२०८३ बैशाख २१
२०८३ बैशाख २१

काठमाडौं, १९ चैत ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २००, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकुन्दर ५० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार लोकल सानो गोलभेडा ५० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २००, रातो आलु ४५ र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १५, लौका ६०, कागती २४०, लोकल काक्रो ३०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २८ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा १५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र टाटे सिमी ३० रुपैयाँ, हरियो फर्सी लाम्चो ३० र हरियो डल्लो फर्सी २० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ५० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १०० र जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६८, हरियो प्याज ४० र पुदीना १४० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी ९० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ। न्युज कारखाना

काठमाडौं, १९ चैत ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि सोहीमूल्यमा डलरको कारोबार भएको थियो ।

सोमबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७४ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरो ०८ पैसाले बढेको छ ।आइतबार युरोको खरिदमूल्य १४३ रूपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३१ पैसा कायम गरिएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ १० पैसा र बिक्रीदर १६८ रूपैयाँ ८६ पैसा कायम गरिएको छ । सोमबार १६ पैसाले पाउण्डको भाउ बढेको छ । आइतबार भने यसको खरिददर १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६९ पैसा रहेको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८४ र बिक्रीदर ८७ रूपैयाँ २३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ १८ पैसा र बिक्रीदर २८ रूपैयाँ ३१ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ७३ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १८ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । न्युज कारखाना

काठमाडौं, १८ चैत ।

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ।

समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो।

समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनूसूची समेटिएको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनले राजश्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सवलीकरण हुने विश्वास लिएको छ। प्रतिवेदनमा करसम्बन्धी कानून, करका दर, कर प्रशासन, राजश्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ।

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्वकै आपूर्ति ऋंखलामा परेको प्रभावबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको र त्यसबाट नेपाली अर्थतन्त्रमा पनि असन्तुलन पैदा भएको प्रतिवेदनमा छ। तर पछिल्लो समय आर्थिक वृद्धिदर र मुद्रा स्फितीको अवस्थाबाट समग्र अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किन थालेको निस्कर्ष प्रतिवेदनको छ।

यस्तै विगतमा लिइएका कतिपय संकुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनले औंल्याएको छ। ‘विगतमा लिइएका कतिपय संकुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन सकेको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘प्रभावकारी माग र लगानीको वातावरण सुधार नहुँदा आर्थिक वृद्धिदरमा सुस्तता आएको छ।’

प्रतिवेदन बुझाउँदै समिति संयोजक मल्लिकले मुलुकको कर प्रशासन, आर्थिक वृद्धि र समग्र अर्थतन्त्रको विकासका लागि प्रतिवेदन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे। कम्तिमा आगामी ५ देखि २० वर्षसम्मका लागि राजश्व परिचालनसम्बन्धी नीति निर्माण गर्दा काम लाग्न सुझावहरु प्रतिवेदनमा समेटिएको उनको भनाइ थियो। आर्थिक वृृद्धिमा संकुुुचनको प्रमुख कारण राजश्व संकलन क्षमतामा वृद्धि हुन नसक्नु रहेको ठहर प्रतिवेदनको छ। करको जोखिमभार हेर्न छुट्टै निकाय जरुरी रहेको तथा राजश्व न्यायाधीकरणको विद्यमान संरचनामा परिवर्तन जरुरी रहेको निस्कर्ष प्रतिवेदनको छ। पछिल्लो दशकमा राजश्व वृद्धि हुन नसक्नुमा छुट पनि एउटा कारण रहेको भन्दै प्रतिवेदनले राजश्व छुट नभई करको दायरा बढाउने र कर घटाउने नीति श्रेयस्कर हुने सुझाव प्रतिवेदनको छ।

प्रतिवेदन ग्रहण गर्र्दै अर्थमन्त्री पुनले राम्रो प्रतिवेदन तयार गरेकामा समितिका पदाधिकारीसहित त्यसका संलग्न सबैलाई धन्यवाद दिए। उनले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रसतिबद्ध रहेको बताए। राजश्वले साधारण खर्च धान्न पनि धौधौ परेको र देशभित्र र बाहिरका लगानीकर्ता आकर्षित गर्नुपर्ने समयमा प्रतिवेदन आएको उल्लेख गरे। ‘बजेटको पूर्वसन्धामा केही गर्छु भनेर लागेको समयमा राम्रो प्रतिवेदन हात परेको छ’, मन्त्री पुनले भने, ‘प्रतिवेदनले सरकारको आर्थिक सुधारको प्रयासलाई सहयोग पुग्ने विश्वास छ।’

