२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं ३ भदौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् ।

 

थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमती गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।

 

पार्टीको काठमाडौं महानगर समितिद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो भने संघीय गणतन्त्र नाममा अहिले लुकमा कायम ब्यबस्थाको नै अन्त्य जरुरी भएको समेत बताए ।

 

राप्रपा नेपाल भबिष्यमा सत्ता केन्द्रीत हैन , जनता केन्द्रीत भएर जनता र देशको हितको लागि अगाडि बढ्ने सड्ढल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेको समेत थापाले स्पष्ट पारे । मुलुकमा बिदेशी हस्तक्षेप र प्रभाव बढेको भन्दै थापाले बेरोजगारी, धर्म परिबर्तन, महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै सत्ता केन्द्रित फोहरी खेलले बिधिको शासनको उपहास भएको समेत जिकिर गरे ।

 

कार्यक्रममा नेताहरु तारानाथ लुइँटेल ,श्याम घिमिरे, राजकुमार खड्का, दिबेश नापित लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न नबप्रबेशीहरुलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।

 

बाजुरा, ३ भदौ ।

बाजुरामा भालुको आक्रमणबाट शनिवार एक महिला घाइते भएकी छन्।

 

जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन्। बिहान जंगली भालुको आक्रमणबाट घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरेको हो।

 

भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ।

 

भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं, ३ भदौं ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराईनेछ ।

 

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।

 

उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूकाे नामावली हेरफेरकाे सुचना पनि जानकारी गराइनेछ ।

 

 

काठमाडौं, ३ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास  र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।  साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

राती भने देशभर आशिक देखि सामान्य बदली रहनेछ।  कोशी, बागमती, गण्डकी र सुदुरपश्चिम  प्रदेशका  केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , बागमती र गण्डकी  प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी र लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको  केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । कोशी , बागमती र गण्डकी  प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

प्रदीप कुमार दास, रौतहट भदौ ०२ गते,शनिबार ।

रौतहटको गढीमाई नगरपालिकाका निर्वाचित १८ जना महिला जनप्रतिनिधिहरुलाई महिला नेतृत्व सम्बन्धि ३ दिने मध्यवर्ती तालिम आज गरुडाको आशिर्वाद होटलमा सम्पन्न भएको छ । माण्डवी रौतहटको आयोजना तथा IFES सहकार्यमा ‘ शी लिड्स : महिला नेतृत्व कार्यक्रम अन्तर्गत विगत वर्ष देखि नै यस्ता तालिमहरु विभिन्न सत्रमा सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रमको उदघाटन तथा समापन सत्रमा माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासको उपस्थिति रहेको थियो ।

२०२२ को जनवरी-फेब्रुअरी सम्म नेपालको मधेश प्रदेशका २८ नगरपालिकामा स्थानीय सरकारमा प्रभावकारी ढंगले आफ्नो भूमिका निर्वाह गर्नका लागि निर्वाचित महिला जनप्रतिनिधिहरूलाई चाहिने सीप र ज्ञान प्रदान गर्नुका साथै राजनीतिक संवादमा सहभागी हुनका लागि निर्वाचित महिला प्रतिनिधिहरू र अन्य नेतृत्व भूमिकामा भएका महिलाहरूको आत्मविश्वास बढाउने उदेश्यले माण्डवीले यो कार्यक्रम सँचालन गर्दै आईरहेको छ , यस तालिमबाट महिला जनप्रतिनिधिहरुले सिकेका ज्ञानहरुलाई अवश्य नै व्यवहारमा लागु गरी समग्र नगरपालिकाको विकासमा नै सहयोग पुर्याउनेमा आफु विश्वसत रहेको बताए ।

यस कार्यक्रम अन्तर्गत गढीमाई नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पहिलो, दोस्रो, तेस्रो तथा चौथो सत्र गरी तालिमहरु दिई सकेको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भएको थियो । मध्यावर्ती तालिममा नैतिकवान नेतृत्व, समस्याको विशलेषण, तथ्याँक सँकलन आवधिक तथा व्यवस्थापन र दुस्प्रचार तथा द्धेषपूर्ण अभिव्यक्तिको बारेमा छलफल गरिएको थियो ।

