२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौ, १० भदौ ।

नेप्से सूचक फेरि २ हजारको मनोवैज्ञानिक विन्दुभन्दा तल आएको छ । सूचक २०.५४ विन्दुले घटेर १९९३.३८ अंकमा आएको छ । १ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

यसअघि पनि २ हजार विन्दुमुनि झरेको नेप्से बाउन्स ब्याक भएर पुनः सोही विन्दुमाथि गएको थियो । लाभांशको सिजन सुरु हुनै लाग्दा बजार भने निरन्तर घट्दोक्रममा रहेको छ । म्युचुअल फन्डबाहेक सबै समूह घटेका छन् ।

 

नीतिगत अवरोध र ब्याजदर वृद्धिका कारण सेयर प्रभावित भएको हो । मुख्यतयः यी दुई कारणले बजारमा आम लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

 

यस दिन २८० कम्पनीको ३८ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ । ७ करोड ४६ लाख रुपैयाँसहित कारोबार रकममा एसियन लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईएमई लाइफ र सोल्टी होटेल परेका छन् ।

 

काठमाडौं, १० भदौ ।

प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सोही क्रममा  महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति विक र एमाले सांसद अस्माकुमारी चौधरी समर्थक रहेका छन् ।

संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ ।

 

काठमाडौं, १० भदौ ।

प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सोही क्रममा सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् ।

संसदीय समिति सभापतिमा सत्तारुढ र प्रमुख प्रतिपक्ष एमामलेबीच भागबन्डा गरिएको छ ।

 

मुकेशकुमार यादव ,सिरहा, १० भदौ ।

सिरहाको नरहा गाउँपालिका–५ बर्छवास्थित जनता बनबाली माध्यामिक विद्यालय (प्राविधिक) कार्यालय भवन निर्माण कार्य अवरुद्ध भएको छ ।  राजनीतिक प्रतिशोधका कारण गाउँपालिका अध्यक्ष रामप्रमोद यादवमाथि निर्माण कार्य अवरुद्ध गरेको आरोप छ ।

 

जनता बनबाली माध्यामिक विद्यालय (प्राविधिक)को नमुना गुरु योजनाअनुसार सबै रीत पुर्‍याएर निर्माण कार्य भइरहेको कार्यालय भवनमा गाउँपालिका अध्यक्ष यादवले राजनीतिक प्रतिशोधका कारण निर्माण कार्यमा रोक  लगाएको विद्यालयका प्रधानाध्यापक राम ईश्वर यादवले आरोप लगाएका हुन् ।

 

जनप्रतिनिधिले नै पास गरेको नमुना गुरुयोजनाअनुसार तोकिएकै ठाउँमा सबै प्रक्रिया पुर्‍याएर ठेकेदार कम्पनीमार्फत् भवन निर्माणकार्य भइरहेका बेला राजनीतिक प्रतिशोधका कारण निश्चित व्यक्तिहरुले गरेको अवरुद्धलाई बल पुग्नेगरी गाउँपालिका अध्यक्ष यादवले ठाडो आदेश गरि निर्माण कार्यमा रोक लगाएका छन् ।

 

विद्यालयको आम भेला र विद्यालय व्यवस्थापन समितिको निर्णय र विद्यालयको नमुना गुरुयोजनामा उल्लेख भएको ठाउँमै भवन निर्माण गरेको भए पनि व्यक्तिगत र राजनीतिक प्रतिशोधका कारण निर्माण कार्यमा अवरुद्ध गरेको विद्यालयका प्रधानाध्यापक रामईश्वर यादवको आरोप छ ।

 

‘अघिल्लो पटकको कार्यपालिकाबाट नमुना विद्यालय गुरुयोजना पारित भएको हो, सोही योजनाअनुसार नमुना विद्यालय स्वीकृत भई योजनाहरु परेका हुन् ।  सोही योजनाअनुसार काम भईरहेको छ। सबै प्रकृया पुर्‍याएर निर्माण कार्य हुँदाहुँदै निश्चित व्यक्तिको वहकाबमा पालिका अध्यक्षले समेत लिखित रुपका रोक्का गर्न आदेश गरिएको हो,’ उनले थपे, ‘प्रशासनिक काममा पनि गाउँपालिका अध्यक्षले राजनितिक हस्तक्षेप गर्नु दुखद् हो ।’

कार्यालय भवनको जगको निर्माणकार्य भइरहेकै बेला पूर्व गाउँ पालिका अध्यक्ष रामशरण यादवसहित व्यक्तिहरुले निर्माण कार्य अवरुद्ध गरेका थिए । उनीहरुलाई नै बल पुग्नेगरी वर्तमान गाउँ पालिका अध्यक्ष रामप्रमोद यादवले गत साउन २४ गते विद्यालयको नाममा ‘प्रस्तुत विषयमा तहाँ विद्यालयमा निर्माणाधीन भवनको सम्बन्धमा विवाद रहेको हुँदा विवाद समाधान नहुन्जेलसम्मको लागि निर्माणकार्य रोक्का राख्नु हुन जानकारी गराइन्छ’ भन्ने व्यहोराको पत्र पठाएका छन् ।

