मुम्बई, ९ असार ।
अभिनेता सैफ अली खान र अभिनेत्री सारा अली खान आफ्नै किसिमले दर्शकलाई मनोरन्जन दिन सफल छन् ।
अधिकांश दर्शकले यी बाबुछोरीलाई सँगै पर्दामा हेर्न पनि चाहेका छन् । केही फिल्म निर्माताले उनीहरुलाई फिल्ममा अफर पनि गरे । अहिले नै बाबुछोरी पर्दामा स्क्रिन शेयर गर्ने समय सही नभएको भन्दै सैफ पछि हटे ।
तर अब भने उनीहरु एकसाथ पर्दामा देखिँदैछन् । उनीहरुले फिल्ममा भन्दा पनि विज्ञापनमा सहकार्य गरेका छन् । उनीहरुले यसै साता एक बिमा कम्पनीको विज्ञापनको छायांकन पुरा गरेका छन् । यो कुराको पुष्टि स्वयं सैफले गरेका छन् ।
‘हो, हामीले एकसाथ एक विज्ञापनको सुटिङ पुरा गर्यौ । मलाई लाग्छ कि हामी सँगै हुँदा धेरै राम्रो देखिन्छ । यो एक बिमा कम्पनीको विज्ञापन हो’, उनले भनेका छन् ।
साराको कामको कुरा गर्दा उनको फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएको थियो । फिल्मलाई दर्शकले निकै मनपराए पछि बक्सअफिसमा सफल भएको थियो । सैफ भने हालै रिलिज फिल्म ‘आदिपुरुष’मा अभिनय गरेका छन् ।
मुम्बई, ६ असार ।
थलपति विजय साउथ फिल्मका सुपरस्टार हुन् । पछिल्ला केही वर्षमा उनको लोकप्रिय निकै बढेको छ ।
उनका फ्यान फलोइङ भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै छन् । विजय आगामी जुन २२ मा जन्मदिन मनाउँदैछन् । यसपटक उनलाई फ्यानले विशेष उपहार दिँदैछन् । विजय हालका दिनमा नयाँ फिल्म ‘लियो’को सुटिङमा व्यस्त छन् । अमेरिकामा रहेका उनका फ्यानले हालैमात्र न्यूयोर्कको टाइम्स स्क्वायर बिलबोर्डमा विजयको एक भिडियो प्रदर्शन गरिएको थियो । जुन भिडियोमा उनका कैयौं तस्वीर देखाइएका थिए । भिडियोका अन्त्यमा उनका फ्यानले उनलाई शुभकामना दिएको देखाइएको थियो ।
टाइम्स स्क्वायर बिलबोर्डमा देखिने अवसर पाएका विजय पहिलो तमिल अभिनेता हुन् । विजय अभिनित फिल्म ‘लियो’मा लोकेश कनागराजको निर्देशन छ । यो फिल्म अक्टोबर १९ मा रिलिज हुँदैछ । फिल्ममा उनको अपोजिटमा तृषा देखिँदैछिन् भने सञ्जय दत्त भिलेन चरित्रमा छन् ।
काठमाडौं, ६ असार ।
नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ ।
चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।
आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।
मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ ।
बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो ।
सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।
मुम्बई, ६ असार ।
सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिशत गिरावट आएको छ ।
तर फिल्ममा आएको विवाद र नकारात्मक समीक्षाका बाबजुद पनि एउटा चिज अझै जीवित छ–प्रभासको स्टारडम ।
