लाहौर, ४ असोज ।
तपाईले सामाजिक सञ्जालमा अनौठो विवाह देख्नु भएको होला । जसमा प्रेमीले आफ्नो प्रेमीलाई मनाउन हरसम्भव प्रयास गर्छ ।
तर यो समाचार सामाजिक सञ्जालका समाचारहरूभन्दा केही फरक हुनसक्छ । हो, यो ३५ वर्षकी दुलहाले ७० वर्षकी वृद्धासँग विवाह गरेको कुरा हो । यो समाचार पाकिस्तानको हो । यो बिबाहले फेरी चर्चा पाएको छ ।
३५ वर्षका नईम शहजाद आफ्नो उमेरभन्दा दोब्बर महिलासँग प्रेममा परेका थिए । उनले क्यानडाकी ७० वर्षीया मेरीसँग फेसबुकमार्फत भेट गरेका थिए ।
यी दुईबीचको मित्रता यतिसम्म बढ्यो कि उनीहरु एकअर्काको प्रेममा पर्न थाले । त्यो मायाको ज्वरोले ७० वर्षकी मेरी र नईम शहजादको बिबाहमा परिणत गराउने कार्य गरयो ।
पाकिस्तानका नइमले सन् २०१२ मा फेसबुकमार्फत दुवै नजिक भएको बताए । दुवैले लगातार ३ वर्ष एकअर्कालाई बुझेका थिए । सन् २०१५ मा क्यानडाकी ७० वर्षीया मेरीले उनलाई प्रपोज गरेकी थिइन् । तर, दुवैले सन् २०१७ को अगस्टमा क्यानडामा विवाह गरेका थिए । तर यही क्रममा नइमले भिसासम्बन्धी समस्या झेल्न थाले । जसका कारण दुवै क्यानडामा सँगै बस्न सकेनन् ।
७० वर्षीया मेरी हालै पहिलो पटक पाकिस्तान गएकी थिइन् । यसै क्रममा मेरीले नइमसँग पाकिस्तानमै बस्ने निर्णय गरेकी छिन् । केहीले नइमको यो निर्णयलाई भिसा प्राप्त गर्ने तरिकासँग जोडिरहेका छन् । तर, नइमले यी सबै आरोप निराधार भएको बताएका छन् ।
उनीहरुको सम्बन्धको बारेमा कुरा गर्दै पाकिस्तानका नईम भन्छन्, मेरी मानसिक रूपमा विचलित थिइन् । उनी निकै बूढो भइसकेका छिन् । उनी आर्थिक रुपमा पनि कमजोर छिन् । मामूली पेन्सनमा मात्रै बाँचेकी छिन् । हामी बीचको उमेरको भिन्नता के हो ? मलाई मतलब छैन। अब मरियम मेरी पत्नी हो।’
उनीहरुको घरमा महँगो सामान नरहेको र उनीहरु दुबैले सामान्य जीवन बिताइरहेकोसमेत उनले बताए ।
न्युयोर्क, ४ असोज ।
एलोन मस्कले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न स्वीकृत पाएका छन ।
यसलाई पक्षाघात भएका बिरामीको मस्तिष्कमा प्रत्यारोपण गरिनेछ । मस्कको स्टार्टअप न्यूरोलिङ्कले यो जानकारी दिएको हो ।
मस्कको कम्पनीले भर्ना प्रक्रियामार्फत भर्ना हुने पहिलो व्यक्तिको खोजी सुरु गरेको छ । यस परीक्षणको क्रममा पक्षघातका बिरामीमा चिप सेटको परीक्षण सुरु गरिनेछ। यसका लागि ‘सर्भिकल स्पाइनल कर्ड पक्षघात’ वा ‘एमियोट्रोफिक लेटरल स्क्लेरोसिस’ (एएलएस) जस्ता रोगबाट पीडित भएका व्यक्तिहरूको खोजी भइरहेको छ। यो अनुसन्धान पूरा गर्न करिब छ वर्ष लाग्नेछ।
अनुसन्धानले मानव मस्तिष्कमा ब्रेन कम्प्युटर इन्टरफेस (बीसीआई) प्रत्यारोपण गर्नको लागि शल्यक्रिया गर्ने रोबोटलाई समावेश गर्नेछ। यसको मद्दतले उसले मष्तिष्ककाे चाल र मनसाय प्राप्त गर्नेछ। यसपछि उसले थप आदेश दिनेछ । यस पछि त्यो चिप सेटसँग मिल्दो यन्त्रहरूले ती आदेशहरू प्राप्त गर्नेछन् र थप काम गर्नेछन्।
