२०८३ भाद्र ६
२०८३ भाद्र ६

 

ओटोवा, १८ साउन ।

वैवाहिक जीवनको १८ वर्षपछि क्यानडाका प्रधानमन्त्री आफ्नी श्रीमतीसँग छुट्टिएका छन् ।

 

दम्पतीले इन्स्टाग्राममा आफ्नो सम्बन्धविच्छेदको पुष्टि गरे। यद्यपि, पीएमओ भन्छन् कि बच्चाहरूको हेरचाह गर्नका लागि जोडीलाई धेरै अवसरहरूमा सँगै देख्न सकिन्छ। यो जोडी आफ्ना तीन सन्तानलाई राम्रो वातावरण दिन चाहन्छन ।

क्यानडाली मिडियाका अनुसार प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमती सोफीले बुधबार इन्स्टाग्राममा आफ्नो सम्बन्धविच्छेदको जानकारी दिएका हुन् । उनले भने, ‘धेरै छलफलपछि हामीले एक अर्काको साथ छाड्ने निर्णय गरेका छौं ।’ आफ्नो पोस्टमा प्रधानमन्त्री ट्रुडोले भनेका छन, ‘हामी सधैं जस्तै परिवार नै रहनेछौं। हामीले एकअर्काको माया र सम्मानका लागि जे गरेका छौं, जे गरेका छौं, गरिरहनेछौं।’

 

प्रधानमन्त्रीको यो पोस्ट उनको श्रीमती सोफिएलले पनि आफ्नो अकाउन्टमा सेयर गरेकी छिन् ।

 

प्रधानमन्त्री ट्रुडोले क्यानाडाली जनतालाई यस समयमा आफ्ना बालबालिकाको भलाइका लागि यस मामिलाको गोपनीयतालाई सम्मान गर्न अपील गरेका छन्। दम्पतीका तीन सन्तान छन् (जेभियर (१५), एला ग्रेस (१४)  हेड्रिन (९) । सोही समयमा सोशल मिडियामा एक पोस्टमा सोफीले स्वीकार गरे कि दीर्घकालीन सम्बन्ध धेरै तरिकामा चुनौतीपूर्ण छ।

 

इन्स्टाग्राम पोस्ट बाहेक पीएमओले पनि यस सम्बन्धमा एक बयान जारी गरेको छ। पीएमओले पनि यो जोडीले सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर गरेको पुष्टि गरेको छ। पीएमओका प्रवक्ता एलिसन मर्फीले दम्पतीले अलग हुने निर्णयमा सबै कानुनी प्रक्रियाहरू पालना गरेको बताए। प्रधानमन्त्री र सोफीले भनेका छन कि अहिले उनीहरुको ध्यान आफ्ना बच्चाहरुमा केन्द्रित छ। उनीहरू आफ्ना तीनै छोराछोरीलाई सुरक्षित, मायालु तरिकाले हुर्काउन कडा मेहनत गरिरहेका छन्।

 

छुट्टिएपछि पनि उनीहरु आफ्ना सन्तानसँग निरन्तर सम्पर्कमा रहन सक्ने छन् । पीएमओले भने कि क्यानाडालीहरूले दम्पतीलाई धेरै पटक सँगै भेट्ने आशा गर्छन्। तिनीहरू अर्को हप्ताको सुरुमा छुट्टीमा जान सक्छन्।

 

मिडिया रिपोर्टका अनुसार पीएम जस्टिन र सोफीले २८ मे २००५ मा विवाह गरेका थिए । यो जोडी २०२३ को सुरुमा राजा चार्ल्स तृतियाको राज्याभिषेकमा भाग लिन लन्डन गएका थिए । गत मार्चमा पनि सो दम्पतीले अमेरिकी राष्ट्रपति जो बिडेन र उनकी श्रीमती जिल बिडेनको ओटावाको आधिकारिक भ्रमणको आयोजना गरेका थिए ।

वासिंगटन डिसी, १८ साउन ।

अमेरिकी संसद भवन परिसरमा बन्दुकधारी प्रवेश गरेको खबर आएपछि त्यहाँ हलचल मच्चिएको छ ।

 

