काठमाडाैं, १९ साउन ।
गायक तथा संगितकार नागेन्द्र श्रेष्ठको वैशाखे घाम बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गीतकार लाल कार्की अन्जानको शब्द शृजना रहेको छ भने संगीत वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको रहेको छ ।

गीतमा एरेन्ज विक्क्ल खड्काले गरेका हुन् ।जसमा मिक्सिङ तथा मास्टरिङ सागर सुब्बाको रहेको छ । गीतमा गायिका सुनिता कार्कीको स्वर रहेको छ । भिडियोमा पछिल्लो समयकी चर्चित मोडल तथा टिकटकर समारिका ढकाल र सुरेश कोहलीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन शिवाजी क्षेत्रीले गरेका हुन् ।

प्रेम, रोमान्स र विछोडले भरिएको प्रेम कथालाई भिडियोमा देखाइएको निर्देशक क्षेत्री बताउछन् । भिडियोको छायाकंन करण चैसीरले गरेका हुन् भने भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । भिडियो संगीतकार श्रेष्ठकै अफिसियल युट्युब च्यानल नागेन्द्र श्रेष्ठबाट बजारमा आएको छ । सार्वजनिक गीत संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
भिडियाे लिंक : https://youtu.be/Qd5Q-hCh9EA

काठमाडौं, १९ साउन ।
सिजन मिडिया आफ्नो १५औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एशियाली देशका सफल व्यवसायिक व्यक्तिहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ चौथो संस्करण विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्ने भएकाे छ ।
।
सामाजिक, राजनीतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तित्वको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्य राखि यस पटक विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको जनाइएकाे छ ।
सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुवइमा सम्पन्न भएको थियो । यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलका विभिन्न व्यवसायिक व्यक्तिहरुलाई बाेलाउने तयारी गरिएकाे छ ।
सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक राजनैतिक सांस्कृतिक शैक्षिकलगायत विभिन्न क्षेत्रमा दश वर्षभन्दा बढी समय निरन्तर काम गरि सफलता प्राप्त गर्नु भएका र हाल विभिन्न काममा क्रियाशील रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए । “सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं ,” उनले भने ।
बाँके, १९ साउन ।
नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट २ सय रुपैयाँ दरको ४३ थान र ५ सय रुपैयाँ दरको ६ थान भारतीय नक्कली नोटसहित दैलेख नारायणी नगरपालिका-६ बस्ने ३८ वर्षीय दुर्गा रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौ, १९ साउन ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर शुक्रबारबाट बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहको ५० हजाार कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक सेयरधनीसँगै जोकाही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौ थापाथलीस्थित कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म तोकिएको छ।
काठमाडाैं, १९ साउन ।
बर्दिया र भक्तपुरबाट बलात्कार आराेपमा तीनजना पक्राउ परेका छन् । बर्दियामा ९ वर्षीया बालिकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका-६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन् । उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पाताभारमाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
भक्तपुरमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१४ झ्याडी घर भई हाल भक्तपुर बोडे बस्ने २५ वर्षीय सिङ्ग बहादुर माझीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसोदेखि हराएकी बालिकाको खोजी तथा अनुसन्धान गर्ने क्रममा माझीले ती बालिकालाई सोमबार भक्तपुर सूर्यविनायकस्थित कोठामा लगि जबरजस्ती करणी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
चितवन, १९ साउन ।
देवघाटस्थित नारायणी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्।
शुक्रबार बिहान अस्तु सेलाउन देवघाट पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बगेर बेपत्ता भएका हुन् ।
१५ साउनमा सवारी दुर्घटनामा परेर निधन भएका आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन उनी देवघाट पुगेका थिए । बेपत्ता भएका उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, १९ साउन ।
सांगीतिक कार्यक्रममा सहभागी हुन भारतीय गायक जावेद अली काठमाडौंमा आएका छन्।
शुक्रबार काठमाडौं आइपुगेका उनले सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिनेछन् ।
लाइभ इन नेपाललाई लिक्विड इन्टेलिजेन्सले आयोजना गरेको हो।
बजरंगी भाइजान, गजनी, गुजारिशजस्ता चर्चित फिल्ममा स्वर दिएका गायक अलीले ५०० बढी गीत गाइसकेका छन्।
इन्दीप कोइराला,बारा , १९ साउन ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ टाङीयाबस्तीका ३५ वर्षीय सागर लामालाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अगाडिमात्र हतकडीसहित गाउँलेको सहयोगमा उनी फरार हुन सफल भएका थिए । प्रहरीले लामालाई पक्राउ गर्न बारा प्रहरीले ठुलो मात्रमा प्रहरी गाउँ आउने तयारी गरेको खबर प्राप्त गरेपछि लामा आत्मसमर्पण गर्न ईलाका प्रहरी कार्यालय निजगढ आउने क्रममा उनीलाई प्रहरीले पकाउ गरेको हो ।
