गरूडा,भदौ ०१ गते ।
गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा स्थित रहेको श्री बंशीराम जयसवाल अनाथालयलाई खेलकुद समाग्री हस्तान्तरण गरिएकाे छ । सोहि नगरपालिकाको वार्ड नं.६ अमरपट्टी निवासि युवा नेता रबिन्द्र प्रसाद यादवले आफ्नो निजि लगानीमा करिब १५ हजार बाराबरको खेलकुद समाग्री अनाथालयलाई एक कार्यक्रम बिच हस्तान्तरण गर्नु भएको हो ।
युवा नेता यादवले आफ्नो लगानीमा ३ थान क्यारमबोर्ड ,पिंङ्ग ,फुटबल ,भलिबल ,ब्याट ,बल ,ब्याडमिन्टन,चेस लगायतकाे र खेलकुद समाग्रीहरु हस्तान्तरण गरेको बताउनु भयो । पढाई लेखाईको साथसाथै खेलकुद पनि जिवनमा अति नै आवश्यक रहेको बताउदैं यादबले भने खेलले पनि मानिसको शरिरलाई गतिलो,फ्रुतिलो ,दिमागलाई चलायामान बनाउने उदेश्यले अनाथालयका अनाथ बालबालिकालाई हस्तान्तरण गरेको बताउनु भयो ।
उनले यति मात्र नभएर समाज वहाँले १ सय भन्दा बढि बालबालिकालाई फ्रि टिउसन पढाउने ,किसानलाई औषधी छर्न टंकी ,छाता ,कम्बल जस्ता अनेकौं समाग्री बितरण गदै आईरहेका छन् ।
हनुमत कुमार यादव,गाैर,भदौ ०१ गते ।
नेपाल स्वयंसेवक संघ मधेश प्रदेश द्वारा आरती शाहका हत्यारालाई कारबाही गर्न मांग सहित रौतहटका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्री लाई ज्ञापनपत्र बुझाईएको छ । दाइजो नल्याएको निहुँमा हत्या गरिएकी जनकपुरकी आरती शाहको परिवारप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई छिट्टै कानूनी दायरामा ल्याउन नेपाल सरकारसँग नेपाल स्वयंसेवक संघ मधेश प्रदेशले माग गरेको छ ।
संघले रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमंत्री लाई एक ज्ञापनपत्र बुझाएका छन् । प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको हुदाहुदै पनि दाइजोको निहुमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन गरी दोषीलाई कानूनको दायरामा ल्याउन माग गरेको हो । सरकारले कुनै सुनुवाई नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीडित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरीद्वारा गरिएको ज्यादती, शोषण, दमनप्रति स्वयंसेवक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महिला प्रहरी हुदा हुदै आन्दोलनमा बसेका मिला लाई पुरुष प्रहरीले शरीरका संवेदनशील अंगमा हात लगाई गाडि भित्र हालेको घटना समाजिक संजाल व्यापक रुपमा देखिएको नेपाल सरकारका गृह मंत्रालयको आदेशमा आन्दोलनकारी लाई पक्राउ गर्न गएका पुरुष प्रहरीले महिला माथी गरेको दुर्व्यवहार प्रति घोर निंदा गर्दै दोषी प्रहरी माथी कार्यवाही गर्न समेत स्वयंसेवक संघले मांग गरेका छन् ।
मृतक शाहको न्यायका लागि माइती पक्ष काठमाडौँको माइतीघरमा धर्ना बस्न थालेको ६४ दिन बितिसक्दा समेत सरकारले बेवास्ता गरेको संघकी प्रवक्ता पूजा पाठक तिल्सिनाले बताएकी छिन् । मृतक शाहको न्यायका लागि संघकी प्रवक्ता तथा प्रदेशका फोकल पर्सन पूजा पाठक र जिल्लाका फोकल पर्सन राकेश कुमार यादवले संयुक्त रूपमा प्रजिअ मार्फत प्रधानमंत्री लाई ज्ञापन सौंपेका छन् ।
