२०८३ भाद्र ५
२०८३ भाद्र ५

वासिङटन डिसी, १९ साउन ।

सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वाशिंगटन डिसीको अदालतमा सुनुवाइ भएको छ ।

 

यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दावी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए ।

 

पछिल्लो चार महिनामा यो तेस्रो पटक हो, जब अमेरिकी पूर्व राष्ट्रपतिले अपराधीको रूपमा अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। ट्रम्प बाहेक झण्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दंगा गरेको आरोप लगाइएको थियो।

 

सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए । अमेरिकी कंग्रेसको पनि तोडफोड गरेका थिए ।

 

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक भाषा शान्त देखियो । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । जब क्लर्कले ट्रम्पको केस नम्बर पढे, उसले सहमतिमा टाउको निहुरियो । पूर्वराष्ट्रपतिले चार आरोपमा आफूलाई निर्दोष घोषणा गरेका थिए । उनीमाथि ‘संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको’, ुसरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र, सरकारी कार्यमा अवरोध गर्ने र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

 

वास्तवमा, जनवरी ६, २०२१ अमेरिकाको इतिहासमा कालो दिनको रूपमा रेकर्ड गरिएको छ। यस दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद अर्थात् युएस क्यापिटलमा आक्रमण गरेका थिए । अमेरिकी कंग्रेसले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा विजयी भएका जो बाइडेनलाई निर्वाचन परिणामका लागि प्रमाणीकरण गरिरहेको थियो, ताकि राष्ट्रपति बन्ने बाटो खुलोस्। यसलाई रोक्न ट्रम्प समर्थकहरूले संसदमा आक्रमण गरेका थिए । ट्रम्पमाथि चुनावी पराजयलाई आफ्ना समर्थकहरूमार्फत उल्टाउन चाहेको आरोप लागेको थियो।

काठमाडौ, १९ साउन ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब १९ करोड १ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको नाफा ९.९१% ले वृद्धि भएको हो । यसअबधीमा खुद ब्याँज आम्दानीमा सुधार भएपछि खुद नाफा पनि बढेको देखिएको छ । खुद ब्याज आम्दानी २३.९७% ले बढेर ८ अर्ब १७ करोड रुपैयाँ नाघेको छ ।

 

खुद फि तथा कमिसन आम्दानीमा पनि सामान्य सुधार भएको छ । जसका कारण सञ्चालन नाफा ९.८३% ले बढेर ४ अर्ब ६८ करोड ५७ लाख पुगेको छ । यता, कम्पनीको रिजर्भ कोष बढेर १० अर्ब नाघेको छ । खराब कर्जा भने अघिल्लो वर्ष १.०७% रहेकामा अहिले बढेर २.०१% पुगेको छ ।

 

इक्विटीमा प्रतिफल (आरओई) र सम्पतिमा प्रतिफल (आरओए) क्रमशः १३.५६% र १.१६% रहेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि २.०४ रुपैयाँले बढेर २२.६४ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १८०.७३ रुपैयाँ छ ।

काठमाडौ, १९ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा सपोर्ट लघुवित्तको खुद नाफा ह्वातै बढेको छ ।

 

एक वर्षको अबधीमा खुद नाफा १३२.२३% ले बढेर २ करोड २७ लाख २६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअबधीमा यस कम्पनीले ९७ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

यसअबधीमा खराब कर्जा ह्वातै घटेको र सञ्चालन नाफा बढेको कारण खुद नाफा बढेको हो । खराब कर्जा ६.७३% ले घटेर १.८३% मा आएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीको खराब कर्जा ८.५६% थियो । सपोर्ट लघुवित्तको खराब कर्जा घटेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम नछुट्याएका कारण खुद नाफामा आकर्षक वृद्धि भएको हो ।

 

सञ्चालन नाफा ४२.०१% ले बढेर १ करोड ९१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ११.२४% ले घटेर ७ करोड २ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ६९ पैसा छ ।

काठमाडौ, १९ साउन ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबार साउन १९ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमय दर सार्बजनिक गरिएकाे छ ।

 

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम रहेकाे छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा काराेबार हुनेछ ।

 

राष्ट्र बैंककका अनुसार चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ४१  पैसा र विक्रीदर १८ रुपैयाँ ५० पैसा  कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६५ रुपैयाँ कायम गरिएकाे छ ।

 