दुई दिनअघि लामाको घरमा खानतलासी गर्दा हतियार, जनावरको अङग सहित पक्राउ परेका लामालाई स्थानीयले भगाउन ढुङगामुढा गर्दा प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको थियो । ठूला हतियार रहेको गोप्य सूचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।
छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको थियो। उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ ओटा र नङ्ग्रा ३ वटा बरामद गरेको थियो । लामा वन्यजन्तुको शिकारीमा संलग्न रहेको प्रहरीको आशंका छ । लामालाई हातहतियार र वन्यजन्तु ओसार प्रसारविरुद्ध कार्वाही हुने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिए ।
सिङ्गापुर, १९ साउन ।
लागूऔषध तस्करीको आरोपमा एक ३९ वर्षीय पुरुषलाई फाँसी दिइएको छ । यो सजायसँगै सिंगापुरमा १० दिनभित्र तीन जनालाई फाँसी दिइएको अधिकारीहरूले जानकारी दिएका छन् ।
५५ ग्राम हेरोइनसहित २०१९ मा मृत्युदण्डको सजाय सुनाइएका युवा मोहम्मद सल्लेह अदुल लतिफ रहेको छ, जसलाई बिहिबार फाँसी दिईएको हो ।
केन्द्रीय नार्कोटिक्स ब्यूरो (सिएनबी) ले एक विज्ञप्तिमा दोषीलाई बिहीबार सजाय सुनाएको जनाएको छ। अदालतका कागजातका अनुसार मोहम्मद सालेहले २०१६ मा पक्राउ गर्नुअघि डिलिवरी चालकको रूपमा काम गरेका थिए। सुनुवाइका क्रममा उनले आफूले लागुऔषध तस्करी नभई साथीको निर्देशनमा चुरोट पु¥याइरहेको दाबी गर्दै आएका थिए ।
कोभिड–१९ को महामारीमा दुई वर्षको ब्रेकपछि २०२२ को मार्चमा सरकारले फेरि देशमा मृत्युदण्डको सजाँय सुरु गरेको छ । जसका कारण अहिलेसम्म १६ जना दोषीलाई मृत्युदण्ड दिइएको छ । योसँगै अदुल लतिफ यो वर्ष सजाय पाउने पाँचौं कैदी बनेका छन् ।
गत शुक्रबार (जुलाई २८)मा लागुऔषध ओसारपसार गरेको अभियोगमा ४५ वर्षीया महिलालाई फाँसी दिइएको थियो । यो फाँसीसँगै सिंगापुरमा एक महिलालाई झण्डै २० वर्षपछि मृत्युदण्डको सजाय सुनाइएको हो ।
उल्लेखनीय कुरा के छ भने, सिंगापुरमा लागुऔषध सम्बन्धी अपराधका लागि मृत्युदण्डको सजाय खारेज गर्न लामो समयदेखि माग हुँदै आएको छ। सबै मानवअधिकारवादी संगठनले मृत्युदण्डको विरोध गरिरहेका छन् । यस्तो अवस्थामा दुई साताभित्र तीन दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ४५ वर्षीया महिलालाई फाँसी दिएको दुई दिनअघि (जुलाई २६ गते) करिब ५० ग्राम हेरोइन तस्करी गरेको आरोपमा मोहम्मद अजिज बिन हुसेन नामका ५७ वर्षीय पुरुषलाई फाँसी दिइएको थियो।
मस्को, १९ साउन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा. बद्री केसीले पुनः उम्मेदवारी दिने बताएका छन् । उनी संघको वर्तमान कार्यसमितिको कार्यकारी अध्यक्ष हुन् ।
‘वर्तमान कार्यसमितिको मुख्य जिम्मेवारी भनेको १० औं महाधिवेसनमा देखिएको विवाद मिलाएर ११ औं महाधिवेसनमा निर्वाचन गर्ने थियो । त्यो जिम्मेवारी पूरा गरेको अनुभूति गरेको छु । त्यसैले अब संघका मुख्य मुद्दामा केन्द्रीत भएर बाँकी २ वर्ष काम गर्ने योजना बनाएको छुु’ डा. केसीले भने ।
उनले गैरआवासीय नेपाली संघको जुलाई महिनामा सम्पन्न राष्ट्रिय समितिको निर्वाचन निकै उत्साहजनक र विवाद रहित प्रति सन्तोष व्यक्त गर्दै भने ‘मुख्य जिम्मेवारी विवाद व्यवस्थापनको थियो ५८ देशमा नयाँ कार्यसमिति गठन हुँदा एउटा देशमा पनि विवाद भएन । अब एनआरएनएमा जरैदेखि एकताका आभास हुने गरी काम गर्ने सोचमा छु ।’
उनले गैरआवासीय नेपाली संघको अभियानमा २० वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू कार्यकारी अध्यक्ष भएको नाताले पनि अध्यक्ष पदमा पहिलो दावी रहने उनले बताए । डा. केसीले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा १० अर्ब लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए । उनले अब संस्थाको नेतृत्वमा युवा महिला र बैद्धिक व्यक्तित्वले अवसर पाउनु पर्नेमा जोड दिए ।
सन् २००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म एनसीसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म एनसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । सन् २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ –२०१५ मा भने कोषाध्यक्ष चयन भए ।
त्यसपछि सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र सन् २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले संघको कार्यकारी अध्यक्षको उम्मेदवारी समालेका छन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
संघको १० औं महाधिवेसनमा नेतृत्वको निर्वाचन हुन नसकेपछि डा. केसीले ११ औं महाधिवेसनमा नेतृत्व निर्वाचनबाटै ल्याउने प्रतिबद्धता सहित तीन अध्यक्ष मध्ये अन्तिम कार्यकालको लागि कार्यकारी अध्यक्ष हुन राजी भएका थिए ।
डा. केसीकै नेतृत्वमा संघका सबै राष्ट्रिय समितिमा निर्वाचन विवादरहित रुपमा सम्पन्न भएको छ । संघको अक्टोवरमा हुने ११ औं महाधिवेसनको लागि सम्पूर्ण तयारीहरु सुरु भएका छन् । नयां नेतृत्वको लागि हाइब्रिडमार्फत हुने निर्वाचनको लागि एक निर्वाचन समिति समेत गठन भएको छ ।