रमेश कुमार यादव,रौतहट, ०१ गते भदौ ।
देशको छैठौं राष्ट्रिय भाषाको रुपमा रहेको बज्जिका भाषामा रौतहट जिल्लाको कटहरिया बाट नियमित रुपमा प्रकाशित हुँदै आएको विश्व बज्जिकाको एक मात्र दैनिक पत्रिका बज्जिकाञ्चल दैनिक पत्रिकाले आज आफनो बार्षिकोत्सव मनाएको छ । बज्जिकाञ्चल दैनिक पत्रिकाले तेस्रो वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन गरेको छ ।
पत्रीका प्रकाशक राजु कुमार श्रीवास्तवको अध्यक्षतामा कटहरिया नगरपालिका वडा नम्बर ५ स्थित रहेको विवाह मण्डप भवनमा आयोजना गरिएको पत्रीका तेस्रो वार्षिक उत्सव कार्यक्रम धुमधामको साथ सम्पन भएको छ । सो कार्यक्रमको प्रमुख अतिथीको रुपमा कटहरिया नगरपालिकाको नगर उपप्रमुख रिता देबि यादव रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथीको रुपमा देवाहिगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानु रहनु भएको थियो ।

कार्यक्रममा साहित्यकार रेणु गुप्ताले स्वागत मन्तब्य राख्नु भएको थियो । भने कार्यक्रम सञ्चालन पत्रकिाका प्रकाशक श्रीवास्तवले गर्नु भएको थियो । स्वागत मन्तव्य राख्नु गुप्ताले बाज्जिका भाषा हाम्रो मातृभाषा रहेको कारण यसलाई बचाउन आवश्यक रहेको बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै बाज्जिका साहित्कार किशुनदयाल प्रसाद यादवले भने, हाम्रो रौतहटबाट नै प्रकाशित हुने बाज्जिका भाषाको दैनिक पत्रिका एक मात्र रहेको पत्रिका हो । त्यस कारण यस भाषा र पत्रिकालाई संरक्षण गर्न हामी सबैजनाको सहयोग अति नै आवश्यक रहेको छ ।

उनले भने कि यो भाषा हाम्रो मातृभाषा समेत रहेकोले यसलाई विलय हुन नदिन एकजुट भई ब्यवहारमा उतार्न पनि सबैलाई आग्रह समेत गर्नु भएको थियो । अरु कुरा त परै जाओस, तर हामि आफ्नो आमाबाट पहिलो पल्ट सिक्ने भाषा रहेको बाज्जिका भाषा नै रहेको हो । त्यसैले हरेक मानिस हरेक तहतप्काबाट आ–आफ्नो तवरबाट सहयोग आवश्यक रहेको पनि बताउनु भयो । यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै बाज्जिका भाषका संरक्षक, विज्ञ,साहित्यकार एवम् शिक्षक संजय साह मित्रले दोस्रो बर्ष पार गरि तेस्रो बर्षमा प्रबेश गरेकोमा बाज्जिकाञ्चल दैनिक पत्रिकालाई बधाइ तथा शुभकामना दिदै भने कटहरियाबाट बाज्जिका भाषामा प्रकाशित हुने रौतहटको एक मात्र पत्रिका रहेको छ ।

जुन हामी आफ्नो आमाको कोखबाट नै सिक्ने भाषा बाज्जिका नै रहेको छ र यो भाषामा प्रकाशित हुने पत्रिका सबै खाले ब्यतिmले बुझने गरि पढने पत्रिका रहेको हुँदा यसलाई अझै प्रोत्साहन गर्नेमा जोड दिएका थिए । साथै उनले भने कि मधेश प्रदेशमा बोल्ने अन्य भाषाहरु मध्येबाट भोजपुरी भाषा भन्दा अगाडी बज्जिका भाषा रहेको पनि जिकिर गर्नु भएको थियो । मधेश प्रदेशको तेस्रो भाषाको रुपमा रहेको बजिजका भाषा २०७८ सालको जनगणनामा हाम्रो मधेश प्रदेशमा बाज्जिका बोल्ने भाषाको संख्या ११ लाख भन्दा बढी रहेको समेत दावी गर्नु भएको थियो ।

