२०८२ चैत्र २८
२०८२ चैत्र २८

काठमाडौं, चैत २५ ।

प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ ।

४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो । २३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन । न्युज कारखाना

काठमाडौं, चैत २५ ।

नेपाली बजारमा सुनको भाउले आइतबार (चैत २५ गते) नयाँ रेकर्ड कायम गरेको छ । आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थिायो । सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो । न्युज कारखाना

काठमाडौं, चैत २५ ।

प्रभु बैंक सेयर ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता आजदेखि लिलामी बिक्री खुला भएको छ ।

प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

दुवै कम्पनीको लिलामीमा वैशाख १६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।न्युज कारखाना

काठमाडौं, चैत २५ ।

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले आजदेखि संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।

कम्पनीले संस्थापक समूहको कुल १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । एचआइडीसीएलका अनुसार यो लिलामीमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने छ । यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ ।

यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।

साथै, बैंकको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने व्यवस्था छ । यसमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम संख्याको लागि भने हद तोकिएको छैन ।न्युज कारखाना

काठमाडौं, चैत २५ ।

थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा २०८१ वैशाख २३ गते बस्ने भएको छ ।

 

सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश गर्ने र सभामा सञ्चालक निर्वाचन पनि हुनेछ । सो अनुसार सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

 

आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन ।  साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ । न्युज कारखाना

काठमाडौं, चैत २५ ।

डिप्रोक्स लघुवित्तको वार्षिक साधारण सभा आइतबार बस्दैँछ ।

 

सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव भएको १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ ।

 

तसर्थ, चैत १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।न्युज कारखाना

काठमाडौं, चैत २५ ।

ग्रीन डेभलपमेन्ट बैंकको २ आर्थिक वर्षको साधारण सभा बस्ने भएको छ ।

 

बैंकको वार्षिक साधारण सभा मंगलबार चैत २७ गते बस्न लागेको हो । ग्रीन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७८–७९ र २०७९–८० को सभा बस्ने भएको छ ।  साधारण सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछसभामा सेयरधनीलाई ३.८% बोनस सेयर र कर प्रयोजनका लागि ०.२०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यस्तै, २ आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेको बैंकले जनाएको छ । सभामा सञ्चालकहरुको नियुक्ति अनुमोदन र सञ्चालकहरुको निर्वाचन गर्ने बैंकले जनाएके छ । जसआनुसार सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।

 

यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुनेछ । साधारण सभा प्रयोजनका लागि चैत ९ गते बुक क्लोज गरिसकेको छ ।  चैत ८ गते बिहीबारसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।न्युज कारखाना

नयाँदिल्ली, २५ चैत ।

मुलुकको विदेशी मुद्रा सञ्चिति २९ मार्चमा समाप्त भएको साता २ अर्ब ९५ करोड डलरले बढेर ६४५ अर्ब ५८ करोड डलरको नयाँ हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

 

यो जानकारी भारतीय रिजर्व बैंक अर्थात् आरबीआईले दिएको हो। विदेशी मुद्रा सञ्चिति बढेको यो लगातार छैटौं साता हो ।

 

त्यसको एक साताअघि मुलुकको विदेशी मुद्रा सञ्चिति १४ करोड डलरले बढेर ६४२ अर्ब ६३ करोड डलर पुगेको थियो । यसअघि सन् २०२१ सेप्टेम्बरमा देशको विदेशी मुद्रा सञ्चिति ६४२.४५ अर्ब डलरको उच्च विन्दुमा पुगेको थियो ।

विश्वव्यापी गतिविधिको दबाबको बीचमा केन्द्रीय बैंकले मुद्राको गिरावटलाई रोक्न विदेशी मुद्रा सञ्चिति प्रयोग गर्‍यो, जसले विदेशी मुद्रा सञ्चितिमा केही गिरावट आएको थियो । आरबीआईले हरेक हप्ता विदेशी मुद्रा सञ्चिति र सुनको भण्डारको तथ्याङ्क सार्वजनिक गर्छ ।

 

आरबीआईको तथ्याङ्क अनुसार मार्च  २९ गतेको साता विदेशी मुद्रा सम्पत्ति २ अर्ब ३५ करोड डलरले बढेर ५७० अर्ब ६१८ अर्ब डलर पुगेको छ । विदेशी मुद्रा सम्पत्ति विदेशी मुद्रा सञ्चितिको एक महत्वपूर्ण भाग हो। डलरमा व्यक्त गरिएको विदेशी मुद्रा सम्पत्तिमा यूरो, पाउन्ड र येन जस्ता गैर अमेरिकी मुद्राहरूमा हुने उतार चढावको प्रभाव पनि समावेश छ।

 

साथै, आरबीआईले समीक्षा हप्तामा सुनको सञ्चिति ६७३ मिलियन डलरले बढेर ५२.१६ अर्ब डलर पुगेको जनाएको छ ।

न्युज कारखाना

 

 

