काठमाडौं, ५ असोज ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहाकार खेमराज भट्टको निधन भएको छ।
बर्दिया निवासी पूर्व मन्त्रिसमेत रहेका मायालुको आज बिहान निधन भएको हो ।
पञ्चायतकालमा सर्वश्वहरणमा समेत परेका निधनले नेपाली राजनीतिमा ठुलाे क्षती पुगेकाे शुभचिन्तकहरूले बताएका छन ।
प्रेस सेन्टरका अध्यक्ष जुगल सापकोटाले मायालुको निधन प्रति भावपुर्ण श्रद्दाञ्जलि साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन ।
धनगढी, ५ भदौ ।
कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट तीन बुक ताससमेत बरामद गरिएको छ।
कोहलपुर, ५ भदौं ।
बाँकेको एक बाल सुधार गृहमा झडप हुदाँ एकजनाको मृत्यु भएको छ ।
डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गत राती झडप हुदाँ एकजनाको मृत्यु भएको हो । सो झडपमा परी दर्जन बढी घाइते भएका छन ।
प्रमुख जिल्ला अधिकारी विपिन आर्चायका अनुसधार गृहमा रहेकाहरू बीच दुई समूहमा विभाजन भई झडप भए पछि १ जनाको मृत्यु भएको हो, उनको उपचारको क्रममा मृत्यु भएको हो ।
झडपको कारण अझै खुल्न सकेको छैन ।
काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र खुलाउने भएको छ ।
पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
आज अपरान्ह साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गतेमात्रै निष्कासन हुनेछ । पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी भने २०८५ असोज ७ गते पाइनेछ ।
राष्ट्र बैंकका अनुसार यसरी निष्काषन गरिएको ऋण पत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ ।
घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रूपैयाँ छु्याइएको छ
यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने जनाइएको छ ।
जेनेभा, ५ असोज । इरानमा हिजाब नलगाउने महिला माथी कारबाही गर्ने बिधेयक पारित गरिरहेको बेला युरोपवाट अर्को समाचार आएको छ ।
स्वीट्जरल्याण्डको संसदले हालै अनुहार छोप्ने बुर्का लगाउन प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।
समाचार अनुसार विधेयकको पक्षमा १५१ र विपक्षमा २९ मत परेको थियो ।
स्वीस संसदको माथिल्लो सदनले यसअघि नै यो विधेयकलाई अनुमोदन गरिसकेको छ । नियम उल्लंघन गरे ९२ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।
तेहरान, ५ असोज । अब इरानमा महिलाले हिजाब नलगाउने तर टाइट लुगा लगाए भने कारबाही हुने भएको छ ।
हालै इराकी संसदले पारित गरेको बिद्येयकले हिजाब नलगाउने महिलालाई १० बर्षसम्मको जेल सजायँको ब्यवस्था गरेको हो ।
समाचार अनुसार अब इरानी महिलाहरुलाई हिजाब नलगाएमा अब १० वर्ष जेल सजाय हुनेछ। यति मात्र होइन, यी नियम र कानुन अब पुरुषमा पनि लागू हुनेछन् ।
हिजाब बिना महिलालाई सामान बेच्ने पुरुषलाई पनि कडा सजाय हुनेछ। इरानको संसदले सार्वजनिक रूपमा हिजाब लगाउन अस्वीकार गर्ने महिला र उनीहरूलाई समर्थन गर्नेहरूलाई भारी जरिवाना लगाउने विधेयक पारित गरेको हाे ।
हिजाबका बारेमा हालै भएको छलफलमा २ सय ९० सदस्यीय इरानी संसदमा १ सय ५२ सांसद कारबाहीको पक्षमा थिए । प्रचलित कानुनको तुलनामा प्रस्तावित कानूनमा सजायको म्याद १० वर्ष पुर्याइएको छ । त्यस्तै नियम उल्लंघन गर्नेलाई ३ लाखदेखि ६ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
हिजाबको मजाक बनाउने कुनै पनि मिडिया वा एनजीओलाई पनि जरिवाना र जेल सजाय हुनेछ।
काठमाडौं, ५ असोज । आज नेपाल र भियतनामका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
१९औं एसियाड अन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
