२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, २२ भदौं ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज म्यान्मार बिरुद्ध खेल खेल्दैछ ।

 

विश्वकप छनोट तयारीमा म्यानमारविरुद्ध नेपालले दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।

 

जसको पहिलो प्रतिस्पर्धा आज यांगुनस्थित थुवुना रंगशालामा हुदैँछ । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

म्यानमारविरुद्ध खेल्ने टोली

गोलरक्षक – किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की

 

डिफेन्डर – सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अन्जन राई

 

मिडफिल्डर – एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु, उत्सव राई

 

फरवार्ड – आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया

 

काठमाडौं, २२ भदौं/

त्रिभुवन विश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जले ५० जना स्टाफ नर्स माग गरेको छ ।

 

महाराजगञ्ज अन्तरगतको शिक्षण अस्पताल र त्यसका बिभिन्न केन्द्रहरुका लागि ५० जना स्टाफ नर्स माग गरेको हो ।

 

संस्थानले शुक्रबार सूचना जारी गर्दै स्टाफ नर्सको स्थायी पदमा करार सेवामा पदपूर्ति गर्न लागिएको हो। इच्छुक नर्सले आगामी असोज ५ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ ।

 

 

काठमाडौ, २२ भदौ । 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा काराेबार हुनेछ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२  पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा काराेबार हुने जनाएकाे  राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा काराेबार हुने जनाइएकाे छ ।

्र

 

 

काठमाडौं, २२ भदौं ।

सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ ।

निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

 

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाईएको छ ।

 

काठमाडौ‌ । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ ।

 

आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

 

मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् ।

जारी यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि– २० छनोट खेल्न पाउनेछ । जसकाकारण नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि २० छनोटमा पुग्ने उदेश्यसहित मैदानमा उत्रिएको छ ।

 

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म आफनो स्थान कायम गर्न सकेको छैन । नेपालले आफनो विश्वकप यात्रा एसिया छनोटमा नै सिमित राख्दै आउनु परेको छ । तर, आजको खेलमा थाईल्याण्डलाई पराजित गरेर उ ग्लोबल टि २० खेल खेल्न चाहान्छ ।

काठमाडौ, २२ भदौ । 

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ८४ पैसा र बिक्री दर १३३ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ भने युराेपियन युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसामा काराेबार हुनेछ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा र बिक्री दर १६६ रूपैयाँ ३६ पैसामा काराेबार हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८४ रुपैयाँ ८२  पैसा र बिक्रीदर ८५ रुपैयाँ २ पैसा तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २९ पैसा, बिक्रीदर ९७ रुपैयाँ ७३ पैसामा खरिदबिक्री गरिने छ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसामा काराेबार गर्न अनुमति पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९४ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९८ पैसामा खरिदबिक्री हुनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा र बिक्री दर ३६ रूपैयाँ ६० पैसामा काराेबार हुने जनाएकाे  राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.६६ पैसा र विक्रीदर ४३२.६ पैसामा काराेबार हुने जनाइएकाे छ ।

्र

 

काठमाडौं, २२ भदौं । सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ ।

निजामती सेवा दिवसको अवसर पारेर सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

 

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने जनाईएको छ ।

आरके श्रीवास्तव,रौतहट,भदौ २१ गते ।
रौतहटको जिल्लाको मौलापुर नगरपालिकामा कार्यरत कर्मचारीहरूले निजामती सेवा दिवस नमनाउने भएका छन् । उनीहरुले एक संयुक्त विज्ञप्ती मार्फत सो जानकारी गराएका हुन् । आज मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहलाइ सो विज्ञप्ती बुझाएका हुन् ।

विज्ञप्तीमा भनिएको छ । संघिय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति सुशासन, विकास र समृद्धिको आकाङ्क्क्षा पूरा गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने शासन प्रणालीको प्रशासनिक संरचनामा संघिय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भन्ने विभेदकारी नीति निर्माण गर्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मिति २०८०÷०५÷०४ गते निजामती सेवा दिवस (भाद्र २२ गते) मनाउने भनी यस नगरपालिकालाई पत्राचार गरेको हुँदा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवासुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरूलाई निजामती परिभाषामा नसमेटिएको अवस्थामा कर्मचारीहरू बीच विभेद भएकोले निजामती सेवा दिवस मनाउन उपर्युक्त नठानी भाद्र २२ गते विरोध स्वारूप कालोपट्टी बाँधी विरोध जनाउने उल्लेख छ ।
साथै स्थानीय कर्मचारीहरूको सेवासुविधा सम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमाउने निर्णयका साथै सम्बन्धित निकायको ध्यानाकर्षण सहित प्रस्तावित संघिय निजामती ऐनको मस्यौदामा विभिन्न व्यवस्था समावेश गर्नका लागि जोडदार माग गरेका छन् ।
उनीहरुले संघिय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने,सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने,सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रिय प्रणालिमा आधारित हुनुपर्ने,अन्तरप्रदेश सरूवाको व्यवस्था संघिय ऐनमा नै खुलाउनु पर्ने,निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरूलाई समेट्नु पर्ने, ६. संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधा र वृत्ति विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने,प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने लगायतका कुरा समावेश गर्न माग गरेका छन् ।

