म्याड्रिड, २ भदौं ।
कुनै पनि देशको सेनामा भर्ना हुनु प्रतिष्ठित काम हो तर कल्पना गर्नुहोस् कि कुनै देशकी राजकुमारी त्यो देशको सेनामा भर्ना भएमा यो निकै चर्चाको विषय बन्न सक्छ ।
यसै बेला स्पेनकी राजकुमारी लियोनर आफ्नो देशको सेनामा सामेल भएकी छिन् । जसकाकारण विश्वभर यी राजकुमारीको अहिले चर्चा भइरहेको छ । किनभने दरबारमा बस्ने राजकुमारी लियोनोरले अब भारी आर्मी बुट र बर्दी लगाएर युद्द तालिममा सहभागी हुनेछिन् । विशेष कुरा के छ भने यी राजकुमारीको उमेर मात्र १७ वर्ष छ ।
वास्तवमा स्पेनकी राजकुमारी लियोनर त्यहाँको सेनामा भर्ना भएकी हुन । उनले तीन वर्ष सैन्य तालिम लिने निर्णय गरेकी छिन् । राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनलाई बिहीबार नै परिवारको तर्फबाट युद्द तालिमका लागि शाही बिदाइ गरिएको हो । राजकुमारी जारागोजा बिहीबार आर्मी एकेडेमी पुगेकी थिइन् । राजकुमारीसँग उनको परिवारका अन्य सदस्यहरू पनि थिए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमारी लियोनरले मार्चमा यो जागिरका लागि आवेदन दिएकी थिइन् । राजकुमारी लियोनरले आगामी तीन वर्षसम्म कडा सैन्य तालिम लिने बताइएको छ । उनी स्पेनको सिंहासनमा लाइनमा छिन्। राजकुमारी लियोनोर स्पेनका राजा फेलिप र रानी लेटिजियाकी जेठी छोरी हुन्। उनी आफै राजकुमारीलाई छोड्न त्यहाँ गएका थिए । सैन्य एकेडेमीमा छोड्न आउँदा उनी निकै भावुक देखिएका थिए ।
स्मरण रहोस, राजा फेलिप स्पेनी सेनाका सर्वोच्च कमाण्डर हुन्। उनले जरागोजा मिलिटरी एकेडेमीबाट तालिम पनि लिएका छन् । ५० वर्षीया रानी लेटिजियाले लियोनरलाई अँगालो हालेर भावुक भइन् ।
धेरै कारणले स्पेनको शाही परिवार विगत एक दशकदेखि धेरै विवादमा रहेको र आफ्नो छवि सुधार्न सक्दो प्रयास गरिरहेको बताइएको छ ।
यसै सन्दर्भमा राजकुमारीले यस्तो निर्णय लिएकी छिन् । यो पनि भनिएको छ कि यदि शाही परिवारमा कुनै केटा जन्मेन भने लियोनोर परिवारको अर्को उत्तराधिकारी हुनेछन ।
सुर्खेत, २ भदाै ।
कर्णाली प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश स्थापना तथा शहीद दिवस तथा नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर ४ साउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
काबुल, २ भदौं ।
आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्त, अफगानिस्तानको अन्तरिम तालिबान सरकार भित्र पनि प्रवेश गरेको खुलेको छ ।
अफगानिस्तानमा एक तालिबान कमाण्डरलाई उनको अंगरक्षकले गोली हानी मारेको घटनाको अनुसन्धान गर्दै जाँदा उनको हत्या गर्ने ती अंगरक्षक आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तसँग सम्पर्कमा रहेको खुलेको थियो ।
आतंकवादी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तको यो आन्तरिक गठबन्धन अफगानिस्तानको कुन्दज प्रान्तमा तालिबान कमाण्डर शमिउल्लाह नफिजको आफ्नै घरमा मारिएपछि प्रकाशमा आएको हो। तालिबान उच्च कमाण्डले यो हत्यालाई अत्यन्तै अप्रिय लागेको जनाएका छन् किनभने समिउल्लाह नफीज तालिवानको लागुऔषध विरोधी अभियानका प्रमुख थिए र उनीसँग भारी सुरक्षा व्यवस्था थियो।
