काठमाडौं, २२ माघ ।
आज देशभरका फिल्म हल बन्द हुने भएका छन् ।
सरकारले अव्यावहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गर्न लागिएको हो ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागिएको हलहरुले सूचना निकालेर जानकारी दिएका छन् ।
न्युजकारखाना
मुम्बइ, २२ माघ ।
बलिउडमा विगत केही दशकमा धेरै हिट फिल्म आएका छन् र यसले मानिसको मन जितेको छ ।
आज पनि धेरै फिल्महरू छन् जुन मानिसहरूले हेर्छन् र मन पराउँछन्। यसको कारण थियो ती बलिउड स्टारहरू, जसले जनतामा यस्तो छवि बनाएका थिए कि मानिसहरूले उनीहरूलाई भगवान जस्तै मानेका थिए, मानिरहेका छन ।
राजेश खन्ना पनि ती स्टारमध्ये एक थिए, जब उनको फिल्म रिलिज भयो, सिनेमाघरमा टिकट पाउन मुस्किल हुन्थ्यो र फिल्म हेर्नको लागि मानिसहरु धेरै दिन पर्खिन थाले । उनको एउटा चलचित्रले बक्स अफिसको सम्पूर्ण रेकर्ड ध्वस्त पारेको थियो । फिल्म लगातार सय दिनसम्म हलमा चलेको थियो, यो त्यही फिल्म हो, जो पहिलो पटक सिनेमा हलमा १०० दिनसम्म लगातार चलिरहेको थियो ।
यस फिल्मको नाम ‘आराधना’ थियो र यसमा राजेश खन्नासँग दिग्गज अभिनेत्री शर्मिला टैगोर देखिएकी थिइन् । यो फिल्म रिलिजको लगत्तै हिट भयो, फिल्म केही समयमै ब्लकबस्टर साबित भयो। यो फिल्म १९४६ को ‘आई कम टु इच माई ओन’मा आधारित थियो। राजेश खन्नाका फ्यानहरू बाहेक अन्य मानिसहरूले पनि यो फिल्मलाई धेरै मन पराएका थिए र जसका कारण यो फिल्म थिएटरबाट हटेन, यो फिल्म तीन महिना भन्दा बढी समयसम्म एउटै हलहरूमा चल्यो। अर्थात् एउटै फिल्म सय दिनसम्म हलमा प्रदर्शन भइरहेको थियो ।
फिल्म एकदमै शानदार भएको र राजेश खन्ना र शर्मिला टैगोरको अभिनयले मानिसको मन जितेको हुनाले अवार्ड पाउने पक्का थियो । यी दुवै स्टारलाई यो फिल्मका लागि फिल्मफेयर अवार्ड दिइएको थियो भने फिल्मले अन्य अवार्ड पनि जितेको थियो ।
फिल्मको एउटा गीत पनि सुपरहिट भयो, जसको शब्द थियो, ‘मेरे सपना की रानी कब आयेगी तू…. ।’ यो गीत तपाईले पनि सुन्नु भएको होला ।
यो फिल्म यति हिट भयो कि यसलाई तेलुगुमा रिमेक गरियो, यो रिमेक पनि निकै हिट भयो। फिल्म केही महिना नभई झण्डै तीन वर्षसम्म देशभर प्रदर्शन भएको थियो ।न्युजकारखाना
मुम्बई, २० माघ ।
भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधनको खबर शुक्रबार बिहान सार्वजनिक भएको थियो तर अहिलेसम्म आईपुग्दा यो बिषय निकै रहस्यमय बन्दै गएको छ ।
उनको इन्स्ट्रागममा उल्लेख भए अनुसार उनको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको छ । मृत्युको बारेमा पुनमको टोलीले नै जानकारी दिएको थियो ।
तर, यो समाचार बाहिरिएसँगै पूनमको मृत्युलाई लिएर थप अन्यौंल र रहस्यहरु बाहिर आउन थालेका छन । र, उनको मृत्युको खबर थप जटिल बन्दै गएको भारतीय मिडियाहरुले जनाएका छन ।
