२०८३ भाद्र १३
२०८३ भाद्र १३

 

काठमाडौ, २८ साउन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १३०, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५६, लौका ४०, हरियो फर्सी ७०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, गाँजर ११०, बन्दा लोकल २०, मूला सेतो ४०, मूला रातो ५०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ४०, ब्रोकाउली ८०, कागती १३०, भिण्डी ५०, पिंडालू ५०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा ७०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३०० , नासपाती ७०, आभोकाडो ५००, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै, मालदह आँप २२०, लप्सी ६०, हरियो धनिया १००, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २३०, चाइनिज लसुन २६०,रुख कटहर ३५, छ्यापी सुकेको २३०,भेडे खुर्सानी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौ, २८ साउन ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ २५ पैसा र बिक्री दर १४५ रूपैयाँ ९१ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६८ रूपैयाँ ७३ पैसामा काराेबार हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.६४  रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसामा काराेबार हुनेछ ।

 

उता, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९६ पैसा र बिक्रीदर १० रूपैयाँ १ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३ पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ र बिक्री दर ३५.४१  रुपैयाँमा गरिदिदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.९६ रुपैयाँमा खरिदबिक्री गर्न सकिने छ ।

 

 

काठमाडौं, २७ साउन ।

नेपाल इको प्यानलले खेर गएको पदार्थ थर्माेकोलको प्रयोग गरेर इको प्यानलको उत्पादन थालेको छ ।

व्ल्यु वेष्ट टु भ्यालु नामक संस्थाले संकलन गरी पठाइदिएको थर्माेकोललाई रिसाइकल गरी केही निश्चित प्रतिशत प्रयोग गरी नेपाल इको प्यानल बनाएर फोहोरलाई मोहर बनाउन थालेको हो । म्युनिसिपल वेष्टको रुपमा रहेका थर्माेकोलको सदुपयोग गरी नेपाल इको प्यानलले फोहोरको समस्यालाई समाधान मात्रै नगरी उपयोगीसमेत बनाएको हो । बताइए अनुसार इको प्यानल उत्पादनमा थर्माेकोल पनि आवश्यक हुन्छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओं) इन्जिनियर कृष्णभक्त दुवालले आफू वातावरण विज्ञानको पनि विद्यार्थी र निर्माण सामाग्रीमा हरित क्रान्ति आवश्यक भएको भनेर लविंग गरेर हिडेकोले वातावरण प्रदूषण हुनबाट जोगाउन यसो गरिएको बताए । एकातिर फोहोरको समस्या समाधान हुने र अर्काेतिर समस्या बनेको फोहोरको सही सदुपयोगले दोव्वर फाइदा पुगेको उनको भनाई छ ।

 

निर्माण सामाग्री इको प्यानलको उत्पादन गर्दा सक्दो रुपमा वातावरणलाई नकारात्मक प्रभाव नदिने उनको भनाई थियो । एकातिर वातावरण विनास नगर्ने र अर्काेतिर निर्माण सामाग्री कारखानाबाट उत्पादनको क्रममा वातावरण प्रदूषण गर्न नदिने जस्तै धुवा ननिकाल्ने, फोहोर ननिकाल्नेलगायतका उपायबाट आफूले इको प्यानलको उत्पादन गर्दै गरेको उनी बताउँंछन् । यही कारण वातावरणलाई नकारात्मक प्रभाव नपार्ने निर्माण सामाग्रीको प्रयोगमा जोड दिनुपर्ने विशेष आग्रह उनको छ ।

 

नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार गरेर निर्माणस्थलमा यो जोड्न मात्र लाने गरिन्छ ।

 

काठमाडौं, २६ साउन ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) का नेपालस्थित आवासीय प्रतिनिधि आयशानी मेडागंगोडा लाबेबीच भेटवार्ता भएको छ । आयोग उपाध्यक्ष श्रेष्ठ र युएनडिपी नेपाल प्रतिनिधि लाबेबीच शुक्रबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल प्रतिनिधि लाबेले आयागले बनाउदै गरेको १६औँ योजनाको बारेमा चासो राख्दै १६ औं योजनाका लागि नेपाल सरकारले आवश्यक ठानेमा युएनडिपी सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

 

आयोगका उपाध्यक्ष श्रेष्ठले युएनडिपीले नेपालका लागि पुर्याउदै आएको सहयोगका लागि धन्यबाद दिदै आगामी दिनमा पनि सहकार्य हुनेमा आफू विस्वस्त रहेको बताए । १६ औँ योजना यस अघिको भन्दा फरक हुने बताउदै उपाध्यक्ष श्रेष्ठले १६ औँ योजना तर्जुमाको मोडालिटी र यसको सोच तथा लक्ष्य र रणनीतिक लक्ष्यका विषयमा जानकारी दिए । भेटवार्तामा आयोगका सहसचिव प्रकाश दाहाल, कार्यक्रम निर्देशक डा. नारायण पौडेल लगायतका अधिकारीहरु समेत सहभागी थिए ।