उनको पूरै घरमा राखिएका सिसिटिभी फुटेज जाँच गर्दा यो हत्याको रहस्य खुल्यो । जब तालिबान कमाण्डर र उनको टोलीले यो सीसीटीभी फुटेज देखे, उनीहरूले पाए कि जब समिउल्लाह नफिज आफ्नो घरको बैठकबाट आफ्नो शयनकक्षमा जाँदै थिए तब पछाडि आएका उनका अंगरक्षकले उनलाई गोली हानेर भागेका थिए।
अनुसन्धानका क्रममा समिउल्लाह नफीजका अंगरक्षक आतङ्ककारी संगठन इस्लामिक स्टेट खोरासान प्रान्तका केही व्यक्तिसँग सम्पर्कमा रहेको पत्ता लागेको थियो ।
यो पनि रोचक छ कि यो अंगरक्षक लामो समय देखि उनको साथमा थिए र तालिबानमा सबै भन्दा राम्रो लडाकुहरु मानिने गरिएको थियो ।
अहिले तालिवानको आत्मघाती टोलीले यो अंगरक्षकको खोजी गरिरहेको छ । तर यस घटनाले इस्लामिक स्टेट खोरासान प्रान्तको जरा अफगानिस्तानको अन्तरिम तालिबान सरकार भित्रै रहेको प्रमाणित गरेको छ। यस्तो अवस्थामा तालिबान कमाण्डरहरूले आगामी दिनमा ठूलो बोझको सामना गर्नुपर्ने हुनसक्छ । यसअघि पनि इस्लामिक स्टेट खोरासान प्रान्तले सार्वजनिक रूपमा नै आफ्ना मानिसहरू तालिबानभित्र रहेको र समय आएपछि उनीहरूले आफ्नो रूप देखाउने बताएको थियो।
वासिंग्टन डिसी, २ भदौं ।
अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ ।
सो घटनामा दोषी पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छन् । ट्रम्पलाइ मार्ने उदेश्यलेपत्र तयार पारेको र आफैले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् ।
बीबीसी रिपोर्टका अनुसार अभियुक्तको सजाय पूरा भएपछि उनलाई अमेरिकाबाट देश निकाला गरिने छ र यदि उनी पुन फर्किएमा उनी माथी आजीवन निगरानीको सामना गर्नुपर्नेछ। अदालतका न्यायाधीश फ्रेडरिकले फेरीयरलाई सजायँ सुनाउँदै भने, ‘तपाईको कार्य तपाई र समाजको लागि हानिकारक छ।’
दोषी पास्केल फेरीरसँग फ्रान्स र क्यानडाको दोहोरो नागरिकता रहेको खुलेको छ। फेरीरले अदालतलाई भने कि योजना असफल भएकोमा उनी क्षमाप्रार्थी थिए। अदालतलाई लामो सम्बोधनमा उनले आफूलाई आतंकवादी नभई एक सामाजिक कार्यकर्ताको रूपमा हेरेको पनि बताइन्।
‘म मेरो लक्ष्यहरू प्राप्त गर्न शान्तिपूर्ण माध्यमहरू खोज्न चाहन्छु,’ फेरीरले भने। एफबीआईले ट्रम्पलाई राष्ट्रपतिको दौडबाट बाहिरिन आग्रह गरेको पत्रमा उनको औंठाछाप फेला पारेको थियो, जुन बिषालु थियो । जिल्ला न्यायाधीश डब्नी फ्रेडरिकले फेरीरलाई २ सय ६२ महिनाको जेल सजाय सुनाए, जुन २२ वर्षभन्दा कम छ।
इस्लामबाद, २ भदौं ।
पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले देशका लागि एक हजार वर्ष जेल बस्न तयार रहेको बताएका छन् ।
तोशाखाना मुद्दामा दोषी पाइएपछि इमरान खानलाइ तीन वर्षको जेल सजाय सुनाइएको छ र हाल उनी पञ्जाब प्रान्तको अटक जेलमा थुनामा रहेका छन्।
पाकिस्तान तहरीक ए इन्साफका प्रमुखका कानुनी टोलीका सदस्य उमियार नियाजीले खानलाई एट्टक जेलमा भेटेपछि शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री ठीक र स्वस्थ रहेको ट्रिब्यून पत्रिकाले जनाएको छ। यद्यपि उनको दाह्री बढेको छ। उनलाई ऐना र सेभिङ किट दिइएको छ ।
