२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

म्याड्रिड, २२ भदौं ।

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् ।

 

जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने  छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ ।

 

सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एकको पोस्टमा सान्चेजले लेखेका छन, ‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, काेराेना पाेजिटिभ देखिएकाे छ, त्यसैले म जी २०  बैठकको लागि दिल्ली जान सक्दिन। तैपनि मलाई राम्रो महसुस भइरहेको छ।’ राष्ट्रपति पेड्रो सान्चेजको सट्टा अब स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन्।

 

उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन्। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने जनाएका छन ।

 

काठमाडौं, २२ भदौं ।

आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरे पछि माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको अबार्ड खोसिएको छ ।

 

हालै आफ्नै कार्यालयकी सहकर्मीसँग अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि इलामका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको हो ।

अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फिर्ता गरेको हो। त्यसअघि उनीसँग सो संस्थाले स्पष्टीकरण लिएको थियो । उनले आफनो अवार्डका बारेमा निर्णय गर्ने अधिकार संस्थासँग रहेको भन्ने जवाफ दिए पछि सो संस्थाले उनको अबार्ड खोसेको हो ।

 

हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई उक्त अवार्ड पाउँदा भने इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत रहेका थिए । हालै एक लेखा अधिकृत महिलासँग अमर्यादित तथा अशिष्ट ब्याबहार गरेको सिसिटिभी सार्बजनिक भएको थियो ।

 

काठमाडौ, २२ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ४०, भारतीय ठूलो गोलभेडा ४०, भारतीय गोलभेडा सानो ३५, टनेल गोलभेडा सानो ३८, लोकल गोलभेडा सानो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ८० रुपैयाँ तथा आलु रातो ५५, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ, बन्दा लोकल ७०, गाँजर १२०, मूला सेतो ९०, मूला रातो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ५०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली २५०, कागती १८० रुपैयाँ तथा भिण्डी ५०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ९०,अदुवा प्रतिकेजी १५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १४०,अनार ३००, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, हरियो खुर्सानी अकबरे १५०, रहु माछा ३५०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०, परवर ६०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २५०, रुख कटहर ९०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा १५०,फूजी स्याउ ३२०, अम्बा १००,मौसम १५०, जुनार ३२०,अमला १२०,तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०,कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

म्याड्रिड, २२ भदौं ।

स्पेनका राष्ट्रपति पेड्रो सान्चेज कोरोना संक्रमित भेटिएका छन् ।

 

जसका कारण अब उनी भारतमा हुन लागेको जी–२० शिखर सम्मेलनमा सहभागी हुने  छैनन् । पेड्रो सान्चेज जी–२० बैठकमा सहभागी हुन भारत आउने भएका थिए तर अहिले उनको भ्रमण रद्द भएको छ ।

 

सामाजिक सञ्जाल प्लेटफर्म एक्सको एकको पोस्टमा सान्चेजले लेखेका छन, ‘मैले आज दिउँसो स्वास्थ्य परीक्षण गरेको छु, काेराेना पाेजिटिभ देखिएकाे छ, त्यसैले म जी २०  बैठकको लागि दिल्ली जान सक्दिन। तैपनि मलाई राम्रो महसुस भइरहेको छ।’ राष्ट्रपति पेड्रो सान्चेजको सट्टा अब स्पेनी उपराष्ट्रपति नादिया क्याल्भिनो, आर्थिक मामिला मन्त्री र विदेश मन्त्री अब जी २० बैठकमा सहभागी हुनेछन्।

 

उल्लेखनीय छ कि स्पेनका राष्ट्रपति पेड्रो सान्चेज नयाँ दिल्लीमा हुन लागेको बैठकमा उपस्थित नहुने तेस्रो जी २० नेता हुन्। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यो बैठकमा सहभागी नहुने जनाएका छन ।

 

न्युयोर्क, २२ भदौं ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार पिटर नाभारोले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको आक्रमणको छानबिन गर्ने प्रतिनिधि सभाको समितिलाई सहयोग गर्न अस्वीकार गरेका छन्। जसका कारण उनी कांग्रेसको अवहेलनाको अभियोगमा दोषी ठहर भएका हुन् ।

 

