काठमाडौ, २१ असोज ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ३४ पैसा र बिक्री दर १४० रुपैयाँ ९८ पैसा कायम गरिएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ३० पैसा र बिक्री दर १६३ रुपैयाँ ०४ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.९८ रुपैयाँमा काराेबार हुनेछ, साथै क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ९५ पैसा, बिक्रीदर ९७ रुपैयाँ ३९ पैसामा खरिदबिक्री गरिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८ रुपैयाँ ९६ पैसा तथा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८७ पैसा र बिक्री दर ९ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३२ रुपैयाँ कायम गरिएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.८ पैसा विक्रीदर ४३१.७५ पैसा कायम भएकाे छ ।
युएई, २१ असोज ।
युरोपको भ्रमण पछि आफ्नो कर्मभूमि मध्यपूर्व आइपुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार (आरके) शर्माले दुबईमा एनआरएनए अभियन्ताहरुलाई सम्वोधन गरेका छन् ।
बिगत सत्र बर्षदेखि आफु बिदेशमा रहेर बिशेष गरेर मध्यपूर्वमा रहँदै गर्दा आफुले पनि बिभिन्न समयमा चाडपर्व मनाउन नपाएको पिडाको महशुस आफुले पनि गरेको शर्माले बताए । ‘म यो अभियानमा हिडदै गर्दा ममतामयी आमा बिरामी पर्दापनि समयमा घर जान सकिन, तपाईहरु पनि यस्तो परिस्थितीबाट गुज्रिनु भएको होला’ भन्दै शर्मा आफ्नो सम्वोधनको क्रममा भावुक रुपमा प्रस्तुत भएका थिए ।

अवको नेतृत्व मध्यपूर्वमा आयो भने मात्र श्रमिकको हक, हितका निम्ति धेरै कार्य गर्न सकिने कुरामा शर्माले जोड दिएका थिए ।
सम्वोधनको क्रममा आफ्ना २४ प्रतिवद्धताहरु दोहोर्याउदै आफु बिजयी भएमा ति प्रतिवद्धताहरु इमान्दारीताका साथ पूरा गर्ने बाचा गर्न आफु दुबईलगाएतका ४० देशको भ्रमणमा पुगी डेलिगेट्स र एनआरएनए अभियन्तालाई आफ्नो बाचाहरु प्रस्तुत गरेको शर्माले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष पदका उम्मेदवारहरु धर्मराज अधिकारी, रोबिन प्रसाद शेरचन, हालका मध्यपूर्व संयोजक एवं आइसीसी सचिव पदका उम्मेदवार मनोज कुमार श्रेष्ठ (गोर्खाली), कोषाध्यक्ष पदका उम्मेदवार ठाकुर प्रसाद ढुंगाना, मध्यपूर्व उपसंयोजक राजु केसी, आइसीसी सदस्य पुष्कर सापकोटा, आइसीसी सदस्य मणी प्रसाद भुर्तेल, एनआरएनए यूएईका अध्यक्ष बिकास शाही, जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा, प्रवासी नेपाली मञ्च युएईका महासचिव बाबुराम सापकोटा, नेपाली बिजनेश काउन्सिल कोषाध्यक्ष एकेन्द्र बहादुर थापालगायत बैचारिक संघ संस्थाका प्रतिनिधिहरुले सम्वोधन गर्दै अध्यक्षका प्रत्याशी शर्मा र सम्पूर्ण उम्मेदवारहरुलाई बिजयको शुभकामना दिएका थिए ।

गत हप्ता बुधवार आफ्नो कर्मभूमि कतारको दोहामा अध्यक्षको उम्मेदवारी दिएपछि शर्मा साउदी अरब हुँदै बहराइन पुगेर युरोप भ्रमणमा निस्केका थिए । युरोपको करिब एक साता लामो भ्रमण सकेर शर्मा शनिवार बिहान दुबई आइपुगेका हुन ।
अध्यक्षको उम्मेदवारीमा आफ्नो समर्थन जुटाउन तथा विश्वका गैरआवासीय नेपाली अभियन्तासँग छलफल र सुझावको लागि शर्माले ४० वटा देशको भ्रमण गरेका छन । असोजको ३० देखि कात्तिक २ सम्म एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा हुँदै छ । काठमाडौंमा आउनु अगाडि शर्माले आफ्नो कर्मभूमि मध्यपूर्वका अभियन्तासँग छलफल गर्नेछन ।
दुबईमा शर्मालाई गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पुष्कर सापकोटा युएईका अध्यक्ष विकास शाही, निवर्तमान अध्यक्ष तथा आइसीसी कोषाध्यक्षका प्रत्याशी ठाकुर ढुंगाना लगायतका अभियन्ताहरूले भब्य स्वागत गरेका थिए । शर्माले पछिल्लो ३ महिनामा ४० देशमा पुगेर आफ्नो पक्षमा समर्थन बटुलिसकेको जनाएका छन् ।