कुनै पनि फिल्म आफ्नो कथाको शक्तिमा चल्दछ । तर सुपरस्टार ती हुन्, जसको फिल्मले उसको अनुहारका कारण राम्रो सुरुवात लिन्छ । अभिनेता प्रभास बक्सअफिसमा कति शक्तिशाली छन् भन्ने कुरा उनको हाल प्रदर्शनरत फिल्म ‘आदिपुरुष’ मात्र होइन, पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधेश्याम’लाई नै हेर्दा हुन्छ ।
उनका फ्यान फिल्म रिलिज हुनासाथ थिएटरमा भरिन्छ । यसकै उदाहरणका रुपमा ‘आदिपुरुष’लाइ लिन सकिन्छ । यो फिल्मले पहिलो दिन उत्कृष्ट ओपनिङ गर्यो । भलै यो फिल्म विवाद र फ्यानको आक्रोशमा नपरेको भए यसको कमाई अन्य दिन झन उत्कृष्ट नै हुने थियो । प्रभासको स्टारडम कै कारण फिल्मले पहिलो तीन दिनमा शानदार कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार मिलाएर ‘आदिपुरुष’ले भारतमा २ सय २० करोड रुपैयाँ बढी कलेक्सन गर्यो ।
तेलुगू उद्योगको प्रतिनिधित्व गर्ने प्रभासको फ्यान फलोइङको कारणले नै पहिलो दिन दिनमा यो फिल्मको हिन्दी भर्सनभन्दा बढी कमाई तेलुगु भर्सनबाट आयो । हिन्दी फिल्मले ३७ दशमलब २५ करोड कमाउँदा तेलुगु भर्सनले ४८ करोड कमाई गर्यो । पहिलो हप्ताका लागि फिल्मको एडभान्स बुकिङ जोडदार थियो, यसको कारण थियो, प्रभासको स्टारडम र फिल्ममा रामायण कनेक्सन ।
‘आदिपुरुष’ को बक्सअफिस कलेक्सन सोमबारदेखि चिसिन थालेको छ । मंगलबारको एडभान्स बुकिङ या अकुपेन्सी हेर्दा फिल्मले पाँचौं दिनमा राम्रो कमाई गर्छ भन्ने कतै आश छैन । पहिलो ३ दिनमा विश्वव्यापी ३ सय करोडको कलेक्सन गर्ने फिल्म चौथो दिनमा जसरी गिर्यो, त्यसपछि हिट हुने सम्भावना अब केवल अनुमान मात्र हुनसक्छ । प्रभासका लागि पहिलो सातापछि आफ्नो फिल्मले संघर्ष गर्नुपरेको तथ्य नयाँ कुरा होइन ।
एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजीपछि नै प्रभासको फिल्म त्यो स्केलमा प्रस्तुत हुन पाएको छैन, जस्तो उनको स्टारडमको तह छ । ‘बाहुबली २’ को ऐतिहासिक सफलतापछि प्रभास ‘साहो (२०१९)’का साथ थिएटरमा फर्किए । भारतमा यसको ओपनिङ कलेक्सन ‘आदिपुरुष’को भन्दा पनि राम्रो थियो । फिल्मले पहिलो दिन ८९ करोड रुपैंयाँ कलेक्सन थियो । फिल्मको तेलुगु भर्सनले नै पहिलो दिन ६० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । हिन्दीमा फिल्मले २४ करोड बढी कमाई गरेको थियो । शनिबार र आइतबार पनि ‘साहो’को स्टार फ्याक्टर चल्यो र फिल्मले दुई दिनमा ५५ करोड बढी कमाई गर्यो । पहिलो सातामा फिल्मले नेट इण्डिया कलेक्सन २ सय करोड कम गर्यो । फिल्मले राम्रो समीक्षा पाएन नै, एक्सन र सस्पेन्सको मामलामा पनि दर्शकलाई तान्न सकेन । यो फिल्मको पाँच हप्ता पछि लाइफटाइम इण्डिया कलेक्सन ३ सय १० करोड पुग्यो । फिल्मको बजेट ठूलो थियो, तर पहिलो साताको कमाईले यो फिल्म फ्लपको ट्यागबाट बच्यो ।
