काठमाडौ, १० असोज । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.४८ रुपैयाँ रहेको छ र युरोपियन युरो एकको खरिद दर १४०.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.४८ रुपैयाँ कायम गरिएकाे छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७० रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१६ रुपैयाँ र बिक्री दर ८५.४४ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ४९ पैसा, बिक्रीदर ९९ रुपैयाँ ९३ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ८९ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा काराेबार गर्ने अनुमति दिएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.९५ पैसा विक्रीदर ४३१.८९ पैसामा काराेबार हुनेछ ।
काठमाडौ, १० असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५५, गोलभेडा सानो लोकल ४०, भारतीय गोलभेडा ठूलो ३५, घिउ सिमी लोकल ७०, काउली स्थानिय ७०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ४०, घिरौला ५० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
यसैगरी डल्लेच्याउ प्रतिकेजी ३२०, बन्दा लोकल ४५, गाँजर ११०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, न्यूरो ७०, रातो बन्दा २५०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी १७० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३८०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया ५०, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ५०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०,अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ७०, तोफु ११०, पिंडाँलू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, बरेला ९०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ८० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौ, ९ असोज । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा कायम भएकाे छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ २२ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४३ रुपैयाँर बिक्री दर ८५.८२ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९ पैसामा काराेबार गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरिएकाे छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा खरिदबिक्रीकाे अनुमति दिएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा विक्रीदर ४३१.३८ पैसा रहेको छ ।
काठमाडौं, ४ असोज ।
चालु चालु आर्थिक वर्ष (आव) २०८०÷८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ ।
नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ)विद्युत् निर्यात भएको हो ।
साउन र भदौमा भारतर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमश: ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट १० रुपैयाँ ३७ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिश्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए । ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौं, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्ण रुपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौं।’
काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र खुलाउने भएको छ ।
पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
आज अपरान्ह साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गतेमात्रै निष्कासन हुनेछ । पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी भने २०८५ असोज ७ गते पाइनेछ ।
राष्ट्र बैंकका अनुसार यसरी निष्काषन गरिएको ऋण पत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ ।
घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रूपैयाँ छु्याइएको छ
यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने जनाइएको छ ।
काठमाण्डौँ ।
प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको बिमोचन गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस्तकको बिमोचन गरेका हुन् । प्रथम शहीद घोषणा भएको आठौँ बार्षिकोत्सवको अवसर पारेर पुस्तकको बिमोचन गरिएको प्रथम शहीद लखन थापा मगर स्मृती प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा समावेश सामग्रीहरुको संकलन र सम्पादन जीवन आले मगरले गरेका हुन् । उक्त पुस्तकमा चार खण्ड रहेका छन् । खण्ड ‘क’ मा शहीद लखन थापाको समसामयिक सन्दर्भका सामग्रीहरु उल्लेख गरिएको छ ।
खण्ड ‘ख’ मा इतिहासकारहरुले आफ्नो पुस्तकहरुमा लखन थापाले आन्दोलनमा निर्वाह गरेको भूमिका र योगदानको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको बताइएको छ । खण्ड ‘ग’ मा जीवनी पुस्तकमा लखन थापाको बारेमा समेटिएका बिषयवस्तु र खण्ड ‘घ’ मा खोजअनुसन्धानकर्ता र लेखकहरुले आफ्नो लेखहरुमा थापाको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको छ । लखन थापाको समग्र अध्ययन र जानकारीका लागी उक्त पुस्तक उपयोगी हुने बताइएको छ ।
प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अवसरमा लखन थापालाई परिचित र सम्मानित गराउन भूमिका खेल्ने गोरखाका तीनसहित १८ जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा रुलबहादुर आले, चिरञ्जीवी वाग्ले, चीनकाजी श्रेष्ठ, डा. मिनेन्द्र रिजाल, सुरेश आले मगर, अमरसिंह पुन, शिवलाल थापा मगर, प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, बाबुराम सिंह थापा क्षेत्री, त्रिलोक सिंह थापा मगर र डा. हर्षबहादुर बुढा मगर रहेका छन् ।