समितिले यसअघि गत १ कात्तिकमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रारम्भिक प्रतिवेदन र १ फागुनमा अन्तरिम प्रविवेदन बुझाएको थियो। ती दुई प्रतिवेदनमा भन्दा केही सुधार गरी अन्तिम प्रतिवेदन तयार पारिएको अर्थ मन्त्रालयका सहसचिव एवं समितिका सदस्यसचिव महेश बरालले जानकारी दिए।

प्रतिवेदन तयार पार्नुअघि समितिले मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य आयुक्त, प्राकृतिक श्रोत तथा वित्त आयोगका उपाध्यक्ष र पदाधिकारी, निमित्त महालेखा परीक्षक, सरकारका मुख्यसचिव, नेपाल राष्ट्रबैंकका गभर्नरलगायतसँग अन्तरक्रिया र कुराकानी गरेको थियो।

गत २९ भदौमा मन्त्रिपरिषदले पूर्वअर्थमन्त्री एवं पूर्वसचिव विद्याधर मल्लीक नेतृत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो। समितिमा पूर्वसचिव लक्ष्मण अर्याल, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक डा. रामप्रसाद ज्ञवाली र पूर्वप्रशासक एवं भन्सार विज्ञ रामप्रसाद दाहाल सदस्य थिए।  न्युज कारखाना

काठमाडौं, चैत १८ ।

नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ।

 

यसअघि बिहीबार र शुक्रबार सुनको भाउले नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको थियो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९०० रूपैयाँ र शुक्रबार प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।

 

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

शुक्रबार प्रतितोला १५ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। न्युज कारखाना

काठमाडौं, १८ चैत ।

सिद्वार्थ बैंक र एनबीआई बीच विद्युतीय सवारीमा लगानी सम्झौता भएको छ।

नेसनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) र सिद्वार्थ बैंक लिमिटेड बीच ‘नेपालमा विद्युतिय सवारी साधनमा वित्तीय लगानीको सम्भाव्यता’ का बारेमा अध्ययन गर्नका लागि सम्झौतामा हस्ताक्षर भएको हो।

उक्त सम्झौतामा सिद्वार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेल र नेसनल बैंकिङ इन्स्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरी सम्झौता गरेका हुन्। यस्तै सम्झौताअनुसार नेसनल बैंकिङ इन्स्टिच्युटले नेपालमा विद्युतिय सवारी साधनमा वित्तिय लगानीको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गर्नेछ।

इन्स्टिच्युटले आगामी दिनमा बैंकिङ तथा वित्तिय क्षेत्रका विभिन्न विषयहरुमा अध्ययन, अनुसन्धान गरि मुलुकका बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक सूचना जानकारी तथा तथ्यांक उपलब्ध गराउने लक्ष्य लिएको छ।न्युज कारखाना

काठमाडौ, १८ चैत ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ १५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ७५ पैसा कायम गरिएको छ।

आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३१ पैसा तोकिएको छ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ७१ र बिक्रीदर ८७ रूपैयाँ १० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९३ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २६ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ १८ पैसा र बिक्रीदर २८ रूपैयाँ ३१ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५३ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ७७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना

काठमाडौं, १८ चैत।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्बजनिक गरेको छ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १४०, कालो अंगुर २००, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ७० चुकुन्दर ५० र स्ट्रबेरी भुईऐसेलु २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा र भारतीय ठूले गोलभेडा ७०, अदुवा २२०, रातो आलु ४४ र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली १०, लौका ६०, कागती २४०, लोकल काक्रो ६०, सुकेको खुर्सानी ४३०, हरियो खुर्सानी ९० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा १८, हाइब्रीड सेतो मूला २५ र रातो मूला ४५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी २५ रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ र टाटे सिमी ४० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी २५ रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १०० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७०, हरियो प्याज ३० र पुदीना १०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा २०, भिण्डी ९० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ।

उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।
न्युज कारखाना

काठमाडौं, १७ चैत ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा गर्नेबारे निर्देशन दिएका छन्।

अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरू, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख  तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई राखेर शनिबार बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका हुन्।

मन्त्री पुनले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिए। उत्पदान वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने बताए।

‘त्यसका लागि उत्पादनमुलक उद्योग प्रवद्र्धनमा लगानी र निर्यात प्रवद्र्धनलाई जोड दिनुपर्ने उनको भनाइ थियो। अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्ता साझेदार दलहरुबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरुसँगको समन्वयमा बजेट वक्तव्य तयार पार्न भने। मन्त्री पुनले सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए। त्यसका लागि सम्वद्ध निकायहरुबीच अन्तरसन्ध स्थापनामा निरन्तर संवाद हुनुपर्ने बताए। ‘उत्पादन र उत्पादकत्व अभिवृद्धिमार्फत रोजगारीका थप अवसर सिर्जजना हुने अनि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति बजेटमा आउनुपर्छ’, मन्त्री पुनले भने, ‘बजेट विनियोजन गर्दा ‘बहुजन हिताय’ भन्ने मान्यताका आधारमा बढीभन्दा बढी जनतालाई छुने र उनीहरुले स्वामित्व लिन सक्ने हुनुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन छ। मैले तपाईंहरुलाई भन्ने पनि यही नै हो।’

मन्त्री पुनले कृषिजन्य उपज र बजारबीच लिंकेज हुने कार्यक्रम बजेटमा राखिने जनाए। यस्तै बजारको स्थायित्वका लागि उत्पादनको आकारमा वृद्धि जरुरी रहेकामा जोड दिए।  कृषि उत्पादनलाई बजार र उद्यमसँग जोड्ने कार्यक्रममा ध्यान दिन मन्त्रीको निर्देशन छ।

मन्त्री पुनले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास क्षेत्रहरुमा नयाँ बजार र आर्थिक केन्द्र स्थापना गर्ने विषयलाई बजेटमा समावेश गर्न निर्देशन दिए। यस्तै स्थानीयतहमा जाने समानीकरण अनुदानलाई आर्थिक वर्षको बीचमा संशोधन गर्न नमिल्ने व्यवस्था गर्न तथा ससर्त अनुदानका कार्यक्रमहरु घटाउन भनेका छन्। राजश्वको अनुमान र राजश्व परिचालनबीचको दूरी कम गर्ने तथा सार्वजनिक संस्थान सुधारलाई जोड दिने आफ्नो नीति रहेको उल्लेख गरे। यस्तै उनले सामाजिक सुरक्षा, समृद्धि र सामाजिक न्यायलाई राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै महिला, दलित, अपांगता भएका र पिछडिएका क्षेत्र केन्द्रित कार्यक्रम ल्याउन भनेका छन्।

फरक प्रसंगमा पुनले यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुने बताए। निजी क्षेत्रलाई प्रत्साहित हुने खालको बजेटले मात्र आर्थिक क्रियाकलाप विस्तार हुने उनको विश्वास थियो। ‘यो वर्षको बजेट  निजी क्षेत्र र लगानीमैत्री बजेट हुनेछ’, मन्त्री पुनले भने, ‘निजी क्षेत्रका जेन्यून लगानीकर्ताका लागि ‘रेड कार्पेट’ बिछ्याउने नीति लिइने भएकाले यसकै वरिपरि रहेर बजेट बनाउनुपर्नेछ।’

मन्त्री पुनले अर्थ मन्त्रायका सहसचिव धनिराम शर्माको नेतृत्वमा शुक्रबार सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको बजेट लेखन समिति गठन गरेका थिए। १२ वर्षअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री हुँदा पुनले विपक्षीको अवरोधका कारण बजेट ल्याउन पाएका थिएनन्। न्युज कारखाना

भक्तपुर, १७ चैत । 

घरेलुु तथा साना उद्योगहरुलाई बचाउन सहयोग गर्ने उद्देश्यका साथ शुक्रबारदेखि भक्तपुरमा सुरु भएको दुईदिने घरेलु उत्पादन मेला २०८० आज शनिबारसम्म चल्ने भएको छ ।