 

निर्माणकार्य किन रोक्का गराएको भनि अध्यक्ष यादवसँग प्रतिक्रिया माग्दा उनले भने, ‘भवन निर्माणको विषयमा विवाद छ । विवाद झडपमा परिणत हुने सम्भावना देखेर मैले तत्काल निर्माण कार्य रोक्न भनेको हुँ ।’

 

उनले पूर्वअध्यक्षले शिलान्‍न्‍यास गरेको ठाउँमा नबनाई प्रधानाध्यापकले मनपरी तरिकाले निर्माण कार्य गरेकोले समस्या आएको उनले बताए। उनले भने, ‘प्रधानाध्यापकले पहिला शिलान्‍न्‍यास भइसकेको ठाउँमा निर्माण नगरेर अन्यत्रै निर्माणकार्य गरेको छ। त्यही विषय अहिले विवादको जड बनेको छ ।’

 

काठमाडौं,१० भदौ ।

नेपालको विद्युत् प्रसारण प्रणालीमा बिगत नौ वर्षमा तीन हजार एक सय १८ किलोमिटर सर्किट प्रसारण लाइन थपिएको छ । लोडसेडिङको अन्त्यपछि विद्युतीकरण र उपभोक्तालाई पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको प्राधिकरणले प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार र सुधारलाई व्यापक रुपमा अगाडि बढाएको छ ।

प्राधिकरणले प्रसारण र आयोजना व्यवस्थापन निर्देशनालयमार्फत प्रसारण लाइन तथा सबस्टेसन आयोजनाहहरुको निर्माण गरिरहेको छ । विद्युत्‌हरुबाट उत्पादित विद्युत् ग्राहकको घरसम्म पुर्याउन प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको  आवश्यकता पर्दछ ।

विगत नौ वर्षमा ग्रिड सबस्टेसनहरुको क्षमता ८ हजार ८ सय ६७ एमभिए पुगेको छ । नौ वर्षअघि अर्थात आर्थिक वर्ष (आव) २०७१/७२ मा सबस्टेसनहरुको क्षमता २ हजार १ सय ३२ एमभिए मात्र रहेकोमा आव २०७९/८०मा आइपुग्दा सबस्टेसनहरुको क्षमता ६ हजार ७ सय ३५ एमभिए बढेको हो । आव २०७१/७२मा ६६ र १३२ केभीबाट मात्र विद्युत् प्रसारण भइरहेकोमा अहिले ६६, १३२, २२० र ४०० केभी लाइनहरु सञ्चालनमा छन् । आव २०७१/७२मा २ हजार ६ सय २४ सर्किट किलोमिटर प्रसारण लाइनमा रहेकोमा हाल ३ हजार १ सय १८ सर्किट किलोमिटर थपिएर आव २०७९/८० मा ५ हजार ७ सय ४२ सर्किट किलोमिटर पुगेको छ ।

आव २०७२/७३सम्म ६६ र १३२ केभी लाइन मात्र प्रसारण लाइन रहेकोमा आव २०७३/७४बाट २२० र ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएका हुन् । अहिले प्रणालीमा ६६ र १३२ केभी प्रसारण लाइनको लम्बाइ क्रमश ः ५ सय १४ र ३ हजार ९ सय ७९ सर्किट किलोमिटर छ ।

यसैगरी, २२० र ४०० केभी प्रसारण लाइनको लम्बाइ क्रमश: १ हजार १ सय १ र १ सय ४८ सर्किट किलोमिटर छ । आव २०७५/७६मा सबैभन्दा बढी अर्थात ६ सय ६ सर्किट किलोमिटर प्रसारण लाइन थपिएको छ भने आव २०७४/७५मा सबैभन्दा कम १ सय ४१ सर्किट किलोमिटर लाइन थपिएको छ । गत आवमा ४ सय १३ किलोमिटर सर्किट किलोमिटर प्रसारण लाइन प्रणालीमा थपिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक कारणले समय–समय विद्युत् गएको भन्ने उपभोक्ताहरुको गुनासोलाई सम्बोधन गर्न र पर्याप्त, भरपर्दो, गुणस्तरीय तथा सुरक्षित विद्युत् आपूर्तिका लागि विगतका वर्षहरुबाट प्रणालीका पूर्वाधार संरचनाहरुको सुधार र सुदृढीकरणलाई योजनावद्ध रुपमा  अगाडि बढाएर कार्यान्वयन लगिएको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइनका आयोजनाहरु निर्माणमा मुख्य रुपमा स्थानीयको अवरोध, जग्गा प्राप्ति र वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानमा समस्याहरु रहेका र ती समस्याहरुलाई समाधान गर्दै आयोजनाहरुको काम भइरहेको उल्लेख गरे ।

