काठमाडौं, १६ भदौ ।
पूर्वयुवराज पारस शाह ह्याम्स अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन्।
मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ।
काठमाडौं, १६ भदौ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन्। एकीकृत समाजवादीलाई समाप्त पार्ने घोषणा गरिरहेका एमाले नेता आफैँ सोत्तर भइरहेको र हावा खाइरहेको उनको टिप्पणी छ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टीले भने हरेक असम्भव कुरालाई सम्भव बनाउँदै अघि बढिरहेको उनले बताए। अरू पार्टीहरूलाई समेत साथमा लिएर समाजवादको झन्डालाई बुलन्द गर्ने काम आफूहरू गरिरहेको उनले बताए। पार्टीलाई सशक्त बनाउन आफूहरूले संगठन निर्माणको कामलाई तीव्रता दिएको उनले उल्लेख गरे।
‘कसैकसैले हाम्रो पार्टीलाई समाप्त पारिदिने भनेर घोषणा गरिरहेका छन् । समाप्त पार्ने होइन, ती व्यक्तिहरू जसले त्यसो भनिरहेका छन्, यो पार्टीको कुनै अर्थ छैन भनेर । उनीहरू आफैँ सोत्तर भइरहेका छन् । हावा खाइरहेका छन्,’ अध्यक्ष नेपालले भने।
पार्टीलाई जनताका बीचमा लैजाने गरी गतिविधिलाई अघि बढाउन उनले नेता–कार्यकर्तालाई निर्देशन समेत दिएका छन्।
रौतहट, १६ भदौ ।
नुहाउन जाँदा रौतहटको चन्द्रपुर-१ नुनथरनजिक बागमतीमा बेपत्ता भएका युवकको शव फेला परेको छ। चन्द्रपुर-१ देवानटोलका २९ वर्षीय बलराम विकको शव शनिबार फेला परेको प्रहरीको भनाइ छ।
मोरङको उर्लाबारी-२ मंगलबारेका जितेन दियालीसँगै नुहाउन गएका उनी शुक्रबार साँझदेखि बेपत्ता भएकोमा बगाएको ठाउँभन्दा झण्डै ५ सय मिटर तल दक्षिण पूर्वपश्चिम राजमार्गमा रहेको पुलछेउ शव भेटिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।
विक बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजतलास गरिरहेको थियो। विकको शव पोस्टमार्टमका लागि गौर पठाइएको छ।
राजेन्द्र महतो सिरहा ,१६ भदौ।
सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित दुइजना लाई प्रहरीले पक्राउ गरेका छ्न् । पक्राउ पर्नेहरुमा सिरहा नगरपालिका वडा न-१७ माडरका ५२ बर्शिय प्रेम कुमार यादब र सोही ठाउँ वडा न-७ का ४२ बर्शिय सन्जय कुमार साह रहेका छन् ।

भारतको जयनगरबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेट बि.आर ७ सि ४२२४ नम्बरको कारलाइ चेकजाँच गर्ने क्रममा कार अगाडिको सिट मुनि राखेर लुकाइ छिपाइ ल्याएको अवस्थामा रकमसहित उनिहरुलाई सिरहा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कार्वाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ।

आरके श्रीवास्तव,रौतहट,भदौ १६ गते ।
वन जोगाउन दिनरात खटिरहेपनि केही व्यक्तीहरुले आफूलाइ बदनाम गराउन खोजेको पौराही सब–डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेश कुमार महतोले बताउनु भएको छ । पत्रकारहरु सँग कुराकानी गर्दैै वहाँले यस्तो बताउनु भएको हो ।
