२०८३ कार्तिक १
२०८३ कार्तिक १

चितवन, २८ फागुन ।

मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले बाग्लुङमा चैते दसैँ मेलाको अवसरमा यस वर्ष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

 

लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले ‘मौलिक लोक संस्कृतिको पहिचान, स्रष्टालाई प्रोत्साहन र सम्मान’ गर्नका लागि मेलाको आयोजना गरिएको बताए।

चैते दसैँ मेलामा आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई सफल पार्नका लागि मिडिया हाउसले चितवनबाट भेटघाट तथा अन्तक्रिया कार्यक्रम गर्न लागेको कार्कीले जानकारी दिए।

 

लोक संस्कृतिसँग सम्बन्धित एवं गीत तथा संगीतको क्षेत्रमा काम गरेका विभिन्न व्यक्ति तथा संघ/संस्थासँग भेटघाट गरेर अन्तरक्रिया गर्न लागिएको कार्कीको भनाइ छ ।

 

भेटघाटका क्रममा बाग्लुङको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिरको पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण तथा परम्पराको निरन्तरता दिने विषयमा समेत अन्तरक्रिया गरिने उनले बताए ।

लक्की सांस्कृतिक कार्यक्रमको बारेमा प्रचार गर्नका लागि चितवनबाट सुरु हुने भेटघाट तथा अन्तरक्रिया काठमाडौँ, पोखरा, बाग्लुङ, बेनीलगायत देशका मुख्य ठाउँहरुमा हुने उनको भनाई छ।

 

कार्कीले ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताए ।

 

बाग्लुङमा चैते दसैँको अवसरमा आयोजना गरिने लक्की सांस्कृतिक कार्यक्रममा आउने दर्शकहरुले निःशुल्क सहभागिता जनाउन पाउने कार्कीको भनाइ छ ।

 

अबको केही दिनमा चितवनमा औपचारिक कार्यक्रम गर्दै भेटघाट तथा अन्तरक्रियाको सुरुआत गर्न लागिएको जानकारी दिए।

आफ्नो बेग्लै महत्व र इतिहास बोकेको मेलाले धार्मिक पर्यटनका लागि यात्रा गर्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ । यस मेलामा देशभरिबाट तथा भारतबाट समेत भक्तजन आउने गरेकाले पनि लक्की सांस्कृतिक कार्यक्रम गर्न लागिएको कार्कीको भनाइ छ ।

 

तत्कालीन पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घना जङ्लको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ ।

 

चैते दसैँमा आयोजना हुने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेकी आदि बस्तुको किनमेल हुने गरेको छ ।न्युज कारखाना

काठमाडौं– हङकङमा जारी त्रिकोणात्मक टी२० शृङ्खला अन्तर्गतको नेपाल तथा हङकङबीचको पहिलो खेल वर्षाका कारण रोखिएको छ ।

हङकङको मिसन रोड ग्राउण्डमा आज बिहान ११ः१५ बजेदेखि प्रारम्भ भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । वर्षा रोकिएपछि प्रारम्भ भएको खेल पुनः वर्षा भएपछि अहिले पुनः रोकिएको छ । यो बीचमा खेलिएका तीन ओभरमा नेपालले थप एक विकेट लिन सफल भएको छ । नेपाली बलर गुलशन झाले २५ रन बनाएका निजाकत खानलाई बोल्ड आउट गरेका हुन् । ताजा अवस्थामा हङकङले ८ ओभरको समाप्तिमा दुई विकेट गुमाएर ६५ रन बनाएको छ ।

नेपालका फास्ट बलर करण केसीले नेपाललाई पहिलो बलमै सफलता दिलाएका थिए । यद्यपि, त्यसअघि हङकङका दुई जना ब्याट्सम्यान क्रिजमा जमेका छन् ।

हङकङविरुद्धको आजको खेलमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, प्रतिश जिसी, लोकेश बम तथा अविनाश बोहोरा खेलिरहेका छन् ।

काठमाडौं।

चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकन सुरु भएको छ। आठ देशका कलाकारहरुलाई लिएर चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरिएको हो।

चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो चरणको छायांकनमा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया, जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहने छ। चलचित्रको तेस्रो चरणको छायांकन भने क्यानाडामा हुने चलचित्रका निर्माण नियन्त्रक सुमन काफ्ले जानकारी दिए।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्। चलचित्रको पहिलो चरणमा नेपालको झापा, इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउ पश्चिम बंगाललगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो।

चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल ,आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर ) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दैछ। चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए।

शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत ,सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ। फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ” दिवाना “र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ।सभार डिसी नेपाल

 राकेश यादव,राैतहट, २५ फाल्गुन।

भारतीय फ़िल्म जगतका चर्चित सुपरस्टार अभिनेता गोबिन्दा आहूजाले आमा बुवालाइ सधै माया स्नेह र सम्मान गर्नु पर्ने बताएका छन ।

No description available.

रौतहट जिल्लाको मौलापुर नगरपालिकाले महाशिव रात्रीको अवसरमा आयोजना गरेका मधानी महोत्सव २०८० को उदघाटन समारोहमा सहभागी हुन आएका बॉलीबुडका अभिनेता गोबिन्दाले आमा बुवा भन्दा ठूलो कोही नभएकोले आदर र सम्मान गर्नु पर्ने सुझाव दिएका हुन । नारी दिवसको सम्पूर्ण नारीलाइ सम्वोधन गर्दै अभिनेता गोविन्दाले भने नारी न भए संसारको विकास नै नहुने भएकोले महिलालाइ उच्च सम्मान गर्नु पर्छ ।

No description available.

मौलापुर नगरपालिकाले छोरीको विवाहमाँ गर्दै आएको सहयोगको सराहना गर्दै उनले भने नगरपालिकाले निशुल्क विजुली ,पानी ,कर जनतालाइ उपलब्ध गराएको कार्य राम्रो हो । १४ वर्षको उमेर देखि २१ बर्ष सम्म भगवान कृष्णको पूजा गर्दा आफु गोबिन्दा भएको स्मरण गराउदौ आफ्नो कर्म गर्दै गए गोविन्दा बन्नू हुन्छ भने विश्वास व्यक्त गरे ।

No description available.

५ वटा गीत गाउँदै बिदा भएका गोविन्दाले मौलापुर नगरपालिकाका मेयर रीना साह र प्रतिनिधि सभा सदस्य प्रभु साहको कारण मौलापुर आउन पाएकोमा हर्षित भएको बताए । मैले सोचेको थिएन यो ठाउमा आउछु उनले भने महादेवको कृपा र प्रभु साह तथा रीना साहको आग्रहमा आऊंन पाए धेरै ख़ुशी छू !

No description available.

मौलापुर नगरपालिकाले पुरातात्विक महादेव मन्दिरलाइ विश्व सम्पदाको सूचीमा सूचीकृत गराउने उदेश्यले २०७६ साल देखि मधानी महोत्सव आयोजना गर्दै आएका छन ।

No description available.

मधानी महोत्सवलाइ सफल बनाउनका लागि भारतीय कलाकार , स्वदेशी कलाकार तथा स्थानीय कलाकारलाइ बोलाउने गरेको छ ।

No description available.

महंगो पारिश्रमिक लिएर महोतस्वमाँ आएका गोविन्दालाइ हेर्नको लागि रौतहट ,बारा, र सर्लाही जिल्लाबाट दर्शक हरु आएका थिए ।

No description available.

गोबिन्दाको साथै भोजपुरी गीतकार बिनय बिहारी , नेपाली चलचित्र का नायक पल शाह , दिनेश डीसी , लगायतका कलाकारले आ आफ्नो प्रस्तुति देखाएका छन ।

काठमाडौं।

आजबाट शुक्रवारबाट प्रदर्शनमा आएको नायिका रेखा थापाको फिल्म उपहारले दर्शकको उल्लेख साथ पाएको छ ।


फिल्मको उत्कृष्ठ टेलर र रेखाको लामो सयमपछि फिल्म  आएकै कारण पनि पहिलो दिनमै उल्लेख माया र दर्शकको साथ पाएको हो ।

चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले  भने, हलहलमा फिल्मले दर्शक तान्न सफल भएको छ, यो खुसीको कुरा हो ।’

 

विशेषतः फिल्मलाई सबै बर्गले  वर्गले रुचाएका छन । रेखा र मुकुनको जोडीको तारिफ भएको छ ।

 

काठमाण्डौंका अधिकासं जसो हल हाउसफुल रहेको निर्माण पक्षले बताएको छ । अष्टनारायण लबिम मल, बीग मुभिजमा चलचित्रले पाएको काठमाण्डौ बाहिरका चितवन, पोखरा, बुटवल, दमक, विर्तामोड, धरान, इटहरीमा पनि दर्शकको उपस्थिति आक्रामक देखिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी बताए ।


आर्थिक मन्दिका बाबजुद पनि दर्शकहरु चलचित्र हेर्न आउनु सुःखद् कुरा हो, निर्देशक देउजा थप्छन ‘चलचित्रलाई दर्शकले मन पराउनुभएको छ, हामी सम्पुर्ण चलचित्र टिम खुसी छौं ।’ फिल्मका कार्यकारी निर्माताबलराम शाही ठकुरीले दर्शकको साथप्रति कृतज्ञ रहेको बताए । उनले धेरै समयपछि दर्शकलाई राम्रो  चलचत्रि दिन सफल भएको महसुस भएको बताए ।

यो चलचित्रले समसामयिक विषयवस्तुलाई निकै नै रमाइलो तरिकाले उठाएको छ । फिल्मको  पहिलो हाफमा कमेडी भरपूर छ । दोस्रो हाफमा भने गम्भीरतालाई केन्द्रमा राखिएको छ ।


ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘उपहार’मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय छ ।न्युज कारखाना

काठमाडौं, २५ फागुन ।

युट्युबरबाट बक्सर बनेका जेक पलले माइक टाइसनसँग भिडन्त गर्ने भएको  छ।

 

आगामी जुलाई २० मा एक प्रदर्शनीका बिचमा उनले बक्सिङ खेलका हेवीवेट लिजेन्ड माइक टायसनको सामना गर्ने तयारी गरेका हुन ।

 

यो कार्यक्रम नेटफ्लिक्समा विशेष रूपमा प्रसारित हुनेछ  । ८० हजार सिट क्षमताको एटी  एन्ड एट स्टेडियम, टेक्सासको अर्लिङ्टनमा आयोजित हुनेछ।

‘आयरन माइक, ५७ अन्तिम पटक जुन २००५ मा व्यावसायिक रूपमा भिडन्तमा उत्रिएका थिए ।  ५०–६ क्यारियर रेकर्ड भएका उनले ४४ जीतहरू नकआउटको माध्यमबाट हासिल गरेका थिए ।

 

पूर्व विश्व हेवीवेट च्याम्पियन टाइसन इतिहासमा उत्कृष्ट बक्सरहरू मध्ये एक मानिन्छन।न्युज कारखाना

मुम्बइ, २३ फागुन ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह निकै भव्य थियो। अम्बानी परिवारको यो घटनाको जताततै चर्चा भइरहेको छ । अनन्त–राधिकाको समारोहमा पूरै बलिउड पुगेका थिए ।

 

यस पार्टीमा अमिताभ बच्चनदेखि सलमान खान, शाहरुख खानसम्म सबै ठूला नामका स्टार देखिएका थिए । अम्बानीको पार्टीमा धेरै स्टारहरुले पनि परफॉर्म गरेका थिए । तर, कंगना रनौत यो प्रि–वेडिङबाट गायब रहेकी छिन् । अब अभिनेत्रीले अम्बानीको पार्टीमा डान्स गर्ने सेलिब्रेटीको खिल्ली उडाएकी छिन् ।

 

कंगना रनौतले आफ्नो इन्स्टाग्राम स्टोरीमा एक लेख सेयर गरेकी छिन् । यस लेखमा लेखिएको छ कि कसरी स्वर नाइटिंगेल लता मंगेशकरले एक अन्तर्वार्तामा पैसाको लागि कुनै पनि विवाहमा प्रदर्शन नगर्ने बताएकी थिइन्। यसका लागि कंगनाले उनको तारिफ गर्दै अप्रत्यक्ष रूपमा सेलेब्सको आलोचना गरेकी हुन्  ।

 

कंगनाले लेखेकी छिन्,  ‘मैले धेरै आर्थिक समस्याबाट गुजरेकी छु । तर लता जी र म मात्र दुई व्यक्ति हौं, जसका गीतहरू धेरै हिट छन्, फेशन का जलवा, घनी बाउली हो गई, लन्डन थुकमाडा, सादी गली, विजय भवः हाम्रो नाम हो। तर मलाई अरू जति प्रलोभन कहिल्यै भएन, मैले बिहेमा कहिल्यै नाचिन ।’

