२०८२ चैत्र २५
२०८२ चैत्र २५

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको छ ।

आज ३१५ कम्पनिको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा  सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट  शीर्षस्थानमा रहेको छ ।

आज सबैभन्दा बढीबुद्ध भुमि नेपाल हाइड्रोको ५.५१ प्रतिशत मुल्य घटेको छ भने इस्टर्न हाइड्रोको ४.६८ प्रतिशतले घटेको छ ।त्यस्तै आज १० वटा उपसमूहको सूचक बढ्दा ३  वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।न्युज कारखाना

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख ४२ हजारकायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ३०० पुगेको छ ।

यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

काठमाडौँ । साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको शेयर बिक्री गर्ने घोषणा गरेको छ । अराम्कोले विहिबार १३.१ बिलियन डलर बराबरको शेयर बिक्री गर्ने बताएको हो ।

एक विज्ञप्ति जारी गर्दै अराम्कोको सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख शेयर घोषणा गरेको छ । एउटा शेयरको मूल्य ७.१२ डलर देखि ७.७३ डलर सम्म हुने बताइएको छ ।

अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि शेयर बिक्री सुरु हुने जनाएको छ । डिसेम्बर २०१९ मा जारी प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ) पछि कम्पनीको यो दोस्रो सूचि हो ।

कम्पनीले आईपीओको समयमा करिब २५.६ बिलियन डलर उठाएको थियो । यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो । साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक हो । बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत सेयर सरकारको स्वामित्वमा थियो ।न्युज कारखाना

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ  ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १७ सय ले बढेर १ लाख ४२ हजार २०० कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४१ हजार ५०० पुगेको छ ।

यसअघि बिहिबार छापावाल सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ६ सयले बढेर १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस अघि जेठ ७ गते सुनको  मूल्य  हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको  मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १९३० रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना

सुर्खेत , १६ जेठ ः आज अर्थमन्त्री वर्षमान पुन ल्याइएको आब २०८१÷८२ को नयाँ बजेटमा कर्णालीमा अधिकांश पुरानै योजनामा बजेट बिनियोजन गरिएको पाइएको छ । केही योजनाले गती लिएका छन् भने केही योजनालाई गति दिने प्रयास आज प्रस्तुत बजेट भाषणले गरेको छ ।

लामो समय देखि चर्चामा रहदै आएको र आलु आबमा बजेट बिनियोजन नभएको नलगाड जलविद्युत आयोजनामा आव ०८१÷८२ मा निर्माण कार्य सुरु गर्ने भनिएको छ । आज सदनमा प्रस्तुत बजेट भाषणमा जनताको जलविद्युत कार्यक्रम अन्तरर्गत १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण कार्य सुरु गर्ने उल्लेख गरिएको छ । यसको कुल लागत २३ अर्ब रहेको छ ।

यद्यपी आयोजनाको रिण सम्झौता समेत भइसकेको छ । त्यस्तै भेरी तथा कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइनलाई निर्माण कार्यमा सुरु गर्ने बजेट भाषणमा समेटिएको छ । भेरी करिडोरको सुर्खेतको मेहलकुना देखि जाजरकोटको दानी पिपल सम्म १५० किलोमिटर लम्बाइ रहेको छ । दानी पिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशनको काम गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ । त्यस्तै निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गर्नका लागि कर्णालीमा जडीबुटी हर्ब बनाइने बनाइने बजेट भाषणमा उल्लेख गरिएको छ ।

प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर , जुम्लाको हिमा ,तिला नदि आसपासको क्षेत्रलाई मार्सी धान करिडोर निर्माण गरिने बताएको छ । भूकम्पबाट प्रभावित जाजरकोट , रुकुम पश्चिम लगाएतका जिल्लाहरुमा क्षतीग्रस्त निजी घरको सर्वेक्षण गरि पुर्ण निर्माण गरिने बजेट भाषण मार्फत जानकारी गराएको छ  ।  त्यसका लागि रु २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमबाट सामुदायिक विद्यालय , स्वास्थ्य संस्था , सरकारी तथा सार्वजानिक भवन लगायतमा निर्माण गरिने उल्लेख गरिएको छ ।

