काठमाडौं, २८ साउन ।
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नुपर्ने बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकपछि सांसद सुनिल शर्मालक्षित गर्दै प्रवक्ता महतले पार्टीको सदस्य भएपछि पार्टीको अनुशासन र मर्यादाभित्र बसेर आफ्नो विचार राख्नुपर्ने बताए ।
सांसद शर्माको पार्टीको मर्यादा र अनुशासन पालनमा प्रश्न उब्जिएको भन्दै महतले भने, ‘संसदीय दलमा अनुशासन र मर्यादाको कुराबारे पनि प्रश्न उठेका छन् । के बोल्नु हुन्छ के हुँदैन भन्ने कुरा उठेका छन् । संस्थाको अभ्यास गर्दै आएको भएपनि त्यो नर्म्समा बस्न सक्नुपर्छ । पार्टीका सबै सदस्यले त्यो नर्म्समा बसेर कुरा गर्नुपर्छ ।’
काठमाडौ, २८ साउन ।
काराबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएसँगै ९ उपसूचकमा हरियाली छाएको छ ।
आइतबार नेप्से सूचकांक १४ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा सूचीकृत कुल २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १ करोड ८४ लाख ६० हजारको कारोबार भएको छ ।
बजार बढेसँगै आज ९ उपसूचकमा पनि हरियाली छाएको छ । आइतबार निर्जीवन बिमा उपसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ भने दोस्रोमा होटल तथा पर्यटन उपसूचक १.८७ प्रतिशतले बढेको छ । त्यस्तै आइतबार माइक्रोफाइनान्स उपसूचक सर्वाधिक ०.३५ प्रतिशतले घटेको छ ।
यस दिन २७१ कम्पनीको ९७ लाख १८ हजार कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल इन्स्याेरेन्सको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट र सोल्टी होटेल परेका छन् ।
काठमाडौं, २८ साउन ।
दक्षिण कोरियामा रहेकी गायिक गंगा लोहनी र गायक सूर्य खड्काको तीज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ सार्वजनिक गरिएको छ । हालै सार्वजनिक गरिएको उक्त गीतमा गायिक गंगा र गायक सूर्यको स्वर रहेको छ भने शब्द सृजना पनि गायिक गंगाकै रहेको छ । जसमा सूर्य खड्काको संगीत र लय रहेको छ ।
सार्वजनिक भएको एक सातामै एक लाख ६० हजारभन्दा बढी पटक युट्युबमा हेरिसकेको छ । कोरियालाई आफ्नो कर्मथलो बनाउँदै आएकी गायिका गंगा र जापानलाइ कर्मथलो बनाउँदै आएका गायक सूर्यले ल्याएको ‘रातो सारी लरक्कै डोरी केसैमा’को भिडियोमा कलाकार गीता ढुंगाना र कमल केसीले अभिनय गरेका छन् ।
‘रातो सारी लरक्कै डोरी केसैमा’को लागि यम थापाले म्युजिक एरेन्जर गरेका छन् भने भिडियोको काजिस श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका छन् ।
मारुनी डिजिटल स्टुडियोमा सुमन राना र खुमन रानाले रेकर्ड गरेका हुन् । अजय रेग्मीको सिनेमाटोग्राफी, दिपक बिष्टको इडिट÷कलरिङ,सपना लम्सालको मेकअप, निपेश पुरीको फोटोग्राफी रहेको छ ।
यसअघि गायिक गंगाले ‘लुम्ले काँडे, मुसुक्कै हाँसीदेउ’ जस्ता गीत ल्याइसकेकी छन् ।
भिडियो लिंक : https://youtu.be/EhXJfCFUQuM
काठमाडौं, २६ साउन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एंव गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा मागेको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरेर एमाले सुन तस्करीको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतको राजीनामा मागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अयोग्य भएको भन्दै राजीनामा दिनुपर्ने अध्यक्ष केपी शर्मा ओलीले मागेका हुन् ।
सुन तस्करी प्रकरणमा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले पदबाट राजीनामा नदिनु आश्चर्य भएको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड अयोग्य भएको भन्दै अफ्ठ्यारो मानेर आफैंले राजीनामा दिनुपर्ने बताए ।
काठमाडौ, २६ साउन ।
पूर्वमुख्य सचिव केशवराज राजभण्डारीको शब्द सृजना रहेको ‘पुतली बनी बस्न आयौ’को भिडियो सार्वजनिक गरिएको छ ।
शुभबहादुर सुनामको संगीत तथा गायिका संगीता शाक्यको स्वर रहेको सो गीतलाई राजेश कुमार श्रेष्ठले एरेन्ज गरेका छन् ।
निशा कार्की, अमन श्रेष्ठ, सचिना अर्याल, विवेक ठाकुर, डा. सचिन झालगायतको अभिनय रहेको उक्त गीतको भिडियोलाई जनक खड्काले छायांकन तथा निर्देशन गरेका छन् ।
प्रेमीसँगको बिछोडलाई प्रस्तुत गरिएको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।