नदी किनारमा वृक्षारोपण गरेर लाखौं बजेट हिनामिना गर्नु भएको हो रु भनि पत्रकारले सोधेको प्रश्नको जवाफ दिनु हुँदै उहाँले भन्नु भयो, आफूले वृक्षारोपणमा कुनै हिनामिना नगरेको दाबी गर्नु भएको छ । जुन वृक्षारोपण गरिएको हो । त्यो कार्यक्रमको नाम नदी खोला किनारमा उकास भएको जग्गामा वृक्षारोपण गर्ने त्यसकारण हामीले नदी उकास भएको ठाउँमा नै वृक्षारोपण गरेका हौं ।
त्यस्तो ठाउँमा वृक्षारोपण गरेपछि त्यस ठाउँको वातावरण देखि आर्थिक रुपमा पनि फाइदा पुग्छ । पछि त्यहाँ गरिएको वृक्षारोपणलाइ हामी स्थानिय समुदायलाइ हामी हस्तान्तरण गर्छौं । त्यहाँ बाट उनीहरुपछि करोडौं रुपैयाँ फाइदा लिन सक्ने छन् । त्यसै लक्ष्य अनुरुप हामीले आर्थिक वर्ष २०७९।८० मा जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित बागमती नदी किनारमा दोभान टोल देखि पूर्व क्षेत्रमा हामीले वृक्षारोपण गरेका छौं । सो ठाउँमा रहेको नदी किनारमा खैर,सिसौ,टिक,अमला र जामुन सहित विभिन्न जातको विरुवा करिब २८ हेक्टर क्षेत्रफलमा रोपेका छौं ।
खोला किनारमा हुने विरुवा नै हामीले रोपेका छौं । सरकारको निति अनुसार हामीले काम गरेका हौं । तर केही व्यक्तीहरुले भ्रामक,कपोल्कल्पीत कुराहरु गरिरहेका छन् । त्यस्तो आरोपको म खण्डन गर्नु भयो । स्थलगत अनुगमन गर्दा पनि हुन्छ । वृक्षारोपण भएपछि स्थानियहरु लाइ धेरै फाइदा पुग्ने उनी बताउँछन् । चरीचरण बन्द र आगलागी भएन भने स्वतः त्यहाँ अन्य विरुवा पनि उम्रने छन् । पछि स्थानियहरुले दाउराको रुपमा पनि प्रयोग गर्न पाउने छन् । साथै वृक्षारोपण गरिएको खैरको विरुवा लाइ जोगायौं,हुर्कायौं भने धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।
बगरमा विरुवा नलाइ लाखौं रकम अनियमितता भएका भनी आफू माथि लगाइएको अरोप गलत रहेको महतोले बताएका छन् । त्यहाँ गएर हेर्नु भयो भने वास्तवीक वृक्षारोपण भएको छ । ती अरोपहरु गलत हुन् ।
वनजंगल सरक्षण गर्न हामी दिनरात गस्तीमा जाने गरेका छौं । गस्ती गर्नै क्रमममा आफनो कार्यकालमा ४ वटा गाडीमा करिब १० लाख बराबरको काठ बरामद गरि वन कार्यालयमा बुझाएको जानकारी गराउनु भयो । त्यसबाहेक हामीले मोटरसाइकिल,ट्रैक्टरमा लगिरहेको काठहरु पनि पक्राउ गरि बुझाएका छौं । हामी सँग साधन स्रोत र मैनपावरको अभावका वाबजुद्ध पनि विभिन्न निकायहरुको सहयोगले वन संरक्षणको काम हामीले गरिरहेको छौं । यो निकै ठूलो चुनौतीको रुपमा रहेको छ ।
स्थानिय समुदाय बाहिरी तस्करहरु पनि वन सरकारको सम्पक्ती हो । यसमाथि हाबि हुन चाहन्छन् । तस्कारहरुले विभिन्न व्यत्तीहरु सँग मिलि बदनाम गराउन लागे पनि कम जनशक्तीका बाबजुद्ध हामीले कर्तव्य पालनको क्रममा ज्यानको बाजी लगाएर वन संरक्षणमा जुटेको बताउनु भएको छ ।
केप टाउन, १६ भदौं ।
