वासिंगटन डिसी, १२ भदौं ।
अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ ।
कारण हो, प्रहरीले पक्राउ गरेका पूर्व अफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतंकवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए।
न्युयोर्क टाइम्सका अनुसार रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरवाट पक्राउ गरिएको थियो।
समाचार अनुसार ४७ वर्षीय रोबर्ट जे ओनिललाई बुधवार फ्रिस्कोमा मुद्दा दर्ता भएपछि पक्राउ गरिएको थियो। तर, नील पक्राउ परेको केही घण्टामै २ लाख ८८ हजार रुपैयाँ धरौटीमा रिहा भएकाे समाचार पछि बाहिरिएकाे थियाे ।
स्मरण रहोस, २०१४ मा ओ निलले आफैंले खुलासा गरेका थिए कि उनले २०२१ को पाकिस्तानमा आतंकवादीको कम्पाउन्डमा छापा मार्ने क्रममा गोली चलाएको थियो, जसले बिन लादेनलाई मारेको थियो। यद्यपि अमेरिकी सैन्य अधिकारीहरूले ओ निलको दाबीलाई कहिल्यै पुष्टि गरेका छैनन् तर कसैले पनि तिनीहरूलाई अस्वीकार गरेका छैनन्।
ओ निलले एसोसिएटेड प्रेससँगको २०१४ को अन्तर्वार्तामा भनेका थिए कि मेरो अगाडि केही खुट्टा, दुई खुट्टामा ओसामा बिन लादेन थिए। मैले उनको टाउकोमा तीन पटक गोली हानेर उनको हत्या गरें। धेरैले सार्वजनिक गरेपछि ओ निलको प्रशंसा गरे तर सैन्य समुदायमा केहीले सूचना साझा गर्ने उनको निर्णयको आलोचना गरेका थिए ।
लन्डन, १२ भदौं ।
बेलायतमा एयर ट्राफिक कन्ट्रोलमा प्राविधिक समस्याका कारण धेरै उडानहरू ढिलाइ भएका छन् ।
यस सम्बन्धमा पुर्व सुचनासमेत जारी गरिएको छ।
बीबीसीका अनुसार बेलायतको राष्ट्रिय हवाई यातायात सेवाले साे सबन्धनमा जानकारी दिदै भनेकाे थियाे, ‘प्राविधिक समस्याको सामना गरिराखेका छौं, त्यस अवस्थामा उडानहरू ढिलो हुन सक्छ।’
समाचार अनुसार इन्जिनियरहरू त्रुटि पत्ता लगाउन र समाधान गर्ने काम गरिरहेका छन्। साथै यात्रुहरुलाई ‘यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’ भनिएको छ ।
रिपोर्टहरुका अनुसार बेलायतको नेसनल एयर ट्राफिक सर्भिसले कस्तो प्रकारको प्राविधिक गडबडी भएको छ र त्यसलाई सच्याउन कति समय लाग्न सक्छ भन्ने जानकारी दिएको छैन ।
काठमाडौं, १२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आज देशैभरी ज्ञापन पत्र बुझाउने भएको छ ।

राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फतप्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार देशैभरी दिउसो प्रमुख जिल्ला अधिकारीमार्फत सो ज्ञापन पत्र बुझाइने छ ।
काठमाडौं, १२ भदौं ।
प्रतिनिधिसभा बैठक बस्दै छ ।
संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गरिने भएको छ ।
साथै, कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको बिद्येयक २०८० माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
सागर संगम ठाकुर ,रौतहट ,भदौ ११ गते
रौतहटको प्रसिद्ध एवं धार्मिक स्थल शिवनगरधाममा सावन सोमवारी महोत्सव २०८० संम्पन भएको छ । जिल्लाको चर्चित एवं पर्यटकीय स्थलको रुपमा रहेको शिवनगरधाममा पहिलोपटक सावन सोमवारी महोत्सव २०८० आयोजना गरिएको थियो । गरुडा नगरपालिकाको आर्थिक सहयोग तथा समाज बिकास केन्द्र गरुडा नगरपालिका वडा नं.१ को आयोजना र निराला जेनरल स्टोरको सह–आयोजनामा शिवनगरमा महोत्सव संम्पन भएको हो ।