त्यसमा पनि रौतहट सबभन्दा अगाडी र सर्लाहि दोस्रो स्थानमा रहेको समेत बताउनु भएको थियो । शिक्षक साहको अनुसार मधेश प्रदेशको अधिकाशं जिल्लामा हाम्रो बाज्जिाका भाषा बोल्ने गरेको समेत जानकारी दिनु भयो । त्यस्तै कार्यक्रममा बोल्दै देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साह कानुले पत्रिकाको उतरोतर प्रगतीको लागि शुभकामना व्यक्त गर्नु भएको थियो । साथै पत्रिकाको विकासको लागि चौतर्फी रुपमा सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो । आउँदो दिनमा हाम्रो बाज्जिका भाषा अरु भाषा भन्दा अगाडी रहने दावी समेत गर्नु भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि कटहरिया नगरपालिकाको नगर उपप्रमुख रिता देवी यादवले यो बाज्जिका भाषामा हाम्रै नगरपालिकाबाट प्रकाशित हुने पत्रिकालाई संरक्षण गर्न सबैजनालाई हातेमालो गर्न आवश्यक रहेको बताउनु भएको थियो । साथै हाम्रो मातृभाषामा पनि प्रकाशित भईरहेको र यो पत्रिका बालबालिका,बृद्धबृद्धा कर्मचारीहरुले पनि आफ्नो भाषामा रहेको पत्रिका प्रष्टसंग बुझने भएकोले यसलाई गत बर्ष झै यस बर्षमा पनि सहयोग गर्न अति आवश्यक रहेको बताउनु भयो ।

यो पत्रिकालाई आफुबाट हुने सम्पुर्ण सहयोग लगायत पालिकाबाट हुने सहयोग समेत गर्ने आश्वासन समेत दिनु भएको थियो । कार्यक्रममा पत्रिकाको विकासका लागि अमूल्य सहयोग गर्नु हुने अतिथीहरु लगायतका व्यत्तीहरु पनि पत्रिकाको तर्फ बाट प्रशंसापत्र प्रदान गरिएको थियो । लाइ सो कार्यक्रममा कटहरिया वडा नम्बर ३ का पूर्व वार्ड अध्यक्ष उमेश यादव,वर्तमान वडा अध्यक्ष श्यामाकान्त यादव,इप्रका कटहरियाका प्रतिनिधी,मौलापुर एफएमका समाचारबाचक सागर ठाकुर ,पत्रकार दिपेन्द्र रजक ,रामप्रबेश बैठाले आफ्नो मन्तब्य समेत राख्नु भएका थिए भने मधेश जनअवाज एफएमका समाचार बाचक एवम् रिपोर्टर रमेश कुमार यादब ,हनुमत यादब ,नागरिक समाज ,बुद्धजिवि ,भद्रभलादमी मानिसहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

काठमाडौं, २ भदौं ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर र पुर्वतर्फ सरदर स्थान भन्दा दक्षिणतिर रहेको छ। भारतको उत्तर पश्चिम बंगाल आसपासमा न्यून चापिय क्षेत्र रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर आशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती भने देशभर आशिक देखि सामान्य बदली रहनेछ। कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी , मधेश गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
३२ साउन अर्घाखाँची ।
नेपालका ७७ जिल्लामा पैदलयात्रामा निस्किएका कैलालीका देवराज पाध्या अर्घाखाँची आईपुगेका छन् ।
पैदलयात्रा शुरु गरेकाे १ सय ५६ दिनमा पाध्या अर्घाखाँची आईपुगेका हुन् । अर्घाखाँची हुँदै भाेली प्युठान पुग्ने पाध्याले बताए ।
