२०८३ बैशाख २७
२०८३ बैशाख २७

रौतहट ,साउन ११ गते

रौतहट । उखु उत्पादक संघले गरुडा नगर पालिका स्थित श्रीराम सुगर मिल्स लिमिटेडको जग्गा विक्री सम्बन्धि चलखेल रोक्ने निर्णय गरेको छ ।
रौतहटको उखु किसानको ठुलो धरोहरको रुपमा रहेको सुगर मिल्सको जग्गा सम्बन्धित निकायसंग सहयोग लिई बिक्रीमा रोक लगाउने निर्णय भएको ऊखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
ऊखु उत्पादक संघका अध्यक्ष अशोक यादवको अध्यक्षतामा गरूडामा भएको सर्वदलिय वैठकले श्रीराम सुगर मिल्स ९ चिनि मिल मेसिन० र जग्गा समेत बिक्री गर्न नदिने निर्णय गरेको हो ।
मिल्स व्यवस्थापन पक्षबाट विभीन्न किसिमको चलखेल भईरहेकोले रौतहटको किसान र व्यवसायी मिली यसलाइ रोक्न सम्बन्धीत निकायको ध्यानआकर्षण गराउने भएकोछ ।
स्थानिय सरकार,उखु उत्पादक संघ,उधोग वाणिज्यसंघ सहित विभिन्न संघ सस्था,विभिन्न राजनैतिक दलको नेता,युवा,किसान,समाजसेवीले रौतहटका धरोहर श्रीराम सुगर मिल्स ९ चिनिमिल मेसिन ० लाइ बचाउनको लागी एकजुट हुन आह्ववान गर्ने बैठकले निर्णय गरेको अध्यक्ष यादवले बताए ।
सो बैठकमा नेपाली कांग्रेसका नेता सुनिल कुमार यादव , नेकपा एसका नेता वृज किशोर यादव ,नेकपा एमालेका नेता रामजी साह,सहितका गरुडा नगरपालिका सबै वडा अध्यक्ष , स्थानिय समाजसेवी , व्यापारीको सो बैठकमा सहभागिता रहेको थियो ।

 

काठमाडौ, ११ साउन ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नगद लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले बिहीबार सूचना प्रकाशित गर्दै बाँकी नगद लाभांश लिन आग्रह गरेको हो ।

कम्पनीको साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले आर्थिक वर्ष २०७४।०७५ सम्मको बाँकी रहेको नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।

कम्पनीका अनुसार नगद लाभांश बुझिलिन बाँकी रहेका शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा सम्पर्क गर्नुपर्नेछ ।

 

काठमाडौ, ११ साउन । 

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला ८०० बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।

 

काठमाडौ, ११ साउन ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७१ विन्दुले घटेको छ । यससँगै सूचक २१५५.४८ अंकमा अडिएको छ । ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

१८ कम्पनीको १३ सय ७५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २७ पटक कारोबार भएको हो । ९ कम्पनीको भाउ वृद्धि हुँदा ७ वटाको भने घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, ११ साउन । 

सिनर्जी पावर डेभलपमेन्टको ५०% हकप्रद सेयर दाबी गर्न सेयरधनी बन्ने बिहीबार अन्तिम दिन हो । बिहीबारसम्म कायम सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले हकप्रद सेयर जारी गर्न भने बाँकी छ । तर हकप्रद बिक्रीका लागि यसले शुक्रबार साउन १२ गते बुक क्लोज गर्ने भएको छ । यसअधारमा आज बिहीबार साउन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

 

सिनर्जी पावरलाई नेपाल धितोपत्र बोर्डले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

 

हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।

 

काठमाडौ, ११ साउन

 

अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९% अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ९८ हजार ८२४ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ ।

कर्मचारीलाई ३९ हजार ७६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९९ हजार ४१२ कित्ता सेयर छुट्याइएको छ । बाँकी १९ लाख ५३ हजार २७९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ३२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ । न्युज कारखाना

 

काठमाडौं, ११ साउन

 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, टनेल गोलभेडा सानो ५६,घिउ सिमी लोकल ३०, कुरीलो प्रतिकेजी २५०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ५० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २६० रुपैयाँ ,गाजर ९०,बन्दा लोकल ८ , मूला रातो २५, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८०, ब्रोकाउली ७०, कागती १४० रुपैयाँ, भिण्डी रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ५०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार केरा दर्जन १४०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५००, किवि ८००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०, छडी माछा २४०, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै, मालदह आँप १२०, हरियो धनिया ७०,लसुन हरियो ९०, खु्र्सानी सुकेको ४५०,नेपाली लसुन २००, चाइनिज लसुन २६०,रुख कटहर ४०, भेडे खु्र्सानी ८० मा कारोबार भइरहेको छ । न्युज कारखाना

 

काठमाडौं, ११ साउन

 

नेपाल एसबीआई बैंकले साउन १८ गतेदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । एसबीआईले १० वर्ष अवधिको ‘९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९’ जारी गर्न लागेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । योमध्ये सामूहिक लगानी कोषलाई ५% अर्थात् ४० हजार इकई ऋणपत्र छुट्याएको छ ।  यसमा वार्षिक ९% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । न्युज कारखाना

 

काठमाडौं, ११   साउन

 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसा रहेको छ।

 

हिजो डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको थियो। युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसा रहेको थियो।

 

यस्तै, अस्ट्रेलियन डलर एकको खरिद दर ८८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.८८  रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५५ पैसा रहेको छ।

 

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ १२ पैसा र बिक्री दर १६९ रूपैयाँ ८९ पैसा रहेको छ।

 

दक्षिण केरीया १०० को खरिदमा १० रूपैयाँ २७ पैसा र बिक्रीदर  १० रूपैयाँ ३१ पैसा रहेको छ।

 

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९३ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

साउदी रियाल एकको खरिद दर ३४.९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९० रुपैयाँ रहेको छ।

 

यसैगरी, कुवेत दिनार १ को खरिदमूल्य ४२६.५५ पैसा  विक्रीदर ४२८.५१ पैसा रहेको छ। न्युज कारखाना

 

काठमाडौं, १० साउन ।

लघुवित्त तथा वित्तीय संस्थापीडित संघर्ष समितिले आफ्नो आन्दोलन जारी राखेको छ । बुधबार आन्दोलनकै क्रममा नयाँबानेश्वरस्थित संसद भवन घेर्न पुगेका लघुवित्तपीडित र प्रहरीबीच धकेलाधकेल भएको छ ।

माइतीघर मण्डलाबाट बिजुली बजार हुँदै गएको पीडितको र्‍यालीलाई नयाँबानेवश्रको निषेधित क्षेत्रमा पुगेपछि  प्रहरीले रोकेको थियो । नयाँबानेवश्रस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।

घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौ केन्द्रित आन्दोलन जारी राखेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।