सन् २०२२ मा रिलिज ‘राधे श्याम’मा पनि यस्तै भयो । यसपटक प्रभास रोमान्टिक भूमिकामा थिए । तर फिल्मको कथाले दर्शकलाई फेरी निरास बनायो । फिल्मको समीक्षा खराब आयो र यसको रोमान्टिक एंगलले दर्शकलाई अपिल गर्न सकेन । तर पनि फिल्मले पहिलो सातामा राम्रो कमाई गर्यो । फिल्मले भारतमा पहिलो दिन ४३ करोडको ओपनिङ गर्यो । त्यसपछिका दुई दिनको कमाई मिलाउँदा फिल्मको विकेन्ड कलेक्सन ९० करोड पुग्यो । तर पहिलो साता पुरा हुँदा फिल्मले सय करोड भन्दा केही कममात्र कमाई गर्यो । दोस्रो सातामा त यो फिल्म प्रदर्शन भएका थिएटर नै भेटिएनन् । २ सय करोड बजेटमा बनेको फिल्मले विश्वव्यापी रुपमा १ सय ६० करोडमात्र कमायो ।
तथ्यांकले यो साबित गर्छ कि ‘बाहुबली २’ पछि प्रभासको फिल्म बक्स अफिसमा पूर्ण रुपमा संघर्षरत छ । ‘आदिपुरुष’ले त्यो कथामा केही परिवर्तन ल्याउने आशा थियो । ‘आदिपुरुष’ले हालसम्म त ‘साहो’ र ‘राधे श्याम’ भन्दा राम्रो कमाई गरेको छ । तर यस किसिमको मण्डे कलेक्सन पछि ५ सय करोड बजेटमा बनेको फिल्म हिट हुन मुस्किल नै देखिएको छ । अहिलेसम्म बक्सअफिसमा प्रभासलाई सबैभन्दा ठूलो पेन इण्डिया स्टार भन्न गलत हुनेछैन । उनी भारतका एक्ला यस्तो स्टार हुन्, जसको ३ फिल्मले विश्वव्यापी रुपमा सय करोड बढी ओपनिङ गरेको छ ।
सुपरस्टारको सबैभन्दा ठूलो भूमिका यही हुन्छ कि उसको नामले, अनुहारले फिल्मको उत्कृष्ट सुरुवात हुन्छ । मानिसहरु आफूलाई मनपर्ने स्टारलाई भेट्न अवश्य नै आउँछन् । तर स्टारडमको शक्तिले पहिलो तीन दिन नै फिल्मलाई चलाउँछ । तथ्यांकले पहिलो साताको खेलमा प्रभास अहिलेसम्मकै दमदार स्टार हुन् भन्ने देखाउँछ, तर फिल्म छनोटको मामलामा उनको च्वाइस कहिल्यै पनि राम्रो हुन सकेन ।
प्रभास एक यस्ता स्टार हुन्, जो एकपटक प्रतिबद्धता जनाएपछि पूर्ण रुपमा निर्देशक र फिल्मको हुन्छन् । तर उनका फिल्मको यस्तै अवस्था रहिरहने हो भने त्यो समय टाढा छैन, जब प्रभासको नाममा पनि जनता थिएटरमा जान हिम्मत जुटाउने छैनन् ।
काठमाडौं, ६ असार । नेपाली र हिन्दी दुबै भाषामा आउन लागेको चलचित्र ‘परस्त्री’को सेन्सर पास रोकिएको छ ।
चलचित्रमा राखिएको चुम्बन र बेड सिनका कारण सेन्सर बोर्डले प्रदर्शनका लागि जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको हो।
आउने साता अर्थात असार १५ गतेबाट प्रदर्शन हुन लागेको सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’लाई सो दृश्य हटाउन निर्देशन दिईएको छ । सेन्सर बोर्डका एक अधिकारीका अनुसार चलचित्रमा राखिएको चुम्बन र बेडसिनप्रति आपत्ति जनाउँदै त्यसलाई सच्चाउन र केही दृश्यहरु ‘ब्लर’ गरेर ल्याउन निर्माण टिमलाई निर्देशन दिएको छ ।
मंगलबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरे पछि सो फिल्मका दृश्यमा कैची लगाएका हुन । तर, बोर्डले समावेश दृश्य हटाउन निर्देशन दिए पनि निर्मात्री शर्मिला पाण्डेले भने त्यसलाई स्विकार गर्न नसक्ने प्रारम्भिक प्रतिक्रिया जनाएकी छिन् । सेन्सर बोर्ड र निमार्ण पक्षको अडानका कारण फिल्म प्रदर्शन अन्यौलमा पर्ने देखिएको छ ।