 

 आरके श्रीवास्तव,रौतहट,२१ गते भदौ रौतहट ।
मौलापुर मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ६ करोड ३ लाख ६१ हजार ६ सय ०२ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा कार्यालयले ५ करोड ६२ लाख १२ हजार ६ सय ४६ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
गत वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा ४१ लाख ४८ हजार ९ सय ५६ रुपैयाँ बढी राजस्व संकल गरेको हो । कार्यालयले बेटी बचाउ तर्फ ५३ लाख ८४ हजार १ सय २१,रजिस्ट्रेशन तर्फ ३ करोड ७१ लाख ११ हजार ९४५,पुँजीकर तर्फ १ करोड ७ लाख २५ हजार ४ सय ४१ र सेवा शुल्क सहित ६ करोड भन्दा बढी राजस्व संलन गरेको कार्यालय प्रमुख बबुनन्दन साहले जानकारी गराउनु भयो ।
मालपोत कार्यालय मौलापुरले राजीनामा, अंशबण्डा, बकसपत्र, रोक्का लगायतका शीर्षकबाट साबिक १८ गाबिस हाल ६ पालिकाको केही क्षेत्रबाट ४ हजार ३ सय ४४ रजिस्ट्रेशन लिखत पारित भएको उनले जानकारी गराए । गत आ.व.२०७८/ ०७९ मा ५ हजार ३ सय २९ लिखत पारित भएको थियो । जग्गा वर्गीकरण नहुँदा लिखत पारित गराउनेको संख्या आर्थिक वर्ष २०७९÷८० मा घटेको उनको भनाइ छ ।
मालपोत कार्यालय मौलापुर अन्तर्गत मौलापुर नगरपालिका,बौधीमाइ नगरपालिकाको पुरै भाग पर्दछ भने कटहरिया नगरपालिका, देवाहीगोनाही नगरपालिका,फतुवा बिजयपुर नगरपालिका,परोहा नगरपालिकाको केही भाग पर्दछ । आव २०७९/८० मा महिला,दलित,जनजाती,सहिद परिवार गरी लक्षित वर्गका लागि १ करोड ३२ लाख ६५ हजार रुपैयाँ राजस्व छुट गरिएको छ । त्यस्तै कार्यालयमा मुद्धा ६ सय १३ वटा मुद्धा रहेकोमा ४ सय २७ वटा फर्छयौट भएको प्रमुख साहले बताउनु भयो । १ सय ८३ वटा मुद्धा फर्छयौट गर्न बाँकी रहेको उनको भनाइ छ । गत आ.व.२०७८/ ०७९ मा ८२४ वटा मुद्धा रहेकोमा ६६८ वटा मुद्धा फर्छयौट भएको थियो । मुद्धाहरुमा संशोधन,दाखिल खारेज,हकसफी,नामसारी लगायतका रहेका छन् ।

 

 ओम प्रकाश यादव भदौ २० गते, रौतहट ।

रौतहटका विभिन्न राजनीतिजक दलका नेताहरुले पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल संग बिहिबार भेटघाट गरेका छन । बर्सौदेखी बन्द रहेको श्रीराम सुगर मिल्स गरुडा संचालन गराउनु पर्ने माग रख्दै उखु उत्पादक संघ रौतहटको नेतृत्वमा जिल्लाका नेताहरुले आज बिहिबार काठमाडौं स्थित नेकपा एकिकृत समाजवादि पार्टीको कार्यालयमा नेता माधब कुमार नेपालसंग भेटबार्ता गरेका छन ।

भेटघाटमा नेताहरुले बन्द रहेको श्रीराम सुगर मिल्स सुचारु गराउन पहलकदमि लिन नेता नेपाललाई आग्रह गरेका छन । जवाफमा नेता नेपालले बन्द मिल्स सुचारु गराउन आफू कुनै कसर बाकी न राख्ने बताएको भेट्मा सहभागी जनता समाजबादि पार्टीका नेता राज कुमार दासले जान्कारी दिएका छन ।

गरुडा चिनि मिल्स सुचारु गराउन आफुले उधोग मन्त्री देखि लिएर प्रधानमन्त्री प्रचण्डसंग समेत कुरा गर्ने र मिल्स चाडै संचालन गराउने बाताबरण बनाउने नेता माधव नेपालले आश्वासन दिएको भेटघाटमा सह्भागी अर्का उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए । नेपाली कांग्रेसका रौतहत जिल्ला सभापति सुनील कुमार यादव जितेन्द्र, पूर्व माननिय कल्याणी खड़का , नेकपा एसका नेता अशोक प्रसाद यादव, अनिल कुमार यादव नेकपा एसका बृज किशोर यादव, जस्पा नेता राजकुमार दास, नेकपा एसका नेता रेवंत झा, रअरुण यादवले नेता नेपालसंग भेटघाट गरेका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।