एनआरएनएको आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा विश्वभरका नेपालीहरुले आफ्नो पक्षमा देखाएको साथ र समर्थनले उत्साहित भएर चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो उम्मेदवारी, एजेण्डा र प्रतिवद्धता बोकेर तीन महिनादेखि समर्थन जुटाउन विश्व भ्रमणमा निस्किएका शर्मा सबैको सकारात्मक प्रतिक्रिया बोकेर फर्किएका दावी गरेका छन । अध्यक्षमा उम्मेदवारी दिएका अन्य प्रतिष्पर्धी भन्दा धेरै मेहनेत गरेका शर्मा मध्य पुर्वको अधिकांश समर्थन साथमा लिएर अन्य देशमा पुगेका हुन ।
शर्माले अध्यक्ष पद मात्रै प्राप्त गर्ने आफ्नो अभिलाषा नभई योजनाबद्ध रूपमा कार्य गर्ने लक्ष्य सहित आफू संघको नेतृत्व गर्ने अभियानमा लागेको बताएका छन ।
शर्माले आफू अध्यक्षमा निर्वाचित भएपछि २४ वटा बुँदामा मात्रै नभएर त्यसमा आधारित रहेर धेरै काम गर्ने योजना बनाएका छन् । “गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान” भन्ने मुल नारा बोकी शर्मा यतिखेर समर्थन जुटाउन चुनावी अभियानमा छन् । विश्व भ्रमणका बेला शर्माले गैरआवासीय नेपालीहरुका समस्यालाई नजिकबाट बुझेको बताएको छन् ।
८६ देशमा फैलिसकेको गैरआवासीय नेपाली संघको महाधिबेशनमा ५८ देशका प्रतिनिधिले सहभागिता जनाउन पाउने भएका छन ।
मध्यपुर्व, मलेसिया, कोरिया र श्रमिक मैत्री मुलुकको एक मात्र साझा अध्यक्षका उम्मेदवार रहेका शर्मालाई अधिकांश क्षेत्रका प्रतिनिधिहरुले साथ दिने र सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले ३० लाख श्रमिक रहेको मध्यपुर्व र मलेसियाले एनआरएनए स्थापना भएको २० वर्षमा पनि नेतृत्व नपाउनु दुखद भएको जनाउदै यसपटक शर्मालाई नेतृत्व दिन एनआरएनए डेलिगेटस र अभियन्तालाई आग्रह गरेका छन ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन २००५ देखि सक्रिय छन । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आइसीसी सदस्य, मध्यपूर्व संयोजक र आइसीसी सचिव भएर काम गरेका छन । हाल उनी संघको आइसीसी उपाध्यक्ष हुन ।
नेपालको बाग्लुङ जिल्लामा मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि सन २००३ मा कतार पुगेका थिए । हाल उनी कतार तथा नेपालमा एक सफल नेपाली व्यवसायी र समाजसेवीका रुपमा चिनिन्छन् ।
२० वर्षमा पुगेको गैरआवासीय नेपाली संघले मानवीय कार्यलाई निरन्तरता दिंदै आर्थिक मुद्दामा यो अभियानलाई केन्द्रित गराउनुपर्ने योजना शर्माको छ । यसका लागि शर्माले रेमिट्यान्सको रकम देशको विकासमा लगाउन प्राधिकरणको योजना अगाडि सारेका छन् । जसलाई विश्वभरमा रहेका गैरआवासीय नेपालीको साथ र सहयोग मिलेको छ ।
‘विश्वमा जुनसुकै कुनामा पुगेपनि नेपालीहरुको चाहना र इच्छा एउटै छ’ शर्माले भने, “नेपाललाई छिट्टै समृद्द र विकसित बनाएर फर्कने, यही उद्देश्यको लागि अब हामीहरुले काम गर्नु पर्नेछ ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा देश छोड्नेहरुको दृष्य हेर्दा देश नै खाली होला भन्ने चिन्ता बोकेको जनाउँदै शर्माले भने, “यो अवस्था आउन नदिन अब एनआरएनएको नेतृत्वले विशेष कार्य योजना ल्याउनु पर्दछ । म त्यही अभियानमा होमिएको छु ।”
स्थलगत भ्रमणमा पुग्दा त्यहाँका समस्या र समाधानका विषयमा धेरै जानकार भएको शर्माको भनाई छ । श्रमिकका मुद्धा मात्र होइन, नागरिकताका विषय, युवापुस्ता तथा खेलाडीका मुद्धा, महिला तथा लगानीका विषय अनि संस्थाको समग्रका विकासका लागि मार्गचित्र बनेको शर्माको भनाई छ ।
