काठमाडौं, २२ कात्तिक ।
बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले घटेको छ ।
सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक घटेको छ।
१७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ।
काठमाडौं, २२ कात्तिक ।
इमर्जिङ्ग नेपाल लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले ४ करोड ६७ लाख ८७ हजार ३६८ रुपैयाँ ४२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने जनाएको हो । हाल कायम चुक्ता पूँजीको कर सहित ८.४२१०५ प्रतिशतका दरले हुन आउन रकम वितरण गर्न लागेको हो ।
लन्डन, २२ कार्तिक ।
तपाईंले धेरै अनौठा कुराहरू देख्नु वा सुन्नु भएको होला तर के तपाईंलाई सुनले बनेको कुनै शौचालयको बारेमा थाहा छ ?
यदी थाहा छैन भने चार वर्षअघि अर्थात सन् २०१९ मा चर्चिलको दरबारमा रहेको सुनको शौचालयको बारेमा तपाईंले सुन्नु भएको होला, जुन रातारात चोरी भएको थियो।
सन् २०१९ मा बेलायती युद्धकालका नेता विन्स्टन चर्चिलको जन्मस्थल ब्लेनहेम प्यालेसबाट सुनले बनेको शौचालय चोरी भएको थियो, जसमा अहिले नयाँ अपडेट आएको छ ।
बेलायती मिडिया मेट्रोमा प्रकाशित समाचार अनुसार ब्लेनहाइम प्यालेसबाट हराएको सुनको शौचालयको चोरीको सम्बन्धमा चार जनालाई अभियोग लगाइएको छ। सो समाचार संस्थाका अनुसार १८ क्यारेट सुनको शौचालय चोरी गरेको आरोपमा चारजना चोर पक्राउ परेका हुन् ।
सुनको शौचालय चोरी गर्ने पुरुषहरूलाई गत सोमबार अर्थात नोभेम्बर ६ मा क्राउन अभियोजन सेवाले पक्राउ गरी आरोप लगाएको छ। चोरी मुद्दामा ३५ देखि ३९ वर्ष उमेर समूहका चार जनाविरुद्ध फौजदारी मुद्दा दायर भएको बताइएको छ । यी चारै चोरमाथि चोरी र आपराधिक सम्पत्ति हस्तान्तरण गर्ने षड्यन्त्र गरेको आरोप पनि लगाइएको छ ।
सेप्टेम्बर २०१९ मा रातारात बेपत्ता हुनुभन्दा केही दिन अघि अक्सफोर्ड शहर नजिकैको ब्लेनहाइम प्यालेसमा यो सुनको शौचालय कला स्थापनाको हिस्सा थियो। यसको लागत ४.८ मिलियन पाउण्ड थियो। यो जान्न अचम्म लाग्न सक्छ, तर चोरी हुनु अघि प्रदर्शनीमा आगन्तुकहरूले शौचालय प्रयोग गर्न ३ मिनेटको अपोइन्टमेन्ट बुक गर्न सक्थे।
तपाईको जानकारीको लागि चोरीको सम्बन्धमा हालसम्म आरोप लगाइएको कसैको पनि नाम सार्बजनिक गरिएको छैन तर प्रहरीले प्रमाणको फाइल क्राउन प्रोसिक्युसन सर्भिसलाई बुझाएको छ, जसको माध्यमबाट चार जना विरुद्ध मुद्दा दर्ता गर्न सकिन्छ।
काठमाडौं, २० कार्तिक ।
नेपाल राष्ट्र बैंकले आजका लागि सार्बजिनक गरेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ८ पैसा र बिक्री दर १४२ रुपैयाँ ७३ पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्री दर १६४ रुपैयाँ २९ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ३७ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ७५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ ६९ पैसा तथा बिक्री दर ९७ रूपैयाँ १२ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
हिजो बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो भने आज त्यसको भाउ बढेको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८८ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३३ पैसा कायम गरिएको छ ।
साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ३४ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५९ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १९ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३५ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं, २१ कात्तिक ।
१६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् ।
आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन गरेको छ । आयोग सदस्य डा. फुयाँलका अनुसार गण्डकी प्रदेशको पोखरामा सोमबार प्रदेश सरकारसँग छलफल भएको थियो । छलफलमा गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सरकारका सबै मन्त्री र प्रदेश आयोगका उपाध्यक्ष र सदस्यहरुको सहभागीता थियो ।

मंगलबार भने महानगरपालिका, उपमहानगरपालिका नगरपालिका, गाउँपालिकाका प्रमुख–उपप्रमुख सहित प्रदेश स्तरीय निजी क्षेत्र समेतको सहभागीतामा सुझाव लिइने सदस्यले फुयाँलले जानकारी दिए ।