नियाजीले ६ जनाको टोलीमध्ये आफूलाई मात्र इमरान खानसँग भेट्न अनुमति दिइएको दाबी गरेका छन् । पीटीआई प्रमुखसँगको भेटबारे कुरा गर्दा नियाजी निकै भावुक देखिएका छन् । उनले पत्रकारहरुलाई भने कि भेटमा इमरान खानले भने, “मलाई (जेलमा) सुविधा नपाएकोमा कुनै चिन्ता छैन। मलाई १ हजार वर्ष जेलमा राखे पनि फरक पर्दैन। म यसको लागि तयार छु, किनकि स्वतन्त्रताको लागि बलिदान दिनु पर्छ।’
उल्लेखनीय कुरा के छ भने पूर्व प्रधानमन्त्रीमाथि देशभर १४० भन्दा बढी मुद्दा चलिरहेका छन्, जसमा उनीमाथि आतंकवाद, हिंसा, ईश्वरनिन्दा, भ्रष्टाचार र हत्याको आरोप छ। सोही सिलसिलामा तोशाखाना मुद्दामा दोषी ठहरिए पछि इस्लामावादको ट्रायल कोर्टले उनलाई ३ वर्षको जेल सजाय सुनाएको छ । र, साथै अदालतले आगामी ५ वर्ष चुनाव लड्न नपाउने समेत जनाउँदै एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाएको छ ।
काठमाडौं, २ भदौं ।
आजको समयमा मानिस हरेक क्षेत्रमा सफलताको शिखर चुमिरहेको छ, चाहे त्यो विज्ञान होस् वा चिकित्सा क्षेत्रमा ।
संयुक्त राज्य अमेरिकामा स्थित एनयोसीले गत घोषणा गरयाे छ कि त्यहाँका डाक्टरहरूले सुँगुरको मृगौला सफलतापूर्वक एक बिरामीमा प्रत्यारोपण गरेका छन जबकी ती व्यक्तिलाई ब्रेन डेड घोषणा गरिएको थियो ।
एबीसी न्यूजको रिपोर्टका अनुसार डाक्टरहरूले यसले भविष्यमा थप पशुका अङ्ग मानवमा प्रत्यारोपण गर्न मद्दत गर्ने बताएका छन्। एनयोसी लेंगेन हेल्थले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दियो कि शल्यचिकित्सकहरूले सुँगुरको मृगौलालाई मृत व्यक्तिको शरीरमा प्रत्यारोपण गरेका छन । जतिखेर ब्रेन डेड भएका व्यक्तिलाई भेन्टिलेटरमा राखिएको थियो । सबैभन्दा राम्रो कुरा के हो भने ब्रेन डेड भएको व्यक्तिको मृगौलाले ३२ दिन बितिसक्दा पनि राम्रोसँग काम गरिरहेको छ ।
गत महिना जुलाई १४ मा एनयोसी लेंगेन हेल्थका शल्यक्रिया विभागका अध्यक्ष तथा निर्देशक प्रोफेसर रोबर्ट मोन्टगोमेरीको नेतृत्वमा ती व्यक्तिको शरीरमा साे शल्यक्रिया गरिएको थियो। रोबर्ट मोन्टगोमेरीले एक महिना देखि मिर्गौलाले राम्रोसँग काम गरिरहेको र दुई महिनादेखि यसको कामको अनुगमन भइरहेको बताए ।
एनयोसी लेंगेन हेल्थका प्रत्यारोपण शल्य चिकित्सक डा. एडम ग्रीसेमरले मिर्गौलाको बाहिरी तह मुनि रहेको थाइमस पनि प्रत्यारोपण गरिएको बताए। यसको मद्दतले प्रत्यारोपण गरिएको मृगौलालाई मानव प्रतिरक्षा प्रणालीले हुने क्षतिबाट जोगाउँछ। शल्य चिकित्सकले भने कि थाइमस ग्रंथि हाम्रो घाँटी र छातीमा एक तन्तु हो, जहाँ यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई प्रोटिनहरू पहिचान गर्न मद्दत गर्दछ।
लन्डन, २ भदौं ।
उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा सात नवजात शिशुको हत्या गर्ने नर्स पत्ता लागेको छ ।
म्यानचेस्टर क्राउन कोर्टको एक निर्णायकले लुसीलाई सात नवजात शिशुको हत्यामा दोषी ठहर गरेको छ।
अब सोमबार यस अदालतमा सजाय सुनाइनेछ । जूरीले पूर्व नर्सलाई कुल १३ नवजात शिशुहरूमा हत्यारा आक्रमण गरेकोमा दोषीको रुपमा मुद्धा दर्ता गरिएको थियो