न्यूरोलिङ्कले प्रारम्भिक चरणमा आफ्नो लक्ष्य कम्प्युटर कर्सर र किबोर्डलाई नियन्त्रण गर्ने भएको बताएको छ । यो नियन्त्रण कमाण्ड सिधै मस्तिष्कमा जडान गरिएको चिप सेटबाट प्राप्त हुनेछ। यसपछि कर्सर चल्न थाल्छ र किबोर्डबाट टाइप हुनेछ। उदाहरणका लागि पक्षाघात भएका व्यक्तिको मस्तिष्कमा चिप प्रत्यारोपण गरेपछि उसले सोचेर मात्र माउसको कर्सर सार्न सक्षम हुनेछ।
न्यूरोलिंकले बनाएको यन्त्रको आकार सिक्का जस्तै हुनेछ। यो चिपको नाम लिंक दिईएको छ। यो यन्त्रले (न्यूरल इम्पल्स) कम्प्युटर, मोबाइल फोन वा अन्य कुनै पनि उपकरणहरु मार्फत प्रत्यक्ष रूपमा मस्तिष्क गतिविधि नियन्त्रण गर्न सक्षम हुनेछ।
न्युरोलिङ्कले सुरुमा करिब १० जनामा परीक्षणको लागि अनुमोदन पाउने आशा गरेको थियो। तर, पछि युएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले सुरक्षाको बारेमा प्रश्न उठायो। यद्यपि, यो अझै थाहा छैन कि कति व्यक्तिले न्युरोलिङ्क परीक्षणको लागि अनुमति पाउने छन ?
ग्रीवा मेरुदण्ड मेरुदण्डको क्षेत्र हो, जुन घाँटीको आधारबाट सुरु हुन्छ र सि १ देखि सि ७ कोशिकाहरू सम्म चल्छ। स्पाइनल कर्ड तंत्रिकाहरूको समूह हो, जसले मस्तिष्कबाट शरीरको बाँकी भागमा सन्देश वा आदेशहरू पठाउँछ। स्पाइनल कर्डमा चोट पुरै शरीरको लागि खतरनाक साबित हुन सक्छ।
एमियोट्रोफिक लेटरल स्क्लेरोसिस एक न्यूरोडिजेनेरेटिव रोग हो। यसले सेरेब्रल कोर्टेक्स, स्पाइनल कर्ड र ब्रेनस्टेमको तंत्रिकालाई असर गर्छ। यो रोगले मांसपेशी नियन्त्रण गर्ने मोटर न्यूरोन्सको प्रगतिशील हानि हुन सक्छ। यो दुर्लभ रोग हो।
अमेरिका, ४ असोज । गैर आवासिय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकालका लागी अध्यक्ष पदका प्रत्यासी राजेन्द्रकुमार (आरके) शर्माले विदेशमा रहेका लाखौं नेपालीहरुलाई स्वदेशमै उद्यमी बनाउने योजना सार्वजनिक गरेका छन ।
एनआरएनए अमेरिका बाल्टिमोर च्याप्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीलाई सके उद्यमी बनाउने नसके उनीहरुको आर्थिक अबस्था उन्नत गर्न सामुहिक रुपमा नेपाल सरकारलाई ग्यारेन्टी हुने गरी लगानी गरेर उनीहरुको आर्थिक अबस्था र भविश्यको सुनिश्चित गर्ने बताए ।
अहिलेसम्म विदेशमा मेहनत गरेर केही व्यक्ति उद्यमी बन्न सक्नु पनि ठुलो उपलब्धी भएको बताउँदै उनले भने, ‘विदेशमा रहेका लाखौं नेपाली दाजुभाई दिदि बहिनिलाई सके उद्यमी बनाउने नसके उनीहरुको आर्थिक अबस्थालाई उनीहरुले नै दुख गरेर कमाएको रकमबाट आर्थिक अबस्था समुन्नत गराउन सामुहिक लगानी र प्राधिकरणमार्फत सरकारलाई ग्यारेन्टी राखेर सरकारलाई पनि फाईदा पुग्ने र उनीहरुको भविश्य सुरक्षित रहने गरि योजना बनाउन ढिला भैसकेको छ, अबको पहिलो काम नै यही हुनुपर्छ ।’