उनका अनुसार यो कार्यक्रम गण्डकीसँगै सुदूपश्चिम, बागमती र मधेश प्रदेशमा समेत जारी रहनेछ । ‘१६औँ योजनामा सबैको सुझाव समेट्ने गरी हामीले टोली परिचालन गरेका हौं’ सदस्य फुयाँलले भने, ‘हिजो सोमबार हामीले प्रदेश सरकारका मूख्यमन्त्री र मन्त्री राखेर छलफल गयौँ, आज त्यो भन्दा ठूलो सहभागिता हुन्छ, आजको छलफलमा पालिका प्रमुख उपप्रमुखहरु निजी क्षेत्रको सहभागीता रहनेछ ।’
आयोगले मधेश प्रदेशमा डा. जयकान्त राउतको नेतृत्वमा टोली पठाएको छ भने वागमतीमा डा. प्रभु बुढाथोकी, गण्डकीमा डा. फुयाँल र सुदुरपश्चिम प्रदेशमा डा. अनिता शाह ढुंगानालाई पठाएको छ ।
काठमाडौं, २१ कात्तिक ।
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।
तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं, २१ कार्तिक ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसामा कारोबारको अनुमति दिएको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रूपैयाँ ४६ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ८५ पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ३९ पैसा तथा बिक्री दर ९७ रूपैयाँ ८३ पैसामा कारोबार गर्न अनुमति दिएको छ ।
जापानी येन १० को खरिददर ८ रूपैयाँ ८८ पैसा तथा बिक्री दर ८ रूपैयाँ ९२ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ २८ पैसा तथा बिक्री दर १८ रूपैयाँ ३६ पैसा कायम गरिएको छ ।
साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४१ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६० पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १७ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ७६ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौं, २० कात्तिक ।
केही दिनयता लगातार ओरालो लाग्दै आएको सेयर बजार सोमबार भने दोहोरो अंकले बढेको छ ।
गत साताको मंगलबारदेखि निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।
पछिल्ला चार कारोबार दिनमा ५२.४४ अंक घटेको थियो । तर, सोमबार भने बढेको सेयर बजारमा सेन्सेटिभ इण्डेक्स ३.८३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९६ प्रतिशत बढेको छ।
सोमबार २८३ स्टकको ४७ हजार २३१ पटकको कारोबारमा ९३ करोड ८९ लाख २९ हजार रुपैयाँ बराबरको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ।
काठमाडौं, २० कात्तिक ।
राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो ।
आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् ।
आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने प्राकृतिक विपित्तिका कारण तत्काललाई स्थगित गरिएको छ । बाँकी सबै प्रदेशमा आयोगको टोली खटाइएको छ ।
कसको नेतृत्वमा कुन प्रदेश ?
आयोगका प्रवक्ता सहसचिव भुसालका अनुसार कात्तिक २० गते आज र भोलि २१ गते बागमती प्रदेशको हेटौडा, मधेश प्रदेशको जनकपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा छलफल कार्यक्रम राखिएको छ । यसका लागि आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी, डा. जयकान्त राउत, डा. रामकुमार फुयाँल र डा. अनिता शाह ढुंगानाको नेतृत्वमा छुट्टछुट्टै टोली परिचालन गरिएको छ ।
यस्तै कात्तिक २३ र २४ गते कोशी प्रदेशको विराटनगर र लुम्बिनी प्रदेशको बुटवलमा छलफल कार्यक्रम राखिएको प्रवक्ता भुसालले जानकारी दिए । उनका अनुसार यि दुई प्रदेशका लागि आयोग सदस्य डा. आरपी विच्छा र डा. रमेशचन्द्र पौडेलको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली प्रदेशमा भने भूकम्पका कारण टोली रोकिएको उनले जानकारी दिए ।
प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रहरुको समेत सुझाव संकलन गरेर १६औँ पञ्चवर्षीय योजना तयार पार्ने आयोगले जनाएको छ ।

काठमाडौँ २० कात्तिक,
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको थियो ।
युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । हिजोको तुलनामा युरोको भाउ पनि बढेर आएको छ । हिजो युरो १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।
अमेरिकी डलर भने आज स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैया ३४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।