काठमाडौं, ३२ साउन ।
चितवनमा डेंगु संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। साउन महिनाको तथ्यांकलाई हेर्दा आज ३२ गतेसम्म ९६ जनामा संक्रमण पुष्टि भएको हो।
चितवनमा भेटिएका डेँगु संक्रमितमध्ये अन्य जिल्लाबाट आएका ३० जना, चितवनका ४४ जना र ठेगाना नखुलेका ६ जना रहेका छन्। पछिल्लो २४ घण्टामा तीन जनामा संक्रमण पुष्टि भएको छ।
भएको छ।
धनगढी, ३२ साउन ।
जिल्ला क्रिकेट संघ कैलालीको अध्यक्षमा पुनः विक्रम विष्ट निर्वाचित भएका छन्। बिहीबार सातौं अधिवेशनबाट विष्ट सर्वसम्मत दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
कैलाली जिल्लामा रहेर लामो समयदेखि उनी क्रिकेटजन्य गतिविधिमा सक्रिय रहँदै आएका छन्। उपाध्यक्षमा शम्भु लामिछाने, सचिवमा देवनारायण झा, कोषाध्यक्षमा विक्रम लामा निर्वाचित भएका छन् ।
सदस्यमा क्रमशः रतनबहादुर कठायत, बाबुराजा श्रेष्ठ, रुपक विष्ट, ज्ञानेन्द्र दडिमाना क्षेत्री, गणेश रजक, दिनेश महर्जन, लोकबहादुर खड्का (रबि), गोविन्दराज जोशी, पदमबहादुर सिंह, सम्राट सिंह र कमलराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला क्रिकेट संघ कैलालीको सातौं अधिवेशनमा ५ जना सम्मानित भएका छन्।
क्रिकेटमा लामो समयदेखि सक्रिय रहेर अध्यक्ष जस्तो जिम्मेवारपूर्ण पदमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाली क्रिकेटमा योगदान पुर्याएको भन्दै क्यानका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मान गरिएको छ।
कैलाली जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष धर्मबहादुर बोहरा, पूर्वसचिव गणेश नेपाली, पूर्व कोषाध्यक्ष मदनबहादुर कुँवर र धनगढी क्रिकेट एकेडमीका अध्यक्ष सुवास शाही सम्मानित भएका हुन्।
काठमाडौं, ३२ साउन ।
सशस्त्र प्रहरीका १२ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।

बिहीबार बसेको बढुवा समितिले रिक्त रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा १२ जना उपरीक्षकको बढुवा गरेको हो।
बढुवा सिफारिसमा चित्त नबुझ्ने उपरीक्षकहरुले सात दिनभित्र उजुरी दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं, ३२ साउन ।
सामाजिक सञ्जाल फेसबुकमा साथी भएकाको आइडी ह्याक गरी रकम ठगी गर्ने पाँच जना लाई प्रहरीले पक्राउ गरेको छ।
साथीहरूलाई मेसेन्जरबाट म्यासेज गरी ईसेवा, खल्ती जस्ता वालेटबाट पैसा हाल्न लगाइ ठगी गर्नेलाई काठमाडौं महानगरपालिकाको बसपार्कस्थित रेसुङ्गा बुटवल गेष्ट हाउसबाट विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले ३० वटा फेसबुक ह्याक, १२ वटा जीमेल, विभिन्न बहानामा ओटिपि कोड प्रयोग गरी १४ लाख ५८ हजार रुपियाँको कारोबार देखिएको जनाएको छ। पीडित २२ जनाले प्रहरीमा निवेदन दिएका थिए।
पक्राउ पर्नेमा स्थायी घर बारा जितपुरका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ, रोहन तामाङ र कास्की महानगरपालिकाका सुब्बु भन्ने शुभेच्छा गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं, ३२ साउन ।
ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले भदौँ १ गते शुक्रबारबाट लागू हुने गरी भदौं महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
बैंकले सार्वजनिक गरेको उक्त ब्याजदर अनुसार साउन महिनाको तुलनामा भदौँ महिनामा ब्याजदर बढाइने भएको छ।
बैंकले भदौँ महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ। बैंकले रेमिटेन्स बचतमा भने ९.९६६ प्रतिशत ब्याजदर तोकेको छ।
यसअघि असार महिनामा बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याजदर तोकेको थियो भने साउन महिनामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो।
बैंकले मुद्दति निक्षेपमा बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ। बैंककाअनुसार रेमिट्यान्स खातामा भने ११.८९६ प्रतिशत ब्याजदर पुर्याएको छ।
यसअघि साउनमा संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो। बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ।
अछाम, ३२ साउन ।
अछाममा आज अटो दुर्घटना भएको छ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनको ढोगदिना भन्ने ठाउँमा सु.प.प्र.०१/००१ ख ५५ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको हो। अटो दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा अटोमा सवार बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका अन्दाजि ३८ वर्षीय नृप ओड, बान्नीगढी जयगढ गाउँपालिका–५ का २८ वर्षीय टंक साउँद र सोही पवालिकाको–२ का अटो चालक २३ वर्षीय हेमराज साउद घाइते भएका छन्।
घाइते तीनै जनाको बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाइते भएका ओडको अवस्था मध्यम र बाँकि दुई जनाको अवस्था सामान्य रहेको छ।
इन्दीप कोइराला,बारा, ३२ साउन ।
रौतहटका पत्रकार फणि महत ब्रेन ट्युमरबाट पीडित भएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका निवासी पत्रकार महतको एक वर्षभन्दा बढी समयदेखि टाउको ट्यूमरबाट पीडित भएका हुन ।