दक्षिण अफ्रिकामा प्रहरीसँगको भिडन्तमा १८ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तको ग्रामीण उत्तरी क्षेत्रमा शुक्रबार प्रहरीसँगको गोली हानाहानमा १८ जनाको मृत्यु भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मारिएका १८ व्यक्तिहरू बैंकका लागि नगद बोकेका सशस्त्र भ्यानहरू लुट्ने गिरोहका सदस्य थिए। बैंक भ्यान डकैती दक्षिण अफ्रिकामा एक सामान्य हिंसात्मक अपराध हो। यहाँ बारम्बार गोली प्रहारका घटना भइरहेका छन् ।
बिहीबार पनि जोहानेसबर्ग शहरको एक जीर्ण अपार्टमेन्ट कम्प्लेक्समा भएको आगलागीमा कम्तिमा ७४ जनाको मृत्यु भएपछि गोलीबारीको घटनामा मृत्यु हुनेको संख्याले देशभर स्तब्ध भएको छ।
लमजुङ १५ भदौ ।
लमजुङको सदरमुकाम बेसीशहरमा विगत १ महिना अघिदेखि नयाँ पुस्तालाई आफ्नो संस्कृती हस्तान्तरण गर्न बेसीसहरका नेवार समुदायले हरेक दिन लाखे नाच निकाल्ने गरेका छ्न्।
लाखे नाँच नागपञ्चमीबाट सुरु गरिने भ एपनि युवा पुस्तालाई सिकाउनको लागि एक महिना भन्दा अघिदेखि नै नाच सुरु गरिएको लमजुङ नेवा खलका अध्यक्ष बालचन्द्र श्रेष्ठले बताए ।
नेवार समुदायको पुरानो कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि पाका पुस्ताबाट नयाँ पुस्तामा तालिम मार्फत हस्तान्तरण गर्दै युवाहरु मिलेर बजारमा लाखे नाच देखाईएको नेवा खलका सचिव विमल श्रेष्ठले बताए ।
बेसीशहरको भिमसेन स्थान चोकमा हरेक दिन साँझ निकालिने लाखे नाँच नाच्दै बेसीशहर बजार परिक्रमा गर्ने गरिएको छ ।
लाखे नाचलाई नेवार समुदायको पुरानो संस्कृतिको रुपमा लिने गरिन्छ । परम्परा देखि लगाउदै आएको पुरानो खम्पर मुखौटो लगाएर, कपाल फिजाँरी, मान्छेलाई भूत जस्तो स्वरुप बनाई ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । लाखे नाच हेर्न बजारमा ठूलो भीड लाग्ने गर्दछ ।
नेवार संस्कृति मध्ये लाखे नाँच अन्तर्गत हरेक वर्षको नाग पञ्चमीका दिन देखि सुरु गरेर तिज पर्वसम्म विभिन्न नाँच तथा जात्राहरु देखाउने प्रचलन छ । एक महिनाको अवधीमा लाखे नाच, घोडा नाच, गाईजात्रा, श्रीकृष्ण रथयात्रा, रोपाई जात्रा जस्ता जात्राहरु विभिन्न पर्वको अवसर पारी देखाउने प्रचलन रहेको अध्यक्ष श्रेष्ठले बताए।
आरके श्रीवास्तव,राैतहट,१६ गते भदौ
बच्चा चाेरलाई प्रहरीले नसमातेकाे भन्दै स्थानीय द्वारा प्रदर्शन गरिएको छ । राैतहटमा बच्चा अपहरन गर्नेलाइ पक्राउ गर्न टायर बालेर आज बिहानै प्रदर्शन गरिएको छ । प्रहरीले चासो नलिएको भन्दै स्थानीयले आज बिहान सखुअवा चोकमा चक्काजाम गरेका छन् । माधवनारायण नगरपालिका-५ मिठुअवाका रामनरेश महतो सुढिले सोही ठाउँका एक नाबालिकलाई अपहरन गरेको भन्दै स्थानीयहरु आन्दोलित बनेका थिए ।

स्थानीयहरु आज बिहान सखुअवा चोकमा दुई घण्टा सडक अबरुद्ध गरेपछी प्रहरिले दोषीलाई पक्राउ गरेको छ । त्यसपछी उनीहरु आन्दोलन स्थगित गरेका छन् । स्थानीय अबधेश महताेकाे ८ वर्षिय छाेरी खुशबु कुमारी महताे लाई साेही ठाउँका रामनरेश महताे र उनकै भाइ रंजित महताेले रक्षाबन्धनका दिन भदौ १४ गते बिहिवारका दिन अपहरण गरेका थिए । त्यसपछि पिडित परिवारले आफनाे बच्चालाई बन्धक बनाएको भन्दै अपहरणकारी रामनरेश महताे र रंजित महताेलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