ह्वाइट हाउसका पूर्व सल्लाहकार स्टिभ ब्याननपछि कांग्रेसको अवहेलनाको आरोपको सामना गर्ने नभारो दोस्रो ट्रम्प सहयोगी हुन्। यसअघि ब्याननलाई दुईवटा मुद्दामा दोषी ठहर गरी चार महिनाको जेल सजाय सुनाइएको थियो, यद्यपि उनी पुनरावेदनमा रिहा भएका थिए।

 

न्यायाधीश अमित मेहताले नवारोलाई जनवरी १२ का लागि सजाय तोकेका हुन् । उनलाई वासिङ्टनको संघीय अदालतले कांग्रेसको अवहेलनाको दुईवटा मुद्दामा दोषी ठहर गरेको थियो। यी दुवै मुद्दामा एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

 

स्मरण होस, अमेरिकी संसद र यसको वरपरको क्षेत्रलाई क्यापिटल हिल भनिन्छ। अमेरिकामा सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता जो बाइडेनसँग हार बेहोरेको थिए । ट्रम्पले आफ्ना समर्थकहरूलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाएका छन् र आफ्ना समर्थकहरूलाई एकजुट हुन अपील गरेका छन्।

 

यसपछि जनवरी ६, २०२१ मा क्यापिटल हिल क्षेत्रमा करिब दुई हजार मानिस भेला भए र ट्रम्पको उत्तेजक वक्तव्य पछि भीडले क्यापिटल हिलमा आक्रमण गरेको आरोप छ । यस क्रममा ठूलो संख्यामा प्रदर्शनकारी ब्यारिकेड तोडेर अमेरिकी संसदमा प्रवेश गरेका थिए । घटनाको समयमा क्यापिटल हिलमा धेरै ठूला नेता र अधिकारीहरू उपस्थित थिए। तर, सुरक्षाकर्मीले प्रदर्शनकारीलाई क्यापिटल हिलबाट बाहिर निकालेका थिए ।

 

माली, २२ भदौं ।

मालीमा आतङ्ककारीहरूले सैनिक शिविर र यात्रुवाहक डुङ्गामा आक्रमण गरेका छन् ।

 

उत्तरी मालीमा भएको आक्रमणमा ६४ जनाको मृत्यु भएको थियो ।

 

समाचार अनुसार माली सरकारले आतंकवादीहरूले दुई फरक ठाउँमा आक्रमण गरेको बताएको छ। आतंककारीहरूले नाइजर नदीमा रहेको टिम्बक्टु डुङ्गामा पहिलो हमला गरे पनि आतङ्ककारीहरूले दोस्रो हमला बाम्बामा रहेको सैन्य शिविरमा गरेका थिए।

 

दुवै आक्रमणमा जम्मा ४९ नागरिक र १५ सैनिकको ज्यान गएको थियो । आतंकवादी संगठन अल कायदासँग आबद्ध संगठनले आक्रमण गराएको दाबी गरिएको छ ।

 

वासिंगटन डिसी, २२ भदौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकावाट प्रस्थान गरेका छन्  ।

 

जी–२० शिखर सम्मेलनका लागि जो बाइडेन शुक्रबार भारत पुग्नेछन् ।

 

भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ह्वाइट हाउसबाट जारी गरिएको बिज्ञप्ति अनुसार उनी जर्मनी, भारत र भियतनामको तीन दिने भ्रमण कार्यक्रम अनुसार देश बाहिर निस्केका हुन तर उनी अधिकांश समय भारतमै रहनेछन् ।

 

जो बाइडेन प्रस्थान गर्नु अघि ह्वाइट हाउसले भन्यो कि बिडेनमा कोरोना नेगेटिभ देखिएको थियो । जी २० शिखर सम्मेलनको लागि भारत भ्रमणमा रहदाँ रोग नियन्त्रण र रोकथाम केन्द्रको कोभिड १९ को दिशानिर्देशहरू पालना गर्नेछन्।

 

उल्लेखनीय कुरा के छ भने भारत प्रस्थान गर्नुभन्दा एक घण्टाअघि राष्ट्रपतिको अर्को कोभिड परीक्षण नेगेटिभ आएको थियो । अमेरिकाकी प्रथम महिला भर्खरै कोरोना संक्रमित भेटिएकी थिइन् । तर, आज उनको रिपोर्ट पनि नेगेटिभ आएको छ ।