पत्रकार महत एक वर्षभन्दा बढी समय देखि काठमाडौस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भई शल्यक्रियासमेत गरिएको पत्रकार महत पुनः सोही समस्या देखिएपछि थप उपचारको लागि उपचारमा संलग्न चिकित्सकले भारतको नयाँ दिल्ली लानु सुझाब दिएसँगै हाल उनी उपचारका निम्ती भारतको नयाँ दिल्लीमा छन् ।
पत्रकार महतको काठमाडाैंमा ब्रेन ट्युमरको उपचारको क्रममा ३५ लाखभन्दा बढी खर्च भएपनि उनी पूर्ण रुपमा स्वस्थ हुन नसकेपछि थप उपचारको लागि भारतको नयाँ दिल्लीमा उपचारको तयारीमा छन् । यति ठूलो रकम खर्चिएर फेरि दिल्लीमा उपचारको लागि उनलाई तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक परेको हुँदा सहयोग गरिदिनु हुन तथा सहयोग जुटाइदिन हुन परिवारले समेत अनुरोध गरेको हो ।
साथै बिहीबार नेपाल पत्रकार महासंघले पनि आर्थिक सहयोग जुटाउन र एक श्रमजीवी पत्रकारको जीवन बचाउनका लागि उपचारमा सहयोग गर्न आफ्ना सबै शाखा समिति, एसोसिएट संस्था र वैदेशिक शाखालाई अपिल गरेको छ ।
पत्रकार महतको उपचारमा ठूलो धनराशी खर्च हुने भएकाले इच्छुक व्यक्तिले आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ । सहयोग गर्न चाहने इच्छुक व्यक्तिले नेपाल एसबीआई बैंक लिमिटेडको चपुर रौतहट शाखामा रहेको पत्रकार महतकी पत्नि सुनन्दा कार्कीको बैंक खाता नम्बर २३९१५२४३४००२८८ मा रकम जम्मा गरिदिन सक्नेछन् ।
यस्तै नेपाल पत्रकार महासंघको नविल बैक, घण्टाघर शाखामा रहेको १६९०१०१७५००६३३ मा रकम जम्मा गरिदिन सक्नेछन् । अन्नपूर्ण पोष्टका रौतहट संवाददातासमेत रहेका महत रौतहटको चन्द्रनिगापुरबाट सञ्चालक रेडियो सुप्रिम र कलमपाटी डटकम अनलाइन पत्रिकाको सञ्चालक पनि हुन् ।
प्रेस चौतारी नेपालको मधेश प्रदेशका अध्यक्षसमेत रहेका महत करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

रुकुम पश्चिम, ३२ साउन ।
रुकुम पश्चिममा एक पुरुषको शव फेला परेको छ । आठबीसकोट नगरपालिका–६ मा ४७ वर्षीय आसे बोहरा मृत फेला परेका हुन् । झोडेनी भन्ने स्थानमा बिहीबार बिहान उनी मृत फेला परेका हुन् ।
९ दिनदेखि बेपत्ता बोहराको शव गलेको अवस्थामा गोतामकोट प्रहरी चौकीबाट खटिएको टोलीले फेला पारेको हो । छातीमाा लागेको जस्तो देखिएकाले उनको गोली प्रहारबाट मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
सिकार गर्न जाने क्रममा आफ्नै बन्दुकको गोली लागेर वा अन्य कसैले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्नेबारेमाम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शवसँँगै भरुवा बन्दुक पनि भेटिएकोे छ ।
गदोरम्बा, ३२ साउन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि माओवादी केन्द्रले लिने बताएका छन् ।

