२०८२ चैत्र २३
२०८२ चैत्र २३

काठमाडौं, साउन ०८ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी १ डलरको बिक्रीदर १३४ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
मंगलबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा तोकिएको छ । बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६० पैसा पाइन्छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ५२ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ५६ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६१ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रूपैयाँ ५४ पैसा र बिक्रीदर २८ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।
यसैगरी, मंगलबारको लागि कुवेती दिनार एकको खरिददर ४३६ रुपैयाँ ९३ र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा निर्धारण भएको छ।
न्युज कारखाना

काठमाडौँ ।

आज नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ ।

सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ । न्युज कारखाना

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६१ अङ्कले बढेको छ । आज नेप्से ६१.६१ अंकले बढेर दुई हजार चार सय ८५.९४ को विन्दुमा कायम भएको हो ।

आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर एक लाख ७७ हजार ४६७ पटक खरिदबिक्री हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २९० बराबरको कारोबार भएको छ ।

आज सबै भन्दा बढी  व्यापार समूहको उपसूचकमा ६. ८० प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ समुहको ३. ८६ प्रतिशतले बढेको छ ।

त्यस्तौ आज युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार भएको छ भने कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

भैरहवा । 
भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आउने सर्वसाधरणले मोटरसाइकल पार्किङ गरेवापत अहिले ३० रुपैया प्रति घण्टा तिर्नुपर्छ । यस्तै कारले ६०, मिनिबसले ८० र बस ट्रकले १२० तिर्नुपर्छ । यो दर लागु भएको केही महिना मात्रै हुदा अत्यधिक भएको भनि सर्वत्र आलोचना भइरहेको छ ।

यस अघि २०८० जेठ १० गतेदेखि फागुन ३० गते सम्म भने यहाँ पार्किङको शुल्क लाग्दैन थियो । पुरानो ठेक्का रद्द भई विमानस्थल कार्यालयले नयाँ ठेक्काको टेण्डर नभएकोले सर्वसाधरणले निशुल्क पार्किङ गरिरहेका थिए । २०८० जेठ अगाडि भने मोटरसाइकलको पार्किङ शुल्क ५, कारको १०, मिनिबसको २० र बस÷ट्रकको ४० रुपैया लिने गरिन्थ्यो ।

केही महिना देखि साप्ताहिक एउटा मात्रै उडान गरिरहेको विमानस्थलमा अहिले भने एक महिना यता कुनै उडान भएको छैन । आन्तरिक उडानमा सिमित भएको यो विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय निर्देशिका अनुसार पार्किङ शुल्क र बहाल शुल्कमा भारी वृद्धि गरेको छ । जस्को कारण सर्वसाधरण मर्कामा परेका छन ।

विमानस्थल प्रशासनलाई समेत विगतको तुलनामा पार्किङ अप्रत्यासित वृद्धि भएको महशुश भएपनि यसबारे सुनुवाई गर्न सकेको छैन । नियावाली २०८० अनुसार आन्तरिक र अन्तराष्ट्रिय गरेर २ वटा वर्ग मात्रै छ । विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय विमानस्थल कायम भएकोले सोको निर्देशिका अनुसार पाकिङ सहित सबै शुल्कमा वृद्धि गर्न वाध्य भएको विमानस्थलका अधिकृत संजिव ज्ञवालीले बताए ।

उनका अनुसार विमानस्थल अन्तराष्ट्रिय भएसंगै विमानस्थलमा अन्तराष्ट्रिय उठान हुन नसकेपनि पार्किङ, विमानस्थलभित्रका पसलहरुको भाडा, विज्ञापनको शुल्क निकै बढेको छ ।

यसअघिको मापदण्ड अनुसार प्रतिवर्गमिटर विज्ञापनको लागि ५ सय रुपैंया शुल्क थियो भने अहिले वृद्धि भई ५ हजार रुपैंया बनाईएको छ । जसका कारण विज्ञापनदाता तथा पसल संचालक, सेवाग्राही सबैलाई गाह्रो भएको छ ।
विमानस्थलभित्र संचालनमा रहेका विभिन्न पसल स्थलको भाडा समेत निकै वृद्धि भएको छ । जसका कारण विमानस्थललाई आधार बनाएर लगानी गरेका लगानीकर्ता थप मारमा परेका छन् ।

“निर्देशिका अन्तराष्ट्रिय मापदण्ड अनुसार भयो तर विमान संचालन आन्तरिक मात्र हुंदा असजिलो भयो हामीले  केही समयका लागि निर्देशिका शंसोधानका लागि माथि अनुरोध समेत गरेका छौं । ”  अधिकृत ज्ञवालीले भने । उनले हालको ठेक्का अनुसार कम्पनि नियमित रुपमा नियमानुसार त्रैमासिक रुपमा भुक्तानी गरिरहेको बताए ।

उनका अनुसार विमानस्थल पार्किङ लागि भैरहवामा रहेको ईब्रहिम कन्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लिले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरिएको छ । जुन विगतको तुलनामा ३ गुणा बढी हो ।