काेरियन सय वन को १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर १ को १२ रुपैयाँ २९ पैसा हुदाँ बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुनेछ ।

 

बहराइनको दिनार १ को खरिद गर्दा ३५० रुपैयाँ २८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८७ पैसा, कुवेती दिनार १ को ४२९ रुपैयाँ २८ पैसा र विक्रीदर ४३१ रुपैयाँ २३ पैसा, युएई दिराम १ को खरिददर ३५ रुपैयाँ ९५ पैसा, कतारी रियाल १ को ३६ रुपैयाँ २६ पैसा कायम गरिएकाे राष्ट्रबैंकले जनाएकाे छ ।

वासिङटन डिसी, १९ साउन ।

सन् २०२० को चुनावमा आफ्नो हार लुकाउनका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध षड्यन्त्र रचेको सम्बन्धमा वाशिंगटन डिसीको अदालतमा सुनुवाइ भएको छ ।

 

यस क्रममा ट्रम्पले आफूमाथि लागेको आरोपमा आफूलाई निर्दो भएको दावी गरेका छन् । सो सुनुवाइका क्रममा ट्रम्पले अदालतमा निकै कम स्वरमा आफ्नो निर्दोषताको गुनासो गरेका थिए ।

 

पछिल्लो चार महिनामा यो तेस्रो पटक हो, जब अमेरिकी पूर्व राष्ट्रपतिले अपराधीको रूपमा अदालतमा हाजिर हुनु परेको हो । ट्रम्पलाई अदालतको पछाडिको ढोकाबाट भित्र ल्याइएको थियो। ट्रम्प बाहेक झण्डै एक हजार अपराधी अदालतमा हाजिर भएका थिए, जसलाई जनवरी ६ मा अमेरिकी क्यापिटलमा प्रवेश गरी त्यहाँ दंगा गरेको आरोप लगाइएको थियो।

 

सन् २०२१ मा चुनाव हारेपछि ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले अमेरिकी संसदमा हमला गरेका थिए । अमेरिकी कंग्रेसको पनि तोडफोड गरेका थिए ।

 

सो सुनुवाइका क्रममा ट्रम्पको शारीरिक भाषा शान्त देखियो । सामान्यतया आक्रामक मुद्रामा बस्ने ट्रम्प अदालतमा शिर निहुराएर बसिरहेका थिए । जब क्लर्कले ट्रम्पको केस नम्बर पढे, उसले सहमतिमा टाउको निहुरियो । पूर्वराष्ट्रपतिले चार आरोपमा आफूलाई निर्दोष घोषणा गरेका थिए । उनीमाथि ‘संयुक्त राज्य अमेरिकालाई धोका दिएर षड्यन्त्र गरेको’, ुसरकारी कार्यमा अवरोध गर्ने षड्यन्त्र, सरकारी कार्यमा अवरोध गर्ने र जनताको अधिकार विरुद्धको षड्यन्त्र गरेको आरोप लगाइएको छ।

 

वास्तवमा, जनवरी ६, २०२१ अमेरिकाको इतिहासमा कालो दिनको रूपमा रेकर्ड गरिएको छ। यस दिन तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी संसद अर्थात् युएस क्यापिटलमा आक्रमण गरेका थिए । अमेरिकी कंग्रेसले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा विजयी भएका जो बाइडेनलाई निर्वाचन परिणामका लागि प्रमाणीकरण गरिरहेको थियो, ताकि राष्ट्रपति बन्ने बाटो खुलोस्। यसलाई रोक्न ट्रम्प समर्थकहरूले संसदमा आक्रमण गरेका थिए । ट्रम्पमाथि चुनावी पराजयलाई आफ्ना समर्थकहरूमार्फत उल्टाउन चाहेको आरोप लागेको थियो।

 

सिङ्गापुर, १९ साउन  ।

लागूऔषध तस्करीको आरोपमा एक ३९ वर्षीय पुरुषलाई फाँसी दिइएको छ । यो सजायसँगै सिंगापुरमा १० दिनभित्र तीन जनालाई फाँसी दिइएको अधिकारीहरूले जानकारी दिएका छन्  ।

 

५५ ग्राम हेरोइनसहित २०१९ मा मृत्युदण्डको सजाय सुनाइएका युवा मोहम्मद सल्लेह अदुल लतिफ रहेको छ, जसलाई बिहिबार फाँसी दिईएको हो ।