बिहिबार नेकपा (माओवादी केन्द्र) दोरम्बा शैलुङ गाउँपालिकाले आयोजना गरेको २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धान्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
देशको व्यवस्थामा परिर्वतन ल्याउँने आन्दोलन, स्वाधिनता र अखण्डताका पक्षमा लडेको माओवादी केन्द्रलाई पछिल्लो समय जनताको जीवनमा परिर्वतन ल्याउनेबारे कार्यशैलीगत अन्योल रहेकोमा त्यो बाटो पहिल्याएको उनले बताए । अब माओवादी जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले भने, “अहिले देशमा धेरै व्यथिति छन् । तीनको अन्त्य गर्ने नेतृत्व कसैन कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिर्वतनका आन्दोलमा सहभागी भएका बलिदानीको कृतिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ ।”
निर्वाचनका बेला व्यवस्था बदल्यौं, अब अवस्था बदल्छौं भनेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले यसअघि व्यवस्था बदल्न के गर्ने भन्नेमा अल्मलिने गरेको भएपनि अब भने बाटो पहिल्याएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुतामा रहेको देशमा समावेसी गणतन्त्र ल्याउन त सकेउ ,तर जनताले चाहे अनुसारको परिवर्तन हुन सकेको छैन, जनताको जिवनमा परिर्वतन ल्याउन अझ संर्घष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौं । जनतासँग माओवादी विशेष अभियान संचालन गर्ने भनेका छौं । ”

सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रुपमान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उनको भनाई छ ।
प्रधानमन्त्रीले भने,“हामी फेरिन चाहान्छौं जनतासँग जोडिएर, जनताकोे घरमा गएर देशको अवस्थाबारे जानकारी गराएर, समाजवादको नयाँ आन्दोलनको रुपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान संचालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ । ”
जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफुले माओवादी जनयुद्ध,जनयुद्धका घाइते अपाङ्ग शहिद बेपत्तालाई सम्मान गर्ने नै गरेको बताउँदै प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिर्वतनका विभिन्न आन्दोलनमा शहिद बनेका माओवादी सेना, नेपाली सेना , प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहिद घोषणा गरेको उनले बताए। साथै, जनयुद्धलाई अमर बनाउँने फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसको रुपमा मनाउँने निर्णय गरिएको प्रधानमन्त्रीले बताए । शहिद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहिद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उनले बताए ।
प्रधानमन्त्रीले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताएका छन्। उनले सरकारको अहिले ध्यान गेम चेन्जर आयोजनामा गएको बताउँदै भने, “ सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठुला आयोजनालाई देशको विकासलाई नयाँ युग तर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रुपमा परिवर्तन गर्छौं ।”
हिजो अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रम मार्फत ४० देखि ५० लाख अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोडेर समाजवादको भु्ण रोपेको उनले बताए । यो अभियानले जनतामा समानता र सबै नागरिकको भविष्य सुनिश्चित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको यो अभियानमा सरकारलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन् ।

विराटनगर, ३२ साउन ।
विभिन्न मानवअधिकारवादी संस्थाले संखुवासभा जिल्ला कारागारका दुईजना कैदीको यातना र कुटपिट मृत्यु भएको निष्कर्ष निकालेका छन् ।
बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले कारागारमा गरिएको स्थलगत अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै कुटपिटसहितको यातनाबाट कैदीको मृत्यु भएको दाबी गरेका हुन् ।
भाग्न खोजेका दुई कैदीको कुटपिटबाट मृत्यु भएको र मृत्युपछि मात्र अस्पताल लगिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका कोसी प्रदेश संयोजक सोमराज थापाले जानकारी दिए ।
गत बुधबार संखुवासभा कारागारमा भएको घटनामा नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामी र संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगीको मृत्यु भएको थियो । घटनामा संलग्न प्रहरीहरूलाई नियन्त्रणमा लिइ अनुसन्धानसमेत सुरु गरिएको छ ।