बर्तमान उपाध्यक्ष समेत रहेका शर्माले आगामी अक्टोबरमा हुन लागेको गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलनबाट आगामी कार्यकालका लागी अध्यक्ष पदमा उमेदवारी दिएका हुन ।
जापान, कोरिया, हङकङ, क्यानडा पछि युएसएको स्थलगत भेटघाट कार्यक्रममा पुगेका शर्माले भ्रमणवाट आफू एकदम उत्साहित भएको बताए । उनले आफ्नो नेतृत्वलाई विश्वले स्विकारेकाले आफ्नो जित सुनिश्चित भएको जनाउदै आफू यस अभियानमा आमुल परिवर्तन गराउने ऊद्देश्य बोकेर आएकाले आफ्नो अभियानलाई समर्थन गर्न विश्वमा रहेका गैरआवासीय नेपालीहरु र अभियन्ताहरुलाई अनुरोधसमेत गरेका छन ।
आरके श्रीवास्तव,रौतहट,०३ गते असोज
रौतहट प्रहरीले भन्सार छलीको सामान सहित ६ जना मानिसलाइ भन्सार कार्यालय गौर रौतहटमा पठाएको छ । प्रहरीले भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सर समानहरु बरामद गरेको थियो ।
म्ंगलवार जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले सो सामानहरु बरामद गरेको थियो । जिल्लाको बिभिन्न स्थानबाट माछा,आलु,प्याज,सुजि ,चिनी,कस्तुरी रक्सी लगायतका सर समानहरु सहित ६ जना मानिसहरु,मोटरसाईकल ७ थान र पिकअप गाडी थान १ सहित पक्रेको थियो ।
प्रहरीले पक्राउ गरेको ती सबै सामानहरुको जसको मुल्य रु पच्चिस लाख दुई हजार पचास बरावरको भन्सार छली गरी ल्याएका सर समानहरु कानुन बमोजिम स्थानिय जनप्रतिनिधिहरुको रोहबरमा बरामद गरी आवश्यक कार्वाहीको लागी रौतहट भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दामोदर के.सीले जानकारी गराउनु भयो ।
काभ्रेपलाञ्चोक, ४ असोज । जनप्रतिनिधि थकित भएको भन्दै मण्डनपुर नगरपालिकामा आज सार्बजनिक बिदा दिईएको छ ।
संबिधान दिबसको अवसरमा नगरपालिकाको भवनबाट निर्मित भबनवाट सेवा प्रबाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरमा बिदा दिईएको हो ।

‘बिगत तीन दिन देखी लगातार ब्यबस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, बिद्यालय लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी बिज्ञप्तिमा भनिएको छ।
काठमाडाैं, ४ असाेज । राप्रपा नेपालले देशव्यापी रुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शन सम्पन्न भएको छ।
संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य तथा राजसंस्था र हिन्दुराष्ट्र पुनस्स्थापना तथा संघियताको खारेजीको माग राखि राप्रपा नेपालले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनको क्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासक र भ्रष्ट व्यवस्थाको पुत्ला दहन समेत गरिएको थियो। शान्तिपूर्ण प्रदर्शनमा विभिन्न जिल्लाहरुमा प्रहरि प्रशासनले धरपकड र हस्तक्षेप गरेकोमा राप्रपा नेपाल भत्सर्ना गर्दछ।
