नयाँदिल्ली, २५ साउन ।
केरलाको दक्षिणी राज्यलाई ‘भगवानको आफ्नै देश’ भनिन्छ। अब केरलाले आफ्नो पुरानो नाम फेरि अपनाउन चाहन्छ।
केरलाका मुख्यमन्त्री पिनाराई विजयनले बुधबार विधानसभामा राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरेका छन्। प्रस्ताव प्रस्तुत गर्दै उनले केरलाको आधिकारिक नाम परिबर्तन गरेर ‘केरलम’ राख्नुपर्ने बताए ।
सीएम विजयनले भने, ‘यस सदनमा नियम ११८ अन्तर्गत एउटा प्रस्ताव पेश गरिएको छ, केन्द्र सरकारलाई हाम्रो राज्यको आधिकारिक नाम परिवर्तन गरेर भारतको संविधानको आठौं अनुसूचीमा समावेश सबै भाषाहरूमा ‘केरलम’ गर्न अनुरोध गर्दछु।’
मुख्यमन्त्रीले अगाडी भने कि १ नोभेम्बर १९५६ मा भाषाको आधारमा राज्य बनेको थियो र मलयालम भाषामा राज्यको नाम ‘केरला’ राखिएको थियो जबकि संविधानको पहिलो अनुसूचीमा हाम्रो राज्यको नाम लेखिएको छ। केरला जस्तै केरला दिवस पनि नोभेम्बर १ मा छ। मलयालम भाषी समुदायहरूका लागि केरलालाई एकीकरण गर्ने आवश्यकता राष्ट्रिय स्वतन्त्रता संग्रामको समय देखि नै थियो।
मुख्यमन्त्रीले भने, ‘यद्यपि, हाम्रो राज्यको नाम संविधानको पहिलो अनुसूचीमा केरलाको रूपमा सूचीबद्ध छ। यो सभाले सर्वसम्मतिले संविधानको धारा ३ अन्तर्गत ‘केरलम’लाई संशोधन गर्न तत्काल कदम चाल्न केन्द्र सरकारलाई अनुरोध गर्दछ, यो कदम तत्काल कदम चाल्नु पर्छ। यो सदनले हाम्रो राज्यलाई संविधानको आठौं अनुसूचीमा उल्लिखित सबै भाषाहरूमा ‘केरलम’ नाम दिन पनि अनुरोध गर्दछ।
वर्षौंको प्रयास पछि केरलाले यसका धेरै सहर र सहरहरूको मूल नाममा फर्काएको छ । यसमा राजधानी त्रिवेन्द्रम पनि समावेश छ, जसलाई अहिले तिरुवनन्तपुरम भनिन्छ। यससँगै कोचीनको नाम कोच्चि, कोल्लमको क्विलोन र त्रिचुरको त्रिशूरमा परिवर्तन गरिएको थियो ।
तेहरान, २६ साउन ।
दक्षिण कोरियामा जम्मा गरेको अर्बौं डलरको बदलामा इरानले पाँच इरानी–अमेरिकी नागरिकलाई जेलबाट रिहा गरेको छ । तर, यसरी रिहा भए पनि उनीहरुलाई घरमै नजरबन्दमा राखेको छ।
इरान र अमेरिका दुई देशबीच लामो समयदेखि चलेको तनावपछि यो सम्झौता भएको हो । हालै भएको सो सम्झौताका बारेमा अमेरिकी र इरानी अधिकारीहरूले बिहीबार यो जानकारी दिएका हुन । । संयु
उता, संयुक्त राष्ट्रसङ्घका लागि इरानको नियोगका अधिकारीहरूले सञ्चारमाध्यमलाई भने कि बन्दी हस्तान्तरण संयुक्त राज्य अमेरिकासँगको सम्झौताको कार्यान्वयनको लागि महत्त्वपूर्ण प्रारम्भिक चरण हो।
अमेरिकी प्रतिबन्धका कारण अलपत्र परेको उक्त सम्झौतामा इरानले ६ अर्बदेखि ७ अर्ब डलरसम्म संलग्न रहेको स्वीकार गरेको छ । संयुक्त राष्ट्र नियोगले इरान पठाउनु अघि सम्झौता पूरा भएपछि रकम कतारमा हस्तान्तरण गरिने जनाएको छ। वित्तीय लेनदेनको जटिलताका कारण कोषको अन्तिम स्थानान्तरण र पाँच अमेरिकीको रिहाई अर्को महिना हुनसक्ने अधिकारीहरूले बताएका छन्।
इरान र अमेरिका बीचको सम्झौता पर्शियन खाडीमा अमेरिकी सेनाको ठूलो निर्माणको बीचमा आएको छ, अमेरिकी सेनाहरूले स्ट्रेट अफ हर्मुजमा व्यापारिक जहाजहरू चढ्ने र सुरक्षा गर्ने अपेक्षा गरिएको छ, जसबाट सबै तेल ढुवानीको २० प्रतिशत जान्छ।
उही समयमा, अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपब्लिकन र अरूबाट नयाँ आलोचनाको सामना गर्नेछ किनभने यो सम्झौताले इरानको अर्थतन्त्रलाई बढावा दिनेछ जबकि इरान अमेरिकी सेना र मध्य पूर्व सहयोगीहरूका लागि बढ्दो खतराको रूपमा देखा परेको छ।
इस्तानबुल, २६ साउन ।
टर्कीमा फेरी भुकम्प गएको छ ।
टर्कीको दक्षिणी क्षेत्रमा बिहीबार राति ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
मिडिया रिपोर्टका अनुसार भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ भने २३ जना घाइते भएका छन् । भूकम्पको केन्द्रविन्दु मलात्या प्रान्तको येसिलुरट सहरमा रहेको जनाईएको छ । सञ्चारमाध्यमका अनुसार अदियामानमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
