२०८३ भाद्र १२
२०८३ भाद्र १२

 

काठमाडौ, १२ भदौ ।

सन नेपाल लाइफ इन्स्याेरेन्सको आईपीओ भदौ १५ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङका अनुसार १५ भदौ शुक्रबार बिहान ८ बजे आईपीओ बाँडफाँट गर्ने समय तालिका तय भएको छ । यता, सन नेपाल लाइफको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २.३२ गुणा बढी आवेदन परेको छ ।

 

यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १५ लाख ७७ हजार ७४४ जनाले कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका  लागि आवेदन दिएका छन् । जसमा ७ लाख ६८ हजार जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जनाको भने हात खाली हुनेछ ।

 

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म ७६ लाख ८० हजार कित्ता आइपीओ सर्वसाधारणलाई प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यस इन्स्याेरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको थियो ।

 

यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मचेन्ट बैंकिङले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्स्याेरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७९ मंसिर ६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० मंसिर ५ गतेसम्म बाहल रहनेछ ।

 

काठमाडौ, १२ भदौ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

 

मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व परिमार्जन भएको छ। संस्थाले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन गरेको हो। जसअनुसार संस्थाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ।

यसअघि संस्थामा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो। हाल नेप्सेमा मिथिला लघुवित्तको कुल १९ लाख ६० हजार २७.५६ कित्ता सेयर सूचीकृत छ। जसमा परिवर्तित सेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४.०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४१३.५ कित्ता कायम भएको छ।

परिवर्तित सेयर संरचनाअनुसार दुवै समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ।

 

काठमाडौ, १२ भदौ ।

नेप्से सूचक मंगलबार ५.०५ विन्दुले घटेर १९९३.४२ अंकमा अडिएको छ । २ वटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ८६ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत ४ समूह मात्र सकारात्मक बनेका छन् । समग्रमा सेयर बजारमा साइडवेजमा गएको छ ।

 

केही दिनयता बजार सूचक निकै सुस्त छ । दैनिक खरिदबिक्री रकम पनि न्यून भएको छ । बजार २ हजार विन्दुभन्दा थोरै तल आएर अड्किएको छ । १९ सय ९० भन्दा तल पनि नजाने अनि २ हजार अंक पार गरेर माथि जान पनि नसक्ने अवस्थामा बजार रहेको छ ।

 

यस दिन २७८ कम्पनीको ४० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा माछापुच्छे बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र नेपाल टेलिकम परेका छन् ।

 

काठमाडौ, १२ भदौ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि, सोमबार छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२४.१२ डलरमा र चाँदी प्रतिऔंस २४.३३ डलरमा कारोबार भइरहेको छ ।

 

काठमाडौं, १२ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् ।

 

अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।

 

काठमाडौ, १२ भदौ ।

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को लाभांश सुरक्षित गर्ने मंगलबार  अन्तिम दिन हो । दुवै फन्डले नगद लाभांश वितरण गर्न बुधबार बुक क्लोज गर्दैछन् । यसर्थ, आजसम्म कायम इकाइधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । दुवैले आर्थिक वर्ष २०७९–८० को नाफाबाट प्रतिफल वितरण गर्न लागेका हुन् ।

 

सिद्धार्थ इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित ५% नगद लाभांश वितरण गर्नेछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले करसहित ६.५% नगद लाभांश वितरण गर्दैछ । यसआधारमा फन्डले नगद लाभांशमा ७ करोड ८० लाख रुपैयाँ खर्च गर्नेछ ।

 

सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्ड योजनामध्ये २ वटाका इकाईधनीले इकाइधनीलाई लाभांश घोषणा गरेका हुन् । यता, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने क्यापिटलले जानकारी गराएको छ । इन्भेष्टमेन्ट ग्रोथ स्कीम–३ एक महिना अघि मात्रै नेप्सेमा सूचीकृत भएको हो । यी फन्डलाई सिद्धार्थ बैंकले प्रवर्द्धन गरेको छ ।

 

काठमाडौ, १२ भदौ ।

नेसनल हाइड्रोपावर कम्पनीको बुधबारदेखि सर्वसाधारण समूहको १३ लाख ३६ हजार ७४२।७१ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ ।

 

लिलामी भर्ने अन्तिम म्याद भदौ २४ गतेसम्म तोकिएको छ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेसनल हाइड्रोपावरले  गत असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

 

त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नारायणचौर, नक्साल, काठमाडौंबाट आवेदन दिन सकिनेछ । साथै, यसको आवेदन संकलन हुने बाँकी केन्द्रहरु यी रहेका छन् ।

 

काठमाडौ, १२ भदौ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ह्वातै बढेको छ । यसअवधिमा यस कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

 

गत वर्ष १ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अन्य स्रोतबाट यस कम्पनीले ८७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले अन्य स्रोतबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

 

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा छ । चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । यता, जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ ।

 

काठमाडौ, १२ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ६५, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल १००,काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ४६,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू ६०,घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,बन्दा लोकल ५०, गाजर १२०, मूला सेतो ९०,मूला रातो ७०,भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०,मकै बोडी १००, टाटे सिमी ८०,तितो करेला ९०,ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी रू ५०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो १३०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १५०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १२०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७२,लसुन हरियो २००, रुख कटहर ५०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ७०,शरीफा २५०,फूजी स्याउ ३२०,अम्बा १२०,जुनार ३००,तोफु ११०,पिंडालू ६०,तामा ९०,कन्य च्याउ १८० ,तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।

 

काठमाडौ, १२ भदौ ।

नबिल बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सोमबारबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय तीनधारा, विणामार्ग, दरबरमार्ग काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।