काठमाडौंमा पार्टीका जिल्ला अध्यक्ष श्याम घिमिरे, सहायक महामन्त्री धनबहादुर थापा, ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव आनन्द रिसाल, केन्द्रीय सदस्य कृष्ण कार्की तथा हेटौंडामा पार्टी जिल्ला सचिव भृगु कार्की सहित रमेश चौँलागाई,रोम सापकोटा,नवराज अधिकारी, कृष सापकोटा र कृष्चल सापकोटालाई प्रहरिले पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई राती नै रिहा गरिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
शान्तिपूर्ण प्रदर्शनमा प्रहरिले हस्तक्षेप गरि पक्राउ गरिएकोमा महामन्त्री बर्तौलाले आपत्ती जनाएका छन् । ‘राप्रपा नेपाल आन्दोलनमा उत्रिएको छ, अब हामी निर्णायक आन्दोलनको तयारी गर्छौ’ बर्तौलाले भने । आन्दोलनको क्रममा मसाल जुलुस र पुत्ला दहनमा नेता कार्यकर्तालाई उत्साहित पार्न पार्टी अध्यक्ष कमल थापा विभिन्न स्थानमा आफै पुगेका थिए ।
जिल्ला सदमुकामहरुका साथै काठमाडौं उपत्यकाको ४१ स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको पार्टीले जनाएको छ ।
सिरहा, ३ असोज। नेकपा (माओवादीकेन्द्र)का स्थायि समिति सदस्य लिलामणि पोखरेलले बर्तमान संविधान सम्झौताको दस्तावेज भएको बताएको छ।
संविधान दिवसको अवसर पारेर पार्टीको धनगढीमाई नगर कमिटीले आयोजना गरेको ‘वर्तमान संविधान र हाम्रो दृष्टिकोण’ विषयक अभिमुखिकरण कार्यक्रममा नेता पोखरेलले आफ्नो पार्टीले चाहेजस्तो नबने पनि सबैको सहमतिमा संविधान जारी भएको बताएको हो।
‘संविधानसभाबाट जारी संविधान पूर्ण नभए पनि यसका राम्रा पक्षहरुको संरक्षण गर्दै थप अधिकारको लागि अगाडी बढ्नु जरुरी छ; नेता पोखरेलले भने, ‘हाम्रै पार्टीले चाहेजस्तो संविधान यो होइन्, तर, यसले संघियता, धर्मनिरपेक्षता तथा महिला, दलित, पछाडी पारिएका समुदायको अधिकारको रक्षा गरेको छ, त्यसलाई बचाउँदै थप अधिकार लिन आवश्यक छ।’
यो संविधान पुरै खराव पनि होइन, यसलाई धेरै उत्कृष्ट पनि भन्न नसकिने नेता पोखरेलले बताए। त्यसैले कमि कमोजरीका बावजुत अहिले यसको रक्षा गर्दै अगाढी बढ्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । मन्तव्यकै क्रमम नेता पोखरेलले यो संसदीय व्यवस्थाका कारण देशमा भ्रष्टचार मौलाएको भन्दै यसमा संशोधन खाँचो रहेको बताए।
उनले भने, ‘महगो चुनावी प्रणालीले भ्रष्टचार मौलाएको छ। एकजना संसद जित्न १५ करोडसम्म खर्च गरेको छ। जसले १५ करोड लगाएर चुनाव जितेको छ। उसले देश र जनताको हितको कुरा गर्छ कि १५ कारोड असुल्ने र आउने चुनावको खर्च जोहो गर्छ।’
यो प्रणालिले व्यक्ति मात्र हैन पार्टीहरुलाई नै भ्रष्ट बनाएको नेता पोखरेलले जिकिर गरेका छन् । उनले भने, ‘प्रत्यक चुनावमा पार्टीले जित्ने उम्मेदवार खोज्ने, जित्न पैसा भएको व्यक्ति हुनुपर्ने अनि बर्षाै देश, जनता र पार्टी भनेर हिडेकाहरु उनको झोले भएर हिड्नु परेपछि पार्टी कहाँ पुग्छ?’
