काठमाडौ, ५ भदौ ।
हिलटन हाइड्रो इनर्जी र स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएका छन् । जसमा हिलटन हाइड्रोको सभा भदौ २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, स्नो रिभर्स लिमिटेडको दोस्रो साधारण सभा भदौ २७ गते कम्पनीको रजिष्टर्ड कार्यालय, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा यस कम्पनीले पनि सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
दाङ,
वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगीलाई प्रहरीले पक्राउ गरेको छ ।
डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका-१७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौ, ५ भदौ ।
अघिल्लो दिन १९ सयकै लाइनमा झरेको नेप्से मंगलबार पुनः २ हजारकै लाइनमा फर्किएको छ । यस दिन नेप्से सूचक १७.६९ विन्दुले बढेर २०१५.९८ अंकमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन २७७ कम्पनीको ६० लाख ३१ हजार कित्ता सेयर कारोबार भएको छ । २८ करोड ५९ लाख रुपैयाँसहित कारोबार रकममा कुमारी बैंकको संस्थापक सेयर परेको छ । यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः युनाइटेड अजोड इन्सुरेन्स र शिवम् सिमेन्ट्स परेका छन् ।
काठमाडौं, ५ भदौ ।
मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।
सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठ गर्न
दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।
गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।
भरतपुर, ५ भदौ।
प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन् ।
भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, `यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।´ उनले अन्तरदेशीय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले, `हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।´
उनले बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै आशन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको बताए।
प्रधानमन्त्रीले आफूहरुको जोड बढिभन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्ने तर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारे । उनले विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने बताए। विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।
हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।
हेटौंडा-भरतपुर र भरतपुर-बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सबस्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।

लमजुङ ५ भदौ ।
लमजुङमा जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ संचालन हुने भएको छ ।
हरितालिका तीजको अवसरमा कृषि ज्ञान केन्द्र लमजुङले यही भदौ १२ गते जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागेको हो ।
‘कृषि तीज गीत प्रतियोगिता’ बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा संचालन हुनेछ । गीतको माध्यमबाट कृषि प्रसार तथा कृषि व्यवसाय प्रवर्द्धन गर्ने उद्धेश्यले जिल्लास्तरीय ‘कृषि तीज गीत प्रतियोगिता’ सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रले प्रत्येक पालिकाबाट एक टिम छनौट गरी प्रतियोगितामा सहभागिताका लागि टिम पठाइदिन सबै पालिकालाई अनुरोध समेत गरेको छ ।
यस्तै, प्रतियोगिता टिम निर्माण गर्दा सम्वन्धित पालिकामा कृषि कार्यमा सक्रिय रहेको कृृषक समूह वा कृषि सहकारी संस्था हुनुपर्ने, कृषक पाठशालामा आवद्ध वा सञ्चालन गर्दै आएको समूह वा सहकारी हुनुपर्ने प्रति टिममा बढिमा सात जना सहभागी हुनुपर्ने र लोकलयमा आधारित कृषिका विषयवस्तु बोकेका तीज गीत हुनुपर्ने केन्द्रले जनाएको छ ।
जिल्ला स्तरीय प्रतियोगिताबाट प्रथम हुने टिमलाई भदौ २३ गते पोखरामा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा पठाइने कृषि ज्ञान केन्द्र लमजुुङका बाली संरक्षण अधिकृत विजय पाैडेलले जानकारी दिए ।
भरतपुर, ५ भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पुरा गर्न लागि परेको बताएका छन ।

भरतपुर २२० र १३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर– बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।
उनले भने, ‘यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।’ प्रधानमन्त्री दाहालले अन्तरदेशिय ट्रान्मिस्सन लाईन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेखसमेत गरेका छन । अगाडी भने, ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’
बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको जानकारी दिए । यद्धपी पधानमन्त्रीले आफूहरुको जोड बढि भन्दा बढि स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारेका छन ।
विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिईनुपर्ने उनको भनाई छ । विगतको मन्दताभन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी) को सहुलितपूर्ण ऋणमा सब स्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।
हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।
दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भई बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।
प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।
काठमाडौँ, ५ भदौं ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका बोर्ड सदस्य शशी कुमार शर्माको नियुक्ति नियमविपरीत रहेको पाइएको छ ।
२०७७ साल चैत २३ गते मन्त्रिपरिषदले शर्मालाई समितिको बोर्ड सदस्यमा नियुक्त गरेको थियो । तर समितिको गठन आदेशमा भएको व्यवस्था विपरीत शर्माको नियुक्ति भएको भन्दै सर्वोच्च अदालतमा उजुरी दर्ता भएपछि यो विषय बाहिरिएको हो । अयोग्य हुँदाहुँदै नियुक्ति गरेको भन्दै शर्मालाई पदमुक्त गरी हालसम्म लिएका सेवा सुविधा फिर्ता गराउन आदेश माग्दै सर्वोच्चमा उजुरी दर्ता भएको हो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन आदेश, २०७१ अनुसार समितिको बोर्ड सदस्य नियुक्त हुनका लागि वन वा वातावरण वा आर्थिक विकाससँग सम्बन्धित योजना तर्जुमा तथा कार्यान्वयनका क्षेत्रमा कम्तीमा पनि दश वर्ष अनुभव भएको हुनुपर्दछ । तर शर्माले पेश गरेको व्यक्तिगत विवरणमा भने त्रिचन्द्र कलेजमा पार्ट टाइम जियोलोजी पढाएको भनी मात्र पेश गरेका छन् ।
शर्मालाई तत्काल बर्खास्त गर्न उजुरी परेपछि सर्वोच्च अदालतले शर्मालाई अदालतमा हाजिर हुन आदेश दिएको थियो । शर्माले पनि अदालतबाट पत्र बुझिसकेको छन् । शर्माको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७७ साल चैत २३ गते भएको थियो ।

लमजुङ ५ भदौ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकाका १ सय ३८ जनाले रोजगारी पाएका छन् ।
गत आर्थिक बर्ष २०७९/८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत बेरोजगार सूचिमा दर्ता भएका मध्ये पालिका भित्रका १ सय ३८ जनाले रोजगारी पाएका हुन् ।
गत आर्थिक बर्ष २०७९/०८० मा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत ३२ वटा पुर्वाधार विकास, सिढी निर्माण लगायतका योजनाहरु रहेको गाउँपालिकाका रोजगार संयोजक नन्दराज गुरुङले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गत आर्थिक बर्ष २०७९/८० मा ८२ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको पालिकाले जनाएको छ । पालिमा सुचिकृत बेरोजगारका संख्या १ हजार ५ सय १३ जना रहेका छन् ।
काठमाडौं, ५ भदौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन् ।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज, पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गरेका हुन ।
सो पार्टीका प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आज अपरान्ह साउदी अरबतर्फ प्रस्थान गरेका लिङदेन नेतृत्वको टोलीमा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत सहभागी रहेका छन ।
अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्नै र त्यहाँ रहदा दुवै देशका नेपाली संघ संस्थाका प्रतिनिधिसँग भेटघाट, अन्तरक्रिया कार्यक्रममा सहभागी हुने तथा राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसंग छलफल गर्नेछन ।
‘त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनु हुनेछ’ श्रेष्ठले भने । उनका अनुसार अध्यक्ष लिङदेन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।