काठमाडौ, ६ भदौ ।
ओरियन्टल इन्स्याेरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड १ लाख रुपैयाँ नाफा कमाएको छ ।
खुद नाफा अघिल्लो वर्षको भन्दा ३७.५९ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यस इन्स्याेरेन्सले २९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसको बिमा कोषको आकार पनि १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको खुद बिमा शुल्क आर्जन पनि ७.५४ प्रतिशतले बढ्न पुगेको छ ।
अघिल्लो वर्ष ९० करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीको यो त्रैमासमा बढेर ९७ करोड ४९ लाख रुपैयाँमा झरेको छ । यता, कम्पनीको खुद दाबी भुक्तानी पनि ५७ करोड ६२ लाख रुपैयाँबाट बढेर ५८ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । हाल ओरियन्टलको जगेडा कोषमा ५१ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
काठमाडौ, ६ भदौ ।
हिमालयन बैंकको करिब साढे १५ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १५ लाख ४० हजार ७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। जसमा संस्थापक सेयरधनी प्रभा गोयन्का भीमसरीयाको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदीपकुमार बिडारीको ३५ हजार ९८० कित्ता रहेको छ।
बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन गर्नुपर्नेछ।
तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।
काठमाडौं, ६ भदौ ।
भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।
भारतको मिजोरम राज्यमा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको सो राज्यका मुख्यमन्त्री जोरामथन्गाले जानकारी दिएका छन् ।
दुर्घटनाबारे जानकारी दिँदै उनले निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तिमा पनि १७ जना मजदुरको मृत्यु भएको बताएका छन् ।
काठमाडौ, ६ भदौ ।
सिटिजन्स लाइफ इन्स्याेरेन्सले १५ भदौदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आईपीओ बिक्री खुला गर्ने भएको छ । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्न लागेको हो । यसले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ ।
यसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आइपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
काठमाडौं, ६ भदौ ।
राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानविन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ ।

बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने दुई बुँदे सहमति भएको हो ।
योसँगै माओवादी नेता कृष्णबहादुर महराको नाम जोडिएको इलेक्ट्रिक चुरोमा सुन राखी अवैध पैठारी गरिएको घटनामा पनि छानबिन हुने भएको छ ।
काठमाडाैं, ६ भादौ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् ।

जापानको माथिल्लो सदनका सदस्य तथा जापान–नेपाल संसदीय मैत्री समूहका सदस्यहरु कोबयासी काजुहिरो र नागाई मानाबुले बुधबार सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन्।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापान दुबै देशहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा समान दृष्टिकोण राख्दै आएको बताउँदै नेपालमा लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर पुयाउँदै आएको सहयोगको लागि धन्यबाद दिए ।

नेपाल र जापानबीच निकट मित्रता, पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणको आदानप्रदान र आपसी भेटघाट र द्विपक्षीय छलफलले नेपाल र जापानवीच रहिआएको सौहार्दपूर्ण सम्बन्धलाई अझ प्रगाढ र उच्च बनाउन ठूलो योगदान पुयाएको बिश्वास ब्यक्त गरे।
उनले नेपालको सामाजिक–आर्थिक विकासमा जापानको निरन्तर सहयोग रहेको छ भन्दै पूर्वाधारको विकास, गरिबी निवारण, कृषि र साना तथा मझौला उद्योगहरूलाई सहयोग, जनस्वास्थ्य र शिक्षाको सुधार, मानव संसाधनको विकास लगायतमा महत्वपूर्ण क्षेत्रमा गरेको सहयोग प्रति धन्यबाद दिए । जापान नेपालमा प्रत्यक्ष बैदेशिक लगानीको प्रमुख स्रोत देशहरु मध्ये एक भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालको बिकास प्राथतमिकताका क्षेत्रहरुमा आगामी बर्षहरुमा जापानी लगानी बढ्ने आशा राखे ।
अन्तर ब्यबस्थापिका संघ लगायतका संसदीय फोरमहरूमा नेपाल र जापानले सहकार्य गर्दै आएकोमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा पनि नेपाल जापान संसदीय मैत्री समुह छिट्टै गठन हुने जानकारी गराए ।
भेटमा जापान नेपाल संसदीय मैत्री समुहका सदस्यहरुले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ हुने बिश्वास ब्यक्त गरेका थिए। नेपाल पनि जापानमा हुने “वर्ल्ड एक्सपो २०२५, ओसाका, जापान“ मा सहभागी हुन लागेकोमा खुसी ब्यक्त गर्दै त्यसले नेपालको पर्यटन, ब्यापार लगायतका क्षेत्रमा ठुलो सहयोग पुग्ने बिश्वास ब्यक्त गरे। उनीहरुले नेपाल जापान संसदीय मैत्री समुह छिटै गठन हुने आशा राख्दै मैत्री समुह मार्फत संसदीय अनुभवहरुको आदनप्रसादन गने अपेक्षा राखे।

काठमाडौं, ६ भदाै ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेकाा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लम्जुङ दोर्दी गाउँपालिका-५ फोर्जुङ घर भएका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङ घर भएका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् । बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा बुझाइएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ स्थित खाजा पसलबाट अवैध लागूऔषध गाँजा करिब ५० ग्रामसहित काठमाडौं जडिबुटी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २६ वर्षीय धिरज लामासहित ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा गाँजा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१६ टंकपसरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्रामसहित सोही उपमहानगरपालिका-१५ जमुनाह बस्ने २० वर्षीय ओसिम साईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापाकाे बिर्तामोड नगरपालिका-४ नयाँ बिजुली अफिस नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ५०० मिलिग्राम र २ थान मोबाइलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने ३५ वर्षीय सन्तोष भन्ने तेज बहादुर राई र ३८ वर्षीय राज भन्ने कृष्ण लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङकाे विराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २८ मिलिग्रामसहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २६ वर्षीय बिशाल सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङ, ६ भदाै ।
विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका-९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका-२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका-१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका-४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् ।
ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले डा. तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरेको हो । साथै निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरिएको छ ।
उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।
सिन्धुली, ६ भदाै ।
दुधौली नगरपालिका-१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौं, ६ भदौ ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे बैठकमा छलफल भइरहेको छ । यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।
मंगलबार नै मस्यौता बुझाउने तयारी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा अनुपस्थित भएपछि स्थगन भएको थियो । जारी बैठकमा पेस गरिनेछ ।