हिजो बिहान ११ बजे पुनको मृत्युको खबर आए लगत्तै भारतीय सञ्चारमाध्यमले पुनमका नजिकका साथी नितिन मिरानीसँग कुरा गरेका थिए । उनले भनेका छन कि, ‘मलाई यसबारे कुनै जानकारी छैन । बिहानैदेखि उहाँलाई सम्पर्क गर्ने प्रयास गरेँ तर उहाँसँग कुरा हुन सकेको छैन । उनका ड्राइभरले दुई दिनअघिसम्म म्याडम ठिक रहेको बताएका थिए । र, उनी सुटिङमा व्यस्त थिइन् । दिदीको फोन पनि अफ छ । के भयो बुझ्न सकिन । उनको इन्स्टाग्राम ह्याक भएको देखिन्छ ।’
हिजो दिउँसो १२ आफूलाई पूनमको म्यानेजर भनिने निकिता शर्माले प्रेस नोट जारी गरिन् । यस प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरका कारण पूनम अब यो संसारमा रहिनन भनी उल्लेख गरिएको छ । यो प्रेस नोटमा पाठेघरको मुखको क्यान्सरलाई हल्का रुपमा लिनुहुँदैन भन्ने पनि लेखिएको थियो । यो प्रेस नोटमा फोन नम्बर पनि लेखिएको थियो । त्यो नम्बरमा फोन गर्दा त्यो फोन नक्कली भएको पुष्टी भइसकेको छ । सो फोन उठाउने व्यक्ति पश्चिम बंगालका हुन् र उनको पुनम पाण्डेसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए । उनलाई बिहानैदेखि सयौं फोन गएका थिए, जहाँ उनले पुनमसँग चीनजान नै नभएको जनाईरहेको छन् ।
प्रेस विज्ञप्ति पछि दैनिक भाष्करले ीले पुनमको पीआर टोलीलाई सम्पर्क गरेको थियो तर उनले फोन उठाएनन । जवाफमा उनले यति मात्रै मेसेज पठाए कि जसमा लेखिएको थियो, ‘हामीले पूनमको मृत्युको खबर बिहानै उनको परिवारबाट पायौं । हामीले उनको परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ तर उनीहरुबाट कुनै प्रतिक्रिया आएको छैन । अहिलेसम्म उनको शव कानपुरमा रहेको भनिएको छ ।’न्युजकारखाना
मुम्बई, १९ माघ ।
एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सले हरेक क्षेत्रमा आफ्नो हस्तक्षेप सुरु गरेको छ ।
अहिले संगीतको दुनियाँमा पनि यसको प्रयोग हुन थालेको छ । ओस्कार विजेता संगीतकार एआर रहमानले आफ्नो आगामी प्रोजेक्ट फिल्म ‘लाल सलाम’ मा दुई गायकको स्वर प्रयोग गरेको बताएका छन्, जो यस संसारमा छैनन् । उनले गायक बम्बा बक्या र शाहुल हमिदको आवाजलाई पुनर्जीवित गर्न एआई प्रयोग गरिएको बताए ।
यो खबर बाहिरिए पछि इन्टरनेटमा प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । कतिपयले एआर रहमानको प्रतिभाको तारिफ गरिरहेका छन् भने धेरैले यो सही नभएको विश्वास गरेका छन् ।
रजनीकान्तको आगामी फिल्म ‘लाल सलाम’को ‘थिमिरी येजुदा’ गीतमा दुवै दिवंगत गायकको स्वर सुनिने भएको छ । एआर रहमानले गायकको परिवारबाट अनुमति लिएको र आवाज प्रयोग गर्दा पैसा पनि तिरेको बताउँछन् ।
रहमानले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा लेखेका छन् कि हामीले गायकहरूको परिवारबाट अनुमति लिएका छौं र उनीहरूको आवाज एल्गोरिदम प्रयोग गर्न पैसा पनि तिरेका छौं। रहमान भन्छन्, ‘प्रविधिको सही प्रयोग गरेमा खतरा हुँदैन । उनले लेखेका छन्, नोस्टाल्जियालाई सम्मान गर्नुहोस्।’