युरोपमा अहिले सिजनल कामदारको अभाव रहेकोले युरोपमा नेपाली कामदार पठाउन सकिने विषय पनि युरोप भ्रमणका क्रममा उठेको छ । युरोपका देशहरुसँग श्रम सम्झौता गर्न नेपाल सरकारलाई आग्रह गर्नुपर्ने विषय पनि उठेको छ ।
विश्वयुद्धको बेला मलेसिया, थाइल्याण्ड, म्यानमारमा पुगेर र उतै बसेका नेपालीहरुलाई पनि गैरआवासीय अभियानमा जोड्नुपर्ने आवाज उठेको छ । त्यस्तै जापान, कोरिया, युरोप, अष्टे«लिया र क्यानडामा नेपाली विद्यार्थीहरुको समयस्यालाई सम्बोधन गर्न एनआरएनएले भूमिका खेल्नुपर्ने एनआरएनहरुले माग गरेका छन् ।
काठमाडौ, १४ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको बजार भाउ तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको हो ।
तोलामा ८०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघले प्रतितोला ३५ रुपैयाँले घटेसँगै चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । गत साताको शुक्रबार १३ सय ९५ रुपैयाँ कायम थियो ।
काठमाडौ, १४ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ८०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ३०, घिरौला ६० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३३० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ४०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ४०० रुपैयाँ, लोकल काक्रो ९०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ४०० रुपैयाँ, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ३००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २६०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०,खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, मटरकोशा ३००, भारतीय प्याँज सुकेको ७२, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १२०, मौसम १३०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिडाँलू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १००, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौ, १४ असोज । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने गरी निगमले ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
यस्तै, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँका दरले बढेको छ । भाउ बढेसँगै अब उपभोक्ताले एक सिलिन्डर ग्यासको २१ सय १० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
यसैगरी, काठमाडौंमा पेट्रोलको प्रतिलिटर १८५ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिददरका आधारमा मूल्य समायोजन गरिएको आयाल निगमको भनाई छ ।
चाडपर्व नजिकिएको छ । पर्वको मुखमा यसरी भाउ वृद्धि गरिंदा सर्वसाधारण भने चर्को मारमा परेका छन् । खाना पकाउने ग्याससहितका पेट्रोलियम पदार्थमा यसअघि पनि मूल्य वृद्धि गरिएको थियो । विेशेषगरी पछिल्ला २ पटक यता ग्यासको भाउ बेस्सरी बढाइएको छ ।
१ महिनाको अवधिमा खाना पकाउने ग्यासमा मात्रै ४५० रुपैयाँ मूल्य वृद्धि भइसकेको छ । आयल निगमले भने स्वचालित मूल्य प्रणाली लागू भएको बताएको छ । इन्डियन आयल निगमको नयाँ मूल्य सूचीकै आधारमा भाउ बढाइएको दाबी गरेको छ ।
स्वचालित प्रणाली अनुसार भाउ बढ्दा बढाउने अनि घट्दा घटाउने गरिन्छ । पेट्रोलियममा भाउ वृद्धि हुँदा सार्वजनिक यातायातको भाडमा पनि प्रभाव पर्ने गरेको छ । यसैगरी, ढुवानी खर्च बढ्दा यसले समग्ररुपमै मूल्य वृद्धि गराउँछ ।