 

अभिनेत्रीले थप लेखेकी छिन्,  ‘मलाई धेरै सुपरहिट आईट्युन्स गीतहरू पनि अफर आएका थिए । चाँडै मैले अवार्ड शोबाट पनि टाढा भएँ। लोकप्रियता र पैसालाई अस्वीकार गर्न बलियो चरित्र र मर्यादा चाहिन्छ। सर्टकटको संसारमा युवा पुस्ताले इमानदारीबाट मात्र पैसा कमाउन सकिन्छ भन्ने कुरा बुझ्नु पदर्छ।

 

कगना रनावत सधैं आफ्नो स्पष्ट बयान को लागी परिचित छिन् । यदि कसैलाई उनको स्टाइल मन पर्यो भने धेरैले उनलाई ट्रोल पनि गर्छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने कंगना हालै फिल्म ‘तेजस’मा देखिएकी थिइन् । यस चलचित्रमा उनले वायुसेनाका पाइलट ‘तेजस’को भूमिका पनि निभाएकी थिइन । तर, फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सकेन ।

 

अब कंगना उनको फिल्म  ‘इमर्जेन्सी’मा देखिने भएकी छिन् । यो फिल्म १४ जुनमा हलमा रिलिज हुँदैछ ।न्युज करखाना ा

काठमाडौं, २३ फागुन ।

दुई पटकको ग्राण्डस्लाम च्याम्पियन सिमोना हालेपलाई डोपिङको आरोपमा चार वर्षको प्रतिबन्ध खेलकुद मध्यस्थता अदालतले ९ महिनामा घटाएको छ ।

 

यो निर्णयले रोमानियाका पूर्व विश्व नम्बर एक ३२ वर्षीय हालेप तुरुन्तै टेनिसमा फर्किन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यदि पुर्ववत निर्णय कायम भइरहेको खण्डमा उनको करियर समाप्त हुने डर थियो।

‘सामु राखिएका सबै प्रमाणहरू सावधानीपूर्वक विचार गरिसकेपछि कास प्यानलले हालेपले सम्भाव्यताको सन्तुलनमा स्थापित गरेको छ ।’

‘परिणामको रूपमा एमसिटी प्यानलले निर्धारण गर्‍यो कि हालेपले पनि सम्भाव्यताको सन्तुलनमा उनको एन्टी डोपिङ नियम उल्लङ्घनहरू जानाजानी थिएनन्।’

 

यद्यपि सीएएस प्यानलले एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा हालेपले आफ्नो उल्लङ्घनका लागि केही स्तरको गल्ती वा लापरवाही फेला पारे पनि उनले केटो एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा सावधानी नअपनाएको जनाएको छ । तर, उनको नियत भने नभएको उल्लेख गरेको छ ।न्युज करखाना ा

काठमाडौं, २३ फागुन ।

बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा लाजियोलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को नतिजासहित बायर्न म्युनिख क्वाटरफाइनलमा पुगेको हो ।

बायर्न म्युनिखको जितमा ह्यारी केनले २ तथा थोमस मुलरले एक गोल गरेका थिए ।

यसअघि पहिलो लिगमा लाजियोले बायर्नलाई १-० गोलले पराजित गरेको थियो ।

त्यस्तै पिएसजीले पनि रियल सोसियडाडमाथि समग्रमा ४-१ को नतिजासहित क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।न्युज करखाना ा

काठमाडौँ ।

त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेदरल्याण्डसले जितेको छ ।

 

मंगलबार सम्पन्न फाइनल खेलमा नेदरल्याण्डसले नेपाललाई ४ विकेटले पराजित गर्दै सिरिजको उपाधि जितेको हो । नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले १९.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

 

नेपालका लागि आसिफ सेखले सर्बाधिक ४७ रन बनाए भने गुलशन झाले ३४, कुशल मल्लले २६, कप्तान रोहित पौडेलले २५, कुशल भुर्तेलले २० रन बनाएका थिए ।

 

त्यसैगरी नेदरल्याण्डसका बलर फ्रेड क्लासेन, टिम भान डेर गुगटेन, माइकल लेभिट र  साइब्राण्ड एंगेलब्रेचटले २-२ विकेट लिएका थिए ।न्युज करखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।