टर्कीका स्वास्थ्य मन्त्री फहरेटिन कोकाले एक सामाजिक सञ्जाल पोस्ट गर्दै मालत्या र अदियामानमा भवनहरू भत्किँदा मानिसहरू घाइते भएको बताएका छन्। भूकम्पबाट बच्न मानिसहरु भवनबाट हाम फालेका छन् भने केही घाइते भएका छन् ।
सोही क्रममा स्थानिय टिभीमा प्रशारण गरिएको भिडियोमा भूकम्पले भवनहरु भत्काईएको दृश्य देखाईएको छ ।
गत फेब्रुअरीमा गएको विनाशकारी महाभूकम्पबाट दुवै स्थानहरु प्रभावित भएका थिए, जसमा ५० हजारभन्दा बढीको ज्यान गएको थियो ।
रौतहट,गते २५ साउन ।
जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ९ ब्रह्मपुरी स्थित काली मन्दिरकाे छेउमा बागमती नदिले गरिरहेकाे कटानलाई नियन्त्रणकाे लागि प्रयास कार्य सुरु गरेक छन् । केही दिन देखि लगातार भईरहेको वर्षाका कारण आएको बाढीको पानीको जल स्तर घटे पछी पानीको बहाव तेज गति भए संगै कटान भईरहेको थियो ।

कटान वारे जनकारी भए लगतै राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादव, जिल्ला प्रशासन कार्यालय रौतहट गौरका प्रमुख धर्मेन्द्र कुमार मिश्रा, लगायतका टोली निरिक्षण गरी रोकथामको लागि संबंधित निकाय संग पहल गरेका थिए । नदि नियन्त्रण कार्यालयले टोलीको पहलमा प्रारम्भिक रूपमा कटान राेक्नकाे लागि बाँसका झ्याङ्गहरू राखेर पानीको वेगलाई नियन्त्रण गर्ने प्रयास भई रहेकाे छ ।
नदि नियन्त्रण कार्यालयबाट बाेरा र जाली पनि ल्याइएको छ । बाेरामा बालुवा हाली भाेली बिहानैबाट जालीमा हालेर कटान नियन्त्रणकाे लागि काम सुरु हुने स्थानीय वडा अध्यक्ष प्रत्याशी अनिल कुमार पटेलले बताएका छन् । कटान नियन्त्रणकाे लागि सहयोग गर्ने कार्यालय र सम्बन्धि सराेकारवालामा उनले हार्दिक धन्यबाद समेत गरेका छन् । तर याे चाहिँ स्थायी उपाय पक्कै पनि हाेइन । कटान राेक्न स्थायी काम गर्न सम्बन्धित सबैकाे पहल हाेस् भने उनले आग्रह समेत गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,साउन २५ गते ।
गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले आगामी भदौ २ गते किसान भेला गर्ने भएको छ । आज एक सूचना जारी संघले सो सम्बन्धि जानकारी गराएको हो ।
उँखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादव द्धारा हस्ताक्षरित सूचनामा श्री राम सुगर मिल्सलाइ अनाधिकृत रुपमा गरिएको लिलामी प्रक्रिया विरुद्धमा आउँदो साउन २७ गते शनिवारका दिन श्री राम सुगर मिल्स महम्दपुर गरुडा रौतहटको मैदानमा गरिने किसान भेला प्रतिकूल मौसमको कारण मैदानमा वर्षाको पानी जमेको हुँदा सो दिनको किसान भेला स्थगन गरीएको उल्लेख छ ।
सूचनामा भनिएको छ,‘आउँदो भदौ २ गते शनिवारका दिन सो मैदानमा किसान भेला आयोजन हुने जानकारी गराइएको छ । ’ संघको आयोजनामा हुने सो किसान भेलामा उल्लेख्य संख्यामा किसान,जनप्रतिनिधिहरु,व्यापारीहरु,समाजका अगुवाहरुको उपस्थितीका लागि संघका अध्यक्ष यादवले सादर अनुरोध गरेका छन् ।
गरुडाको चिनी मिल बचाउन सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाइएको थियो ज्ञापनपत्र
गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको थियो । श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको थियो । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका थिए ।
हनुमत कुमार यादव,गाैर,गते २५ साउन ।
रौतहट जिल्लाको गौर नगरपालिका वडा नं ८ पुरेनमा रहेको गाैर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट विजय कुमार सिंह दाेश्राे कार्यकालकालागि पुनः निर्वाचित भएका छन् । नेपाल नेत्र ज्याेती सङ्घ राैतहटकाे सभापतिमा सिंह दाेश्राे कार्यकालकालागि पुन: निर्वाचित हुनुभएकाे छ । गाैर आँखा अस्पताल पुरेनवामा आज सम्पन्न साधारण सभा र जिल्ला अधिवेशनबाट वहाँ दाेश्राे कार्यकालकालागि निर्वाचित हुनु भएकाे हाे । अधिवेशनमा सभापतिकाेलागि सहमति जुटाउने प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया गराइएको थियाे ।
