२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, २६ साउन ।

प्रमुख प्रतिपक्ष एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै शुुक्ररबार बसेको बैठकमा एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो ।

आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

 

काठमाडौं, २६ साउन ।

प्रमुख प्रतिपक्ष एमालेले संसद बैठकमा अवरोध गरेको छ ।

शुुक्ररबार बसेको प्रतिनिधिसभा बैठकमा सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै अवरोध गरेको छ ।

रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

 

रामेछाप, २६ साउन ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका-८ बाबियाखर्क बस्ने ३७ वर्षीय भुपेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले ती बालिकालाई सोही ठाउँस्थित गोठमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामेछापडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, २६ साउन ।

शुक्रबार राखिएको राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश गर्न लाग्दा स्थगित भएको छ । सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखिसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराउन खोजेका थिए । तर, प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरु उठेर विरोध जनाए ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसद उठेर विरोध जनाए । त्यसपछि अध्यक्ष तिमिल्सिनाले प्रतिपक्षीलाई बोल्न समय दिएपछि यसको विरोधमा सत्तापक्ष सांसदले उठेर विरोध जनाए ।

दुवै पक्षका सांसद उठेर विरोध जनाइरहेपछि अध्यक्ष तिमिल्सिनाले बस्न आग्रह गरे । उठेरै संसद चलाउने भएपछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि उनले व्यंग्य पनि गरे । तर, दुवै पक्षका सांसद बस्न मानेनन् ।

 

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले शुक्रबारको बैठकको कार्यसूचीमा राखेका सबै कार्यक्रम हटाएको जानकारी दिँदै बैठकलाई साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरे ।

 

काठमाडौ, २६ साउन ।

सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.४४ प्रतिशतले घटेको हो । गत वर्ष यसले ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख ११ हजार रुपैयाँमा आएपछि खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको परियोजना सञ्चालन खर्च पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

 

सानिमा माईको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ छ । अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ जम्मा रहेको छ । खुद नाफामा कमी आएपछि प्रतिसेयर आम्दानी ४.५ रुपैयाँले घटेर १३.१८ रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको छ । सम्पतिमा प्रतिफल (आरओए) अघिल्लो वर्षको ९.५१ प्रतिशतबाट घटेर अहिले ५.५३ प्रतिशतमा सीमित छ ।

 

काठमाडौं, २६ साउन ।

कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ ।

‘प्रतिपक्षी दलको संसद हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन होइन, लामो समय अवरुद्ध गर्न होइन,’ उनले भने, ‘सरकार पनि बहुमतले बनाउँछ । संसद पनि बहुमतले नै चल्छ । अल्पमतले बन्धक बनाउन पाइँदैन ।’

संगठित अपराध अन्त्यका लागि गृहमन्त्री र अर्थमन्त्री लाग्दा विरोध गर्न नहुने भन्दै उनले सीआईबीको अनुसन्धानलाई विश्वास नगरी विरोध गरेको देख्दा शंका उठेको बताए ।

 

चरिकोट, २६ साउन ।

दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

 

दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।

 

काठमाडौ, २६ साउन ।

चालु साताको अन्तिम कारोबार दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

 

काठमाडौं, २६ साउन ।

नेपाली चलचित्र ‘बगान’ पाँचौँ सातामा प्रदर्शनरत छ । साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन् । दर्शककै ‘वर्ड अफ माउथ’को कारण सफल भईरहेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन् । दर्शकले चलचित्रमा आमा बन्नु भएकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नव अभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन् । प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिईरहेका छन् ।

 

नेपालको सफलता पश्चात चलचित्र अमेरिकाको विभिन्न सहरमा प्रदर्शन हुने भएको छ । गीतकार तथा निर्माता सुरेश वाग्लेले अगस्टबाट प्रदर्शन प्रारम्भ हुने जानकारी दिए । उनले भने, ‘हामीले अन्तर्राष्ट्रिय प्रदर्शन सुरू गरेका छौँ । अमेरिकासँगै विभिन्न देशमा हुने प्रदर्शनको विषयमा समेत जानकारी गराउने छौं ।’ उनले अगस्ट १८ र १९ मा बोस्टनमा रहेको रिजेन्ट थियटरमा विशेष प्रदर्शनी हुने जानकारी दिए । यसपश्चात न्यूयोर्क, ड्याल्स, ह्युस्टन, अस्टिन, लस एन्जल्स, क्यालीफोर्निया, ह्यारिस्वर्ग, कोलोराडो, एटलान्टा लगायतका सहरमा प्रदर्शनको तयारी भईरहेको गीतकार वाग्लेले बताए ।

 

‘नेपालमा पाईरहेको प्रतिक्रियाले विदेशमा कहिले प्रदर्शन हुन्छ भन्ने धेरै जिज्ञासा अईरहेको थियो । अहिले हामी बगान टिम नै चलचित्र लिएर अमेरिकामा छौँ’, उनले भने । चलचित्रका निर्देशक सरोज खनाल र अभिनेत्री प्रमिला अमेरिकामा हुने प्रदर्शनीमा सहभागी हुनेछन् ।

 

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गर्नुभएको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

 

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ ।

 

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ ।

 

न्युर्योक, २६ साउन ।

आफ्नो परिवारसँग माछा मार्ने क्रममा फ्लोरिडाको टम्पाका मेयर जेन क्यास्टरले पानीमा लगभग ७० पाउण्ड (३१.७ किलो) कोकेन फेला पारेकी थिइन्। जसको लागत करिब ११ लाख डलर (झन्डै १५ करोड नेपाली रुपैयाँ ) रहेको बताइएको छ ।

 

अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यस कोकिनका बारे अहिले अनुसन्धान भईरहेको छ तर त्यो कोकिन कस्को हो ? र किन समुन्द्रको छेउमा छाडेर गएका थिए ? त्यो भने अझै पत्ता लाग्न सकेको छैन ।

फक्स १३ न्युजका अनुसार जेन क्यास्टरले गत जुलाई २३ मा फ्लोरिडाको कीजमा एक दिन बिदाको मजा लिदै थिइन्। त्यही समयमा उनको परिवारका एक सदस्यले एट्लान्टिकमा केही तैरिरहेको देखे। सुरुमा उनीहरूले सोचे कि यो कुनै चीजको छाया हो वा समुद्रमा केही साना माछाहरू छन्। मेयरको परिवारका एक सदस्यले फक्स १३ न्यूजलाई भने कि जब उनीहरूले नजिकबाट हेरे, त्यो कोकिनको बन्डल थियो।

 

क्यास्टरले आफ्नो डुङ्गामा कोकिनको बन्डल बोकेको थियो, जुन लगभग माइक्रोवेभ ओभनको आकारको थियो। कोकिनको यो बन्डल प्लास्टिकको तहले कडा रूपमा प्याक गरिएको थियो, २५ इटाहरू भित्र भरिएको थियो र प्रत्येक इट्टामा बैजनी पुतलीको छाप लगाइएको थियो। यसपछि मोनरो काउन्टी सेरिफको कार्यालयमा फोन गरेर सबै जानकारी दिइयो र तत्काल जफत गरियो। गत जुलाई २४ मा अधिकारीहरूले सोशल मिडियामा यो घोषणा गरे।

 

उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘सीमा गस्तीले मियामी सेक्टरमा ७० पाउण्ड कोकेन बरामद गरेको छ, यो फ्लोरिडाको कीजमा एक नाविकले पत्ता लगाएको थियो। कोकेनको मूल्य लगभग १.१ मिलियन डलर बराबरको छ । यससँगै उनले सो प्याकेजको तस्विर पनि सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।