केन्द्रीय नार्कोटिक्स ब्यूरो (सिएनबी) ले एक विज्ञप्तिमा दोषीलाई बिहीबार सजाय सुनाएको जनाएको छ। अदालतका कागजातका अनुसार मोहम्मद सालेहले २०१६ मा पक्राउ गर्नुअघि डिलिवरी चालकको रूपमा काम गरेका थिए। सुनुवाइका क्रममा उनले आफूले लागुऔषध तस्करी नभई साथीको निर्देशनमा चुरोट पु¥याइरहेको दाबी गर्दै आएका थिए ।

कोभिड–१९ को महामारीमा दुई वर्षको ब्रेकपछि २०२२ को मार्चमा सरकारले फेरि देशमा मृत्युदण्डको सजाँय सुरु गरेको छ । जसका कारण अहिलेसम्म १६ जना दोषीलाई मृत्युदण्ड दिइएको छ । योसँगै अदुल लतिफ यो वर्ष सजाय पाउने पाँचौं कैदी बनेका छन् ।

 

गत शुक्रबार (जुलाई २८)मा लागुऔषध ओसारपसार गरेको अभियोगमा ४५ वर्षीया महिलालाई फाँसी दिइएको थियो । यो फाँसीसँगै सिंगापुरमा एक महिलालाई झण्डै २० वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।

 

उल्लेखनीय कुरा के छ भने, सिंगापुरमा लागुऔषध सम्बन्धी अपराधका लागि मृत्युदण्डको सजाय खारेज गर्न लामो समयदेखि माग हुँदै आएको छ। सबै मानवअधिकारवादी संगठनले मृत्युदण्डको विरोध गरिरहेका छन् । यस्तो अवस्थामा दुई साताभित्र तीन दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ४५ वर्षीया महिलालाई फाँसी दिएको दुई दिनअघि (जुलाई २६ गते) करिब ५० ग्राम हेरोइन तस्करी गरेको आरोपमा मोहम्मद अजिज बिन हुसेन नामका ५७ वर्षीय पुरुषलाई फाँसी दिइएको थियो।

मेक्सिको सिटी, १९ साउन ।

पश्चिमी मेक्सिकोमा बिहीबार बिहान एउटा यात्रुबाहक बस राजमार्ग नजिकै खाल्डोमा खसेको छ ।

 

सो दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएका छन भने अन्य २२ जना घाइते भएका छन् । यद्यपी उनको अवस्था स्थिर रहेको बताइएको छ ।

नायरित राज्य सुरक्षा र नागरिक रक्षा सचिव जर्ज बेनिटो रोड्रिगेजले उद्धार कार्यमा कठिनाइ भइरहेको बताए। खाडल लगभग ५० मिटर (१६४ फिट) गहिरो रहेको थियो। मृत्यु हुनेमा १४ वयस्क र तीन बालबालिका रहेका छन् । बसमा ४० जना यात्रु सवार थिए । सबैजना तिजुआना जाँदै थिए।

 

दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन । अधिकारीहरूले भने कि बस राज्यको राजधानी टेपिक बाहिरको राजमार्गमा रहेको ब्यारान्का ब्लान्का नजिकै दुर्घटनाग्रस्त भएको हो।

 

अघिल्लो महिना ओक्साकाको दक्षिणी राज्यमा भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । गत फेब्रुअरीमा दक्षिण र मध्य अमेरिकाका आप्रवासीहरू बोकेको बस मध्य मेक्सिकोमा दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु भएको थियो।

लमजुङ १९ साउन ।

लमजुङ प्रहरीले विहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेकाे छ ।

 

बेसीसहरबाट खटिएकाे प्रहरी अप्रेसन टाेलीले मर्स्याङ्दी गाउँपालिका ९, तल्लाे पामचाेक स्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हाे । उनीहरूकाे साथबाट करिब साँढे ४ लाख रूपियाँसहित काैडा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

 

पक्राउ पर्नेमा छिमेकी जिल्ला गाेरखाका र केही लमजुङका रहेका छन् । उनीहरूकाे पहिचान गर्न मुचुल्का उठाउने काम भैरहेकाे प्रहरीले जनाएकाे छ ।

 

विशेष सुराककाे आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएकाे थियाे । जुवाडेले प्रयाेग गर्ने गरेकाे सेताे गाडीकाे प्रहरीले केही समयदेखि फलाेअप गरिरहेकाे स्राेतले बतायाे।

 