महिला जनप्रतिनिधिहरुमा पहिलाको भन्दा अझ यस तालिमले नेतृत्व क्षमताको विकास गरेको तालिममा सहभागि महिला जनप्रतिनिधिहरुले जानकारी गराउनु भयो । मध्यवर्ती तालिममा गरुडा नगरपालिकाको १८ जना निर्वाचित महिला जनप्रतिनिधहरुको सहभागिताको साथै पत्रकार , माण्डवीका अनुगमन अधिकृत सुविन्द्र दास, प्रशिक्षकद्धय पुनम ठाकुर र सँजय कुमार यादव, सामाजिक परिचालक सुरेन्द्र यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०२ गते ।
गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले आज भदौ २ गते बृहत् किसान आम भेला गरेको छ ।
श्रीराम सुगर मिल्स लिमिटेड गरुडा रौतहटका संचालनको लागि आयोजना गरिएको बृहद किसान आम सभा कार्यक्रम शनिवार मिल्सको मैदानमा सम्पन्न भएको छ ।


उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमको प्रमुख आतिथिको रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का संघिय सांसद देव प्रसाद तिमल्सिनाले उद्योग संचालन गराउनको लागि संघिय सस्कारबाट रकम व्यवस्थापन गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै रौतहट निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद किरण साहले बन्द रहेको चिनी उद्योगको लिलामी प्रक्रियाबाट जोगाउन कानुनी प्रक्रिया अपनाउनु पर्ने बताए। । यसको लागि सडक देखी सदन सम्म आवाज उठाउनु पर्ने जोड दिए ।
रौतहटको धरोहरको रूपमा रहेको चिनी मिलको जग्गा बिक्रि गर्न कसैले चाहे रौतहटका जनता त्यसको प्रतिकार्य गर्न पछि नहट्ने बताए ।


आम सभामा मधेश प्रदेश सरकारका उर्जा सिचाई तथा खानेपानी राज्यमन्त्रि अब्बुल कलाम अजाद उर्फ फुलबाबुले प्रदेश सरकार, संघ सरकार र स्थानीय सरकारको सहयोग गर्नु पर्ने बताए ।

चिनी मिल संचालनको लागि पटक पटक आवाज र संघर्ष गर्दै आएका संघका अध्यक्ष अशोक यादवको सभापतित्वमा सम्पन्न भएको आम सभामा पुर्ब संबिधान सभा सदस्य राम कुमार भट्टराई, पूर्व राजदुत डाक्टर बंशीधर मिश्र, पूर्व कृषि राज्य मन्त्रि योगेन्द्र यादव, प्रदेश सांसद कनिश पटेल, सुनिल यादव, गरुडा नगर पालिकाका मेयर कन्थ मुनि जयसवाल, बौद्धिमाई नगर पालिकाका मेयर प्रदिप यादव, बृन्दा बन नगर पालिकाका नगर प्रमुख बिनोद पटेल, पुर्ब मेयर राम स्नेही यादव नगर प्रत्यासी बृज किशोर यादव, अनिल यादव, दिपक यादव, सुनिल यादव, विजय यादव लगायतका बक्ताहरुले आ आफ्नो मन्तव्य राखेका थिए ।

गरुडाको चिनी मिल बचाउन सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझाइएको थियो ज्ञापनपत्र

गरुडाको चिनी मिल बचाउन प्रर्दशन सहित ज्ञापनपत्र बुझाइएको थियो । श्रीराम सुगर मिलको उपकरण लिलाम भएछि उखु उत्पादक संघको अगुवाईमा गौरमा प्रदर्शन भएको थियो । साथै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको थियो ।
रौतहटका प्रमुख जिल्ला अधिकारी मिश्रले उखु उत्पादक संघद्धारा ज्ञापन पत्र बुझाएको र सम्बन्धीत निकायमा पठाइसकेको जानकारी दिएका थिए ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०२ गते ।
रौतहटको मध्य भाग गरुडामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । नेशनल प्याबसन रौतहट द्धारा एक दिवसीय जिल्ला स्तरीय हाजरि जवाफ प्रतियोगीता कार्यक्रम २०८० सम्पन्न भएको हो । गरुडा स्थित रहेको श्री न्यू डिभाईन लाइट सेकेण्डरी इंग्लिश बोर्डिङ्ग स्कूल गरुडा ४ मा सो कार्यक्रम गरिएको थियो ।


कार्यक्रमको प्रमुख अतिथीको रुपमा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवाल,विशिष्ट अतिथी उपप्रमुख पुनम चौधरी,वडा अध्यक्ष रामबिनोद साह रह्नु भएको थियो ।


राष्ट्रिय निजि तथा आवासीय विधालय एसोसिएसन नेपालका अध्यक्ष तथा डिभाईन लाइट स्कूलका प्रधानाध्यापक बिगन राय यादवको अध्यक्षामा कार्यक्रम भएको थियो । सो प्रतियोगितामा नेशनल प्याबसनमा आबद्ध १४ वटा स्कूलहरु सहभागि भएका थिए ।