यद्यपि, केही प्रयोगकर्ताहरूले यो कदमलाई समर्थन गर्दैनन्। एक प्रयोगकर्ताले लेखेका छन् कि यसले उद्योगका ती गायकहरूलाई स्तब्ध पार्छ, जो आफूलाई स्थापित गर्न संघर्ष गरिरहेका छन्। अन्य प्रयोगकर्ताहरूले रहमानको रचनात्मकताको प्रशंसा गरिरहेका छन्। फिल्म ‘लाल सलाम’लाई ऐश्वर्या रजनीकान्तले निर्देशन गर्दैछिन् । मिडिया रिपोर्टका अनुसार रजनीकान्त फिल्ममा एक्सन गर्दै देखिने छन् ।
एआईको सहयोगमा दिवंगत गायकको आवाजलाई उद्योगमा पहिलो पटक ‘रिक्रिएट’ गर्न लागिएको पनि मिडिया रिपोर्टमा लेखिएको छ ।न्युजकारखाना
मुम्बई, १९ माघ ।
बलिउड सुपरस्टार शाहरुख खान र सलमान खानले बक्स अफिसमा राज गरिरहेका छन् ।
उनीहरुको फिल्मको गीत र ट्रेलरको पनि युट्युबमा निकै चर्चा परिचर्चा भइरहेको हुन्छ ।
के तपाईंलाई थाहा छ युट्युबमा सबैभन्दा धेरै हेरिएको भजन कुनै फिल्मको होइन, यो त श्री हनुमान चालिसा हो, जसलाई ३ अर्ब ६७ करोड भन्दा बढी भ्युज प्राप्त भएको छ ।
मानिसहरु पनि दिनहुँ बारम्बार सुन्ने गरेको देखिन्छ । जसका कारण दिन प्रतिदिन यस भजनको हेराइ बढिरहेको छ । समाचार अनुसार टिभी सिरिज भक्ति सागरको युट्युब पेजमा सेयर गरिएको श्री हनुमान चालिसाको भिडियो ३ अर्ब ६ करोडभन्दा बढी पटक हेरिएको छ । यो गीतलाई गुलशन कुमार र हरिहरनले स्वर दिएका छन् । आज पनि यो भजन सुनेर मानिसहरु भक्तिमय बन्छन् ।
उल्लेखनीय छ कि गुलशन कुमार एक भारतीय व्यापारी र निर्माता थिए, जसको १२ अगस्त १९९७ मा हत्या गरिएको थियो। संगीत क्षेत्रमा प्रवेश गर्ने बित्तिकै सबै परिस्थिति बदलियो। एक मध्यमवर्गीय परिवारमा जन्मेका गुलशन कुमारले जुलाई ११, १९८३ मा टि सिरिजको स्थापना गरेका थिए, त्यसपछि उनले १९८८ मा ‘कयामत से कयामत तक’ सँग पहिलो ब्रेक पाए र ८० लाख क्यासेट बेचेका थिए।
यसपछि फिल्म आशिकीका गीतले रेकर्ड तोडेका छन् । गुलशन कुमार क्यासेट किङ भनेर चिनिन थाले । तर, सन् १९९७ मा गुलशन कुमारलाई सार्वजनिक रूपमा गोली हानेर हत्या गरियो, जसले मानिसलाई स्तब्ध बनाएको थियो ।न्युजकारखाना
काठमाडौं, १८ माघ ।
नायिका रेखा थापाको बहुप्रतिक्षित फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । युट्युबमार्फत् सार्बजनिक गरिएको यो शीर्ष गीत फिल्मको तेस्रो गीत हो ।
गीतमा रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतको अडियो र भिडियो पक्ष बलियो छ । गीतका शब्द सजिलै सम्झन सक्ने खालका छन् । कविराज गहतराजको कोरियोग्राफी सार्वजनिक गीतको भिडियोमा हेर्न सकिन्छ ।

गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा कार्की फिचर्ड छन् । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हाँस्यरसदेखि रोदनसम्म सबै कुराको समिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।

रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
गीतकाे लिंक : https://youtu.be/ahzh-bfaTEc?si=
न्युजकारखाना
नोयडा, १७ माघ ।
अन्ततः निर्माता–निर्देशक बोनी कपुर र भुटानी समूहले संयुक्त रुपमा उत्तर प्रदेशको गौतम बुद्ध नगर जेवरमा फिल्म सिटी निर्माण गर्ने भएका छन् ।