बिबाहोत्तर सबन्धले निम्त्याउने समस्याका बारेमा केन्द्रित कथा बोकेको सो फिल्म मुस्ताङ र काठमाडौंलगायतमा खिचिएको थियो ।
सो फिल्ममा कोशिश क्षेत्री, गौरव बिष्ट, शिल्पा मास्के, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी आदिको अभिनय रहेको छ ।
मुम्बई, ६ असार । सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिशत गिरावट आएको छ ।
तर फिल्ममा आएको विवाद र नकारात्मक समीक्षाका बाबजुद पनि एउटा चिज अझै जीवित छ–प्रभासको स्टारडम ।
कुनै पनि फिल्म आफ्नो कथाको शक्तिमा चल्दछ । तर सुपरस्टार ती हुन्, जसको फिल्मले उसको अनुहारका कारण राम्रो सुरुवात लिन्छ । अभिनेता प्रभास बक्सअफिसमा कति शक्तिशाली छन् भन्ने कुरा उनको हाल प्रदर्शनरत फिल्म ‘आदिपुरुष’ मात्र होइन, पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधेश्याम’लाई नै हेर्दा हुन्छ ।
उनका फ्यान फिल्म रिलिज हुनासाथ थिएटरमा भरिन्छ । यसकै उदाहरणका रुपमा ‘आदिपुरुष’लाइ लिन सकिन्छ । यो फिल्मले पहिलो दिन उत्कृष्ट ओपनिङ गर्यो । भलै यो फिल्म विवाद र फ्यानको आक्रोशमा नपरेको भए यसको कमाई अन्य दिन झन उत्कृष्ट नै हुने थियो । प्रभासको स्टारडम कै कारण फिल्मले पहिलो तीन दिनमा शानदार कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार मिलाएर ‘आदिपुरुष’ले भारतमा २ सय २० करोड रुपैयाँ बढी कलेक्सन गर्यो ।
तेलुगू उद्योगको प्रतिनिधित्व गर्ने प्रभासको फ्यान फलोइङको कारणले नै पहिलो दिन दिनमा यो फिल्मको हिन्दी भर्सनभन्दा बढी कमाई तेलुगु भर्सनबाट आयो । हिन्दी फिल्मले ३७ दशमलब २५ करोड कमाउँदा तेलुगु भर्सनले ४८ करोड कमाई गर्यो । पहिलो हप्ताका लागि फिल्मको एडभान्स बुकिङ जोडदार थियो, यसको कारण थियो, प्रभासको स्टारडम र फिल्ममा रामायण कनेक्सन ।
‘आदिपुरुष’ को बक्सअफिस कलेक्सन सोमबारदेखि चिसिन थालेको छ । मंगलबारको एडभान्स बुकिङ या अकुपेन्सी हेर्दा फिल्मले पाँचौं दिनमा राम्रो कमाई गर्छ भन्ने कतै आश छैन । पहिलो ३ दिनमा विश्वव्यापी ३ सय करोडको कलेक्सन गर्ने फिल्म चौथो दिनमा जसरी गिर्यो, त्यसपछि हिट हुने सम्भावना अब केवल अनुमान मात्र हुनसक्छ । प्रभासका लागि पहिलो सातापछि आफ्नो फिल्मले संघर्ष गर्नुपरेको तथ्य नयाँ कुरा होइन ।
एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजीपछि नै प्रभासको फिल्म त्यो स्केलमा प्रस्तुत हुन पाएको छैन, जस्तो उनको स्टारडमको तह छ । ‘बाहुबली २’ को ऐतिहासिक सफलतापछि प्रभास ‘साहो (२०१९)’का साथ थिएटरमा फर्किए । भारतमा यसको ओपनिङ कलेक्सन ‘आदिपुरुष’को भन्दा पनि राम्रो थियो । फिल्मले पहिलो दिन ८९ करोड रुपैंयाँ कलेक्सन थियो । फिल्मको तेलुगु भर्सनले नै पहिलो दिन ६० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । हिन्दीमा फिल्मले २४ करोड बढी कमाई गरेको थियो । शनिबार र आइतबार पनि ‘साहो’को स्टार फ्याक्टर चल्यो र फिल्मले दुई दिनमा ५५ करोड बढी कमाई गर्यो । पहिलो सातामा फिल्मले नेट इण्डिया कलेक्सन २ सय करोड कम गर्यो । फिल्मले राम्रो समीक्षा पाएन नै, एक्सन र सस्पेन्सको मामलामा पनि दर्शकलाई तान्न सकेन । यो फिल्मको पाँच हप्ता पछि लाइफटाइम इण्डिया कलेक्सन ३ सय १० करोड पुग्यो । फिल्मको बजेट ठूलो थियो, तर पहिलो साताको कमाईले यो फिल्म फ्लपको ट्यागबाट बच्यो ।
सन् २०२२ मा रिलिज ‘राधे श्याम’मा पनि यस्तै भयो । यसपटक प्रभास रोमान्टिक भूमिकामा थिए । तर फिल्मको कथाले दर्शकलाई फेरी निरास बनायो । फिल्मको समीक्षा खराब आयो र यसको रोमान्टिक एंगलले दर्शकलाई अपिल गर्न सकेन । तर पनि फिल्मले पहिलो सातामा राम्रो कमाई गर्यो । फिल्मले भारतमा पहिलो दिन ४३ करोडको ओपनिङ गर्यो । त्यसपछिका दुई दिनको कमाई मिलाउँदा फिल्मको विकेन्ड कलेक्सन ९० करोड पुग्यो । तर पहिलो साता पुरा हुँदा फिल्मले सय करोड भन्दा केही कममात्र कमाई गर्यो । दोस्रो सातामा त यो फिल्म प्रदर्शन भएका थिएटर नै भेटिएनन् । २ सय करोड बजेटमा बनेको फिल्मले विश्वव्यापी रुपमा १ सय ६० करोडमात्र कमायो ।
तथ्यांकले यो साबित गर्छ कि ‘बाहुबली २’ पछि प्रभासको फिल्म बक्स अफिसमा पूर्ण रुपमा संघर्षरत छ । ‘आदिपुरुष’ले त्यो कथामा केही परिवर्तन ल्याउने आशा थियो । ‘आदिपुरुष’ले हालसम्म त ‘साहो’ र ‘राधे श्याम’ भन्दा राम्रो कमाई गरेको छ । तर यस किसिमको मण्डे कलेक्सन पछि ५ सय करोड बजेटमा बनेको फिल्म हिट हुन मुस्किल नै देखिएको छ । अहिलेसम्म बक्सअफिसमा प्रभासलाई सबैभन्दा ठूलो पेन इण्डिया स्टार भन्न गलत हुनेछैन । उनी भारतका एक्ला यस्तो स्टार हुन्, जसको ३ फिल्मले विश्वव्यापी रुपमा सय करोड बढी ओपनिङ गरेको छ ।
सुपरस्टारको सबैभन्दा ठूलो भूमिका यही हुन्छ कि उसको नामले, अनुहारले फिल्मको उत्कृष्ट सुरुवात हुन्छ । मानिसहरु आफूलाई मनपर्ने स्टारलाई भेट्न अवश्य नै आउँछन् । तर स्टारडमको शक्तिले पहिलो तीन दिन नै फिल्मलाई चलाउँछ । तथ्यांकले पहिलो साताको खेलमा प्रभास अहिलेसम्मकै दमदार स्टार हुन् भन्ने देखाउँछ, तर फिल्म छनोटको मामलामा उनको च्वाइस कहिल्यै पनि राम्रो हुन सकेन ।
प्रभास एक यस्ता स्टार हुन्, जो एकपटक प्रतिबद्धता जनाएपछि पूर्ण रुपमा निर्देशक र फिल्मको हुन्छन् । तर उनका फिल्मको यस्तै अवस्था रहिरहने हो भने त्यो समय टाढा छैन, जब प्रभासको नाममा पनि जनता थिएटरमा जान हिम्मत जुटाउने छैनन् ।
मुम्बई, ४ असार ।
अभिनेत्री आलिया भट्टको अभिनय रहेको हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को ट्रेलर रिलिज भएको छ ।
फिल्ममा उनी भिलेन चरित्रमा देखिदैँ छिन् । फिल्ममा गेल गेडोट र जोनी डर्ननले प्रमुख भूमिकामा अभिनय गरिहेका छन् । फिल्ममा गेल सिक्रेन्ट एजेन्ट चरित्रमा छिन् । जो आफ्नो मिसनलाई सफल बनाउन कैयौं समस्यासँग जुध्छिन् ।
आलियाले आफ्नो इन्स्टाग्राम एकाउण्टमा ट्रेलरका शेयर गरेकी छन् । ट्रेलरका केही दृश्यमा आलियालाई देख्न सकिन्छ । आलियाले गर्भवती अवस्थामा यो फिल्मको सुटिङ गरेकी थिइन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी ब्राजिल पुगेकी थिइन् ।
काठमाडौं, ४ असार ।
आज देखी काठमाडौंमा हिन्दी सिनेमा नचल्ने भएका छन् ।
बलिउड चलचित्र ‘आदिपुरुष’को संबादलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिबन्ध लगाए पछि हिन्दी सिनेमा नचल्ने भएका हुन ।
‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आवहान गरेको थियौ,’ शाहले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (आज) देखि निषेध गरिएको छ ।’ उनका अनुसार नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।
‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ,’ उनले भनेका छन, ‘उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।’ उनका अनुसार उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै हिन्दी सिनेमा नै काठमाडौंमा चल्न नदिने मेयर शाहले घोषणा गरेका हुन ।
प्रेमचन्द्र झा,असार०३ गते रौतहट ।
माधव नारायण नगरपालिकाको एउटा विशाल पोखरीलाई व्यवस्थित गरि भगत ताल नामाकण गरिएको छ।विशाल पोखरीलाई तालको रुपमा विकास गर्न स्थानिय जनता लागि परेका हुन ।माधव नारायण नगरपालिका वडा नम्बर ४ विसुनपुर्वा मानपुर स्थित प्राचिन माईधिया पोखरीलाई व्यवस्थापन गरि भगत ताल बनाउन लागिएको समाजसेवी पारस भण्डारीले बताए ।

सो गाउं पुर्व शिक्षक समाजसेवी स्वर्गीय देवनारायण भगतको सम्झनामा स्थानियको सल्लाहमा भगत ताल नामाकरण गरिएको समाजसेवी भण्डारीले बताए । एउटा छुट्टै इतिहास बोकेको माईधिया पोखरी जस्को नाम परिवर्तन गरि भगत ताल नामाकरण भएपछी गाउँमा अब केही हुन्छ भने आश जागेर गएको हो।
करिब २२ विगहा क्षेत्रमा फैलिएको माईधिया पोखरी उच्च पर्यटकीय सम्भावना बोकेको पोखरी हो । यसको उचित व्यवस्थापन र प्रचार प्रसारको कमिको कारणले निष्क्रिय जस्तै बनेका थिए ।
तर विगत केही वर्ष देखि मधेस प्रदेश सरकारले संरक्षणमा जुटेका कारण स्थानिय ताल बनाई प्रचार प्रसार गरि पर्यटन स्थल बनाउन लागि परेका छन ।

प्राचिनकालमा माईधिया पोखरी माई , धिया मिलेर बनेको छ । जसमा माईको अर्थ , माई (आमा) र ,धियाको अर्थ बेटि ( छोरी ) हुन्छ । सोही माईधिया पोखरीको नाउँबाट माईधिया मानपुर गाउको नामाकरण गरिएको छ ।

स्थानियको भनाई अनुसार यो पोखरी कुनै मान्छेले न खनी देवी देवताले आमा र छोरी रुपमा धारण गरि एक रातमै उक्त पोखरी खनेको बताईन्छ। पोखरीको सौन्दर्यीकरण गरेर मात्र भएन वोटिङ्ग तथा आउने पर्यटकलाई कसरी मनोरञ्जन दिन सकिन्छ त्यस तर्फ जुटनका लागि स्थानीयले माग समेत गरेका छन ।

मधेश प्रदेश सरकारको लगानीमा सो पोखरीमा करिब एक किलो मिटर पक्कि बाल लगाउने तथा पिकनिक स्थल निर्माण गरिएको समाजसेवी भण्डारीले बताए ।