प्रतियोगितामा चिरञ्जिवी नारायणी सुकदेव चौक स्कूल,गौतम गोबिन्द धनाडी,ज्योती पराडाइस मौलापुर,श्री ज्ञान कुञ्ज इनर्वा,कलाकुञ्ज इंगलीश बोर्डिङ्ग औरैया,सुशान्त इंगलीश बोर्डिङ्ग स्कूल,अन्नपूर्ण स्कूल मौलापुर,मिड रौतहट आवासीय बिधालय,द्धान एकेडेमी औरैया,हिमालयन इंगलीश बोर्डिङ्ग स्कूल दोही गोनाही,सरस्वती ज्योती इंगलीश बोर्डिङ्ग स्कूल दिपही, र देवपती आदर्श बाल बिधालय यमुनामाइ सहभागी रहेको थियो ।


प्रतियोगीतामा श्री न्यू डिभाईन लाइट सेकेण्डरी बोर्डिङ्ग स्कुलले प्रथम, ज्ञानकुञ्ज इंगलिस बोडीङ्र्ग स्कूल वौधिकाई नगरपालिका २ इनारवा द्वितिय, प्यूस एकेडेमी इशनाथ डुमरिया तृतिय स्थान हासिल गर्न सफल भएको छ ।


पुरस्कार दिएर विद्यार्थीहरुमा एउटा नयाँ उत्प्रेरक जगाएको हुनाले उनीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरिएको अध्यक्ष यादवले बताउनु भयो । सो अवसरमा नेशनल प्याबसनका जिल्ला उपाध्यक्ष जितेन्द्र पटेल,कोषाध्यक्ष सुरेन्द्र चौधरी,सचिव उधो राय यादव,प्रदेश पर्यवेक्षक विजय कुमार यादव,गरुडा नपाका शिक्षा संयोजक सरोज गौतम, नेशनल प्याबसनमा आबद्ध बिधालयका प्रिन्सीपल संस्थापक,शिक्षक शिक्षिका,बिधार्थी,अभिभावक तथा भद्रभलादमीहरुको उपस्थिती रहेको थियो ।

 

इस्लामबाद, २ भदौं ।

पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्।

 

पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्नेसमेत बताएकी छिन ।

 

उनले भनिन्, ‘मेरा श्रीमान् विना कारण अट्टक जेलमा थुनिएका छन् । कानुनबमोजिम मेरो श्रीमानलाई अडियाला जेलमा सार्नु पर्छ ।’

 

पूर्व प्रधानमन्त्री इमरान खानलाई यस महिनाको सुरुमा गिरफ्तार गरिएको थियो, जब उनको प्रधानमन्त्रीको कार्यकालमा विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त सरकारी उपहारहरू बिक्रीसँग सम्बन्धित तोशाखाना मुद्दामा अदालतले दोषी करार भए पछि तीन वर्षको जेल सजाय सुनाइएको थियो।

 

पीटीआई प्रमुखलाई अक्सफोर्ड स्नातक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान भएकाले सामाजिक र राजनीतिक हैसियतअनुसार कारागारमा  ‘बी’ श्रेणीको सुविधा दिनुपर्ने बुशराबीबीले माग गरेकी छिन ।

 

यसैबीच बुशरा बीबीले विगतमा पनि दुई पटक खानको हत्याको प्रयास भइसकेको भएपनि संलग्न अभियुक्तलाइ पक्राउ नगरेको बताइन् । ‘उनको जीवन अझै खतरामा छ र मेरो श्रीमानलाई एटक जेलमा विष खुवाउने डर छ,’ उनले पत्रमा भनिन्। मिडिया रिपोर्टका अनुसार उनले देशको पूर्वप्रधानमन्त्री भएकाले आफ्ना श्रीमानलाई जेलमा घरमा पकाएको खाना खान दिनु पर्ने बताएकी छन् । जेल म्यानुअलको सन्दर्भमा बुशराले खानलाई ४८ घण्टाभित्र सबै सुविधा उपलब्ध गराउने भनिएको तर १२ दिन बितिसक्दा पनि आफूलाई त्यो सुविधा नदिएको बताइन् ।

 

उनले भनिन्, ‘कारागारको नियम बमोजिम निजी चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने मेरो श्रीमान्को अधिकार छ । उनले पीटीआई प्रमुखलाई जेल म्यानुअल अनुसार सुविधा नदिएकोमा छानबिन गर्न मागसमेत गरेकी छिन ।

 

यसबाहेक गत हप्ता पीटीआई कोर कमिटीले पनि इमरान खानलाई ‘स्लो पोइजनिङ’बाट पीडित हुनसक्ने चिन्ता व्यक्त गरेको थियो र उनलाई घरमा पकाएको खाना र पानी उपलब्ध गराउन माग गरेको थियो।

 