कर्णालीमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावरमा आधारित संमृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन हुने हुने बजेट भाषण मार्फत अर्थमन्त्री पुनले जानकारी दिनुभएको छ । भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयोजनाको हेड वक्स र विद्युत गृह निर्माण गर्नका लागि २ अर्ब बिनियोजन गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन हुने गरि एकिकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड छुट्याएको छ ।

साविकको कर्णालीका कक्षा १ देखि ५ सम्म सञ्चालन हुने दिवा खाजा कार्यक्रम स्थानीय उत्पादन मिलाउने व्यवस्था गरिनुका साथै रकम बृद्धि हुने भएको छ । कर्णालीमा खानेपानी सरसफाई तथा स्वाच्छता सुधार कार्यक्रम लागू हुने घोषणा गरिएको छ । सुर्खेतमा हुने १० औ राष्टिय खेलकुद प्रतियोगिता आयोजनाका लागि ६० करोड रकम बिनियोजन गरिएको छ ।

कर्णाली करिडोरमा ५ वटा पुल र ५० किलोमिटर सडकको स्तरोन्नती गरिने हुने भएको छ । भेरी करिडोरको स्तरोउननती हुने उल्लेख छ । हुम्लाको लिमी र डोल्पाको धोमा नयाँ नमुना बस्ती विकास गरि आर्थिक तथा केन्द्रको विकास गरिने बजेट भाषण मार्फत बताएको छ । सुर्खेत र जुम्लाको विवमानस्थलको स्तरोन्नतती हुने बताएको छ । उद्यापी यो पुरानै योजना रहेको छ ।

लामो समय देखि चर्चामा रहदै आएको र आलु आबमा बजेट बिनियोजन नभएको नलगाड जलविद्युत आयोजनामा आव ०८१÷८२ मा निर्माण कार्य सुरु गर्ने भनिएको छ । आज सदनमा प्रस्तुत बजेट भाषणमा जनताको जलविद्युत कार्यक्रम अन्तरर्गत १०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माण कार्य सुरु गर्ने उल्लेख गरिएको छ । यसको कुल लागत २३ अर्ब रहेको छ ।

यद्यपी आयोजनाको रिण सम्झौता समेत भइसकेको छ । त्यस्तै भेरी तथा कर्णाली करिडोरमा ४०० केभी प्रशारण लाइनलाई निर्माण कार्यमा सुरु गर्ने बजेट भाषणमा समेटिएको छ । भेरी करिडोरको सुर्खेतको मेहलकुना देखि जाजरकोटको दानी पिपल सम्म १५० किलोमिटर लम्बाइ रहेको छ । दानी पिपलमा ४०० केभी प्रशारण लाइनको सव स्टेशनको काम गर्न जग्गा अधिग्रहणको काम भइसकेको छ । त्यस्तै निजी क्षेत्रको सहकार्यमा प्रदेशलाई विशिष्टकृत आर्थिक केन्द्रका रुपमा विकास गर्नका लागि कर्णालीमा जडीबुटी हर्ब बनाइने बनाइने बजेट भाषणमा उल्लेख गरिएको छ ।

प्रदेश तथा स्थानीय तहको सहकार्यमा सल्यान र रुकुमको शारदा नदी आसपासको क्षेत्रलाई कृषि करिडोर , जुम्लाको हिमा ,तिला नदि आसपासको क्षेत्रलाई मार्सी धान करिडोर निर्माण गरिने बताएको छ । भूकम्पबाट प्रभावित जाजरकोट , रुकुम पश्चिम लगाएतका जिल्लाहरुमा क्षतीग्रस्त निजी घरको सर्वेक्षण गरि पुर्ण निर्माण गरिने बजेट भाषण मार्फत जानकारी गराएको छ  ।  त्यसका लागि रु २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरिएको छ । सोही रकमबाट सामुदायिक विद्यालय , स्वास्थ्य संस्था , सरकारी तथा सार्वजानिक भवन लगायतमा निर्माण गरिने उल्लेख गरिएको छ ।

