काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आलु, प्याज र स्याउलगायतका तरकारी एवम फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज गरेको घोषणा गरेका हुन् ।
अर्थमन्त्रीले यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास गरेको बताएका छन् ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागि ८७ करोड बजेट विनियोजन गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ८७ करोड बजेट छुट्याएको घोषणा गरेका हुन् ।
राष्ट्रपति शैक्षिक सूधार कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले हालै खारेज गरेकी थिईन् ।
आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रमका लागि विनियोजन गरिने बजेट सिधै स्थानीय तहमा पठाउने गरी चालु आर्थिक वर्षको कार्यक्रम स्थगित गरिएको शिक्षा मन्त्रालयले जनाएको थियो । मन्त्री श्रेष्ठले खारेज गरेको घोषणा गरेको कार्यक्रम अर्थमन्त्री पुनले ब्यूँताएका हुन् ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड बजेट विनियोजन गरेको बताएका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ को अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि १० करोड बजेट विनियोजन गरेको बताएका हुन् ।
उनले यो कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने बताउदै यस कार्यक्रमले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताएका छन् ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।
उनले द्रुत मार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने बताए । नेपाली सेनाले बनाइरहेको द्रुत मार्ग २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गर्ने घोषणा गरेका छन् ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट प्रस्तुत गर्दै एकीकृत विकासको अवधारणाअनुसार नमुना विकास अभियान सञ्चालन गर्न भरतपुर-बुटवल-पोखरा-भरतपुरलाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभूज परियोजना सञ्चालन गरिने घोषणा गरेका हुन् ।
यस परियोजनाअन्तर्गत निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम’ निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारी सिर्जना गरिने, गण्डकी त्रिभूजमा पर्ने निर्माणाधीन नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकखण्डको विस्तार कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने, बुटवल–पोखरा सडकलाई डेडिकेटेड दुई लेनमा विस्तार गरिने, त्रिभूजका तीन वटै करिडोरमा औद्योगिक विकासका लागि आवश्यक यातायात सञ्जाल विकास गरिने अर्थमन्त्री पुनले घोषणा गरेका छन् । त्रिभूज परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिने उनले बताए ।
परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमुलक उच्चशिक्षा र बुटवल–भैरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने बताउदै उनले यस परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न रु दुई अर्ब विनियोजन गरिएको जानकारी दिए ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् ।
मंगलबार अर्थमन्त्री पुनले आर्थिक आवको बजेट प्रस्तुत गर्दै ‘हाम्रा बा–आमा, हाम्रो जिम्मेवारी’ अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
साथै उनले स्थानीय तहमा जेष्ठ नागरिक मिलन केन्द्र विस्तार गर्दै लगिने बताउदै सातै प्रदेशमा सुविधासम्पन्न वृद्धाश्रमको स्थापना गरिने घोषणा गरेका छन् ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षदेखि बंगलादेशसँग पनि विद्युत् निर्यात गर्ने बताएका छन् ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेटमा बंगलादेशलाई विद्युत निर्यात गर्ने घोषणा गरेका हुन् । उनले सरकारले आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप गरेर राष्ट्रिय प्रणालीको विद्युत् क्षमता चार हजार ६ सय मेगावाट पुर्याइने लक्ष्य पनि लिएको छ । अर्थमन्त्री पुनले विद्युत् प्रशारण लाइन निर्माण र वितरण कार्यमा निजी क्षेत्रलाई सहभागी गराउने गरी कानुनी प्रबन्ध गर्ने बताए ।
उनले भने- ‘आगामी आर्थिक वर्ष ९ सय मेगावाट विद्युत् थप गरी राष्ट्रिय प्रणालीको विद्युत् क्षमता ४ हजार ६ सय मेगावाट पुर्याइनेछ । प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्याइनेछ । आगामी आर्थिक वर्षदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था मिलाइनेछ । विद्युत् प्रशारण लाइन निर्माण र वितरण कार्यका निजी क्षेत्र पनि सहभागी हुने गरी कानुनी प्रबन्ध गरिनेछ । जलासययुक्त जलविद्युत् आयोजना, बाँध र विद्युत् गृह छुट्टाछुट्टै तवरबाट निर्माण गर्ने गरी निजी क्षेत्रलाई लगानी गर्न आकर्षित गरिनेछ । सुक्खायामको मागलाई पूर्ति गर्न १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मेघावाटको दूधकोशी र ४१७ मेघावाटको नलसिंहगाड जलविद्युत् आयोजना तथा दुई सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिनेछ ।’
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षभित्र १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ६७० मेघावाटको दूधकोशी र ४१७ मेगावाटको नलसिंहगाड जलविद्युत् आयोजना तथा दुई सय मेगावाटको नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिने पनि बताए ।
न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले खेल क्षेत्रको पुर्बधार विकासका लागि एक अर्ब ३० करोड बजेट छुट्ट्याएको घोषणा गरेका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले खेल क्षेत्रको पूर्वाधार विकासको लागि एक अर्ब ३० करोड बजेट छुट्याएको घोषणा गरेका हुन् । उनले टियु क्रिकेट मैदानको स्तर उन्नति गरिने बताए । साथै गौतम बुद्ध रंगशालालाई प्रदेश र स्थानीय तहको सहकार्यमा निर्माण गरिने बताए ।
त्यस्तै उनले खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए ।न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई झण्डै १२ अर्ब बजेट छुट्ट्याएको घोषणा गरेका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पनि लिएको छ ।न्युज कारखाना
काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्बजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् ।
उनले कोशी प्रदेशलाई उद्योग, मधेस प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्यम, कर्णाली प्रदेह्सलाई जडीबुटी र सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने घोषणा गरेका हुन् ।न्युज कारखाना