उत्तरी छिमेकी चीनको हान्झाउ सहरमा भोली शनिवार मात्रै औपचारिक उद्घाटन हुने भए पनि फुटबलगायतका खेल भने उदघाटन अघि नै सुरु भइसकेको छ । जसअनुसार नेपालले आज महिला फुटबलमा प्रतिस्पर्धामा भियतनामसँग मैदानमा उत्रन लागेको हो ।
नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा हुनेछ । जुन खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजेबाट सुरु हुनेछ ।
नेपाली महिला फुटबल टोलीले यसै गेममार्फत एसियन गेम्समा डेब्यु गर्नसमेत लागेको हो । सो प्रतिस्पर्धाको समूह ‘डी’ मा मा रहेको नेपालले पहिलो पटक एसियन गेम्स खेल्न लागेको हो । नेपालले पहिलो पटक नै समूह चरणमै विश्व विजेता रहिसकेको जापानसहित भियतनाम र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक संगठनले आज पनि काठमाडौं केन्द्रित आन्दोलनलाई निरन्तरता दिने भएका छन ।
गत असोज ३ गते देखी देशैभरीका सरकारी शिक्षकहरु जम्मा भएर काठमाडौंमा आन्दोलन गरे पछि राजधानीकाे दैनिकी अस्तब्यस्त बन्न पुगेको छ ।
सरकारले हालै ल्याएको बिद्येयकले सरकारी शिक्षक, राहात शिक्षकलगायतलाई अन्याय गरेको भन्दै अबिलम्ब साे बिधेयक सच्चाउनु पर्ने माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । उनीहरुले आफनो माग पुरा नभएसम्म काठमाडौं नछाडने अडान लिए पछि सरकार अप्ठयारोमा परेको छ ।
यता, शिक्षक संगठनको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक अवस्था अस्तब्यस्त हुन पुगेको छ । जसका कारण हिजो दिनभरी काठमाडौं उपत्यकामा घन्टौसम्म ट्राफिक जाम भएकाे थियाे भने माइतीघर बानेश्वर सडक खण्डमा सबारी आबातजावत रोकिएको थियो । ज पनि आन्दोलन जारी रहने भए पछि काठमाडौं उपत्यकाको सवारी आवाताजावत पुरै प्रभाबित हुने भएका छन ।
यद्धपी, आन्दोलनकारी शिक्षक र सरकार बिचमा आज पनि बार्ता हुने भएको छ ।
गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खोज्न खोज्न लागेको हो । हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाईएको छ।
काठमाडौं, ५ असोज । आन्दोलनरत शिक्षक र सरकार बिचमा आज पनि बार्ता हुने भएको छ ।
गत असोज ३ देखी देशैभरीका शिक्षक जम्मा भएर काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएर समाधान खाेज्न खाेजेकाे हाे ।
हिजो बिहान र साँझ भएको बार्ता असफल भए पछि आज पनि बार्ता हुन लागेको हो । सो बार्ता आज बिहान ८ बजे हुने जनाईएको छ।
सरकार र शिक्षक संगठनका बिचमा पटक पटक बार्ता भए पनि निष्कर्षविहीन हुदैँ आएको छ ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षक संगठनका प्रतिनिधिहरुका बिचमा बार्ता भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हिजोको बार्ता सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा सरकार आशावादी रहेको बताएका छन ।
सर्लाही, ५ असोज । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाममा मलङ्गवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, सर्लाहीका अनुसार सो कर्फ्यु बिहिबार राती १० बजे देखी अनिश्चित कालसम्म जारी रहने छ ।
गणेश मूर्ति सेलाउने क्रममा भएको विवादसम्बन्धी विषयलाई लिएर मलङ्गवा नगरपालिका क्षेत्रमा झडपको स्थीति देखा परेको थियो । सो क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुङ्गामुढा प्रहार, उच्छृङ्खल गतिविधिलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गरी कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रमुख अधिकारी इन्द्रदेव यादबले जानकारी दिए ।

उनका अनुसार पुरानो मलङ्गवा नगरक्षेत्र, पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट र बाबा पेट्रोल पम्प सीमा भित्र सो कर्फ्यु लागु हुनेछ ।
जिप्रकाका अनुसार साे क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एव अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने जनाएको छ ।