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएकाे छैन । प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याईएकाे र मुचुल्का उठाउने कार्य भैरहेका बताए ।

 

हनुमत कुमार यादव ,रौतहट ,१८ गते साउन ।
रौतहट जिल्लाको राजदेवी नगरपालिकामा १५ शैय्या आधारभूत अस्पतालको निर्माणका लागि नगर प्रमुख भिखारी प्रसाद यादव द्धारा शिलान्यास गरिएको छ । आज पुरोहित मन्त्रोउच्चारण गरि एक समारोहका बिच नगर प्रमुख यादवले नगरपालिकाको वडा नम्बर ५ मा १५ शैय्या बेडको अस्पताल निर्माणका लागि बिधिवत रूपमा शिलान्यास गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका हुन् ।

चुनावी प्रतिबद्धता अनुरुप जनता लाई स्वास्थ्य क्षेत्रमा टेवा पुग्ने र कम खर्चमा सुलभ सहुलियतका साथ उपचार हेने मदत पुगने उनका भनाई रहेका छन् । जीवनको मुलभूत आवस्यकता मध्ये एक रहेको स्वास्थ्य लाई ध्यानमा राखी नगरपालिकाको सम्पूर्ण वडाहरुको केन्द्र बिन्दु पर्ने ठाउँमा अस्पतालको स्थापना गरिएको बताए । अस्पतालको स्थापना बाट नगरका जनता हर्सित भएको स्थानीय हरुले बताए ।

न्यु ड्राइगन निर्माण सेवा प्रालि काभ्रेपालचैकले उन्नइस करोड तिहत्र हजार चार सय नबे रुपैया रकमको लागतमा २४ महिना भित्र निर्माण सम्पन्न हुने गरि कार्य सम्झौताका साथ कार्य अगाडी बढाइएको छ ।

उक्त अवसरमा रौतहट जिल्ला प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र,रौतहट प्रहरी प्रमुख बिर बहादुर बुढा मगर , सशस्त्र प्रहरी प्रमुख , नगर उपप्रमुख राजकुमारी देवी, वडा न ५ का वडा अध्यक्ष सुरेश पन्डित,वडा न ७ का वडा अध्यक्ष विजय शंकर यादव ,प्रमुख प्रसासकिय अध्कृत प्रलव कायस्थ , लेख पाल श्रीचन, इ।सन्जय पाण्डे , सूचना अधिकारी चन्द्र भुसन यादव,युवा नेता पवन साह लगायत सुरक्षा कर्मी ,संचार कर्मी का साथ स्थानीय भद्रभलादमी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

रौतहट,साउन १८ गते ।
चन्द्र ज्योति कान्ति होस्पिटलको प्रथम वार्षिकोत्सव को अवसरमा बृहत रक्तदान कार्यक्रम भएको छ । रक्त दाता उत्प्रेरणा कार्यक्रम ,आत्म हत्या न्यूनीकरण को लागी अभिमुखीकरण कार्यक्रम तथा आज स्वास्थ्य परीक्षण मा ५० प्रतिशत छुट गरेर जन्ता लाई सेवा प्रदान गरेका छन्आ । आजको कार्यक्रमको अध्यक्षता अपस्ताल संचालक समितिको अध्यक्ष नवल यादवले गर्नु भएको थियो भन्ने स्वागत मन्तव्य मेडिकल डाइरेक्टर डा० अमरेश यादवले गर्नु भएको थियो। रक्त दाता उत्प्रेरणा कार्यक्रमको सहजीकरण शाखाको मन्त्री धर्मेन्द्र प्र० सिहले गर्नु भएको थियो भने आत्म हत्या न्युनीकरणको सहजीकरण टि०पि०यो० नेपालका तथा शाखाको उपसभापति निलु झाले गर्नु भएको थियो ।

स‍ो कार्यक्रममा व्यवस्थापनमा उपकोषाध्यक्ष शेख कैमुदिन,जि०का० स० एवम् नेरेसो सरमुजवा उपशाखाको सभापति तेज नारायण यादव र उपशाखाको पदाधिकारी ,जि०का०स सदस्य उर्मिला यादव तथा कर्मचारीहरू कपिल देव पंडित,लाल बाबू यादव,अजय साह,राज कपुर पासवानले सहयोग गर्नुभएको थियो । कार्यक्रममा २७ जनाले रक्त दान गर्नु भएको नेपाल रेडक्रस रौतहटले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।