२०८३ कार्तिक १
२०८३ कार्तिक १

काठमाडौँ । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेत्रीद्वय केकी अधिकारी र उपासना सिंह ठकुरीको इन्ट्री भएको छ ।

यस फिल्ममा यसअघि फिल्ममा खगेन्द्र लामिछाने, आर्यन सिग्देल र निश्चल बस्नेत मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । फिल्ममा केकी र उपासना कसको अपोजिटमा हुनेछन भन्ने स्पष्ट भएको छैन ।

यही साउन २५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्म उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । फिल्मलाई सामाजिक कथावस्तुमा निर्माण गरिने जनाइएको छ । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को सिक्वेल हो ।न्युज कारखाना

काठमाडौं । गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘यो युग बदल्न’लाई  सार्वजनिक भएको छ। गीतमा प्रकाश अधिकारीको शब्द धिरज नाथको संगीत  रहेको छ। उक्त गीत हिजो मंगलबार बजारमा आएको हो।

गीतले देशको समग्रं विकासको खाकालाई प्रस्तुत गर्न खोजेको छ। राजनीतिक अस्थिरताले निराशा छाएको अवस्थामा गीतले नयाँ आशाको सम्भावना देखाएको छ।  भिडिओ युट्युब च्यानलमा सार्वजनिक छ।

काठमाडौं । सत्य घटनामा आधारित चलचित्र ‘नमेटिने घाउ’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत चलचित्रका मुख्य कलाकारहरु अटाएका छन् । भदौ ७ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘नमेटिने घाउ’को यस अघिको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सहितको पोस्टर सार्वजनिक गरिएको थियो   ।

अभिनेता रमित ढुङ्गानाको निर्देशन तथा निर्माण रहेको  चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेखेका हुन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।

चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीका अलावा पूर्व प्रधानमन्त्री माधव नेपालको समेत अभिनय रहेको छ । चलचित्रमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीकै भूमिका निर्वाह गरेका छन् । चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत चलचित्रमा अभिनय रहेको छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन ,ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।न्युज कारखाना

काठमाडौँ । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरको आफ्नो प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको छ ।

भारतीय मिडियाहरुले राहुल र श्रद्धाको ब्रेकअप भएको उल्लेख गरेका छन् । ब्रेकअप भएको खबरकै बीचमा श्रद्धाले सामाजिक संजालमा राहुल र उनकी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेपछि ब्रेकअपको खबर अझ चर्चामा रहेको छ ।

केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् । यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।

विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त-राधिकाको प्रि-वेडिङमा पनि सँगै देखिएका थिए ।

राहुल मोदी तू झुठी मैं मक्कर, पंचनामा २, सोनू के टीटू की स्वीटी जस्ता फिल्मका लेखक हुन् । श्रद्धा र राहुलले आफ्नो सम्बन्धको औपचारिक घोषणा गर्न लागेकै समयमा ब्रेकअपको खबर आएको छ ।

केही समय अघि हिन्दुस्तान टाइम्सले श्रद्धा र राहुलले चाँडै नै आफ्नो सम्बन्धको आधिकारिक घोषणा गर्ने उल्लेख गरेको थियो ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।

न्युज कारखाना

काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् ।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् ।

त्यस्तै मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् ।

त्यस्तै यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको उपाधि कृति श्रेष्ठले जितेकी छन् ।न्युज कारखाना

काठमाडौँ ।

बलिवुड अभिनेता सिद्धान्त चतुर्वेदी र नव्या नवेली नन्दा लामो समयदेखि रिलेशनशिपमा रहेको हल्ला चलिरहेको थियो । लामो समयदेखि हल्लामै सिमित रहेका सिद्धान्त र नव्याबीच अहिले आएर ब्रेकअप भएको खबर आएको छ ।