 

‘वन क्षेत्रको जग्गा उपभोग तथा रुख कटानको स्वीकृतिका लागि एकातर्फ लामो समय लाग्ने गरेको छ भने अर्कोतर्फ ठूलो रकम सरकारकै अर्को निकायलाई क्षतिपूर्ति स्वरुप तिर्नु पर्ने अवस्था छ, यसले गर्दा आयोजनाको अवधि लम्बिने मात्र हैन हाम्रो उत्पादित विद्युत्को मूल्य महँगो हुँदै गइरहेकोे छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘आगामी दश वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानून व्यापक संसोधन वा प्रतिस्थापन गर्नु पर्र्ने टड्कारो आवश्यता देखिन्छ, वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालू आवको बजेटमार्फत घोषणा गरिएका कार्यक्रमहरुलाई शीघ्र कार्यान्वयनमा लैजानु पर्छ ।’

सन् २०५० सम्मको विद्युत् माग धान्ने गरी काठमाडौंलगायतका देशका प्रमुख सहरहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सबस्टेसन संरचनाहरुको गुरुयोजना तयार पारिएको उल्लेख गर्दै  घिसिङले यसका लागि स्रोत जुटाई क्रमिकरुपमा निर्माण अगाडि बढाइने बताए । साथै, तराई/मधेशका दक्षिण क्षेत्रमा औद्योगिक तथा सहरी क्षेत्र विस्तारलाई ध्यान दिई हुलाकी राजमार्गको आसपासबाट ४००, २२० र १३२ केभी पूर्व–पश्चिम प्रसारण लाइन निर्माण कार्य प्रारम्भ गरिएको उहाँले उल्लेख गरे ।

प्राधिकरणकाअनुसार, हाल विभिन्न क्षमताका २ हजार ८ सय ५२ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । सबैभन्दा बढी १३२ केभीको १ हजार १ सय ११ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् । त्यस्तै २२० र ४०० केभीको क्रमश: ९ सय ८८ र ७ सय ५४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन छन् ।

साथै, ६ हजार ७ सय ५१ सर्किट किलोमिटर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । १३२, २२० र ४०० केभीका क्रमश: १ हजार १ सय ४१, १ हजार ७ सय ५२ र ३ हजार ८ सय ५८ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको हो । विभिन्न क्षमताका १० हजार ४ सय ६९ एमभिए क्षमताका सबस्टेसनहरु निर्माणाधीन छन् भने १५ हजार ५ सय ६४ एमभिए क्षमताका सबस्टेसनहरु निर्माण प्रस्ताव गरिएको छ ।

 

काठमाडौं, १० भदौ ।

प्रतिनिधिसभाअन्तर्गत समितिको सभापति चयनका लागि आइतबार मनोनयन गर्दा प्रक्रिया चलिरहेको छ । आइतबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

सोही क्रममा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा भानुभक्त जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले जोशीलाई शिक्षा समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेको हो ।

 

काठमाडौं,१० भदौ ।

देशका विभिन्न स्थानबाट चारजना लागुऔषधसहित पक्राउ परेका छन् ।

बाराको निजगढ नगरपालिका-११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित भारत बिहार मुज्जफरपुर थाना देवरिया कोठी घर भएका सर्लाही बरहथवा नगरपालिका-६ हिरापुर ब्यारेज बस्ने ६५ वर्षीय श्रीकान्त पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो  ।

कैलालीको टिकापुर नगरपालिका-१ खडकचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ६ सय ७० मिलीग्रामसहित बर्दगोरीया गाउँपालिका-१ उत्तरमुडा बस्ने २५ वर्षीय योगेश बहादुर स्वारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले टिकापुरबाट लम्कीतर्फ पैदल जाँदै गरेका उनलाई  जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

महोत्तरीको बर्दिबास नगरपालिका-१० खयरमारास्थित झुलुङगे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१० बस्ने २८ वर्षीय सुरेन्द्र राय यादब र ३८ वर्षीय अमर सिंह लोप्चन रहेका छन् । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, १० बदौ ।

बुढानिलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तनहुँ, १० भदौ ।

शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौ, १० भदौ ।

अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको छ ।

 

यस कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो । सभा भदौ ३१ गते बिहान ११ बजे कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सुरु हुनेछ । सभा अनलाइन अर्थात, जुम मार्फत् हुने कम्पनीले जनाएको छ ।

सभामा आर्थिक वर्ष २०७८-७९ को नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७७-७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

 

यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।