बाजुरा जन्मिई हाल कैलाली स्थाई घर भएका ३७ पाध्या अर्घाखाँची सहित ७० जिल्ला पुगिसकेकाे बताए । “आफ्नै खुट्टाले नेपाल घुम्ने मन लाग्याे,’ पाध्याले भने “कति दिनमा देश घुमिदाे रहेछ भन्ने जान्न मन लागेपछि यात्रा शुरु गरेकाे हुँ ।”
यसभन्दा अघि ७७ जिल्ला घुम्ने पैदलयात्रीकाे विययमा जानकारी नभएकाे पाध्याले बताए । “साईकल र गाडीमा हिड्नेहरु भए पनि पैदलयात्रीकाे विषयमा मलाई जानकारी छैन,’ पाध्याले भने ।
यात्रा शुरु गर्नुपुर्व कैलालीमा रहेकाे गाैरिगंगा नगरपालिकालाई आफ्नाे यात्राकाे विषयमा जानकारी दिएकाेमा नगरपालिकाले २० हजार रुपैयाँ आफ्नाे खातामा राखिदिएकाे उनले बताए । छिटफुट ५/७ सय सहयाेग आउने गरेकाे भएपनि हालसम्म सरकारी स्तरबाट कुनै सहयाेग नभएकाे पाध्याले बताए ।
भ्रमणकाे क्रममा स्थानियहरुकाे राम्राे साथ पाएकाे पाध्याकाे भनाई छ । “कतैपनि असहज, अप्ठायाराे महशुश गर्नुपरेकाे छैन,’ उनले भने, ‘लुटपाट तथा कुटपिटकाे अनुभव समेत गर्नुपरेकाे छैन ।’
साँझ जहाँ पुगिन्छ, त्यहीबाट अर्काे दिनकाे यात्रा शुरु गर्ने गरेकाे उनले जानकारी दिए । ‘खाेटाङमा बास पाईन, साेलु सल्लेरी, धादिङमा बास पाईन,’ पाध्याले भने ‘अन्यत्र राम्राे प्रतिक्रिया पाएकाे छु ।’
अब प्युठान, राेल्पा, दाङ, बाँके बर्दिया, कैलाली र कन्चनपुर सहित सात जिल्ला बाँकी रहेकाे पाध्याले बताए । अझै बिस दिनमा सक्ने अनुमान गरेका पाध्याले समापन भने कन्चनपुर जिल्लाबाट गर्ने साेच बनाएका छन् ।
लन्डन, १ भदौं ।
सयौं वर्षको इतिहासलाई सुरक्षित राखेको बेलायतको एउटा संग्रहालयबाट धेरै मूल्यवान ऐतिहासिक वस्तुहरू चोरी भएका छन् ।
यो लन्डनमा एक प्रमुख पर्यटक आकर्षण पनि हो। यस ब्रिटिस म्युजियमका एक कर्मचारीलाई भण्डारण कोठाबाट धेरै बहुमूल्य ऐतिहासिक वस्तु र कलाकृति चोरी भएपछि बर्खास्त गरिएको छ । चोरी भएका वस्तुहरूमा भारतका कलाकृतिहरू समावेश छन्।
चोरी भएको सामानको मूल्य ५० हजार डलर रहेको स्थानीय प्रहरीले जनाएको छ । यो संग्रहालय मानव इतिहास, कला र संस्कृतिलाई समर्पित छ। यस प्रसिद्ध सार्वजनिक संग्रहालयले भारतलाई समर्पित ग्यालरी सहित धेरै पुरातन भारतीय कलाकृतिहरू पनि प्रदर्शन गर्दछ। महानगरीय प्रहरी अपराध महाशाखाले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ र एक कर्मचारीलाई अनुसन्धानको क्रममा बर्खास्त गरिएको छ । यद्यपि उनको परिचय खुलाइएको छैन।
सङ्ग्रहालयका अनुसार यस वर्षको सुरुमा सङ्कलनका वस्तुहरू हराएको, चोरी वा क्षतिग्रस्त फेला परेपछि आफ्नो सुरक्षाको समीक्षा सुरु गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले यस विषयमा अनुसन्धान गरिरहेको छ । ब्रिटिश म्युजियमका अध्यक्ष जर्ज ओसबोर्नले भने, ‘हामीले सहयोग गर्न प्रहरीलाई बोलाएका छौं, सुरक्षा बलियो बनाउन आपतकालीन कदमहरू चालेका छौं, के भयो भन्ने प्रयास गर्न र सिक्न आफ्नै समीक्षा सुरु गरेका छौं र हामी जिम्मेवारहरूलाई पछ्याउनेछौं। सबै अनुशासनात्मक कारबाही गरिनेछ।’