२ जनाकाे उम्मेदवारी परेकाे सभापतिमा ७० मत प्राप्तगरी सिंह निर्वाचित भएकाे हाे । भने वहाँकाे प्रतिस्पर्धी ज्ञानी राय यादवले २८ मत प्राप्त गरेका थिए भने १ मत बदर भएकाे निर्वाचन अधिकृत तथा सङ्घकाे केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पाेखरेलले जानकारी गराउनु भयो । सङ्घकाे जिल्ला कार्य समितिकाे सदस्यहरूमा बच्चा प्रसाद यादव , नवीन कुमार केसरी,शिव मङ्गल साह, , रामेश्वर सिंह राजपुत, अयुद मिया कवारी, राजेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार यादव,नवल किशोर पंडित, उमेश प्रसाद पटेल, संजिव कुमार मल्लिक र महिला सदस्यमा भुवनी गिरी श्रेष्ठ, निर्माला श्रेष्ठ उप्रेती लगायतका चुनिएका छन् । यसभन्दा अघि आजै एक कार्यक्रम मार्फत साधारणसभा तथा जिल्ला अधिवेशनकाे उद्घाटन गरिएको थियाे ।
नेपाल नेत्र ज्याेति सङ्घ राैतहटकाे सभापति विजय कुमार सिंहकाे सभापतित्व तथा गाैर नगरपालिकाकाे नगर प्रमुख शम्भु साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रम मार्फत उद्घाटन गरिएको थियाे । राैतहट एफ एमकाे समाचार प्रमुख राम विश्वास मुखियाले सञ्चालन गरेकाे साे कार्यक्रममा सङ्घकाे केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम कुमार पाेखरेल, सङ्घकाे पूर्व जिल्ला सभापति दुर्गा प्रसाद यादव, गाैर न पा ५ काे वडाध्यक्ष शिव शंकर यादव, वडा नम्बर ८ काे अध्यक्ष जनार्दन साह,राैतहट एफ एमकाे अध्यक्ष रेवन्त झा, नेपाल पत्रकार महासङ्घ राैतहटकाे सभापति प्रेम चन्द्र झा, माेहन कुमार यादव, पत्रकार शैलेन्द्र गुप्ता तथा आजिवन सदस्यहरूकाे सहभागीता रहेकाे थियाे ।
प्रदिप दास,राैतहट,साउन २५ गते
रौतहटको चन्द्रपुर नगरपालिकामा अवस्थित हिमालय होटलको सभाहलमा वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई मध्यवर्ती तालिम सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा आईएफईएस को सहकार्यमा सँचालित रौतहट जिल्ला अन्तर्गत वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नैतिकवान नेतृत्वमा हुनु पर्ने गुणहरु, महिला जनप्रतिनिधिहरुलाई आईपर्ने समस्याहरुको विशलेषण तथा त्यसका सामाधान गर्ने र आउन सक्ने सम्भावित परिणामहरुको बारेमा छलफल , वडा अन्तर्गत रहेका विभिन्न किसिमका तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन गर्नु पर्ने आवश्यकता तथा त्यसको महत्वपूर्ण फाईदाहरु बारे छलफल र महिला जनप्रतिनिधिहरु प्रति हुने सामाजिक,साँस्कृतिक दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिहरु तथा त्यसलाई कसरी सामना गर्न सकिन्छ सो बारेमा छलफल गरीएको थियो ।
यस कार्यक्रम अन्तर्गत वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । महिलाहरूलाई लैङ्गिक समानता प्रवद्र्धन गर्न तथा आफ्नो समुदायका अन्य महिला र किशोरीहरूका लागि , प्रेरणा स्रोतका रूपमा कार्य गर्न प्रोत्साहित गर्न, स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ ।
मध्यवर्ती तालिममा वृन्दावन नगरपालिकाको १६ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादवको समेत उपस्थिति रहेको थियो
काठमाडौं, २६ साउन ।
नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं, २६ साउन ।
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरेको संसद अबरोध देखी हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनिल शर्मालगायत समसमायिक राजनीतिक बिषयमा छलफल गरिनेछ ।
काठमाडौं, २६ साउन ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइनेछ ।