बिराटनगर, ८ भदौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बिराट दरबार क्षेत्र निरिक्षण गर्ने भएका छन ।
भोली देखी सुरु हुने पार्टीका सचिवालय बैठकमा सहभागी हुनका लागि आज बिराटनगर जान लागेको अध्यक्ष ओलीले बिराट दरबार क्षेत्रको निरक्षण गर्न लागेका हुन ।
तत्कालिन नेकपा मालेको चौथो महाधिवेशन स्थल सिराहामा आयोजना गरिएको पार्टी सचिवालयको बैठकमा सहभागी हुनका लागि एमाले अध्यक्ष ओली आज विराटनगर पुग्दैछन् ।
आज साँझ पाँच वजे होटल ह्यारिसनमा उद्योगी व्यावशायीहरुसँग अन्तरक्रियाको कार्यक्रम गर्न लागेका अध्यक्ष ओली भोली बिहान सिरहा पुग्नेछन । जहाँ भोली देखी पार्टीको सचिवालय बैठक सुरु हुनेछ ।
सिराहाको धनगढीमाई नगरपालिकामा अबस्थित विष्ण्पुरकटीमा पार्टीको सचिवालय बैठक आयोजना गरिएको छ । पार्टी अध्यक्षमा ओली निर्वाचित भए पछि पहिलो पटक सिरहामा सचिवालय बैठक बस्न लागेको हो ।
२०४६ साल भदौ ९–१४ मा सम्पन्न तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले मदन भण्डारीलाई पार्टी महासचिव निर्वाचित गरेको थियो। जसकाकारण पनि एमालेका लागि सो स्थान ऐतिहासिक मानिएको छ।
काठमाडौ, ८ भदौ ।
भगवती हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज भदौ ८ गते शुक्रबार अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा भदौ ७ गते सम्ममा १० लाख ९० हजार ९५३ जनाले १ करोड २१ लाख २४ हजार २०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १७.२३ गुणा बढी आवेदन हो ।
यस कम्पनीले भदौ ५ गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको हो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ । यसको १५% ले हुने ८ लाख ५८ हजार ९७ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री भइसकेको छ ।
यस्तै, ५% (४२ हजार ९०५ कित्ता) सेयर म्युचुअल फन्डहरुलाई बाँडफाँट गरिएको छ भने २% अर्थात १७ हजार १६२ कित्ता सेयर कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ असार ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८१ वैशाख २२ गतेसम्म बाहल रहनेछ ।
काठमाडौ, ८ भदौ ।
दरम खोला हाइड्रो इनर्जी लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।
दरम खोला हाइड्रोले बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं.११ मा ९.६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य ८०% सम्पन्न भइसकेको कम्पनीले जनकारी गराएको छ ।
काठमाडौ, ८ भदौ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ कायम गरिएकाे छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र बिक्री दर १३२ रूपैयाँ ४२ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ०९ पैसा र बिक्री दर १४३ रूपैयाँ ७४ पैसामा खरिदबिक्री हुनेछ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८१ पैसा कायम गरिएकाे छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९ रुपैयाँ १० पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ३ पैसा कायम भएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १६ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३० रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.३८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५१ रुपैयाँमा र कुवेती दिनार १ को खरिदमूल्य ४२७.५५ पैसा विक्रीदर ४२९.५ पैसामा खरिद बिक्री गर्न सकिनेछ ।
मुम्बई, ८ भदौं ।
आलिया भट्टले गंगुबाई काठियावाडीमा अभिनय गरेबापत ६९औँ राष्ट्रिय फिल्म अवार्डमा उत्कृष्ट अभिनेत्रीको राष्ट्रिय फिल्म अवार्ड पाएकी छिन् ।
आलियालाई यो अवार्ड कृति सेननसँग मिलेर प्रदान गरिएको हो । उत्साहित अभिनेत्रीले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्ममा फिल्मका निर्देशक सञ्जय लीला भन्साली, चालक दल, उनको परिवार र दर्शकहरूलाई धन्यवाद दिएकी छिन ।
आफ्नो कृतज्ञता व्यक्त गर्दै आलियाले आफ्नो जित दर्शकलाई समर्पित गर्दै उनीहरु बिना फिल्म सफल नहुने बताइन् । चर्चित गंगु पोजमा आफ्ना केही तस्बिरहरू सेयर गर्दै अभिनेत्रीले लेखेकी छिन्, ‘सञ्जय सरलाई, सम्पूर्ण टोलीलाई, मेरो परिवारलाई, मेरो टोलीलाई र अन्तिम तर मेरा दर्शकहरूलाई यो राष्ट्रिय पुरस्कार। तपाईको हो किनकि तपाई बिना यो सबै सम्भव थिएन ।’
उनले लेखेकी छिन्, ‘म धेरै आभारी छु। म त्यस्ता पलहरूलाई हल्का रूपमा लिन्छु।। म सकेसम्म मनोरञ्जन गरिरहने आशा गर्छु ।’
काठमाडौं, ८ भदौं ।
राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज समापन हुदैँछ ।
सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्बजनिक गर्नेछ ।
हिजो देखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने जानकारी हिजो नै गराई सकेका छन । सो बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्न केन्द्रिय समिति समक्ष आफनो धारणा राखिसकेका छन् ।
राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन ।
राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिबेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत भईसकेको छ । जसको आधिकारिक घोषणा आज गरिनेछ ।
बेइजिङ, ८ भदौं ।
संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन्, जसको बारेमा मानिसलाई पूर्ण जानकारी छैन।

यी सबै ठाउँहरू प्रकृतिको करिश्मा हुन् जसले हामीलाई विश्वस्त गराउँछ कि संसारमा निश्चित रूपमा कुनै त्यस्तो शक्ति छ, जो हामी भन्दा धेरै शक्तिशाली र सर्वशक्तिमान छ।
यस्तै करिश्मा चीनमा पनि देखिएको छ । यहाँ ६ सय फिट गहिरो सिंक होल भेटिएको छ । अचम्म लाग्छ यो खाडल (विशाल सिंकहोल चाइना) लाई हेर्दा यो पाताल लोक हो र यसमा अर्कै संसार छ ।
डेली मेल न्युज वेबसाइटको रिपोर्ट अनुसार चीनको ६३० फिट गहिरो सिङ्कहोल (प्राचीन वन विश्व चीन) मा विशाल प्राचीन वन फेला परेको छ । गत वर्ष मे महिनामा वैज्ञानिकहरूको गुफा अन्वेषण टोलीले चिनियाँ ‘जियोपार्क’ मा भूमिगत रहस्य पत्ता लगाएको थियो। यो घटनालाई चीनमा ‘तियानकेंग’ वा ‘स्वर्गीय गड्ढे’ पनि भनिन्छ। लेये फेंगशान यूनेस्को ग्लोबल जियोपार्क गएका थिए, जहाँ सिंकहोल फेला परेको थियो, यो दक्षिण पश्चिम चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा अवस्थित छ।

जियोपार्कलाई युनेस्कोको वेबसाइटमा ुमुख्यतया ६०५ डेभोनियन देखि पर्मियन कार्बोनेट चट्टान ३००० मिटर बाक्लो भएको तलछटु भनेर वर्णन गरिएको छ।यो गुफाहरूको क्षेत्र र संसारको सबैभन्दा लामो प्राकृतिक पुलको रूपमा परिचित छ। अनुसन्धानकर्ताहरूले भनेका छन् कि यी पुरातन वनहरू पहिले अज्ञात वनस्पति र जनावर प्रजातिहरूको घर हुन सक्छ। चीनमा यति ठूलो सिङ्कहोल भेटिएको यो पहिलो पटक भने होइन ।
चिनियाँ सरकारको समाचार एजेन्सी सिन्हुआको रिपोर्ट अनुसार देशमा यस्ता ३० वटा सिङ्कहोल भेटिएका छन् । यी सिङ्कहोलहरू विशेष छन्, किनभने तिनीहरूमा यस्ता अद्वितीय जीवहरू पाइन्छ।
जर्जिया, ८ भदौं ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन ।
सन २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन ।
उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख डलरको धरौटीमा रिहा गरिएको थियो । यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए ।
यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो । समाचार अनुसार ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका समर्थकहरु ठूलो संख्यामा जेलबाहिर भेला भएका थिए र विरोध प्रदर्शन गरिरहेका थिए । पूर्व राष्ट्रपतिका समर्थकले जिल्ला न्यायधिवक्ता फ्यानी विलिसविरुद्ध नाराबाजी गरेका थिए ।
यसअघि ट्रम्पले सन् २०२० मा हुने निर्वाचनलाई उल्टाउने योजना बनाएको आरोपमा जर्जिया राज्यका जेल अधिकारीसामु आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए । सन् २०२० मा ट्रम्पविरुद्ध जर्जियाको चुनावी नतिजा उल्टाउने षड्यन्त्र सहित दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन् । यस मामिलामा ट्रम्प र अन्य १८ जनालाई आरोप लगाइएको छ।
स्मरण रहोस, उनी २०२४ मा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको प्रमुख उम्मेदवार बनेका छन्। तर, अदालतमा उनको उपस्थिति निकै छोटो हुने सम्भावना छ । फुल्टन काउन्टी अभियोजन पक्ष ट्रम्प विरुद्धको चौथो आपराधिक मुद्दा हो, जब उनी अमेरिकी इतिहासमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बनेका थिए।
बैंग्लौर, ८ भदौं ।
भारतको चन्द्रयान–३ को सफलताको उत्सवमा सिङ्गो देश डुबेको छ ।
इशरोले चन्द्रमामा सफल अबतरण गराए पछि सारा संसारमा तहल्का मच्चाएको छ ।
अन्तरिक्षमा हासिल गरेको ठूलो सफलताले राकेश शर्मालाई फेरि चर्चामा ल्याएको छ । राकेश शर्मा भारतका पहिलो अन्तरिक्ष यात्री थिए। तर आज उनी कहाँ छ, के गरिरहेको छन ? आउनुहोस, जानौं ।
भारतका अन्तरिक्ष यात्री राकेश शर्माको जन्म १३ जनवरी १९४९ मा पटियाला पञ्जाबमा भएको थियो । उनले १९७१ को भारत–पाकिस्तान युद्धमा भाग लिएर भारतीय वायुसेनामा भर्ती भएका थिए।
राकेश शर्मा सन् १९८२ मा रुस–भारत अन्तरिक्ष अभियानमा सहभागी भएर सन् १९८४ मा अन्तरिक्ष यात्रामा निस्केका थिए । उनले ७ दिन २१ घण्टा अन्तरिक्षमा समय बिताएका थिए ।
राकेश शर्मा अन्तरिक्षबाट फर्किएर फेरि वायुसेनामा भर्ना भए । १९८७ सम्म त्यहाँ काम गरे। त्यसपछि सन् १९८७ मा विङ कमाण्डरको पदबाट अवकाश लिनुभयो । त्यसपछि उनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड (एचएएल)मा आबद्ध भए।
राकेश शर्मा हाल संसारको लाइम लाइटबाट टाढा तमिलनाडुको कुन्नूरमा आफ्नी पत्नी मधुसँग बस्दै आएका छन् । शर्मा अन्तरिक्ष यात्री चयन कार्यक्रम सञ्चालन गर्ने गगन यानका लागि इशरोका राष्ट्रिय सल्लाहकार परिषद्को एक हिस्सासमेत रहेका थिए ।
राकेश शर्माले इसरोको गगनयान मिसनमा राष्ट्रिय अन्तरिक्ष सल्लाहकार परिषद्मा काम गरेका थिए । समाचारको हेडलाइनमा नपर्दा उनी आज इतिहासको पानामा सिमित छन् । सन् २०२१ मा शर्मा बेंगलुरुस्थित कम्पनी क्याडिला ल्याब्सका गैर कार्यकारी अध्यक्ष थिए। यो कम्पनीले विशेष गरी बीमा क्षेत्रका कम्पनीहरूको लागि खुफिया स्वचालन प्रदान गर्न काम गर्दछ।
काठमाडौं, ८ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरी भू भागमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र कोशी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी , लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।