जर्ज ओसबोर्नले अगाडी भने, यो हाम्रो ब्रिटिश संग्रहालयलाई माया गर्ने सबैका लागि दुखद दिन हो। तर हामी गल्ती सच्याउन र संग्रहालयलाई अझ बलियो बनाउन हाम्रा अनुभवहरू प्रयोग गर्न कटिबद्ध छौं। संग्रहालयले यी मध्ये कुनै पनि कलाकृति हालै प्रदर्शनमा नराखिएको र मुख्यतया शैक्षिक र अनुसन्धान उद्देश्यका लागि राखिएको बताएको छ।
ब्रिटिस म्युजियमका निर्देशक हार्टविग फिशरले यो निकै अनौठो घटना भएको बताए । ‘म मेरा सबै सहकर्मीहरूको लागि बोल्छु जब म भन्छु कि हामी हाम्रो हेरचाहमा रहेका सबै वस्तुहरूको सुरक्षालाई गम्भीरताका साथ लिन्छौं। म्युजियमले के भयो भनेर माफी मागेको छ तर हामी चीजहरू ठीक गर्न प्रतिबद्ध छौं। हामीले पहिले नै हाम्रो सुरक्षालाई कडा पारेका छौं र के हराएको, क्षतिग्रस्त र चोरी भएको निश्चित लेखा पूरा गर्न बाहिरी विशेषज्ञहरूसँग काम गरिरहेका छौं,’ उनले थपे। यसले सामानहरू बरामद गर्न हाम्रो प्रयासलाई थप्नेछ, अनुसन्धान जारी छ।
इन्दीप कोइराला,बारा, १ भदाैं ।
श्रीमतीको हत्या गरी बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिने एक जनासहित बारा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
आफ्नै श्रीमतीको हत्या गर्ने बारा कलैया उपमहानगरपालिका- २६ का नाथु देवानलाई प्रहरीले पक्राउ गरेको हो ।
देवानसँगैं श्रीमतीको मृत्यु भए बीमाबाट मोटो रकम आउने भन्दै उनलाई उक्साएको आरोमा एशियन लाईफ ईन्सुरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अंसारी पनि पक्राउ परेका छन् । यस्तै पक्राउ परेका अर्का एकजनाको नाम खुल्न सकेको छैन ।
पक्राउ परेका देवानले अन्दाजी ४० वर्षिया पत्नी हजरा खातुनको नाममा एशियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड शाखा कलैयामा ५० लाख रुपैंयाको जीवन बीमा गराएका थिए । गत वर्ष भदौमा हजाराको मृत्यु भएको थियो । बीमा अभिकर्ता अन्सारीमार्फत उनले श्रीमती खातुनको नाममा २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा गराएका थिए ।
हजाराको गतबर्ष भदौमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भनिएको थियो । सवारी दुर्घटनामा मृत्यु भएको भनी आवश्यक कागजात बनाएर उनले बीमा दावी गरेपछि २०८० साल असारमा बीमा कम्पनीले देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैया क्षतिपूर्ति भुक्तानी गरेको थियो ।
देवानले बीमाबाट रकम बुझिसकेपछि देवान पत्नी हजराकोे मृत्यु शंकास्पद भएको सूचना पाएको प्रहरीले देवानलाई सोही समयदेखि निगरानीमा राखेको थियो । देवानले श्रीमतीको आफूले नै हत्या गरेर दुर्घटनाको नाटक गरेर बीमा कम्पनीबाट रकम निकालेको भन्दै हिँडेको पाईए पछि उनीहरुलाई सोमवार प्रहरीले पक्राउ गरेको हो । उनले घाँटीमा सलले बेरेर श्रीमतीको हत्या गरेका थिए ।