न्युयोर्क, २५ चैत ।

फेसबुकको मूल कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्ग टेस्लाका मालिक एलोन मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् ।

 

सन् २०२० पछि जुकरबर्गले यो स्थान हासिल गरेको यो पहिलो पटक हो ।

 

ब्लूमबर्ग अर्बपतिहरूको सूची अनुसार एलन मस्क १८१ बिलियन कुल सम्पत्तिको साथ विश्वका धनी व्यक्तिहरूको सूचीमा चौथो स्थानमा आएका छन्। मार्चको सुरुमा उनी यो सूचीमा पहिलो स्थानमा थिए। उही समयमा मार्क जुकरबर्गको कुल सम्पत्ति १८७ बिलियन डलर भन्दा बढी रहेको छ।

 

यस वर्ष एलन मस्कको कुल सम्पत्ति ४८.४ बिलियनले घटेको छ । जबकि जुकरबर्गले आफ्नो सम्पत्तिमा ५८.९ बिलियन थपेका छन्।

 

भर्खरै समाचार आयो कि टेस्लाले सस्तो कार लन्च गर्ने आफ्नो योजना रद्द गरेको छ, त्यसपछि टेस्लाको सेयर घटेको छ। यसैबीच, साताको सुरुमा मार्चको तीन महिनामा टेस्ला गाडीको डेलिभरीमा कमी आएको खबर आएको थियो, त्यसपछि स्टकमा थप गिरावट देखिएको छ ।

 

टेस्लाको स्टक यस वर्ष अहिलेसम्म ३३.६२ प्रतिशतले घटेको छ, जसले यसलाई एस एन्ड पी सूचकांकमा सबैभन्दा खराब प्रदर्शन गर्ने कम्पनी बनाएको छ। अर्कोतर्फ, मेटाको सेयरमा यस वर्ष अहिलेसम्म ५२.२८ प्रतिशतले वृद्धि भएको छ, जसका कारण मेटा एस एन्ड पी ५०० मा उत्कृष्ट प्रदर्शन गर्ने पाँचौं कम्पनी बनेको छ।

 

साथै, बरनाड अर्नाल्ट र जेफ बोसेज क्रमशः १८.५७ र अमेजनका मालिक १७.५४ लाख करोड सम्पतिसहित पहिलो र दोस्रो नम्बरमा रहेका छन् । न्युज कारखाना

काठमाडौं ।

देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील उद्योहरुलाई सरकारले राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले शनिबार आयोजना गरेको ग्रील तथा स्टील ब्यवसायिहरुका लागि निशुल्क टिटी खोपको शुभारम्भ कार्यक्रममा उनीहरुले लाखौलाई रोजगारी दिइरहेको ग्रील ब्यवसाय पूर्ण रुपमा सन्चालन गर्नसक्ने बातावरण बनाइ दिन सरकारको ध्यानाकर्षण गराए ।

नेपाल घरेलु तथा साना उध्योग महासघका बस्तुगत उपाध्यक्ष एवं ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले सदैभ पहल गर्ने बताए । ग्रील तथा स्टील ब्यवसायमा संलग्न उद्योगी र ग्रील श्रमिकको लागि टिटी खोप अति नै आवशयक भएको बताउँंदै उनले कपन इकाइ समितिले टिटी खोपको आयोजना गरेको अत्यन्तै सराहनीय कार्य भएको बताए । खोपको अवसरमा बर्षभरि काममा ब्यस्त हुने ग्रील ब्यवसायी र श्रमिकलाई लक्षित गरी बृहत् बनभोज कार्यक्रमले ब्य्वसायी र श्रमिकलाइ बर्षभरि गरेको कठिन परिश्रमबाट थकित शरिरलाई आराम अनि मनोरञ्जन प्रदान गर्ने उनले बताए ।

कपन इकाइ समितिका अध्यक्ष भेषराज श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ, काठमाडौ जिल्ला अध्यक्ष सुनिलकुमार अमात्य, महासचिब पशुपति श्रेस्ठ, पूर्बी क्षेत्रीय अध्यक्ष बिष्णुकुमार श्रेष्ठलगायतका ग्रील तथा स्टील ब्यवसायमा देखिएका समस्याहरु सबै मिलेर समधान गर्नुपर्ने धारणा राखे ।

काठमाडौ जिल्लाभित्र रहेका ९ वटा इकाई समितिका अध्यक्ष तथा पदाधिकारीहरु उपस्थित भएको कार्यक्रममा ग्रील ब्यवसायी र ब्यवसायमा आश्रित परिवारको उपस्थिति रहेको थियो । कार्यक्रममा ९० जनाले निशुल्क टिटी खोप लगाएका थिए । कार्यक्रमको समापन गर्दै कपन इकाइ अध्यक्ष भेसराज श्रेष्ठले टिटी खोप र बनभोज कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुे सबैलाइ धन्यबाद दिदै हुँदै आगामी दिनहरुमा पनि यस्ता किसिमको अन्य स्वास्थ शिबिर सन्चालन गर्दै जाने बताए ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।