काठमाडौं, १ जेठ ।
एनएमबि बैंक लिमिटेडको कार्ड र एटिएमसेवा आज एकदिन अबरुद्ध हुने भएको छ ।
बैंकको स्विचमा सेक्युरिटी अपग्रेड सम्बधी कार्य गर्न लागिएको भन्दै आज राती देखी भोली बिहानसम्म सेवा बन्द हुन लागेको हो ।
‘मिति २०८० जेठ १ गते सोमबार राती १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ ।
काठमाडौ, २७ वैशाख ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १६० रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २४ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ९० रुपैयाँ, न्यूरो ८० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली १५० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ५० रुपैयाँ, भुई कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २४० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँमा पाइने समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं, २६ वैशाख ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरमा झिनो गिरावट आएको छ । यसअघि आइतबारदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार एक पैसाले घटेको छ ।
मंगलबार एकको अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसामा कारोबार भएको छ । यसाअघि सोमबार खरिदमूल्य १३० रुपैयाँ ५९ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ १९ पैसा कायम गरिएको थियो ।
नेपाल राष्ट्र बैंकले मंगलबार युरोपियन युरोको एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसाले बढी हो । यसअघि सोमबार युरोको खरिदमूल्य १४३ रुपैयाँ ९० पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ५६ पैसा कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार पाउण्ड स्टर्लिङ एकको खरिदमूल्य १६५ रुपैयाँ ३७ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ १३ पैसा पाइन्छ भने अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा पाइन्छ।
यस्तै, राष्ट्र बैंकले कतारी रियाल मंगलबार एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा पाइन्छ। साउदी अरेबियन रियाल एकको खरिददर मंगलबार ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।
मंगलबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ १९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ १५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९५ पैसा तोकिएको छ।
मँजय राम,कटहरिया,वैशाख २२ गते
रौतहटको कटहरिया नगरपालिकाको इन्धन दुरुपयोगको खबर भ्रामक,झुठा र तथ्यहीन रहेको नगर प्रमुख अजय प्रकाश जयसवालले बताउनु भएको छ । विभिन्न मिडियामा आएको खबरमा कुनै सत्यता नरहेको उनले खुलासा गरेका छन् ।
व्यक्तीगत रिसिबी साध्नको लागी नगरपालिकालाइ बदनाम गराउने उदेश्यले यस्ता भ्रामक कुराहरु बाहिर ल्याएको उनले आरोप लगाएका छन् । कटहरियाका नगर प्रमुख अजयप्रकाश जयसवालले तेल खर्चमा पूर्व नगरप्रमुख सियाराम कुशवाहाको पालाको २० लाख बक्यौता रहेको तिरेको बताएका छन् ।
साथै जिल्लाको चर्चित बजार कटहरियामा निर्माणाधिन सडकमा धूलो नै धूलो हुन थालेपछि व्यापारीहरुकै आग्रहमा दिनहुँ सडकमा पानी छर्ने काम भइरहेकोले तेल खर्च हुनु स्वाभिक नै हो । जनतालाइ राहत दिनकै लागि पानी छर्ने काम भइरहेकोले यसलाइ अन्यथा लिन नहुने उनले बताएका छन् । पहिलाको स्थानिय सरकार हुँदाखेरि पेट्रोलियम पदार्थको मूल्य कम थियो । तर अहिले झण्डै दोब्बरले बढेको छ ।
त्यही भएर इन्धन खर्चको मूल्यमा केही वृद्धि भएको छ । यो हाम्रो कारणले भएको होइन् । नगरपालिकामा कार्यरत कार्यालय सहयोगी रामाकान्त पटेलले आफू र नगरपालिका लाई बदनाम गर्न षड्यन्त्र गरेको बताएका छन् । इन्धनमा भ्रष्टचार गरेको विषयमा उनले बोलेको भिडियोमा हुनै सत्यता नरहेको बताएका छन् । कटहरिया नगरपालिकाको इन्धन अन्य कुनै ठाउँमा दुरुपयोग भएको छैन् । यसमा नगरवासीलाइ ढुक्क रह्न उनले अनुरोध गरेका छन् । त्यसैले गलत र भ्रामक कुराहरुको पछाडी नलाग्न नगरवासीहरुलाइ मेयर जयसवालले आग्रह गरेका छन् ।
काठमाडौं, २० वैशाख
सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ । बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् ।
सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ । राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए । उनी ३ वर्षअघि सचिव भएका हुन् ।
पोखरेलले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभागलगायत निकायमा बसेर काम गरिसकेका छन् । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवका रुपमा काम गरेका छन् ।
काठमाडौं, १९ वैशाख । नेपालीको प्रतिव्यक्ति वार्षिक आय एक हजार ३९९ अमेरिकी डलर रहेको सार्वजनिक एक प्रतिवेदनले जनाएको छ ।
मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनका अनुसार नेपालीको प्रतिव्यक्ति आय एक हजार ३९९ अमेरिकी डलर पुगेको छ ।
नेपाली रुपैयाँअनुसार एक लाख ८२ हजार ६८३ रुपैयाँ बराबर नेपालीको वार्षिक आय छ । गतवर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो ।
काठमाडौं, १९ वैशाख ।
भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ ।
उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ ।
हरेक १५/१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने नेपाली बजारमा भाउ घटाउने वा नघटाउने भनेर निर्णय गरिसकेको छैन ।
काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
अमेरिकी डलरको भाउ मंगलबार पनि स्थिर रहेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यसअघि सोमबार पनि सोहि मूल्यमा यसको कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो १७ पैसाले घटेको छ । मंगलबार युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ६४ पैसा कायम गरिएको थियो।
मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ५४ पैसा कम हो । सोमबार यसको खरिद मूल्य १६४ रुपैयाँ २५ पैसा र बिक्री मूल्य १६५ रुपैयाँ एक पैसामा कारोबार भएको थियो ।
त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।
मंगलबार पनि युएई दिराम, साउदी अरेबियन र मलेसियन रिंगिटको कारोबार रकम स्थिर रहेको छ । लगातार दुईदिनदेखि यि मुद्राको कारोबार रकम स्थिर रहेको थियो ।
जसअनुसार मंगलबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२६ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ४२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६ पैसा तोकिएको छ।
काठमाडौं, १९ बैशाख । भारतवाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको घटेको मुल्यको बिवरण दिएको छ ।
निगमका अनुसार पेट्रोल लिटरमा चार रुपियाँ ३३ पैसा तथा डिजेलमा चार रुपियाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो ।
डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि निगमले स्वचालित बिद्यीवाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।
काठमाडौ, १८ वैशाख ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ, अमला ९० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु २८ रुपैया, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, लेकल घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १२० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ८० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १२० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ केजी कायम गरिएको छ ।
ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २०० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितिले जनाएको छ ।
यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।