“विमानस्थलको स्तरोन्नती अनुसार पार्किङ शुल्क निर्धारण गर्दा स्वभाविक रुपमा महंगो पर्न गयो यो हाम्रो वाध्यात्मक अवस्था हो । अधिकृत ज्ञवालीले भने । निर्देशिका अनुसार न्युनतम् रकम २४ लाख ८२ हजार रहेको छ । “तिन पटक सम्म ठेक्का निकाल्दा पनि कसैको निवेदन नपरेपछि महंगो भयो भनेर सबै पछि हटे । अन्त्यमा एउटा कम्पनीले मात्रै टेण्डर दिएपछि  सम्झौता गरेर काम अघि बढेको छ ।

विमानस्थलभित्र तोकिएको पार्किङ सवारी पार्क गर्ने सवारी धनीले मोटर साईकल स्कुटी लगायतका दुई पांग्रे सवारी साधन पार्कि¨ गर्दा प्रति घण्टाको ३० रुपैंया ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्छ । जुन यस अघि रु ५ रुपैंया प्रति घण्टा थियो ।
यस्तै कार भ्यान लगायतका साना चार पांग्रे सवारी साधानका लागि प्रतिघण्टा ६० रुपैंया, हल्का सवारी जस्तै मिनि ट्रक जस्ता लोडेड सवारीहरुले प्रतिघण्टा ८० रुपैंया शुल्क तिर्नुपर्छ भने ठुला सवारी वस लगायतले प्रतिघण्टा १ सय २० रुपैंया शुल्क तिर्नुपर्ने हुन्छ । जुन विगतको तुलनामा निकै महंगो हो ।

यसअघिको सम्झौता अनुसार ठेक्दार कम्पनीले वार्षिक ९ लाख विमानस्थललाई पार्किङ वापत बुझाउंदै आएको थियो । कम रकममा ठेक्का सम्झौता भएकै कारण साना दुई पांगे्र सवारीका लागि रु ५ रुपैयां, कार,जीपका लागि १० रुपैंया, हल्का सवारी २० रुपैंया र ठुला सवारीका लागी ४० रुपैंया प्रतिघण्टा तोकिएको थियो ।

२०८० चैतमा एक वर्षको लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार सरकारी, प्राधिकरण, एम्बुलेन्स, सव वाहन, फायर जस्ता आकस्मिक सवारीहरुलाई पुर्णत निशुल्क पार्किङको सुविधा रहेको छ । शुल्क अत्यधिक वृद्धि हुंदा ठेकेदार कम्पनीलाई  समेत केही समय निकै कठिन भएको ठेक्का कम्पनीका संचालक मुस्तफाले गुनासो गरे ।

उनले भने “हामीले तोकेको शुल्क होईन् विमानस्थलले तोकेको शुल्क उठाउन पनि केही समय गाह्रो भयो जिल्ला प्रशासनसम्म जानुपर्यौ तर अब भने सबैले बुझिसक्नुभयो । ” ठेक्का नै महंगो भएको उनले बताए । आन्तरिक उठान नियमित हुंदा राम्रै शुल्क उठेपनि जाडो महिनामा विमान आउन नसक्दा आम्दानी नहुने संचालक मुस्तफाले बताए । उनका अनुसार अहिले दैनिक दुई सय दुई पांग्रे सवारी मोटरसाईकल, स्कुटरले पार्किङ गर्ने गरेका छन् । यस्तै सय बढी कार पार्किङका लागि आउने गरेका छन् ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । आज मौद्रिक नीति सार्बजनिक नहुने भएको छ । पुरै तयारी गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्बजनिक नगर्ने भएको हो ।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा विहिबार मात्र नियुक्त भएका आर्थिक सल्लाहकार पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्बजनिक हुने भनिएको मौद्रिक नीति केहि दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यस अघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्बजनिक गर्ने तयारी गरेका थिए ।न्युज कारखाना

काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

विहिबार सुन तोलाको ३ सयले घटेर एक लाख ४९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।

यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४८ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपियाँ घटेर तोलाको १८६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदको किस्तावापतको ४३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुई न्यारोबडी जहाजको असार महिनाको किस्तावापत पूरा र वाइडबडी जहाजको आंशिकगरी असार मसान्तसम्मको रकम भुक्तानी गरेको हो ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमको पछिल्लो व्यवस्थापन सम्हालेयता २०८१ असारसम्म पाँच अर्ब ७९ करोड ७६ लाख ४२ हजार दुईसय ४९ किस्ता रकम भुक्तानी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

निगमले कोरोना महामारीका कारण निगमको व्यापारमा प्रतिकूल असर परेकाले उक्त अवधिको व्याजको व्याज, हर्जाना र जरिमाना छुट गरिदिन दुई कोषलाई अनुरोध गरेको छ । साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तनीलाई सहजीकरण गरिदिन निगमले दुवै कोषलाई अनुरोध पत्र पठाइएको निगमले जनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेप्सेमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ।

आज सेन्ट्रल फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिंगटी हाइड्रोको ९.९७, अन्खु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मुल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ । न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।