सावन महिनाको सोमबारी शुरु भए संगै टिकटक कलाकारहरुले साँस्कृतिक कार्यक्रम मार्फत आफनो प्रस्तुति प्रस्तुत गरिदै आएका थिए । रौतहट जिल्लाका शुःप्रसिद्ध टिकटक कलाकार राजकुमार साह र एमएल पटेलको मुख्य भुमिकामा देशका ख्यातिप्राप्त टिकटक कलाकारहरुले प्रत्येक सोमवारको दिन साँस्कृतिक कार्यक्रम मार्फत आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्दै आएको थियो । महोतस्वमा आयोजकले गएको भदौ ४ गते गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवाललाई प्रमुख अतिथिको रुपमा आमन्त्रित गरेको थियो भने बिशिष्ट अतिथीको रुपमा भोजपुरी फिल्म कब होई मिलनवा हमारको निर्माता एव निर्देशक नन्दु श्रीवास्तवलाई आमन्त्रण गरेको थियोे । कार्यक्रममा प्रमुख अतिथि जयसवाल र बिशिष्ट अतिथि श्रीवास्तवले बिभिन्न कलाकारहरुलाई गम्छा ओढाई प्रशंसा पत्रले संम्मान गरेको थियो । त्यस्तै बिभिन्न राजनितिक दलका नेताहरुलाई पनि प्रमुख अतिथी र बिशिष्ट अतिथिले संयुक्त रुपमा सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा युवा नेता राजकुमार दास,कौशल खान मिथिला सोभी सहनी, गरुडा नगरपालिका वडा नं. १ जयनगरका पुर्व वडा अध्यक्ष सरोज यादव लगाएत अन्य नेताहरु थियो । टिकटकका प्रसिद्ध कलाकार सोमिया पोखरेल, रचना सिवाकोटी, राजकुमार साह र अन्य कलाकारहरुले अ–आफ्नो प्रस्तुति प्रस्तुत गरेकोे थियोे । भदौ ११ गते भएको अन्तिम सोमबारी महोतस्वमा स्थानिय कलाकारहरुले झाकीं प्रर्दशन गरेको थियो भने बिरगंज,काठमाण्डौं,जनकपुर,सिरहा लगाएतका ठाउँबाट कलाकारहरु आफनो प्रस्तुति दिन शिवनगरधाम आएका थिए ।
कलाकारहरुले झाकी मार्फत शिव लिला,कमेडी चुटकुला,धार्मिक गितको साथै मधेशबाट लोप हुन लागेको धेरै पर्वहरुको बारेमा प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । समापन कार्यक्रममा समाजसेवी चर्चित युवा प्रवेज आलमलाई सम्मानपत्र र मौलापुर एफएमका समाचार प्रमुख सागर संगम ठाकुर, संस्कार एफएम कलैया बाराका स्टेशन मैनेज राधेश्याम पाण्डेलाई गम्छा र मयाँको चिन्होले सम्मान गरेका थियो ।
हुनमत कुमार यादव,गाैर,११ गते भदौ ।
रौतहटको विभिन्न शिवालयमा सैकडौ भक्तहरु द्वरा जल अभिषेक गरिएको छ । जिल्ला विभिन्न शिवालयमा तिथि अनुसार चलिरहेको सवानको पावन महिनामा गरिने सोम्वारी व्रत आज अन्तिम दिन रहेको थियो । भक्तहरु बाजागाजा साथ नदि बाट जलबोझि गरि शिवालयमा जल अभिषेक गरेका छन् । आज जिल्लाको मुख्य ठाउँहरु जस्तै राजदेवी नपा.७ मुडवलवा, राजदेवी नपा.८ लक्ष्मिपुर बेलबिछवामा श्री रामजानकी मठको आयोजन द्वरा जल अभिषेक कार्यक्रमको आयोजनागरिएको थियो । त्यस्तै जिल्लाको सदर मुकाम गौर नपा .२ महादेवपट्टी, गरुडा नपा को शिवनगर शिवालयमा जल अभिषेक सहित संस्कृतिक कार्यक्रमको आयोजना रहेको थियो । वर्षको सवान महिना शिवलिङ्गमा जल अभिषेक गर्दा मनमा सोचेका मनोकामना पुरा हुने , जीवनमा सुख शान्ति मिल्लने , धन प्राप्ति हुने जस्ता धर्म ग्रन्थहरुमा मान्यता रहेको छ ।
ओम प्रकाश यादव गरुडा, भदौ ११ गते, रौतहट ।
रौतहटको गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार सतिश साहले आफनो जित कसैले रोक्न नसक्ने दावी गरेका छन् । आफु सम्पूर्ण उद्योगी एवं व्यापारीको इच्छा र चाहना अनुसार नै उम्मेदवारी दिएकोले आफनो विजयी चाहेर पनि कसैले रोक्न नसक्ने साहले बताएका छन् । गरुडा स्थित आफनै निवासमा सोमवार पत्रकारहरुसंग कुरागर्दै अध्यक्षका उम्मेदवार सतिश साहले व्यापारीको राय, सुझाव र सल्लाहकै आधारमा आफु गरुडा नगर उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । आफु सहित आफना पुरै प्यानललाई नै विजयी गराउन व्यापारीहरु निकै आतुर रहेकोले आफनो जित सुनिश्चित रहेको उनले बताए ।