११प्योङयाङ, २ भदौं ।

अहिलेसम्म तपाईले उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उनी धान खेतमा देखिएका छन् ।

 

उनको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उनी धानबाली हेर्न धानबारी पुगेका हुन् सक्ने जनाइएको छ ।

 

समाचार अनुसार खाध्य उत्पादन बढाउनका लागि उनले सेनालाई समेत परिचालन गरेका छन् । सो कार्यमा उपलब्धी हासिल भएको देखिए पछि सेनाको प्रशंसा गर्दै उनले आफू माथिको जिम्मेवारी थपिएको बताए । ‘हामी खाद्य संकटबाट गुज्रिरहेका बेला कुनै पनि जमिन खाली रहन नपरोस्,’ उनले भने । केसीएनएका अनुसार यतिबेला उत्तर कोरियामा खाद्यान्न संकट गहिरिएको छ ।

 

यसअघि सन् १९९० मा प्राकृतिक प्रकोपका कारण भोकमरीको सामना गर्नुपरेको थियो । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय सिमानामा सुरक्षाकर्मी बढेमा संकट थपिने विज्ञहरू बताउँछन् । यसबाहेक किमको बारेमा भनिएको छ कि उनले सेनालाई बलियो बनाउन सबै साधन प्रयोग गरिरहेका छन् र यसले आम जनताको जीवनमा असर गरिरहेको छ ।

 

समाचारअनुसार खेतीयोग्य जमिनको प्रत्येक टुक्रालाई बेवास्ता गर्न नसकिने र त्यसका लागि हेलिकप्टर र अन्य हलुका यातायातका विमान प्रयोग गर्ने निर्णय गरिएको बताइएको छ । खेतमा हुर्किरहेको बालीलाई नोक्सान नहोस् भनेर कीटनाशक छर्कनमा पनि जोड दिइएको छ ।

 

उता यसैबिच हालै देखिएको हावाहुरीका कारण बालीनालीमा क्षति पुगेको बताइएको छ । जसकाकारण  करिब १४ हजार कोरियाली नागरिकलाई सुरक्षित स्थानमा सार्नुपरेको थियो ।

 

न्युयोर्क, २ भदौं ।

आफ्नो कोकिनको लत पुरा गर्नका एक गर्भवती पोर्न स्टारले लागि चोरी गर्दा गर्दै समातिएकी खुलासा भएको छ।

 

गहना पसलबाट चोरी भएको राको औंठी सहित शप लिफ्टिङको श्रृंखलामा गए। यति मात्र होइन, अभियुक्त पोर्नस्टारले उनलाई ३० पाउण्ड मूल्यको नक्कली औंठी पनि हेरफेर गरेकी थिइन । ३४ वर्षीया रोमा लसनले गत अप्रिलवाट लुटपाट सुरु गरेकी थिइन र पाँच हप्तामा धेरै पसलहरूलाई लक्षित गरेर चोरी गरेकी थिइन ।

 

जुन चोरीमा पक्राउ परे पछि क्यान्टरबरी क्राउन कोर्टमा शुक्रबार मुद्दाको सुनुवाइ भएको थियो ।

 

लसन (जो रोमाना राइडर नामले चिनिन्छिन) ले ६ वटा पसलवाट चोरी गरेको स्विकार गरेको जनाईएको छ भने अर्को पसलवाट चोरी गरेको अझै उनले स्विकार गरेकी छैनन । यद्धपी, स्थानिय अधिकारीले त्यसमा पनि छानबिन गरिरहेका छन ।

 

पक्राउ गर्ने क्रममा प्रहरीलाई टोकेको अभियोगमा आठ महिनाको जेल सजाय भोग्न भनिएको छ । लसनलाई क्यान्टरबरी क्राउन कोर्टमा निलम्बित सजाँयको लागि थप चार महिना समय दिइएको छ । एडमन्ड फाउलरले लसनलाई आफ्नो कार्य सफाइ दिनका लागि दोस्रो मौका दिने निर्णयसमेत गरेका छन् ।  लसनले घरपालुवा जनावरको खाना, फेसियल क्लिन्जर, मोतीदेखि महँगो औंठीसम्म सबै चोरी गरेकी थिइन ।

 

लसनलाई यसअघि मारगेटमा कोकिनको प्रभावमा एक प्रहरी अधिकारीलाई टोकेको अभियोगमा दोषी ठहर गरिएको थियो।

 

सजाय सुनाउँदै रेकर्डर फाउलरले भने, ‘तपाईलाई अब अर्को दुई वर्षको लागि २४ महिनाको जेल सजाय सुनाइएको छ। गलत कदम चाल्नुहोस् र यो पक्का छ कि दिन पछि रात, तपाईं जेल जानुहुन्छ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।