काठमाडौं- सरकारले २० वटा संस्थान खारेज गरेको छ।
संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २० वटा संस्थान खारेज गरेको बताए।
मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उनले बताए।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए ।
उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।
काठमाडौं- सरकारले उद्यमशिलता विकास गर्न स्थानीय सरकारकासँगको सहकार्यमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
सोमबार संसद्मा नयाँ आर्थिक वर्ष २०८०/०८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कार्यक्रमका लागि १ अर्ब २० करोड विनियोजन गरिएको बताए।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष ३ करोड घनमिटर काठ निर्यात गर्ने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामुदायिक र निजी वनबाट संकलन गरेर ३ करोड घनमिटर निर्यात गर्ने जानकारी दिएका हुन् ।
काठमाडौं– सरकारले २०८० सालमा लगानी सम्मेलन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० मा लगानी सम्मेलन गरिने जानकारी दिए ।
उनले विदेशी लगानीका लागि लगानी पूर्वाधार तय गरिनेसमेत प्रस्ट पारेका छन्। स्थानीय मुद्रामा आधारित हरित फन्ड र ऊर्जा फन्डबाट पुँजी जुटाइने उनको भनाइ छ।
यस्तै द्रूत मार्ग, सुरुङमार्ग, जलाशय र जलविद्युत लगायतमा वैदेशिक लगानी खोजिने महतले बताए।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यताको अध्ययन गरिने जानकारी दिएका हुन् ।
काठमाडौं, १५ जेठ । सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।
काठमाडौं, १५ जेठ । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरेको जानकारी दिए ।
साथै उनले प्रारगिंक मल उत्पादनमा प्रोत्साहन गरिने जानकारी दिए ।
काठमाडौं– सरकारी पदाधिकारीलाई नेपाल सरकारले प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजीमा गरिएको छ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाश शरण महतले सरकारी पदाधिकारीलाई प्रदान गर्दै आएको इन्धनको व्यवस्था खारेजी गरिएको बताएका छन्।
सवारी सुविधा प्राप्त गर्ने पदाधिकारीलाई स्वीकृत मापदण्डका आधारमा नगद नै प्रदान गरिने उनले बताए।
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरिरहेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सशर्त वित्तीय हस्तान्तरणमा प्रदेश र स्थानीय तहलाई २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको जानकारी दिए ।
जसमध्ये प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब र ८९ करोड विनियोजन गरेको अर्थमन्त्री महतले जानकारी दिए ।