सो परियोजनाको लागि मंगलबार वित्तीय बोलपत्र खोलिएको थियो, जसमा बोनी कपुर र भुटानी समूहको संयुक्त लगानी बेभ्यू प्रोजेक्ट्स एलएलपीले सबैभन्दा बढी बोली लगाएर परियोजना जितेको हो। यस प्रोजेक्टको दौडमा अभिनेता अक्षय कुमार पनि थिए । वित्तीय बोलपत्रमा कम्पनीहरूले कूल राजस्व सेयर प्रतिशतको आधारमा बोलपत्र गर्छन्।
१८ प्रतिशतको सफल बोली बेभ्यू प्रोजेक्ट्स एलएलपी द्वारा गरिएको थियो। यिडाका प्रमुख कार्यकारी अधिकृत अरुणवीर सिंहका अनुसार राजस्व बाँडफाँडको अर्थ कम्पनीले फिल्म सिटी निर्माण गरेपछि जति आम्दानी गर्छ, त्यसको १८ प्रतिशत प्राधिकरणलाई दिनु पर्नेछ । जग्गा उपलब्ध गराउनु सँगै अन्य पूर्वाधार पनि प्राधिकरणले उपलब्ध गराउने छ । निर्माण र अन्य सुविधा भने कम्पनीले विकास गर्नु पर्नेछ ।
यमुना एक्सप्रेसवे इन्डस्ट्रियल डेभलपमेन्ट अथोरिटीको इन्टरनेशनल फिल्म सिटी आयोजनाका लागि बोलपत्र दिने चार कम्पनीका प्रतिनिधिले प्रस्तुति दिएका थिए । सबै प्राविधिक रूपमा योग्य भेटिए र वित्तीय बोलपत्रको लागि पठाइयो। बेभ्यु प्रोजेक्ट्स एलएलपीका तर्फबाट बोनी कपूर, आशिष भुटानी, सीईओ भुटानी इन्फ्रा, अश्विनी चाटलेन र अली च्याटलेन, राजीव अरोरा, अरविन्द कुमार बिन्नीले प्रस्तुति दिएका थिए।
यसबाहेक ४ लायन्स फिल्म्स प्रालि केसी बोकाडियाको तर्फबाट सुपरसोनिक टेक्नोबिल्ड प्रालि चलचित्र अभिनेता अक्षय कुमारको तर्फबाट दिनेश विजन म्याडक फिल्म्स र सुपर क्यासेट इन्डस्ट्रिज प्रालिद्वारा प्रस्तुत गरिएको थियो ।
अब एक हजार एकड जग्गामा फिल्म सिटी बनाइने पक्का भएको छ, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ६ महिनाभित्र यो परियोजनालाई
निर्माण सुरु गर्न निर्देशन दिएका छन् । यमुना सिटीको सेक्टर–२१ मा सो फिल्म सिटी निर्माणको प्रस्ताव छ । एक हजार एकडमा फैलिने सो फिल्म सिटी पहिलो चरणमा २३० एकड जग्गामा निर्माण हुनेछ ।
यमुना विकास प्राधिकरणका अधिकारीका अनुसार पहिलो चरणमा फिल्म सिटी निर्माण गर्ने कम्पनीलाई दोस्रो चरणमा पनि प्राथमिकता दिइनेछ ।न्युजकारखाना
हैदाराबाद, १७ माघ ।
अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ यसै वर्ष रिलिज हुँदैछ ।
यतिबेला साउथ सुपरस्टार आफ्नो फिल्मको सुटिङमा व्यस्त छन् । न त फिल्मको टिजर आएको छ, न त कुनै गीत नै रिलिज भएको छ तर त्यसअघि नै उनको सेटबाट एउटा तस्बिर लीक भएको छ । ‘पुष्पा २’ को सेटबाट लीक भएको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
‘पुष्पा २’ को सेटबाट लीक भएको यो भाइरल फोटोमा अल्लु अर्जुन ‘गंगाम्मा थल्ली’ अवतारमा देख्न सकिन्छ । यो त्यही लुक हो, जुन फिल्मको फर्स्ट लुक पोस्टरमा पनि शेयर गरिएको थियो । यो तस्विरमा सुपरस्टार नीलो रंगको बनारसी साडी लगाएर कुर्सीमा बसेको देखिन्छ । लीक भएको तस्विरलाई लिएर फ्यानहरुले पनि तिब्र प्रतिक्रिया दिइरहेका छन् ।
के हो ‘गंगाम्मा तल्ली जठारा’ ?