भारतीय मिडियाहरुले दुवैको ब्रेकअप भएको उल्लेख गरेका छन् ।

यी दुई अहिले अलग भइसकेको र सहज रुपमा ब्रेकअप गरेको रिपोर्टमा उल्लेख गरिएको छ । दुवैले अहिलेसम्म आफुहरुको सम्बन्धको बारेमा सार्बजनिक रुपमा टिप्पणी गरेका थिएनन् । सिद्धान्त चतुर्वेदीले एक पुरानो अन्तर्वार्तामा आफू सिंगल नभएको र कसैसँग डेट गरिरहेको बताएका थिए । उनले अन्तर्वार्तामा युवती चलचित्र क्षेत्रसँग आवद्ध भएपनि अभिनेत्री भने नभएको बताएपछि उनी नव्या भएको अड्कल काटिएको थियो ।

सिद्धान्त चतुर्वेदी हाल बलिवुडका उदयीमान अभिनेता हुने भने नव्या महानायक अमिताभ बच्चनकी नातिनी हुन् । फिल्म क्षेत्र भन्दा बाहिर नव्याले आफ्नो पिताको बिजिनेस बाहेक सामाजिक सेवा तथा आफ्नो पोडकाष्ट गर्ने गर्दछिन ।

त्यस्तै सिद्धान्त भने अब बहुप्रतिक्षित फिल्म ‘धडक २’ मा देखिने भएका छन् । उनी बाहेक फिल्ममा अभिनेत्री तृप्ति डिमरी पनि देखिनेछिन् । फिल्मलाई शाजिया इकबालले निर्देशन गरिरहेकी छन् ।न्युज कारखाना

काठमाडौँ । आगामी भदौ ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक ट्रेलरले अंश र वंश धान्न छोरा चाहिन्छ भन्ने पितृसत्तात्मक सोचलाई प्रश्न गर्दै छोरीले पनि आफ्नो कर्तव्य निभाउन सक्छन् भन्ने विषयलाई देखाएको छ ।

यो फिल्ममा प्रमुख भूमिकामा रहेकी अभिनेत्री मलिका महतलाई नै ट्रेलरमा केन्द्र राखिएका छ ।

निर्देशक लक्ष्मण सुवेदीकै लेखन रहेको फिल्ममा मलिकासँगै रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सृजना अधिकारी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको पनि अभिनय छ । न्युज कारखाना

फिल्मको ट्रेलर: https://www.youtube.com/watch?v=CCa-VZobOWU

काठमाडौं । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए

दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए । २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।

उनका तीन छोरा एक छोरी रहेका छन् । उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ । भुवन केसीको कार्यकाल सकिएसँगै बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको हो ।

अध्यक्षमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको न्युनतम योग्यता तोकिएको छ ।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ।
न्युज कारखाना

काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘परदेशी २’बाट अभिनेताको रुपमा डेब्यु गरेका चर्चित गायक प्रकाश सपूतले आफ्नो दोस्रो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को छायांकन सकाएका छन् ।

ओखलढुङ्गाको रुम्जाटार क्षेत्रमा ३६ दिन र काठमाडौंमा ४ दिन गरी ४० दिनमा फिल्म ‘प्याकअप’ भएको हो । अब पोस्ट प्रोडक्सनको काम सुरु गरेर अर्को वर्षभित्र रिलिज गरिने निर्माता विनोद पौडेलले बताए ।

यो फिल्ममा प्रकाशसँगै माओत्से गुरुङ, देशभक्त खनाल, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, विजय बराल, भोलाराज सापकोटा, विनोद न्यौपाने, जान्भि पौडेल, स्वायम् केसी आदिको अभिनय रहेको छ ।

फिल्मलाई सरोज पौडेलले निर्देशन गरेका हुन् । निर्देशक पौडेल स्वयंको कथा रहेको फिल्ममा महेश दवाडीको पटकथा र संवाद लेखन छ ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आइरहेको कम्पनी सेभेन सिज इन्टरटन्मेन्टको निर्माण रहेको फिल्मको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । यसले गन्धर्व परिवारको कथा उठाएको छ । न्युन कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।