त्यस्तै इतिहासकार प्रा.डा. तुल्सीराम वैद्य, चित्रकार टेकबीर मुखिया, गोरे बहादुर खपाङ्गी, क्याप्टेन यमबहादुर बुढाथोकी, लखन थापाका सन्तति बिनोद थापा मगर, क्रिपासुर शेर्पा, उच्च अदालत धनकुटाका न्यायाधीश रामबहादुर थापा पनि सम्मानित भएका छन् । सँगै नेपाल मगर संघलाई पनि सम्मान गरिएको छ । कदर पत्रले उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमकै अवसरमा प्रतिष्ठानले सात बुदेँ मागसहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाएको छ । लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, थापासँगै मारिएका अन्य ६ जनालाई पनि शहीद घोषणा गर्नुपर्ने, थापाले शहादत प्राप्त गरेको दिन फागुन २ लाई राष्ट्रिय दिवसको रुपमा मनाइनु पर्ने र थापाको प्रेरणा मूलक जीवनी विद्यालय र विश्व बिद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने उनीहरुको माग छ ।
बुंकोटमा रहेको बिद्रोही किल्लाको उत्खनन र त्यहाँ रहेका पुरातात्विक सामग्रीहरुको समबर्धन र विकासका लागि आवश्यक योजना र बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । प्रथम शहीदको नाममा संग्रहालयको निर्माण, राष्ट्रिय सम्मान तथा बिभूषणको घोषणा र आर्थिक सामाजिक पूर्वाधारहरुको निर्माण गरी प्रथम शहीदलाई आम रुपमा परिचित गराई सम्मानको वातावरण निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।
लखन थापाको नाममा सरकारी प्रतिष्ठानको निर्माण गरी अध्ययन अनुसन्धान तथा तथ्य प्रमाणको दस्तावेजीकरण गर्ने व्यवस्था मिलाउन समेत ज्ञापन पत्रमार्फत माग गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट, असोज ०३ गते
गरुडा नगर उधोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष एवं सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत भदौ १९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा सतिश साह निर्वाचित भएका थिए ।
निवर्तमान अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको सपथग्रहण कार्यक्रममा निर्वाचन समिती संयोजक एवं रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंण्डित प्रसाद जयसवालले सपथ गराएका थिए ।
एक जना अध्यक्ष सहित १३ जना सदस्य पदका लागि भएको निर्वाचन साहले चार सय ८८ मत प्राप्त गरि निर्वाचित हुदाँ चौधरी १ सय ३९ मतान्तरले पराजित भएका थिए ।
कुल ९ सय ५२ जना मतदाता रहेको संघमा भएको मतदानमा ८ सय ४४ मत खसेको थियो । संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६, बिनोद साह बनियाले ३ सय ८०, सुशिल कुमार साहले ३ सय ७८, उपेन्द्र कुमार चौधरीले ३ सय ७३, चुनचुन प्रसाद यादवले ३ सय ६५, मनोज प्रसाद गुप्ताले ३ सय ५८, शिवजी प्रसाद चौधरीले ३ सय ५८ मत प्राप्त गरी सदस्य पदमा विजयी भएका थिए ।

त्यस्तै सदस्यहरुमा गजेन्द्र महतो कोइरीले ३ सय ५७, रामइश्वर साहले ३ सय ५५, छठुप्रसाद साहले ३ सय ५४, सुशिला देवीले ३ सय ५४, महाशक्ती साह निरालाले ३ सय ४५ र रमेश कुमार रौनियरले ३ सय ४४ मत प्राप्त गरि सदस्य पदमा विजयी भएका थिए ।
अध्यक्षमा विजयी उम्मेदवार सतिश साहको प्यानल बाट ७ जना सदस्य चौधरीको प्यानल बाट ६ जना सदस्य निर्वाचिन भएका थिए । सपथग्रहण पछि प्रतिक्रिया दिदै नव निर्वाचित अध्यक्ष साहले अबको केही दिनमै संघको पदाधिकारी चयनको प्रक्रिया अगाडी बढ्ने बताउनु भयो ।
काठमाडौ, ३ असोज ।
बुधबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।
सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रुपैयाँले बढेको थियो ।
सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ ।

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४५, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो ५८, गोलभेडा सानो लोकल ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ३०, घिरौला ४० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३०, बन्दा लोकल ७०, गाजँर १३०, मूला सेतो ८०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ४०, तितो करेला ६०, ब्रोकाउली २८०, कागती २००, भिण्डी ३०, न्यूरो ८०, रातो बन्दा ३००, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३८०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ५००, किवि ४००, हरियो खुर्सानी अकबरे १४० रुपैयाँ तथा रहु माछा ३८०, छडी माछा २४०, बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया १००, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, बरेला १५०, भारतीय प्याँज सुकेको ६६, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ८०, तोफु ११०, पिंडाँलू ७०, तामा ९०, चुकुन्दर ८०, निबुवा ५०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस फन्डले असोज १४ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । तसर्थ असोज १३ गतेसम्म कायम इकाई धनीले मात्र यसले घोषणा गरेको नगद लाभांश पाउने छन् ।
यस फन्डले आर्थिक वर्ष २०७९/०८० का लागि कर सहित १६% नगद लाभांश वितरण गर्दैछ । सनराइज फर्स्ट म्युचुअल फन्डसनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालित योजना हो ।