तर पछि यो खुल्यो कि उनको आक्रमणमा सात नवजात शिशुहरू मारिएका थिए भने जबकि ६ बच्चाहरूलाई उद्धार गरिएको थियो।
उनलाई यो दोषी करार गराउनका लागि एक भारतीय मुलका डाक्टरले सहयोग गरेका थिए । अदालतको सो आदेशपछि जयरामले अन्तर्वार्ता दिएका थिए, बाँचेका मध्ये अहिले विद्यालय जान सक्ने अवस्थामा पुगेका तर जान नपाएका चार–पाँचजना छन् भन्ने मेरो विश्वास रहेको उनले बताए ।
उनका अनुसार ती नर्सले सन् २०१५ देखि २०१६ को बीचमा ७ नवजात शिशुको हत्या गरेको बताएका छन । पहिलो पटक तीनवटा नवजात शिशुको मृत्यु भएपछि चिन्ता व्यक्त गरिएको थियो । यस सम्बन्धमा विज्ञहरुसँग पटक पटक बैठक बसेकोसमेत थियो । २०१७ मा राष्ट्रिय स्वास्थ्य सेवा ट्रस्टले डाक्टरहरूले प्रहरीलाई भेटेर निरन्तर बच्चाको अस्वभाविक मृत्यु भइरहेको जानकारी दिएको पनि उनले बताए ।
त्यसको १० मिनेटपछि प्रहरीले कुरा बुझ्यो । त्यसपछि अनुसन्धान सुरु भयो, जसले लेटबीलाई पक्राउ गर्यो। प्रहरीका अनुसार पूर्व नर्सले नवजात शिशुलाई दूध खुवाएर, पेटमा रगत र ग्यास भरेर आक्रमण गर्ने गरेको थिइन । उनले बालबालिकालाई इन्सुलिनको विष खुवाएकी थिइन् ।
विदेशी सञ्चारमाध्यमका अनुसार खोजीका क्रममा प्रहरीले पूर्व नर्सको घरबाट एउटा नोट फेला पारेको थियो जसमा लेखिएको थियो, ‘म राक्षस हुँ, म बाँच्न लायक छैन।’ त्यसपछि आजकाल बेलायतमा ती नर्सलाई लन्डनमा सबैभन्दा खतरनाक बेबी सिरियल किलर मानिन्छ। मिडियाका अनुसार अभियुक्त नर्स विरुद्धको सुनुवाइ अक्टोबर २०२२ मा सुरु भएको थियो ।
काठमाडौं, २ भदौं ।
पदम श्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्बजनिक गरिएको छ ।
खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस बर्षका लागि पदमश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्बजनिक गरेको हो ।
सो प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले सार्बजनिक गरेको सर्ट लिस्ट अनुसार सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐठन, डा.देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा.नवराज केसी शुन्यको मुल्य नामक पुस्तकहरू परेकाे छ ।
सो प्रतिष्ठानले बिगत २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।
अध्यक्ष लामिछानेका अनुसार चयन प्रक्रियाको पहिलो चरणमा सो प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्ड बमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची (लङ्ग लिस्ट) सार्वजनिक गरेका थियो र चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तक मध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट संक्षिप्त सूची (सर्ट लिस्ट) निर्णायक मण्डलको सिफारिस बमोजिम आज सार्वजनिक गरिएको हो ।
काठमाडौं, २ भदौ ।
नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।
दाङ, २ भदौ ।
दाङ बंगलाचुली गाउँपालिका–४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ । जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए ।