२०८३ असार २७
२०८३ असार २७

काठमाडौ,  ११  असार । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ।  साेमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

साेमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

रौतहट, असार १० गते ।

रौतहटको गुजरा नगरपालिकाको आठौं नगर सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ । संबिधानको नियम अनुसार आज अन्तिम दिन रहेको बजेट प्रस्तुती कार्यक्रममा आइतबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ ।

 

सोही नियम अनुसार गुजरा नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको छ । गुजरा नगरपालिकाका नगर प्रमुख संतलालप्रसाद चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगर सभाले चालु आर्थिक वर्ष २०८० । ०८१ मा नगरको समग्र बिकासका लागि ५६ करोड १४ लाख ३१ हजार ५ सय सहितको बजेट प्रस्तुत सार्वजनिक गरेका छन् । सो सिमा भित्र रही आव २०८० र ०८१ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि गुजरा नगरपालिकाले आफ्नो ८ औं नगर सभाबाट ५६ करोड भन्दा बढीको बजेट सर्वसहमतिले पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो ।

यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार अधिकारीले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख रतन लामाकी बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

आरके श्रीवास्तव,रौतहट,असार १० गते
रौतहटको राजपुर नगरपालिकाले बजेट ल्याएको छ । आइतवार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएको छ । राजपुर स्थित नगरपालिकाको सभाकक्षमा बजेट अधिवेशन बोलाईएको थियो ।


नगरपालिकाले सातौं नगरसभा बाट जनमुखी नीती र कार्यक्रम ल्याएको छ । धेरै उत्साहका साथ सम्पन्न भएको सातौं नगरसभा बाट राजपुर नगरपालिकाको जनताको मन जितने किसिमको निती तथा कार्यक्रम पारित गरेको हो । नगर प्रमुख डा.राजिक आलमले सो बजेट वक्तव्य पढेर सुनाउनु भएको थियो ।


नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको निती तथा कार्यक्रम कार्यान्यवन गर्ने ४३ करोड भन्दा बढी बजेट विनियोजन गरेको हो ।


नगरको चौतर्फि विकासको लागि यसै चालु आर्थिक वर्ष २०८०।८१ का लागि ४३ करोड २१ लाख रुपैयाँको बजेट पारित गरिएको नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइर्, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, पर्यटन तथा संस्कृति, लगाएतको विशेष प्राथमिकतामा राखी उक्त बजेट प्रस्तुत गरिएको ठाकुरले बताए ।
सो नगरपालिकाको चालु तर्फ २८ करोड ४३ लाख र पुँजीगत तर्फ १४ करोड ७८ लाख बजेटको आयको प्रक्षेपण गरिएको छ ।


सो अवसरमा उप प्रमुख जमिला असगरी,सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु सहित सुरक्षकर्मी,पत्रकारहरूको उपस्थिती रहेको थियो ।

रन्धिर साह, रौतहट, असार १० गते ।
रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकाको सातौं नगर सभा कार्यक्रम आज आइतबार सम्पन्न भएको छ ।
संबिधानको नियम अनुसार आज अन्तिम पदन रहेको बजेट प्रस्तुती कार्यक्रममा आइतबार सबै पालिकाहरुले नगर सभा कार्यक्रम आयोजना गरि सम्पन्न गरेका छन्, भने धेरै जसो पालिकाहरुको समय थपिएको छ ।

सोही नियम अनुसार देवाही गोनाही नगरपालिकाले समयमै आफ्नो नगर सभा सम्पन गरेको हो । देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले, चालु आर्थिक वर्ष २०८० । ०८१ मा नगरको समग्र बिकासका लागि ४१ करोड ७२ लाख ८८ हजार ४ सय सहितको बजेट प्रस्तुत भएको छ । सो सिम्मा भित्र रही आव २०८० र ०८१ को निति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् ।

चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि देबाही गोनाही नगरपालिकाले आफ्नो ७ औं नगर सभाबाट ४१ करोड भन्दा बढीको बजेट पारित गरेको हो । नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय, शिक्षा, सिचाई, स्वास्थ्य लगायत गरी सो रकम प्रस्तुत गरेको थियो । यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवले बताए । कार्यक्रममा नगरपालिकाकी उप प्रमुख परनिया देबि पटेलको बिशिष्ट आतिथ्य तथा ९ वटै वडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।

 

रौतहट,असार १० गते

गरुडा नगरपालिकाकाको नवौं नगर सभा भब्यताका साथ आईतवार सम्पन भएको छ । “ समृद्ध नगर खुसि नगरबासि “ भन्ने मुल नाराका साथ कार्यक्रमका सम्पन्न भएको हो । नगर सभाका सभाअध्यक्ष तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले गरुडा नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत गर्नु भएको थियो ।

   

प्रस्तुत संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको योजना पारित गर्नु भएको हो । नगरसभाले अगामी आर्थिक वर्ष २०८०र०८१ का लागि करिव ५५ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नगरको समग्र विकासका लागि ५५ करोड १६ लाख ३० हजार आयव्यय सहितको बजेट प्रस्तुत गरिएको हो ।

नगरप्रमुख कन्थमणी प्रसाद कलवारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मधेश प्रदेशका राज्यमन्त्री अबुलकलाम आजाद उर्फ फुलवावु द्वारा दिप प्रज्वलनको साथसाथै संयुक्त रुपमा रिवन काटेर नवौं नगरसभाको उद्धघाटन गर्नु भएको थियो । नीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद कलवारले शिक्षा, स्वास्थ्य, कृषि, सडक,उधोग रोजगारी ,लघु उधम ,पशु सेवा ,महिला तथा बालबालिका ,अपाङ्ग ,दलित ,पिछडिएका वर्ग लगायतका पूर्वाधारहरुको विकासलाई प्रमुख प्राथमिकता दिएर अघि बढाउने विश्वास व्यक्त गर्नु भएको छ । नगर सभामा विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिककर्मी, नागरिक समाज, सुरक्षा निकायका पदाधिकारीहरु लगायतका सर्वसधारण जनताको सहभागीता रहेको थियो ।

 

 

उत्तर प्रदेश, ९ असार ।

भारतको उत्तर प्रदेशको मैनपुरीबाट एउटा हृदयविदारक खबर सार्वजनिक भएको छ । यहाँ एकै परिवारका सदस्य, आफन्त र साथीको विभत्स हत्या गरिएको छ ।

 

आफनो परिवारका कुल ५ जनाको हत्या गरे पछि ती ब्यक्तिले आफैलाई गोली हानेर मारेका थिए ।

भारतीय सञ्चारमाध्यमक आजतकका अनुसार घरको जेठो छोराले यो घटना गराएका हुन । उनले पहिले परिवारका चार सदस्य र एक आफन्तको बञ्चरोले टाउको काटेका थिए।

 

त्यसपछि अन्य दुई जनालाई पनि मार्ने प्रयास गरियो । त्यसपछि आरोपीले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । घाइते दुवै महिलाको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

 

घटना किश्नी थाना क्षेत्र गोकुलपुरा अरसारासँग सम्बन्धित छ। जानकारी अनुसार यो घटना राति २ बजेको समयमा भएको थियो ।

 

समाचार अनुसार घरको जेठो छोराले पहिला सबैलाई हानेर हत्या गरे । त्यसपछि उनले आफूलाई पनि गोली हानेर आत्महत्या गरे । घरमा विवाह भएकोले सबै आफन्त पनि त्यहाँ थिए ।

 

हत्याको यो घटनापछि इलाकामा सनसनी फैलिएको छ । घटनास्थलमा एसपी, आईजी र एडीजीलगायत जिल्ला अधिकारीहरू उपस्थित रहेका छन्।

 

जानकारी अनुसार गोकुलपुरमा बस्दै आएका सुभाषचन्द्र यादवका छोरा सोहवीरले आफ्नै परिवारका ५ जना (दुई दाजु र भाइकी श्रीमती, साथी र जेठाजु) को हत्या गरेका हुन । उनले माइजु र श्रीमतीलाई पनि मार्ने प्रयास गरेका थिए ।

 

सूचना प्राप्त हुनासाथ स्टेशन इन्चार्ज किश्नी मे फोर्स पुगेका छन् । सबै शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाइएको छ ।

 

हाल यस विषयमा थप कारबाही भइरहेको छ । प्रहरीले घरमा रहेका अन्य व्यक्ति र छिमेकीसँग सोधपुछ गरिरहेको छ । आखिर किन युवकले यस्तो कदम चाल्यो ? अनुसन्धान जारी छ ।

काठमाडौं ।

प्रविधिको यो दुनियाँमा कम्प्युटरमा काम गर्नु अनिवार्य नै भइसकेको छ । सूचना प्रविधिको क्षेत्रमा मात्र नभइ हरेक क्षेत्रमा आजको दिनमा कम्प्युटरमा नै काम हुने गर्छन् । कम्प्युटरमा काम गर्नु अत्यावस्यक बनिसकेको छ ।

कुनै पनि क्षेत्रको कुनै पनि कामका लागि अहिले कम्प्युटरको प्रयोग बढ्दो छ । लामो समयमा कम्प्युटरमा काम गर्नु दैनिकी जस्तै भएको छ । यसले गर्दा हामी आफैलाई पनि विभिन्न चिन्ताले सताउने गर्छ । सबैभन्दा पहिलो चिन्ता हामीलाई हाम्रो आखाँको लाग्छ ।

आँखाका कुनै समस्या आयो भने कम्प्युटरमा धेरै समय बिताएर हो कि भन्ने डर पक्कै पनि आउँछ । स्क्रिनमा बढी समय बिताउँदा हाम्रो कार्काडियन रिदमलाई हानी गर्छ ।

कार्काडियन रिदम सजीव प्राणीहरूको शरीरमा भएको एउटा यस्तो आन्तरिक प्रक्रिया हो जसले स्लिप-वेक साइकल (निदाउने-ब्यूँझने चक्र) लाई नियमन गरेको हुन्छ । त्यस्तै लामो समयसम्म आँखामा प्रकाश पर्दा त्यसले शरीरमा भौतिक असर जस्तै आँखा चिलाउने समस्या पनि निम्तिन्छ । 

वेब एमडीले गरेको एक अध्ययन अनुसार ५० देखि ९० प्रतिशत रिमोट वर्कर (घरबाटै कम्प्युटरमा बसेर काम गर्ने मानिस) मा डिजिटल आई स्ट्रेनको लक्षण देखिएको छ ।

डिजिटल आई सिन्ड्रम जसलाई कम्प्युटर भिजन सिन्ड्रम (सीभीएस) पनि भनिन्छ, यो यस्तो अवस्था हो जहाँ डिजिटल डिभाइसका कारण मान्छेको भिजन (दृष्टि) मा समस्या आउँछ । विशेषगरी कम्प्युटर, स्मार्टफोन, ट्याबलेट र अन्य विद्युतीय उपकरण अत्यधिक प्रयोग गर्दा यस्तो समस्या निम्तिन्छ ।

हुन त ब्लु लाइट ब्लक गर्ने चस्माले ब्लु लाइटबाट हाम्रो स्लिप-वेक साइकललाई जोगाउँछ भनिएको छ । तर, त्यस्ता ग्लास कम्प्युटर भिजन सिन्ड्रम अर्थात् डिजिटल आइ स्ट्रेनबाट हामीलाई जोगाउन त्यति प्रभावकारी छैनन् ।

कम्प्युटर भिजन सिन्ड्रमका लक्षणहरू के के हुन् ? 

यदि तपाईं पनि लामो समय कम्प्युटर स्क्रिनमा काम गर्नुहुन्छ भने तलका मध्ये पक्कै पनि कुनै लक्षण तपाईंमा देखा परेका हुनसक्छन् । कम्प्युटर भिजन सिन्ड्रमका केही लक्षणहरू तल उल्लेख गरिएको छ ।

– आँखा सुख्खा हुनु

-आँखा चिलाउनु

-आँखा रातो हुनु

– टाउको दुख्नु

– धमिलो देखिनु

– घाँटी दुख्नु

– मांसपेशी ऐँठन हुनु

हामी यहाँ डिजिटल उपकरणका कारण हुने कम्प्युटर भिजन सिन्ड्रम वा भनौं आइस्ट्रेन (आँखा दुखाई) का समस्यालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

१) रातको समयमा स्क्रिनको ब्राइटनेस घटाउनुहोस् 

कम्प्युटरको स्क्रिनले आँखामा पार्ने असर कम गर्नका लागि रातको समयमा स्क्रिनको ब्राइटनेस कमभन्दा पनि कम राख्नुहोस् । अधिकांश डिभाइसमा अटो ब्राइटनेसको सुविधा हुन्छ । जसले तपाईंको वरपरको प्रकाशलाई मध्यनजर गर्दै तपाईंका लागि उपयुक्त ब्राइटनेस मिलाउँछ ।

आईफोन डिभाइसमा स्क्रिनको ब्राइटनेस स्टान्डर्ड डिस्प्ले सेटिङभन्दा पनि कम गराउने सुविधा हुन्छ । समग्रमा के भन्न खोजिएको हो भने तपाईंले कम्प्युटर प्रयोग गर्दा आफूलाई उपयुक्त हुने गरी कमभन्दा कम ब्राइटनेस राख्नुहोस् ।

२) स्क्रिनभन्दा टाढा रहनुहोस् 

हामीमध्ये अधिकांशले विस्तरामा बसेर ल्यापटममा फिल्म हेर्नुपर्‍यो वा काम गर्नुपर्‍यो भने निकै नजिक राख्छौं । वास्तवमा यसरी आँखाको नजिक स्क्रिनलाई ल्याउँदा त्यसले आँखालाई असर गर्छ । यसबाट जोगिनका लागि तलका प्रक्रिया अपनाउनुहोस् ।

– कम्प्युटर स्क्रिन वा ल्यापटप आफूभन्दा टाढा राख्नुहोस् । विशेषगरी कुनै टेबल वा डेस्कमा राख्नु भएको छ भने पनि आफूभन्दा टाढा नै राख्नुपर्छ ।

– मोबाइल प्रयोग गर्दा आँखाभन्दा ३० इन्च टाढा राख्नुहोस् ।

– घाटीलाई असर नपर्ने गरी डिभाइसलाई आँखाको अगाडि राख्नुहोस् ।

– पेन मेडिसिनका अनुसार आँखाभन्दा स्क्रिन चारदेखि आठ इन्च तल राख्नुपर्छ । यस्तो गर्दा घाँटीमा पर्ने दबाब कम हुन्छ र आँखा पनि जोगिन्छ ।

३) स्क्रिनबाट ब्रेक लिनुहोस् 

कम्प्युटरमा बसेर काम गर्ने भइसकेपछि समय समयमा ब्रेक लिने गर्नुपर्छ । हुन त यस्तोमा प्रायः मानिसहरू एकाग्र भएर काम गर्छन् । तर, पनि आँखा, मस्तिष्क र शरीरलाई आराम दिन तपाईंले समय समयमा ब्रेक लिनुपर्छ ।

विज्ञहरूका अनुसार हरेक दुई घण्टा कम्प्युटरमा काम गरिसकेपछि तपाईंले १५ मिनेट आराम लिनुपर्छ । ब्रेकको समयमा आँखाको व्यायाम गर्नुपर्छ ।

४) सही तरिकाले बस्ने बानी बसाल्नुहोस्

तपाईं डेस्कटपअघि कसरी बस्नुहुन्छ भन्ने कुराले पनि तपाईंको शरीरको अवस्था निर्धारण गरेको हुन्छ । यदि तपाईं सहज र सही तरिकाले बस्नुभयो भने त्यसले घाँटी, आँखा र पछाडिको भागलाई आराम दिन्छ । बस्ने सही तरिकाहरू तल उल्लेख गरिएको छ ।

– आफ्नो कुर्सीलाई यसरी राख्नुहोस् जहाँ घुँडाले खुट्टासँग ९० डिग्री कोण बनाउन सकियोस् ।

– भूइँमा आफ्नो खुट्टा समतल बनाएर राख्नुहोस् ।

– कुर्सीमा अडेस लागेरभन्दा पनि सिधा पर्नेगरी बस्नुहोस् ।

– डेस्कमा हात ९० डिग्री पर्नेगरी राख्नुहोस् ।

– कम्प्युटर टाढा परे पनि माउसलाई आफ्नो हातको नजिक पर्नेगरी राख्नुहोस् ।

५) आँखाका लागि उपयुक्त ड्रप

हामी कम्प्युटरमा काम गर्दा आँखा कम झिम्काउँछौँ । यसरी आँखाको झिम्काइ कम हुँदा आँखा चिलाउने समस्या निम्तिन्छ । त्यसैले आँखालाई उपयुक्त हुने ड्रप राख्दा आँखा सुख्खा हुने, चिलाउने समस्याबाट मुक्त हुन सकिन्छ । आँखामा उपयुक्त हुने ड्रप अस्पतालमा गइ आँखा जाँच गराएर डाक्टरको सुझावमा औषधी खरिद गर्न सक्नुहुन्छ । टेच पाना

काठमाडौ, ६ असार । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आजकाे अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ।

 

हिजो डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्रीदर १३१ रूपैयाँ ४०  पैसा रहेको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ भने युरो एकको खरिद दर १४२ रूपैयाँ ८९ पैसा र बिक्री दर १४३ रूपैयाँ ४६ पैसा रहेको थियो । युरो खरिद दर ३८ पैसा र बिक्रीदरमा  ४६ पैसाले युरेको भाउ घटेको छ ।