भिडियाे लिंक : https://youtu.be/F7NXQuuhMPk
काठमाडौं, २८ साउन ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचार र सुन तस्करीमा सरकारकै नेतृत्व मुछिएको आरोप लगाएका हुन् ।
साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए । संसदमा प्रतिपक्षी सांसदहरूलाई आफ्नो कुरा राख्न सत्तारुढ सांसदहरू उठेर अवरोध गरेको आरोप लगाए ।
काठमाडौं, २८ साउन ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्को रोष्ट्रमबाट आफ्नो राजीनामाको घोषणा गर्नुपर्ने बताएका छन् ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सुन प्रकरणलाई लिएर गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका हुन् ।
आफ्नो राजीनामा दिन बाहेक अरु कुरामा बोल्न संसदको रोष्ट्रममा जानु अनौठो कुरा भएको गनको भनाइ छ ।
सुन तस्करी नियन्त्रण गर्न गृहमन्त्री श्रेष्ठ असफल भएको आरोपसमेत लगाएका ओलीले भने , “गृहमन्त्रीले त खासमा रोष्टममा उभिन जानु आफैँ… राजीनामा गर्न बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ । सुन भनेर ल्यायो राखेको ठाउँबाट चोरी हुन्छ । गृहमन्त्रीको जवाफदेही होइन त्यो ?”
केही दिनअघि गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणबारे सदनमा जवाफ दिएका थिए ।त्यसको जवाफ ओलीले दिएका हुन् ।
काठमाडाैं, २८ साउन ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । सिरहाकाे बरियारपट्टी गाउँपालिका-४ तेनुवाट्टी बस्ने ६५ वर्षीय फुदन पासवानलाई अवैध लागूऔषध गाँजा करिब ३० किलोग्रामसहित प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध गाँजाको ओसारपसार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ नर्सरीस्थित प्रतिक्षालयबाट अवैध लागूऔषध गाँजा करिब ७ सय २० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१४ खाल्टे बस्ने २२ वर्षीय विक्रम न्यौपाने र स्याङजा पुतलीबजार नगरपालिका-१३ लामपाटा बस्ने २२ वर्षीय सुलभ परियार रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले सार्वजनिक प्रतिक्षालयमा बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा झोलामा रहेको उक्त गाँजासहित पक्राउ गरेको हो ।
मकवानपुरकाे मनहरी गाउँपालिका-५ दरदरा बस्ने ३६ वर्षीय राम सिंह वाईबालाई अवैध लागूऔषध गाँजाको धुलो करिब १ किलो र नाइट्राभेट १ सय ५० ट्याब्लेटसहित प्रहरीले पक्राउ गरेको छ । रामको घरमा लागूऔषध रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनको घरको कोठा तलासी गर्दा उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।
कैलालीकाे गोदावरी नगरपालिका-८ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३ सय ४० मिलीग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-१ बस्ने २३ वर्षीय रिजन कुमार बुढा र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय चेतन पौडेल रहेका छन् । प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले सु.प प्र ०१०११ प ८७३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकाे दमक नगरपालिका-२ भाङबारीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय मिलिग्राम, डिजिटल तराजु थान १, मोवाईल ३ थान र नगद १ लाख २३ हजार ९ सय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय पुजन दुलाल र सोही नगरपालिका-७ छितिज टोल बस्ने २१ वर्षीय सचिन मगर रहेका छन् । दुलालले घरमा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
काठमाडौं, २८ साउन ।
काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने ५१ वर्षीय दिपेन पोडेको सोही ठाउँस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेको अवस्थामा पोडे समेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
तनहुँकाे आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगाले समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।
मोरङ, २८ साउन ।
१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका-५ बस्ने २३ वर्षीय युवराज महरालाई प्रहरीले पक्राउ गरेको छ ।
महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।