 

ह्वाइट हाउसले भने कि अमेरिका छोडेपछि बाइडेन शुक्रबार जर्मनीको रामस्टेमा रोकिने छन्। साँझ नयाँ दिल्ली पुगेर प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । शनिबार औपचारिक स्वागत पछि बाइडेन जी २० एक पृथ्वीको पहिलो सत्र र अर्को सत्र एक परिवारमा पनि उपस्थित हुनेछन्।

 

लमजुङ, २२ भदाै ।

लमजुङमा एक महिनाको अवधिमा २९ उद्योग थपिएका छन् ।

 

जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा मात्र विभिन्न प्रकृतिका २९ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

 

थपिएका उद्योगमा सवैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग १३ वटा रहेका छन्। यसैगरी सेवामूलक उद्योग ९ वटा, पर्यटन उद्योग ४ वटा, उत्पादमूलक उद्योग २ वटा र साझेदारी एक गरी २९ नयाँ उद्योग थप भएका हुन् ।

 

सोहि अवधिमा ७ वटा उद्योग खारेजी र ६८ उद्योग नविकरण भएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन । थापाका अनुसार गत साउनमा वाणिज्य तर्फ भने १८ नयाँ फर्म दर्ता, ८१ वटा नविकरण १३ वटा खारेजी भएका छन् । उद्योग, वाणिज्य दर्ता नविकरण तथा खारेजी लगायत कार्यालयबाट प्रवाह हुने सेवा मार्फत एक महिनाको अवधिमा ३ लाख ५१ हजार सात सय ५२ रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।

 

कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा २ सय ९१ उद्योग दर्ता भएका थिए । विगत चार वर्षको उद्योग दर्ता संख्या हेर्ने हो भने गत वर्ष उद्योग दर्तामा कमी आएको छ । कार्यालयमा आर्थिक वर्ष ०७६/०७७ मा ६ सय ६९, ०७७/०७८ मा ९ सय ७० र अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ६ सय ८८ उद्योग दर्ता भएका थिए ।

 

वाणिज्य तर्फ भने ०७७/०७८ मा ६४०, ०७८/०७९ मा ४ सय १० र गएको आर्थिक वर्ष ०७९/०८० मा २ सय ८ फर्म दर्ता भएका थिए ।

 

हेटौँडा ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

बाग्मती प्रदेश सरकारको केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयानुसार प्रदेश सरकारले आज तीन जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

 

आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठका अनुसार प्रदेश सरकारले मकवानपुर, चितवन र धादिङ जिल्लामा आज सार्बजनिक बिदा दिईएको जानकारी दिएका छन । उनका अनुसार अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको जनाउँदै चेपाङ समुदायको बसोबास भएका आधारमा तीन जिल्लामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

प्रदेश सरकार सबै भाषा, धर्म, सम्प्रदाय, जातजातिको पहिचान र संस्कृतिको सम्मानमा अग्रसर रहेको भन्दै कानुनमन्त्री श्रेष्ठले न्वागी पर्वका अवसरमा प्रदेशवासीमा आपसी भाइचारा र आत्मीयता बढोस् भन्दै शुभकामनासमेत व्यक्त गरेका छन् ।

 

काठमाडौ‌ ।

आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले टस जितेको छ ।

 

आज हुने गईरहेको दोस्रो सेमिफाइनल खेलमा थाईल्यान्डविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

 

मलेसियाको बांगीमा जारी खेलमा नेपाली कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिलिडङ गर्ने निर्णय लिएकी हुन् ।

जारी यस खेलको विजेता टोलीले आगामी वर्ष हुने आइसिसी महिला ग्लोबल टि– २० छनोट खेल्न पाउनेछ । जसकाकारण नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि २० छनोटमा पुग्ने उदेश्यसहित मैदानमा उत्रिएको छ ।

 

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म आफनो स्थान कायम गर्न सकेको छैन । नेपालले आफनो विश्वकप यात्रा एसिया छनोटमा नै सिमित राख्दै आउनु परेको छ । तर, आजको खेलमा थाईल्याण्डलाई पराजित गरेर उ ग्लोबल टि २० खेल खेल्न चाहान्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।