अल्लु अर्जुनको ‘गंगाम्मा तल्ली जथारा’ लुकको बारेमा कुरा गर्दा ‘गंगाम्मा तल्ली जथारा’ तिरुपतिको प्रसिद्ध अनुष्ठान हो, जुन हरेक वर्ष एक हप्तासम्म मनाइन्छ। यसको अन्तिम दिन पुरुषहरू महिलाहरू जस्तै लुगा लगाउँछन् र गंगाम्मा जस्तै देखिन्छन्।
‘पुष्पा २’ र सिंघम अगेनबिच भिडन्त हुने
सुकुमारको निर्देशनमा बनेको चलचित्र ‘पुष्पाः द रुल’ यो वर्षको बहुप्रतिक्षित सिक्वेल हो । यो फिल्म १५ अगस्ट २०२४ मा विश्वभर धेरै भाषाहरूमा रिलिज हुनेछ। साउथको यो फिल्म बलिउड अभिनेता अजय देवगनको फिल्मसँग सिनेमाघरमा भिड्नेछ । अजयको ुसिंघम अगेनु अगस्ट १५, २०२४ मा थिएटरमा रिलिज हुँदैछ।न्युजकारखाना
मुम्बइ, १६ माघ ।
बलिउड वा कुनै पनि फिल्म उद्योगमा रिमेकहरू बन्नु सामान्य कुरा हो तर यो सधैं आवश्यक छैन कि रिमेकले यसको मूल संस्करणको रूपमा कमाउने गर्दछ।
तर, निर्देशक सिद्दिकीको तीन फिल्मले यस विषयमा अर्को उदाहरण खडा गरेको छ । निर्देशक सिद्दिकीले तीनवटा फरक-फरक मसला थपेर एउटै कथा दर्शक सामु प्रस्तुत गरेर सफलता हासिल गरेका थिए ।
चाखलाग्दो कुरा के छ भने दर्शकले उनको एउटा कथामा बनाइएको तीन अलग अलग फिल्मलाई अत्याधिक मन पराईदिए । एउटै कथामा तीनवटा फिल्म बनेका थिए र तीनवटै सुपर डुपर हिट भएका थिए ।
सिद्दिकीले सन् २०१० मा ‘बडीगार्ड’ नामको फिल्म बनाएका थिए । मलयालममा बनेको यो फिल्ममा अभिनेत्री नयनतारा मलयालम सुपरस्टार दिलीपसँग देखिएकी थिइन् । यो फिल्मबाट नयनतारा मलयालम सिनेमामा कमब्याकसमेत गरिन । यो फिल्मले पचास करोडको व्यापार गरेको थियो । जुन मलयालम सिनेमाका लागि निकै ठूलो रकम हो।
त्यसको एक वर्षपछि अर्थात् २०११ मा सिद्दिकीले त्यही फिल्म तमिल भााषामा बनाए । यस पटक कलाकार थिए थलपति विजय र असिन । यो तमिल भाषामा बनेको दोस्रो फिल्मले त्याे बेला नै सय करोड कमाएको थियो ।
तेस्रो पटक उही कथामा बलिउडमाम सलमान खान र करिना कपुरलाई लिएर यो फिल्म बनाइयो । तेस्रो पटक हिन्दीमा बनेको फिल्मले बम्पर कमाई गर्दै २५३ करोड कमाउन सपल भयो ।
यी निकै सफल चलचित्र बाहेक सिद्दिकीले ‘भास्कर द रास्कल’ जस्ता हिट चलचित्र पनि बनाए । सन् २०२० मा उनले ‘बिग ब्रदर’ नामको फिल्म बनाए । यो उनको जीवनको सबैभन्दा ठूलो फ्लप फिल्म थियो। मोहन लाल र अरबाज खानजस्ता स्टार भए पनि यो फिल्मले ६ करोड मात्रै कमाउन सक्यो ।
यो फिल्म सिद्दिकीको जीवनको अन्तिम फिल्म पनि साबित भयो। कोविड अवधिमा कलेजो सम्बन्धित समस्यासँग संघर्ष जारी राख्दै ७ अगस्ट २०२३ को दिन उनको जीवनको अन्तिम दिन साबित भयो।न्युजकारखाना