उद्योगी, व्यापारीको अपार साथ तथा सहयोग रहेकोले आफु बहुमत सहित निर्वाचित हुने उनले दावी गरे । गरुडा नगरका ७० प्रतिशत उद्योगी व्यापारी आफनो पक्षमा रहेको दावी गर्दै उनले निर्वाचनमा आफु सहित आफना पुरै प्यानल नै दुई तिहाई भन्दा बढी मतले निर्वाचित हुने साहको दावी छ । आफना पक्षमा व्यापक जनलहर रहेकोले जस्तो सुकै निती अपनाएर भएपनि निर्वाचन आफनो पोल्टामा पार्न सक्षम हुने उनले बताए । पत्रकारहरुसंगको कुराकानीमा उनले अघि भने, ‘यो चुनावमा मेरो जित निश्चित छ, किनभने विगत १२ वर्षदेखि मैले यस संस्थामा कार्यरत रही व्यापारीहरुको समस्या सुल्झाउँदै आएको छु । व्यापारीको पीडाहरूलाई कम गर्न लागि पनि मेरो उम्मेदवारी महत्वपूर्ण रहेको बताउँदै साहले आफु चुनाव जिते गरुडा नगरको समृद्धिमा कायापलट नै गर्ने बताए ।
गरुडा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चएनका लागि यहि भदौ १८ गते निर्वाचन हुँदै छन् । संघका निवर्तमान अध्यक्ष हरेन्द्र चौधरीले आफना कार्यकालमा लाखौं लाख रकम आर्थिक अनियमितता गरेकोले उनको व्यवहारबाट आजित भएका व्यापारीहरु अध्यक्ष हरेन्द्र चौधरीले समर्थन गर्ने उम्मेदवारलाई कुनै हालतमा मत नदिने पक्षमा रहेकोले आफनो जित निकै सहज हुने उनको ठम्याई छ । एक पटक गरुडा नगर उद्योग वाणिज्य संघको नेतृत्व आफना बुवा योगेन्द्र साहले सम्हालिसकेको उदाहरण दिदै सतिश साहले आफना बुवाले उद्योगी व्यापारीहरुको पक्षमा गरेको राम्रा कामको आधारमा अध्यक्षमा एक पटक आफुलाई पनि साथ दिनेमा विश्वस्त रहेको उनले बताए । आफना पक्षमा व्यापक जनसमर्थन रहेकोले आफनो जित चाहेर पनि कसैले रोक्न नसक्ने उनले बताए ।
काठमाडौं, ११ भदौ ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता समितिको सभापतिमा अब्दुल खान निर्विरोध निर्वाचित भएका छन् । सोमबार बसेको समिति बैठकमा जनमत पार्टीका सांसद खान निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।
आइतबार मनोनयन दर्ताका क्रममा दुईजनाको उम्मेदवारी परेको थियो । तर, सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएसँगै खान निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौं, ११ भदौ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किराँत मुन्धुम अनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन रहेको भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख व्यक्त गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले किराँतधर्म साम्जिक मुन्धुममा जीवजन्तुको बलीको निषेध गरिएको भन्दै भइरहेको प्रचारप्रति दुःख व्यक्त गरेका हुन् ।
विशेष गरि केही गैरलिम्बू जनजातिहरुले किराँत मुन्धुमअनुसार लिम्बूहरुले गाईगोरुको बली चढाउने चलन छ भन्दै निरन्तर रुपमा गरिरहेको प्रचारप्रति दुःख प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘अरुको मुन्धुममा के छ कुन्नि उनीहरुले जानुन् । तर, किरातधर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फटेङ्ग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनै पनि जीवजन्तुको हत्या (बली) निषेध छ ।’
काठमाडौ, ११ भदौ ।
नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२.७१ कित्ता सेयर लिलामी बिक्री खुल्ने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म तोकिएको छ ।
यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेसनल हाइड्रोपावरले गत असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले साउन १८ गतेसम्म कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याउन लागेको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन् ।