२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

लमजुङ ११ भदौ ।

लमजुङ स्थायी घर भई जागिरको शिलसिलामा विभिन्न देशमा पुगेका १८ जनाले नेपाली नागरीकले नागरीकता त्याग गरेका छन् ।

 

जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरीकता लिएका मध्ये १८ जनाले नेपाली नागरीकता त्याग गरेका हुन्को ।

 

जिल्लामा २०७४ र २०७८ सालमा सबै भन्दा धेरै नागरीकता त्यागनेको संख्य रहेको पाइएको छ । उक्त समयमा पाँच÷पाँच जनाले नागरीकता त्यागेका छन् । त्यसै गरी जिल्लामा २०७३ सालमा २ जना, ०७५ सालमा एक जना, ०७९ सालमा २ जना र ८० सालको हाल सम्म ३ जनाले नागरीकता त्याग गरेको जिल्ला प्रशासन कार्यालयका सुचन अधिकारी जगदीश मिश्रले जानकारी दिए ।

अन्य देशको नागरिकता लिनका लागि नेपाली नागरीकता अनिवार्य त्याग्नु पर्ने भएकोले नेपालीहरुले नेपाली नागरीकता त्याग गर्ने पाइएको जिप्रकाका सुचना अधिकारी मिश्रको भनाई छ ।

 

लामो समयदेखि वैदेशिक रोजगारीका साथै डिभी र पिआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरी बसेकाहरूले पनि नागरिकता त्याग गरेको उनले बताए । त्यसै गरी जिल्लाबाट नयाँ नागरिकता लिने भन्दा नागरिकताको प्रतिलिपि लिने धेरै रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङकाबाट आर्थिक वर्ष ०७९/०८० मा ६ हजार ४ सय ४५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् ।

 

गतवर्ष नै वंशजको आधारमा नयाँ नागरिकता लिनेको संख्या ५ हजार ८ सय ७४ रहेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचन अधिकारी जगदिश मिश्रले बताए । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा ४ हजार ५ सय ५४ जनाले नागरिकताको प्रतिलिपि लिएका थिए । सो वाहेक ७ हजार ५ सय ५८ जनाले बंशजको आधारमा नयाँ नागरिकता लिएको र चार जनालाई बैबाहिक अगिकृत नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ ।

 

त्यसैगरी गत आर्थिक वर्ष ०७९/०८० मा तीन सय नाबालक परिचयपत्र वितरण गरिएको छ । गत वर्ष नै २३ हजार ७ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गरेको सुचना अधिकारी मिश्रले जानकारी दिए ।

 

काठमाडौ, ११  भदौ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ तथा युरोपियन युरो एकको खरिद दर १४२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१७ रुपैयाँ रहेको छ ।

 

अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८४ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४२ पैसा कायम गरिएकाे छ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा तथा  बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.७२ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

 

दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर  १० रूपैयाँ १ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

साथै, साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८.१७ पैसा  विक्रीदर ४३०.१२ पैसामा काराेबार गर्न सकिनेछ ।

 

 

 

 

वासिंगटन डिसी, ११ भदौं ।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले  उनको ‘मग सट’ प्रिन्ट गरेर ७.१ मिलियन डलर उठाएको छ ।

बिहीबार जर्जियाको एटलान्टाको जेलमा उनको पुलिसले ‘मग शट’ लिए पछि त्यो तस्विर बिभिन्न बस्तुमा प्रिन्ट गरी बिक्री गरेर सो बराबर पैसा उठाएको हो ।

 

पूर्व राष्ट्रपति ट्रम्प रिसाएको अनुहार भएको ‘मग सट’लाइ कफी पट, टी–सर्ट, पेय सामाग्री कुलर जस्ता व्यापारिक सामानहरूमा प्रिन्ट गरेर बजारमा लगिएको थियो ।

 

प्रहरीले त्यो बेला लिएको मग सटलाइ ट्रम्पका चुनावी अभियानले आर्थिक संकलनको माध्यम बनाएका छन् ।

 

बुखारेष्ट, ११ भदौं ।

रोमानियाको राजधानी बुखारेस्ट नजिकैको एलपीजी (लिक्वि फाइड पेट्रोलियम ग्यास) स्टेशनमा भएका दुई विस्फोटमा दुई जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् ।

अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो जानकारी दिएको हो ।

सरकारका अनुसार बुखारेस्टको उत्तरमा रहेको क्रेभेडिया कम्युनमा आगो निभाउन सहयोग गर्ने ३९ जना अग्निनियन्त्रक दोस्रो आगलागीमा घाइते भएका छन्।