काठमाडौ, १४ असोज । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५७ पैसा र बिक्री दर १३३ रुपैयाँ १७ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ५० पैसा र बिक्री दर १६३ रुपैयाँ २३ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.३ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४२ रुपैयाँ, क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ७७ पैसा, बिक्रीदर ९९ रुपैयाँ २१ पैसा कायम गरिएकाे छ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८ रुपैयाँ ९३ पैसामा काराेबार भइरहदाँ दक्षिण काेरिया वनले १०० को खरिदमा ९ रूपैयाँ ८५ पैसा र बिक्री दर ९ रूपैयाँ ९० पैसा भाउ पाएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५३ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको र बिक्री दर ३५.५१ रुपैयाँमा खरिदबिक्री गरिरहदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.२३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३६ रुपैयाँ कायम भएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४ पैसा विक्रीदर ४३०.९८ पैसामा काराेबार हुनेछ ।
आरके श्रीवास्तव,रौतहट,१४ गते असोज
रौतहट । जिल्लाको अधिकांश पालिकाको ग्रामीण भेग गाउँ घर र हाट बजारमा संचालित कुटाइ,पिसाइ तथा पेलाइ गर्ने उधोगी व्यवसायीहरुले मापदण्ड विपरीत कम तौल भएका ढुंगा,इट्टा,फलाम लगायतका ढक तथा काठका प्लयाक र बाँस र डोरी लगायतका तराजु बनाएर नापतौलमा प्रयोग गरी गाउँ घरका स्थानिय सर्वसाधारण तथा गरीब किसान उपभोक्ताहरुलाइ ठगी गरीरहेको गुणासो बढेको छ ।
जिल्लाको ग्रामीण क्षेत्रमा संचालनमा रहेको त्यस्ता अधिकांश उधोगका सञ्चालकहरुले नेपाल सरकार तथा गुणस्तर निर्धारण तथा गुणस्तर तथा नापतौल निर्धारण विभागले तय गरेको ढक,तराजु,नाप प्रयोग नगरी आफनो किसिमले कम तौल र नाप भएका ढुंगा,इट्टा,फलामको रडको ढक प्रयोग गरि उपभोक्ताको वस्तुको तौल बढाइ घटाइ ठगी गर्ने गरेको साथै काठको पटहा÷ल्याक र डोरी तथा बास र डोरीको तराजुमा नापतौल गरी उपभोक्ता ठग्ने गरेको गुणासो स्थानियहरुको छ ।
खासगरी स्थानिय गाउँघरमा रहेका यस्ता उधोग संचालकहरुले सर्वसाधारणलाइ गर्ने गरेको अबैध तरीकाको ठगी सम्बन्धमा स्थानिय प्रशासन, गुणस्तर तथा नापतौल कार्यालयको ध्यान जान जरुरी रहेको छ । शहर बजारमा कहिलेकाँही अनुगमन भएपनि ग्रामीण क्षेत्र गाउँ घर तिर स्थानिय प्रशासन र सम्बन्धित निकायको ध्यान कहिले नगएको सर्व साधारण,गरीब किसानको गुणासो रहेको छ । यसरी उपभोक्ता खुलेआम ठगिदा गुणस्तर तथा नापतौल कार्यालय विरगंज मुखदर्शक बनेर बसेको छ । कहिले अनुगमनमा आएको सुनिदैन् । आउँदा पनि अतोपतो हुँदैन् । तसर्थ यस तर्फ विभागले यथासिघ्र ध्यान दिनुपर्ने जानकारहरुले जोड दिएका छन् ।
काठमाडौ, ११ असोज । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८६ पैसा र बिक्री दर १३३ रुपैयाँ ४६ पैसा रहेको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ २२ पैसा र बिक्री दर १४० रुपैयाँ ८५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ६३ पैसा र बिक्री दर १६२ रुपैयाँ ०५ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.६१ रुपैयाँ र बिक्री दर ८४.९९ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २६ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा खरिदबिक्री गर्न सकिनेछ ।
जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८३ पैसा र बिक्री दर ९ रूपैयाँ ८७ पैसा कायम गरिएकाे छ ।