 

संस्कृति संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि घरेलु उत्पादन मेला नाराका साथ भक्तपुर नगरपालिका वडा नं १ दूधपाटीस्थित नःपुखु (पोखारी) परिसरमा मेला भएको हो । मेला हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था छ ।

 

मेलामा भक्तपुरमा उत्पादन हुने घरेलु उद्योगीहरुका उत्पादनका स्टलहरु रहेका छन् । भक्तपुरमा घरेलु स्तरबाट उत्पादन हुने दर्जनौ घरेलु उत्पादनका स्टलहरु मेलामा हेर्न पाइन्छ । साथै घरेलुस्तरमा हुने चिउरा कुटने, रक्सी पार्ने (बनाउने) लगायतको प्रत्यक्ष दृश्यका साथै नेवारी परिकारको स्वाद पनि चाख्न सकिन्छ ।

मेलामा नर्सरी फलफूलका बोटविरुवाहरु (२० देखि ५ हजार वढीको रुपैयाँं)को प्रतिवोटका स्टल छन् । च्याउको परिकारहरु, भादगाउँले टोली, बासबाट बनेका डालो लगायतका विभिन्न उपकरणहरु, अमिलो, मुलाको मश्यौरा, मुकुण्डो, परम्परागत सन्जुक, काष्ठकलाका विभिन्न सामानहरु,  धातुका करुवाहरु, ह्याण्डी क्राफ्ट, धूप, सावुन, नेवारी पोशाकहरु हकुपटासी (कालो फरिया), परम्परागत जुता, मौसम अनुसारका उत्पादनहरु हर्वल, झोला, स्यानटरी प्याडहरुका स्टलहरु रहेका छन् । साथै त्यहाँं दही, समेबजी (भोज), बारा, चटामरी, योमरीलगायतका नेवारी परिकारहरुको पनि स्वाद चाख्न सकिन्छ । साथै तानबाट परम्परागत रुपमा कपडा बुनेको दृश्य पनि देख्न सकिन्छ ।

आयोजक भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले साना उद्यम धरासायी भएको र त्यसलाई बचाइराख्न सहयोग पुगोस् भन्ने हिसावले वर्षमा एक पटक मेला गर्ने योजना अनुसार दोश्रो पटक मेला गरेको जनाए । विभिन्न कारणले घरेलुस्तरमा बनेका सामानहरुले बजार पाउन नसकेको भन्दै यसैको सहयोग गर्ने मेलाको मुख्य उद्देश्य रहेको उनले बताए ।

मेला आयोजनाको उद्देश्यमाथि प्रष्ट पार्दै स्थानीय सरकारले ससाना उद्योग बचाउन बजेटको व्यवस्था गरी संरक्षण गर्ने नीति लिनुपर्ने बताए । भक्तपुर नपामा कोसेली घर निर्माणको खाँचो रहेको औंल्याउँदै भक्तपुरका मौलिक र स्थानीय सामाग्री प्रवद्र्धनमा स्थानीय तहको अग्रसरता महत्वपूर्ण हुने उनले बताए ।

 

संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८० उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य तथा भक्तपुर पर्यटन विकास समितिको संयोजनमा भएको हो । मेला चैत्र १६ र १७ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने आयोजकले जनाएको छ ।

 

मेलाको संघीय सांसद प्रेम सुवालले उदघाटन गरेका थिए । कार्यक्रमपश्चात प्रमुख अतिथि तथा अतिथिहरुले मेलाको अवलोकन समेत गरेका थिए । न्युज कारखाना

काठमाडाैं, १६ चैत ।

नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला २१ सय रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि बिहीबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २७ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ पनि प्रतितोला १५ रूरुपैयाँले बढेर १५ सय २५ रुपैयाँ कायम भएको छ ।

 

बिहीबार चाँदीको भाउ प्रतितोला १५ सय १० रुपैयाँमा स्थिर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार २३२.७५ डलर र चाँदी प्रतिऔंस २४.९५ डलरमा कारोबार भइरहेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।