साथै, अस्पतालका प्रतिनिधि र स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये १० भन्दा बढीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् । रोमानियाको आपतकालीन अवस्था निरीक्षण कार्यालयले आगलागी भएपछि करिब २५ वटा दमकललाई घटनास्थलमा लगिएको अल जजीराले जनाएको छ।

यद्यपि प्रधानमन्त्री मार्सेल सिओलाकुले घाइतेहरुलाई उपचारका लागि विदेश पठाउन सकिने बताएका छन् । सिओलाकु विष्फोटपछि गृह मन्त्रालयमा बसेको क्राइसिस सेलको बैठकमा सहभागी भए पछि उनले सो प्रतिक्रिया दिएका हुन ।

 

काठमाडौं, ११ भदौं ।

संसदीय समितिको बैठक बस्दैछ ।

 

प्रतिनिधिसभा निर्वाचन भएको नौं महिना पछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिए पछि आज संसदीय समितिको बैठक बस्न लागेको हो ।

 

संसद सचिवालयका अनुसार सवै समितिको बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

 

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको छ ।

 

जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने देखिएको हो ।

 

सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि सो समितिमा सम्भवतः निर्वाचन हुनेछ ।

 

काठमाडौं, ११ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक(दुई स्थानहरुमा हावा(हुरीको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

काठमाडौं, १० भदौ ।

प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

 

पक्राउ पर्नेमा काठमाडौं–७ घर भएका २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्। उनी गुण्डागर्दी र लागूऔषध कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ।

 

श्रेष्ठले पहिले रामेछाप घर भएर बौद्ध बस्ने चुस्पे भनिने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरेका थिए। त्यस प्रकरणमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएर उनी ५ वर्ष कैद भुक्तान गरेर २०७१ सालमा छुटेकमा थिए।

 

अहिले फेरि उनी हतियारसहित पक्राउ परेका हुन्। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

काठमाडौं, १० भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनमा सरकारले आइतबार एक पाइला अघि सारेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणमा सरकारी वकिलले आइतबार अदालतमा मुद्दा पेस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनमा सरकारले एक पाइला अघि सारेको बताए।

 

ललितपुरको भैंसेपाटीमा निर्माण भएका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवासीय कार्यालय हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री दाहालले यो सुशासन दिने प्रतिबद्धताअनुरुप सरकारकव पहिलो पाइला भएको बताएका छन्।

 

प्रधानमन्त्री प्रचण्डले सबै दलहरूसँग समन्वय गरेर नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशका रुपमा विश्वसामु चिनाउने आफ्नो चाहना रहेको बताए।

 

आफ्नो ठाउँबाट सबैलाई समझदारी बनाएर अगाडि बढ्ने प्रयास गर्दै आएको उनको भनाइ थियो। ‘आजको दिन ललिता निवास प्रकरणको सबै अभियोजन सरकारी वकिल कार्यालयले अदालतमा दर्ता गरेको दिन पनि हो । यस हिसाबले आज सरकारले सुशासनमा एक पाइला अघि सारेको छ। मैले देशको कार्यकारी प्रमुखको हैसियतले नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र विधिविधानमा चल्ने देशको रुपमा विश्वसामु चिनाउन चाहेको छु, म त्यसका लागि सबैलाई आग्रह गर्छु,’ उनले भने।

 

यस्तै प्रचण्डले भवनमा रहेर प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूले गर्ने सेवा प्रवाहले देशको संघीयता र त्यसको प्रभावलाई झल्काउने बताए।

 

‘यी भवन निर्माणको विषयमा प्रश्न उठ्न सक्छन् । तर प्रदेशहरूको स्थायित्व बढाउने हिसाबले यी भवनमा गरिएको लगानी अर्थपूर्ण छ । मैले संघीयता संस्थागत गर्ने बाटोमा पनि हामीले एक कदम अघि अगाडि बढाएको महसुस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने।

 

काठमाडौँ, १० भदौ ।

हरितालिका तीज लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ ।

‘पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो’ जस्ता शब्दले सजिएको सुमधुर गीतको शब्द र संगीत राजनराज सिवाकोटीले हो ।

गीतको भिडियोमा गायिका मिलन नेवार आफैंले अभिनय गरेकी छन् । उत्सव दाहालले कैद गरेको भिडियोका दृश्यहरूको निर्देशन राजेश पुमा राई राईले गरेका हुन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका छन् ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=E7JsfEZe6O8

 

काठमाडौं, १० भदौ ।

क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमाम परेकाे छ ।

 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमाा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको सुुन्वाइ तोकिएको थियो । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।