यसपछि अमेरिकी क्यापिटल प्रहरीले सिनेटको कार्यालयमा खोजी गरेको थियो । आदेश जारी गर्नुका साथै सुरक्षित स्थानमा बस्न मानिसहरूलाई भनिएको थियो। तर प्रहरीले खोजी गर्दा शंकास्पद वस्तु फेला परेन ।

 

वाशिंगटन मेट्रो पोलिटन प्रहरी विभागका प्रवक्ता ह्युग केर्युले कम्प्लेक्सको खोजी पछि प्रहरीले युएस क्यापिटल कम्प्लेक्समा कुनै गोली हानेर र कुनै चोटपटक नपाएको बताए। उनले शंकास्पद बन्दुकधारीका बारेमा फोन आएको बताए । यो गलत कल थियो जस्तो देखिन्छ। खोजी अभियानमा गोली चलाउने कोही भेटिएन।

 

यसअघि युएस क्यापिटल पुलिसले बुधबार ट्वीट गर्‍यो कि यदि तपाईं सिनेट भवन भित्र हुनुहुन्छ भने सक्रिय शूटर अफिसमा प्रवेश गरेको डरले सबैजना सुरक्षित रहनुपर्छ। तर, गोली हानाहानको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।

 

मिडिया रिपोर्टहरूले दाबी गरेका छन, सो हल्ला पछि अधिकारीहरुले सिनेट भवन खाली गरेको थिए । कार्यालयमा कार्यरत कर्मचारी र पत्रकारलाई इमेलमार्फत बन्द कोठामा बस्न निर्देशन दिइएको थियो । यस बाहेक उनीहरुलाई शान्त रहन र आफ्नो इलेक्ट्रोनिक उपकरण बन्द राख्न निर्देशन दिइएको छ।

रौतहट, १७ साउन ।

गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिन देखी धर्ना जारी छ ।

 

रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन ।

 

प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ ।

काठमाडौं, १८ साउन ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।

हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

काठमाडौं, १८ साउन

नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको शिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती र  गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

 

सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका  साथै बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षय र हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

इन्दीप कोइराला,बारा, १६ साउन ।

बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

 

करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन् ।

 

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताउनु भएको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

इन्दीप कोइराला,बारा, १६ साउन । 

बालयौन दुरुपयोग अभियोगमा पक्राउ परेका बारा निजगढ नगरपालिका वडा नम्बर २ सिङगौलका मनोज राई अदालतमा डेढ लाख धरौटी बुझाएर रिहा भएका छन । जिल्ला अदालत बाराको आदेशमा राई सोमबार डेढ लाख धरौटी बुझाएर रिहा भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

 

स्थानीय एक १३ वर्षीया किशोरीमाथि १ महिनाअघि यौन दुव्र्यवहार गरेको उजुरीपछि राईले निजगढ प्रहरीमा आत्मासमर्पण गरेका थिए ।

 

घटनाको अनुसन्धान पुरा गरेर ४ दिनअघि प्रहरीले राईको अभियोग पत्र सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पेस गरेको थियो । उनी विरुद्ध बाल यौन दुरुपयोग अभियोगमा जेल सजायको माग दाबीसहित मुद्दा दायर गरिएको निरीक्षक श्रेष्ठले बताए ।

 

आफ्नो पसलमा सामान किन्न आएकी एकजना छिमेकी बालिकामाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी परेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोही वडाका वडा अध्यक्ष राजन श्रेष्ठ स्थानीय किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पुर्पपक्षको लागि एक वर्षदेखि वीरगन्ज कारागारमा छन ।

 

इन्दीप कोइराला,बारा, १६ साउन ।

बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्। बालाक महेन्द्र राजमार्गअन्तर्गत बारा-रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।

 

जनकपुर- बीरगंज चल्ने बसका यात्रुले बेवारिसे अवस्थामा बच्चा रोइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। बालकलाई बिहान जंगलमा छाडेको हुनसक्ने उनको प्रहरीको अनुमान छ।
बालकलाई उद्धार गरी जिल्ला अस्पताल कलैयामा राखिएको छ। बच्चाको अभिभावकको खोजी तथा अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ ।

