले पनि यो कुरा स्वीकार गरेका छन् । उनले शनिबार भने कि बेलारुसमा रुसी सम्बद्ध वाग्नर समूहका एक सयभन्दा बढी सैनिकहरू पोल्याण्डसँगको सीमा नजिक सरेका थिए।
एक पत्रकार सम्मेलनमा मैटिअस्ज़ मोराविएकीले भने वाग्नर समूहका सेनाहरू बेलारुस र कालिनिनग्राद बीचको पोलिश क्षेत्रको रणनीतिक क्षेत्र सुवाल्की ग्यापको नजिक पुगेका थिए। यसका कारण पोल्याण्डका लागि खतरा बढ्दै गएको प्रधानमन्त्री आफैंले स्वीकार गरेका छन् । पोल्याण्डको सरकारले रुस र बेलारुसले ईयू देशहरूलाई अस्थिर बनाउन आप्रवासीहरूलाई प्रयोग गरेको आरोप लगाएको छ।
पत्रकारहरुसँग कुरा गर्दै पोल्याण्डका प्रधानमन्त्री माटियाज मोराविकीले अहिले अवस्था झन् खतरनाक भएको बताए । उनले थप भने कि यो पक्कै पनि पोलिश क्षेत्रमा अर्को हाइब्रिड आक्रमणतिर एक कदम हो।
तपाईलाई बताउन दिनुहोस् कि पोल्याण्डको सीमाबाट केही दूरीमा वाग्नर लडाकुहरूले बेलारूसी सैनिकहरूलाई लडाई प्रशिक्षण दिइरहेका छन्। सन् २०२२ को फेब्रुअरीदेखि सुरु भएको युद्धमा पोल्याण्ड युक्रेनको प्रमुख सहयोगी बनेको थियो । यति मात्र होइन, युक्रेनबाट भागेका हजारौं मानिस अहिले पनि पोल्याण्डमा बसिरहेका छन् ।
सीमा नजिकै वाग्नर लडाकु र बेलारूसी सैनिकको गतिविधिलाई ध्यानमा राख्दै पोल्याण्डले हालै आफ्नो क्षेत्रमा एक हजार थप सैनिक तैनाथ गरेको छ।
यो उल्लेखनीय छ कि यसअघि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बेलारुसमा उपस्थित वाग्नर लडाकुहरू पोल्याण्डको राजधानीतर्फ जान चाहन्छन् भनी बताएका थिए।
शुक्रबार एक लिथुआनियाली आन्तरिक मन्त्रीले वाग्नर समूहको उपस्थितिमा चिन्ता व्यक्त गर्दै बेलारुससँगको सिमाना बन्द गर्ने विकल्पलाई विचार गरिरहेको बताए। किनभने वाग्नर समूहका सैनिकहरूले बेलारुसको सिमाना पार गर्ने प्रयास गरिरहेका छन् ।
काठमाडौ, १५ साउन ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँ कायम गरिएकाे छ ।
हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५१ रुपैयाँमा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३१ रुपैयाँ र बिक्री दर ८७.७१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५२ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३१ पैसा र बिक्रीदर १० रूपैयाँ ३६ पैसा कायम गरिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रुपैयाँ तथा कुवेत दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ ।
इस्लामबाद, १५ साउन । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।
इस्लामिक राजनीतिक दल जमियत उलेमा–ए–इस्लाम–फजल (जेयूआई–एफ) को सम्मेलनमा यो विस्फोट भएको हो । सो बम विष्फोटका धेरै भिडियोहरु सामाजिक सञ्जालमा पनि बाहिरिएका छन् ।
भिडियोमा जमियत उलेमा–ए–इस्लाम–फजलका नेताले कार्यक्रमलाई सम्बोधन गरिरहेको र मानिसहरु जिन्दाबादको नारा लगाएको देख्न सकिन्छ । त्यसपछि ठूलो आवाज आउँछ। यसपछि त्यहाँ अराजकता छ । आत्मघाती हमलाकारीद्वारा गराइएको विष्फोट बाजौर आदिवासी जिल्लाको खारमा अपराह्न ४ बजे भएको थियो ।
पाकिस्तानी मिडियाका अनुसार विस्फोटको समयमा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए। प्रहरी डीआईजी (माल्काण्ड रेन्ज) नासिर महमूद सत्तीले प्रारम्भिक अनुसन्धानबाट यो आत्मघाती विस्फोट भएको बताए । विष्फोटको प्रकृति पत्ता लगाउन प्रमाण संकलन भइरहेको छ ।
उनले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरिएको बताए । अहिलेसम्म कुनै पनि आतंकवादी समूहले यस हमलाको जिम्मेवारी लिएको छैन । जेयूआई एफ प्रमुख मौलाना फजलुर रहमानले घटनाको छानबिन गर्न पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग माग गरेका छन्।
काठमाडौं, १५ साउन ।
संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बिहान ११ बजे अर्थ समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्नेछ ।
साथै, , बिधायन ब्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बोलाईएको सचिवालयले जनाएको छ ।
काठमाडौँ, १५ साउन ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाईएको हो ।
माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा मा बस्नेछ ।
साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाईएको हो । पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो ।
काठमाडौं, १५ साउन ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।
पार्टी केन्द्रिय कार्यालय, आलोकनगर, मीनभवनमा बैठक बस्नेछ ।
सो पार्टीका उपमहासचिव तथा प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।
यसअघि तय भएको साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । प्रावधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् ।
यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तया गर्ने देखी रिक्त रहेका पदहरुमा पदपुर्ति गर्ने अजेन्डा पनि सचिवालय बैठकको रहेको जनाईएको छ । साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने योजना सचिवालयको रहेको बुझिएको छ ।