मुम्बई, १६ माघ ।
तेजा सज्जा अभिनित तेलुगु सुपरहिरो फिल्म ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।
यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु भएका फिल्महरुलाई पछाडि छाडेर बक्स अफिसमा तहल्का मच्चायो ।
सानो बजेटकोा यो फिल्म अकल्पनिय रुपमा रकम संकलन गर्नसमेत सफल भयो । ‘हनुमान’को सफलता र लोकप्रियताका कारण दर्शकहरू जो सिनेमा हलमा हेर्न भ्याएननन, अब यसलाई उनीहरु ओटीटी प्लेटफर्ममा हेर्न निकै उत्साहित छन् र जसका कारण ओटीटी रिलिजको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।
यसैबिच, भारतीय समाचार माध्यमका अनुसार ‘हनुमान’का निर्माताले आफ्नो ओटीटी पार्टनर तय गरेका छन् र फिल्मको रिलिज डेट पनि आइसकेको छ ।
सानो बजेटको फिल्म ‘हनुमान’ले दर्शकलाई निकै प्रभावित बनाएको छ । अब यो फिल्मको ओटीटी रिलिजको विवरण पनि सार्वजनिक भएको छ । यदि मिडिया रिपोर्टहरू विश्वास गर्ने हो भने ‘हनुमान’ आगामी मार्च २ बाट अग्रणी ओटिटी प्लेटफर्म जी ५ मा स्ट्रिम हुनेछ।
वास्तवमा, फिल्मको निर्माताले सिनेमाघरमा रिलिज भएको तीन हप्तापछि डिजिटल रूपमा रिलिज गर्ने योजना बनाएका थिए तर फिल्मको भव्य सफलतालाई ध्यानमा राख्दै यसलाई सात हप्तापछि ओटीटीमा स्ट्रिम गर्ने निर्णय गरेका हुन् ।
‘हनुमान’को कमाई
‘हनुमान’ ले बक्स अफिसमा हलचल मचाउदै गर्दा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । समीक्षकहरूले पनि फिल्मको भिएफएक्सको प्रशंसा गरेका छन् । यो फिल्म रिलिजको तेस्रो हप्तामा छ र अझै पनि दर्शकको ठुलो घुइँचो सिनेमा हलमा देखिएको छ र राम्रो व्यापार पनि गरिरहेको छ । ‘हनुमान’ को कमाईको कुरा गर्दा यो फिल्मले घरेलु बजारमा रिलिज भएको १८ दिनमा कुल १७४.४५ करोडको व्यापार गरेको छ । विश्वभर यो फिल्मले रिलिजको १७ दिनमा करिब २ सय ७० करोडको कलेक्सन गरि ३ सय करोडको आँकडा छुन तर्फ अघि बढिरहेको छ ।
बक्स अफिसमाम हिट भएको ‘हनुमान’को कथा काल्पनिक गाउँ अञ्जनदरीमा घटेको घटनामा आधारित छ, जो हनुमानको महाशक्ति प्राप्त गर्ने एक युवकको हनुमानको वरिपरि घुम्छन ।
फिल्मको स्टार कास्टको कुरा गर्दा ‘हनु मान’ मा तेजा सज्जाका अलावा विनय राई, अमृता अय्यर र वरलक्ष्मी सरथकुमारको पनि महत्वपूर्ण भूमिका छ । हालै यो फिल्मका निर्माताले ‘हनुमान’ को सिक्वेलको पनि घोषणा गरेका छन् ।न्युजकारखाना.