२०८३ असार २६
२०८३ असार २६

 

काठमाडौ, १८ भदौ ।

नेपाल राष्ट्र बैंकले २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मंगलबार (भदौ १९ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

 

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असोज ६  गते परिपक्व हुनेछ । त्यस्तै, ९१ दिनका लागि ७ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८० मंसिर १९ गते परिपक्व हुनेछ ।

 

साथै, १८२ दिनको लागि ७ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी फागुन २२  गते परिपक्व हुनेछ । एक वर्षको लागि २ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८१ भदौ १८ गते परिपक्व हुनेछ ।

 

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

 

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

 

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

 

काठमाडौ, १८ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल मूल्य ६०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ४०,हरियो फर्सी रू ५०,घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १३०, मूला सेतो ९०,मूला रातो ९०,भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,टाटे सिमी ८०,तितो करेला ९०,ब्रोकाउली २८०, कागती १५० रुपैयाँ, भिण्डी रू ४०,न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी १७० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १४०,अनार २८० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४५०,किवी ६००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २४०,मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २८०,भारतीय प्याज सुकेको ७३,लसुन हरियो २५०, रुख कटहर ८०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ९०,शरीफा १५०,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला ११०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ८०,निबुवा ६०,कन्य च्याउ १५०,तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

 

काठमाडौ, १८ भदौ ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीको आज सोमबार भदौ १८ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ ।

 

यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

 

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्। यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

 

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

 

अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो । लगानीकर्ताले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन् ।

 

काठमाडौ, १८ भदौ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.०५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.९३ रुपैयाँ रहेको छ ।

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ८५.५९ रुपैयाँ , क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५७ पैसा रहेको छ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, यता यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.२५ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.०१ रुपैयाँ रहेको छ ।

दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २ पैसा र बिक्रीदर  १० रूपैयाँ ६ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी रियाल एकको खरिद दर ३५.२० रुपैयाँ रहेको छ भने बिक्री दर ३६.३८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५४ रुपैयाँ रहेको छ ।

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२८.३९ पैसा  विक्रीदर ४३०.३३ पैसा रहेको छ ।

 

 

काठमाडौ, १७ भदौ । 

सेयर बजार आइतबार  ३०.५६ अंकले घटेर १९६०.०३ अंकमा अडिएको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

लामो समयदेखि १९९० विन्दुभन्दा तल झर्न नसकेको नेप्से सूचक आइतबार उक्त विन्दुको सपोर्टलाई पनि छाडेर थप तल आएको हो । बजार यसअघि साइडवेजमा थियो ।

 

धेरै दिनसम्म नेप्से १९९० विन्दुकै आसपासमा घुमिरह्यो । तर, दिनहुँको प्रयासपछि पनि माथि जान नसकेपछि अन्ततः आइतबार सूचकले १९९० को सपोर्टलाई पनि छाडेको हो ।

 

पछिल्ला दिनहरुमा लगातारजसो सूचक तल झरिरहेको छ भने कारोबार रकम पनि सुस्त बनेको छ । बैंकहरुले सेयर कर्जा दिन थाले पनि त्यसको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।

 

यस दिन २७६ कम्पनीको ४० लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ । ३ करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्स्याेरेन्स र सिटी होटेल परेका छन् ।

 

काठमाडौ, १७ भदौ । 

डिम्याट खाता नवीकरण नगरेकाहरुको मेरो सेयर पनि नचल्ने भएको छ । सीडीएस एन्ड क्लिएरिङले गत साउन १६ गते सूचना जारी गर्दै डिम्याट खाता नवीकरण गर्न अनुरोध गरेको थियो ।

 

सीडीएसले डिम्याट खाता नवीकरण नगर्नेहरुको मेरो सेयर पनि भदौ १५ गतेदेखि रोक्का राखिने जनाएको थियो । सोही अनुसार अहिले डिम्याट नवीकरण नगर्नेहरुको मेरो सेयर रोक्का भएको छ।

 

सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले मेरो सेयर एक्टिभ गर्न डिम्याट खाता नवीकरण गर्नुपर्ने बताए । हाल लगानीकर्ताहरुले मेरो सेयरमार्फत आइपीओ, हकप्रद सेयर, डिबेन्चर खरिद गर्दै आइरहेका छन् । डिम्याट नवीकरण नगरे यी सबै सेवाबाट बन्चित हुनुपर्ने भएको छ ।

 

काठमाडौं, १६ भदौं।

आज काठमाडौं र ललितपुरको केन्द्र भागमा बत्ति जाने भएको छ ।

 

नेपाल बिधुत प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभर नै विद्युत कटौती गर्ने भए पछि काठमाडौंको केन्द्र भागमा त्यसको असर पर्ने भएको हो ।

 

प्राधिकरणका अनुसार आज शनिबार साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुन सक्नेछ ।

 

टेकु सबस्टेसनको स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकोले रत्नपार्कसहितका वितरण केन्द्रवाट हुने बिधुत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

काठमाडौंका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ  ६ः३०  बजेसम्म प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ ।

 

काठमाडौ, १५ भदौ ।

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १४ लाख ६६ हजार ८६२ ले आवेदन दिएकामा ६ हजार ८०१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

योग्य १४ लाख ६० हजार ६१ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि कुल ७६ लाख ८० हजार कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री खुला गरेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक पाल एसबीआई मचेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सन नेपाल लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

 

काठमाडौ, १५ भदौ ।

सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको भाउ लगातार तीन दिन बढेपछि शुक्रबार घटेको हो ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेर १४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

 

काठमाडौ, १५ भदौ ।

‘हिमालयन ८०–२०’ मा आवेदन दिने आज भदौ १५ गते शुक्रबार अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘हिमालयन ८०–२०’ को बिक्री खुला गरेको हो ।

 

क्यापिटलले हिमालयन ८०–२० को कुल १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री खुला गरेको हो । यसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

 

यो म्युचुअल फन्डमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सकिनेछ । यो म्युचुअल फन्डमा आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत अनलाइन आवेदन दिन सकिन्छ ।

हिमालयन क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड योजना हो । यस योजनाको परिवक्व हुने अवधि १० वर्ष रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।