 

काठमाडौं, १७ साउन ।

नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

राती भने देशभर सामान्य बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

 

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका  साथै कोशी,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप हुन सक्ने देखिन्छ ।

 

जसका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

हनुमत कुमार यादव,गाैर,साउन १६ गते ।

देश भरी नै फैलिएको पशुहरुमा लाग्ने महामारीको रुपमा लम्पी स्किन रोग विरुद्ध खोप लगाउने कार्यक्रम शुरु गरिएको छ । विशेषगरी गाई, गोरु , बच्छा,बाछी भैसीमा लाग्ने यो रोगको कारण जिल्लामा ३२ पशुको मृत्यु भैसकेको छ भने जिल्ला र प्रदेश मिलाएर १६३५५ ( सोलह हजार तिन सय पचपन्न ) भन्दा बढी संक्रमीत भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौरका कार्यलय प्रमुख इन्द्रदेव साहले बताएका छन् । जिल्ला भरिको रोगबाट पशुको जनसंख्याको ३ % मृत्यु दर रहेको छ । तीव्र गतिमा फैली रहेको लम्पी स्किन रोग विरुद्ध जिल्लाको १८ वटै पालिकामा सुरु गरिएको छ । मधेश प्रदेश सरकार भुमि व्यवस्था सहकारी मन्त्रलाय जनकपुरधाम बाट ७७ लाख मुल्य बराबरको ६४ हजार डोज खरिद गरि प्रदेशको प्रत्येक जिल्ला लाई ८००० हजार डोजको दरले गाई, गोरु , बाच्छा, बाछी लाई प्रथामिकतामा राखी संचालन गरि रोग लाई नियन्त्रण गर्ने उदेश्य रहेको बताए ।

सोहि अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रौतहट, गौर कार्यलयले साउन १५ गतेका दिन सबै स्थानीय तहका सेवा शाखा प्रमुखहरुको बैठक राखी सबै स्थानीय तहमा खोप लगाउने कार्य सुरु गरिएको छ । गौर नगरपालिकामा १००० , वृन्दावन नगरपालिकामा ५०० डोज र बाकी पालिकामा ४०० डोजको दरले गरिएको प्रमुख सहले बताएका छन् ।

उक्त खोप कार्यक्रममा आजै मत्र १५०० डोज ल्गयिएको छ । प्रदेश सरकारले दिएको डोजले पुरा नहुने भएकोले यस अघि पालिकाहरुले नगरपालिकाको निजि बजेट बाट खोप खरिद गरि खोप संचालन गरेको छ । यो रोगको रोकथामको लागि खोप को अलावा अरु कुनै बिकल्प नरहेको उनको भनाई रहेको छ । रोग लाई नियन्त्रण गर्न रोग ग्रसित भएका पशु बाट अरु पशु जन्तुलाई १ किलोमिटर टाढा राखने , गोठ सफा राखने , लामखुटेको टोकाई बाट पनि सर्ने भएकोले लामखुटे बाट जोगाउने जरुरि रहेको उनले बताए । पशु रोगीको दोस्रो इन्फेक्सन हुन् नदिनको लागि लक्षणको अधारमा औसधि प्रयोग गर्ने र एन्टीबाईटिक ज्वरो कम गर्न इनटीसेफेटिंग स्प्रे वा मलहम प्रयोग गर्ने गोठ तथा पशुको सरसफाईमा ध्यान दिने आवतजावत चरीचराउ बन्द गरेमा मात्र रोगको रोकथाममा मदत पुग्द छ । यो रोग नेपालमा पहिलो पटक २०७६ सालमा झापामा देखिएको थियो ।

बिगत ३ महिना देखि देशको ७७ औ जिल्लामा खस गरि गाई , गोरु , बच्छा , बाछीमा बढी संख्यामा देखिएको छ , भैसी जातमा पनि यो रोग देखिएको छ तर संख्या चाही कम रहेको छ । यो रोगको रोकथाम जिमेवारी चाही तिनै तहको सरकारको रहेको छ । तर स्थानीय तहको जिमेवारी चाही उतिकै रहेको उनको भनाई रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।