बीमाबाट रकम लिन पत्नी हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको बारा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । ‘बीमा कम्पनीबाट क्षतिपूर्ति रकम लिनकै लागि श्रीमतीको हत्या गरिएको पुष्टि भएको छ, उनले भने, घटनाको गहिरो गरी अनुसन्धान भइरहेको छ ।’ घटनामा अझै केहीको संलग्नताको आशंका छ । विस्तृत विवरणका लागि दुई दिन अझै पर्खिन पनि उनले आग्रह गरे ।
काठमाडौं, १ भदौं ।
आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ ।
बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ । बिद्यायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।
काठमाडौं, १ भदौं ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ। गण्डकी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
राती भने देशभर आशिक देखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
देशको पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
साउन ३२ गते, रौतहट ।
रौतहटको कृष्ण माध्यमिक विद्यालय बाल्चनपुरमा पहिलो पटक माध्यमिक तह कक्षा ११ को पढाई संचालन हुने भएको छ । चन्द्रपुर नगरपालिका–१० बाल्चनपुर स्थित रहेको कृष्ण माध्यमिक विद्यालयले कक्षा ११ को पढाई संचालनका लागि अुनमती प्राप्त गरेपछि यसै शैक्षिक शत्रदेखि पढाई संचालन हुने भएको छ ।

बिहीवार विद्यालयको प्रांगनमा आयोजित एक कार्यक्रमका बीच चन्द्रपुर नगरपालिकाकी उपमेयर जयमाला देवी चौधरीले कक्षा ११ को उद्घाटन गरेकी छन् । उपमेयर चौधरीले उद्घाटन गरेसंगै यसै शैक्षिक शत्रदेखि कृष्ण मावि बाल्चनपुरमा कक्षा ११ को पढाई सञ्चालन हुने भएको छ । २०४९ सालमा माध्यमिक तह कक्षा ९–१० संचालन गरेको उक्त विद्यालयलाई नगरपालिकाले कक्षा ११ को पढाई संचालन गर्न अनुमती प्रदान गरेको छ ।

माध्यमिक तहसम्मको विद्यालय संचालन तथा अनुमती स्थानिय सरकारको क्षेत्राधिकारभित्र पर्ने हुदाँ चन्द्रपुर नगरपालिकाको कार्यालयले उक्त कृष्ण माविलाई कक्षा ११ को पढाई संचालन गर्न अनुमती प्रदान गरेको हो । चालु शैक्षिक शत्रबाट कक्षा ११ को पढाई संचालन हुने भएपछि त्यस क्षेत्रका अभिभावक, विद्यार्थी खुसी भएका छन् । यसअघि नजिकमा कक्षा ११, १२ को पढाई हुने विद्यालय नहुँदा त्याका विद्यार्थीहरुलाई कक्षा ११, १२ पढ्न चन्द्रनिगाहपुर लगाएतका ठाउँमा जानुपर्ने बाध्याता थियो ।
तर अब बाल्चनपुरमै कक्षा ११ को पढाई हुने भएपछि चन्द्रनिगाहपुर धाउनुपर्ने विद्यार्थीहरुको बाध्यता अन्त्य भएको शिक्षक उपेन्द्र मिश्राले बताएका छन् । कृष्ण माध्यमिक विद्यालय बाल्चनपुर एसईई परिक्षामा तिन पटक विद्यार्थीहरुलाई सबैभन्दा बढी अंक दिलाई जिल्लामै उत्कृष्ट भएको विद्यालय हो । कृष्ण माध्यमिक विद्यालय बाल्चनपुरले २०७२, २०७३ र २०७८ सालमा एसईईमा सबैभन्दा बढी अंक प्राप्त गरी विद्यार्थीहरुलाई उतिर्ण गराएर जिल्लामै प्रथम स्थान हासिल गरेको थियो ।