उता, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ र बिक्री दर ३५.५८ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.२२ रुपैयाँ र बिक्री दर २८.३५ रुपैयाँ कायम गरिएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.६६ पैसा र विक्रीदर ४३१.६० पैसामा काराेबार हुनेछ ।
काठमाडौ, ११ असोज । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ६०, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ८०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५०, हरियो फर्सी ४०, घिरौला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ५०, गाजँर १२०, मूला सेतो ५०, भन्टा डल्लो ५०, भन्टा लाम्चो २५, मकै बोडी ८०, टाटे सिमी ५०, तितो करेला ५०, ब्रोकाउली २८०, कागती २२०, भिण्डी ६०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ३५०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ४००, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४००, किवि ४००, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ तथा रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २२०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा १५०, फूजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, तोफु ११०, पिडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ५०, बरेला ९०, कन्य च्याउ १४०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
रौतहट,११ गते असोज
रौतहट । जिल्लाको विभिन्न बजारहरुमा अनुगमन गरिएको छ । वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्सा,घरेलु तथा साना उद्योग कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालय रौतहटका कर्मचारीहरुको टोली द्धारा संयुक्त रुपमा अनुगमन गरिएको हो । बुधवार किराना पसल,औषधी पसल,हार्डवेयर लगायतका विभिन्न पसलहरुमा अनुगमन गरिएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रहरु गरुडा,मौलापुर,देवाहीगोनाही र बौधीमाइको बंकुल बजारमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा ५ वटा फर्मलाइ जरिवाना गरिएको छ । म्याद सकेका सामग्रीहरु फेला परेको,फर्म दर्ता नरहेको ,साइन बोर्ड नराखेको,खरिद तथा बिक्री बिल नराखेको,फर्म नविकरण नरहेको फर्महरुलाइ जरिवाना गरिएको हो ।
जरिवानामा पर्ने फर्महरुमा दास स्टोर्स गरुडा,न्यू जेपी इन्टरप्राइजेट बंकुल,अनिल किराना पसल मौलापुर,मौलापुर पोली क्लीनक मौलापुर,मिष्टी जेनरल स्टोरर्स देवाहीगोनाही रहेको छ । उनीहरु बाट जनही पाँच पाँच हजार जरिवाना गरिएको अनुगमन टोलीमा सहभागी घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झाले जानकारी गराएका छन् ।
अनुगमनका क्रममा म्याद सकिएका सामानहरू फेला परेका थिए । म्याद सकिएका सामग्रीहरुको जफत गरीएको उनले बताए । दर्ता विना नै अबैध रूपमा सञ्चालनमा रहेका फर्महरूलाई एक हप्ता भित्र सरकारी मापदण्ड अनुसार दर्ता गरि फर्म संचालन गर्न सल्लाह दिएको थियो । अटेर गरि दर्ता प्रक्रियालाई वेवास्था गरेमा कानुनी कार्यवाहि गर्ने चेतावनी पनि दिईएको थियो । रौतहट जिल्लाका अन्य सबै व्यापारिक केन्द्रमा गई अनुगमन गर्ने तयारी रहेका प्रमुख झाले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा वाणिज्य तथा आपूर्ती उपभोक्ता संरक्षण कार्यालय विरगंज पर्साका प्रमुख सुरेश कमार रेग्मी, घरेलू तथा साना उधोग कार्यालय रौतहटका प्रमुख जयकान्त झा,जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश साह,गौरी शंकर साह,उद्योग वाणिज्य संघ रौतहटका प्रतिनिधि,संरक्षण कार्यालयका कर्मचारी दिलिप कुमार,घरेलूका कर्मचारी प्रविण कुमार झा,पंकज चौधरी,अमिन्द्र राउत लगायत प्रहरीको उपस्थिति रहेको थियो ।