कर्णालीमा पूर्वाधार निर्माणका लागि बजेट बिनियोजन गरिएको छ । कर्णालीमा कृषि र वन पैदावरमा आधारित संमृद्ध कर्णाली उद्यमशिलता कार्यक्रम सञ्चालन हुने हुने बजेट भाषण मार्फत अर्थमन्त्री पुनले जानकारी दिनुभएको छ । भेरी बबइ डाइभर्सन बहुउदेश्यीय आयोजनाको हेड वक्स र विद्युत गृह निर्माण गर्नका लागि २ अर्ब बिनियोजन गरिएको छ । कर्णाली प्रदेशका १० जिल्लामा सञ्चालन हुने गरि एकिकृत कर्णाली सिँचाई विकास आयोजनाका लागि ८२ करोड छुट्याएको छ ।

साविकको कर्णालीका कक्षा १ देखि ५ सम्म सञ्चालन हुने दिवा खाजा कार्यक्रम स्थानीय उत्पादन मिलाउने व्यवस्था गरिनुका साथै रकम बृद्धि हुने भएको छ । कर्णालीमा खानेपानी सरसफाई तथा स्वाच्छता सुधार कार्यक्रम लागू हुने घोषणा गरिएको छ । सुर्खेतमा हुने १० औ राष्टिय खेलकुद प्रतियोगिता आयोजनाका लागि ६० करोड रकम बिनियोजन गरिएको छ ।

कर्णाली करिडोरमा ५ वटा पुल र ५० किलोमिटर सडकको स्तरोन्नती गरिने हुने भएको छ । भेरी करिडोरको स्तरोउननती हुने उल्लेख छ । हुम्लाको लिमी र डोल्पाको धोमा नयाँ नमुना बस्ती विकास गरि आर्थिक तथा केन्द्रको विकास गरिने बजेट भाषण मार्फत बताएको छ । सुर्खेत र जुम्लाको विवमानस्थलको स्तरोन्नतती हुने बताएको छ । उद्यापी यो पुरानै योजना रहेको छ । न्युज कारखाना

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट पेश गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।न्युज कारखाना

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना गर्ने घोषणा गरेका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना  गर्ने घोषणा गरेका हुन् ।

उनले भने- ‘काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एन्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’न्युज कारखाना

काठमाडौँ । नेपाल उद्योग संघका अध्यक्ष चन्द्र ढकालले बजेट आफैमा नराम्रो नहुने भन्दै कार्यन्वयन हुनुपर्ने जोड दिएका छन् ।

अर्थमन्त्री बर्षमान पुनले बजेट सार्बजनिक गरेपछि संसद परिसरमा प्रतिक्रिया दिदै अध्यक्ष ढकालले बजेटमा आउने कार्यक्रम भन्दा पनि त्यसको कार्यान्वयन र स्रतो व्यवस्थापन महत्वपूर्ण विषय भएको प्रतिक्रिया दिएका छन् । न्युज कारखाना

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले आगामी आवक ओअर्थिक वृद्धिदर ६ प्रतिशत हुने दाबि गरेका छन् ।

मंगलबार अर्थमन्त्री पुनले आगामी आवको बजेट सार्बजनिक गर्दै आज सार्बजनिक बजेटको कार्यान्वयनपछि ६ प्रतिशत आर्थिक वृद्धि हुने बताएका हुन् । त्यस्तै आउदो आवमा मुद्रा स्फिती ५.५ प्रतिशत हुने उनले बताए ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।