 

आयोगले तयार पारेको आधारपत्रले १२ वटा रुपान्तरणकारी क्षेत्रहरु पहिचान गरेको छ । जसमध्ये समिष्टगत आर्थिक आधारहरुको सबलीकरण, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, मर्यादित समावेशी रोजगारीका अवसरको सिर्जना, मानव पुँजी निर्माण र उत्कृष्ट जनशक्ति योजना, गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य प्रणाली, गुणस्तरीय पूर्वाधार र व्यवस्थित शहरीकरण, सामाजिक सशक्तिकरण, समावेशीकरण र सामाजिक सुरक्षा लगायत १६औँ योजनाको संरचनात्मक रुपान्तरणका क्षेत्रहरु रहेका छन् । साथै संरचनात्मक रुपान्तरणका क्षेत्रहरुमा अवाञ्छित तथा अनौपचारिक कारोबारको नियन्त्रण, विनियोजन कुशलता तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, वातावरण संरक्षण, जैविक विविधता तथा विपदको व्यवस्थापन दिगो विकास र सुशासन प्रवद्र्धन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाह रहेका छन् ।

 

काठमाडौ, २६ साउन ।

सानिमा माई हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० करोड ७२ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.४४ प्रतिशतले घटेको हो । गत वर्ष यसले ५४ करोड ६१ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १८.३४ प्रतिशतले घटेर ७६ करोड ३५ लाख ११ हजार रुपैयाँमा आएपछि खुद नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष विद्युत बिक्रीबाट ९३ करोड ५० लाख २६ हजार रुपैयाँ आम्दानी गरेको थियो । यस्तै, कम्पनीको परियोजना सञ्चालन खर्च पनि ८ करोड ८८ लाख रुपैयाँबाट बढेर ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

 

सानिमा माईको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको छ । यसको रिटेन अर्निङमा १ अर्ब १६ करोड ९० लाख रुपैयाँ छ । अन्य रिजर्भमा १ अर्ब २९ करोड ५० लाख रुपैयाँ जम्मा रहेको छ । खुद नाफामा कमी आएपछि प्रतिसेयर आम्दानी ४.५ रुपैयाँले घटेर १३.१८ रुपैयाँमा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७९.७६ रुपैयाँ रहेको छ । सम्पतिमा प्रतिफल (आरओए) अघिल्लो वर्षको ९.५१ प्रतिशतबाट घटेर अहिले ५.५३ प्रतिशतमा सीमित छ ।

 

काठमाडौ, २६ साउन ।

चालु साताको अन्तिम कारोबार दिन  शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ।  शुक्रबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ ।

बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। गत शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

 

काठमाडौ, २६ साउन ।

सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालिन सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९/८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ। जसअनुसार १३ करोड ७६ लाख रुपैयाँ इकाइधनीहरुलाई वितरण गरिनेछ।

यो प्रतिफल वितरणार्थ बुक क्लोजको मिति भने छिट्टै प्रकाशित गरिने क्यापिटलले जनाएको छ। कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंक रहेको यो योजनाले विगत ३ वर्षमा इकाइधनीहरुलाई ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ।

 

काठमाडौ, २६ साउन ।

गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तको खुद नाफा ६२.८४% ले घटेर ७६ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ ।

 

अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।

 

खुद ब्याँज आम्दानी १६.५६% ले घटेर १९ करोड ७ लाख ३६ हजार रुपैयाँमा सीमित भएको छ ।

 

साथै, सञ्चालन नाफा ७७.७२% ले घटेर १ करोड ९ लाख २८ हजार रुपैयाँमा आएको छ । खुद नाफासँगै प्रति सेयर आम्दानी पनि ५ रुपैयाँ ६५ पैसाले घटेर ३ रुपैयाँ ३४ पैसामा आएको छ । प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ २६ पैसा छ ।

 

काठमाडौ, २६ साउन ।

माण्डु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो ।

 

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले असार २८ गतेदेखि स्थानीय बासिन्दालाई प्रिमियम भाउमा आइपीओ निष्कासन गरेको हो । यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २% अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ ।

 

जसअनुसार १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आइपीओ बिक्रीमा ल्याएको हो । उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोवर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।

 

लगानीकर्ताले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ ।

 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

काठमाडौ, २६ साउन ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १४०, टनेल गोलभेडा सानो ७५, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी ५०, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३६, भारतीय प्याज सुकेको ५४, लौका ५०, हरियो फर्सी ७०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ५०, भन्टा डल्लो ६०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ७०, कागती १३० रुपैयाँ, भिण्डी ४०, पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ ,लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप २००, लप्सी ६०, हरियो धनिया १५०, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३५, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।