प्रहरीमा निवेदन परेपछि पक्राउ पर्ने डरले रामनरेश महताेले बन्धक बनाएकाे तीन दिनपछि आज बिहान मात्रै उक्त बालिकालाई अपहरण मुक्त गरेका थिए । तत्पश्चात पिडित परिवारले आज एकाबिहानै दाेषी महताेलाई पक्राउ गरी छानबिन गर्न प्रहरी चाैकी सुकदेव चाैकका असईलाई खबर गरेका थिए ।
तर प्रहरीले दाेषीलाई पक्राउ गर्न आलटाल गरेपछि आक्राेशित स्थानीयहरूले आज बिहानै ७ बजेदेखि ९ बजे सम्म सखुअवा चाैक स्थित गाैर चपुर सडक खण्डमा प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । स्थानीयहरूले आन्दोलन गरेको २ घण्टा नबित्दै प्रहरीले दुवै जना अपहरणकारी लाई पक्राउ गर्न सफल भएको छ। दाेषी पक्राउ परेपछि स्थानीयहरूले आन्दोलन स्थगित गरी चक्काजाम खुलाएका थिए । पक्राउ परेकाहरू अहिले गरूडा प्रहरीकाे नियन्त्रणमा रहेको र घटनाबारे अनुसंधान भईरहेकाे ईप्रका गरूडाका डिएसपी ओमप्रकाश खनालले जनाएका छन् ।

काठमाडौं, १६ भदौ ।
नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि शिर्ष नेताहरुलाई बिभिन्न जिल्लामा खटाइएको छ ।
पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको र सबै जिल्लामा शिर्ष नेताहरु खटाइएको जानकारी दिए । अाज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडावाट तीन महिने अभियानकाे उदघाटन सम्बाेधन गर्ने र त्यसकाे रेकर्ड दिउँसाे १ बजे देशैभरीका वडाहरूमा सुनाउने गरी ब्यवस्थासमेत मिलाइएकाे छ । जसका लागि पार्टी पदाधिकारीहरूलाइ बिभिन्न जिल्लामा खटाइएकाे छ ।
उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं चन्द्रागिरी–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२, महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरी–२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतमा खटिनेछन् ।
सचिव दिनानाथ शर्मा बाग्लुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका–१० मा खटाइएको उनले बताए ।
बैंकक, १६ भदौं ।
थाइल्याण्डका राजाले शुक्रबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा (७४) को जेल सजाय आठ वर्षबाट घटाएर एक वर्षमा पुर्याएका छन् ।
थाइल्यान्डका राजा महा वजिरालोङकर्नको निर्णय शुक्रबार शाही राजपत्रमा प्रकाशित भएको थियो। शिनावात्रा १५ वर्षको स्वयम् निर्वासनपछि गत हप्ता थाइल्यान्ड फर्केकी थिए, त्यसपछि उनलाई जेलमा राखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल लगिएको छ ।
थाइल्याण्ड एक संवैधानिक राजतन्त्र हो, जहाँ राजालाई दोषी अपराधीहरूलाई माफी दिने अन्तिम निर्णय गर्ने अधिकार छ। सिनावात्रा सन् २००१ देखि २००६ सम्म देशको प्रधानमन्त्री थिइन् ।