 

अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८९ रुपैयाँ ११ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको छ ।

 

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७  रूपैयाँ २४ पैसा र बिक्री दर १६८  रूपैयाँ ०० पैसा, दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ  १८ पैसा र बिक्रीदर  १० रूपैयाँ २२ पैसा रहेको छ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा रहेको जनाएकाे राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३८ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३४ रुपैयाँ ९५  पैसा र बिक्रीमा ३५ रुपैयाँ ११ पैसा तोकि दिएको छ ।

 

काठमाडौ, ५  असार ।

नयाँ ब्रोकर लाइसेन्स लाइसेन्सको प्रक्रिया रोक्न अर्थ समितिले दिएको निर्देशन खारेज भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघिको आफ्नै निर्देशन खारेज गर्दै लाइसेन्स प्रक्रिया अघि बढाउन दिने निर्णय गरेको हो ।

छलफलका क्रममा नयाँ ब्रोकर लाइसेन्सलाई रोक्न नहुने निष्कर्ष निस्कियो । खुला अर्थतन्त्रको मान्यतामा पहिलो पटक खुला प्रणालीबाटै लाइसेन्स वितरणको प्रक्रिया अघि बढाइएकाले यसले कसैलाई पनि हानी नगर्ने निष्कर्षसहित प्रक्रिया अघि बढाउन भनिएको छ ।

जेठ २९ गतेको अर्थ समितिको बैठकले कानुनी व्यवस्था मिलाएर बोर्डले थप लाइसेन्स बाँड्न लागेको भन्दै विरोध भएको थियो भने लाइसेन्स प्रक्रिया नै रोक्न धितोपत्र बोर्डलाई निर्देशन गरेको थियो ।
विवादकाबीच अघि बढेको नयाँ ब्रोकर लाइसेन्सका ४५ कम्पनीले आवेदन दिएकामा हालसम्म प्रक्रिया पुर्‍याएका र पूर्वाधार तयार गरेका १९ कम्पनीले लाइसेन्स पाइसकेका छन् । बाँकी आवेदन परेका कम्पनीहरूको समेत प्रक्रिया र पूर्वाधार हेरेर मापदण्ड पुगेकालाई लाइसेन्स दिन बोर्डको तयारी छ ।

 

प्रेमचन्द्र झा,असार०३ गते रौतहट ।

माधव नारायण नगरपालिकाको एउटा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकण गरिएको छ।विशाल पोखरीलाई तालको रुपमा विकास गर्न स्थानिय जनता लागि परेका हुन ।माधव नारायण नगरपालिका वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचिन माईधिया पोखरीलाई व्यवस्थापन गरि भगत ताल बनाउन लागिएको समाजसेवी पारस भण्डारीले बताए ।

सो गाउं पुर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानियको सल्लाहमा भगत ताल नामाकरण गरिएको समाजसेवी भण्डारीले बताए । एउटा छुट्टै इतिहास बोकेको माईधिया पोखरी जस्को नाम परिवर्तन गरि भगत ताल नामाकरण भएपछी गाउँमा अब केही हुन्छ भने आश जागेर गएको हो।

 

करिब २२ विगहा क्षेत्रमा फैलिएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी हो । यसको उचित व्यवस्थापन र प्रचार प्रसारको कमिको कारणले निष्क्रिय जस्तै बनेका थिए ।

तर विगत केही वर्ष देखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेका कारण स्थानिय ताल बनाई प्रचार प्रसार गरि पर्यटन स्थल बनाउन लागि परेका छन ।

प्राचिनकालमा माईधिया पोखरी माई , धिया मिलेर बनेको छ । जसमा माईको अर्थ , माई (आमा) र ,धियाको अर्थ बेटि ( छोरी ) हुन्छ । सोही माईधिया पोखरीको नाउँबाट माईधिया मानपुर गाउको नामाकरण गरिएको छ ।

स्थानियको भनाई अनुसार यो पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुपमा धारण गरि एक रातमै उक्त पोखरी खनेको बताईन्छ। पोखरीको सौन्दर्यीकरण गरेर मात्र भएन वोटिङ्ग तथा आउने पर्यटकलाई कसरी मनोरञ्जन दिन सकिन्छ त्यस तर्फ जुटनका लागि स्थानीयले माग समेत गरेका छन ।

मधेश प्रदेश सरकारको लगानीमा सो पोखरीमा करिब एक किलो मिटर पक्कि बाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको समाजसेवी भण्डारीले बताए ।

  

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।