‘त्यसैले पनि हामीले संविधानका राम्रा पक्षको रक्षा गर्दै थप अधिकार प्राप्तिको लागि लड्नुपर्ने जरुरी भएको छ,’ नेता पोखरेलले भने।
अहिले हिन्दुधर्मको नाममा प्राप्त अधिकारहरुलाई ओझेलमा पार्ने प्रपञ्च भईरहेको नेता पोखरेलले बताए। उनले भारत तर्फ इसारा गर्दै यो दक्षिणको इसारामा यस्तो कार्यहरु भईरकेको पनि दावी गरे। सोही क्रममा नेकपा (माओवादीकेन्द्र) का केन्द्रिय सदस्य प्रकाश पोखरेलले वर्तमान संविधानका राम्रा कुराको संरक्षण गर्दै थप अधिकारको लागि नयाँ ढङ्गले सोच्नु पर्ने बताए। उनले यो संविधानमा केही राम्रा कुरा भएपनि पूर्ण नभएको बताए।
उनले संसदिय व्यवस्थालाई देशले खेप्न नसक्ने बताए। उनले सधै सरकार बनाउने र ढाल्ने खेल चलिरहने यो व्यवस्था देश अनुकुल भनएको भन्दै आफ्नो पार्टी अझैपनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणालिको पक्षमा रहेको बताए। धनगढीमाई नगर अध्यक्ष प्रकाश योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य रुवी कर्ण, प्रदेश सदस्य प्रवेश लामा लगायतको उपस्थिति थियो।
भक्तपुर, ४ असाेज । नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी शिक्षक संघले विद्यालय शिक्षा विधेयकविरुद्ध विहीबारदेखि देशभर जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
संघका केन्द्रिय अध्यक्ष ज्ञानसागर प्रजापतिले बुधबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी असोज ४ गते विहीबारदेखि ६ गते शनिबारसम्म विधेयकबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला समितिहरुलाई सूचित गराएको छ । संघले विद्यालयको पढ्न पाउने अधिकारलाई कुन्ठित नगर्न अन्य शिक्षक संगठनहरुलाई अनुरोध पनि गरेको छ ।
नेपाल सरकारले संसदमा ल्याएको विद्यालय शिक्षा विधेयक दर्ताविरुद्ध नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघले बुधबारदेखि अनिश्चितकालिन विद्यालय बन्द घोषणा गरी काठमाडौं केन्द्रित विरोध कार्यक्रमको घोषणा सुरु गरिसकेका छन् । शिक्षक संघको आन्दोलनप्रति विमति नभएकाे जनाउँदै संघले तर अनिश्चितकालिन बन्द प्रति भने विमति रहेकाे जनाएकाे छ । उसले अनिश्चितकालिन विद्यालय बन्द नगर्न आन्दोलनकारी संगठनसँग अनुरोध गरेको छ ।
काठमाडौं, ४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश भू-भागहरुमा आन्शिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशहरुका एक वा दूई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षा भैरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, ४ असोज । आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।
आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो ।
आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरु प्रति गम्भिर नभए पछि बाध्य भएर सडकमा आउनु परेको हो ।