मुम्बई, २४ चैत ।
हिन्दी सिनेमाका पहिलो सुपरस्टार देव आनन्दको लागि सारा संसार पागल थियो । उनी बलिउड उद्योगमा एक मात्र कलाकार थिए, जसको प्रतिस्पर्धामा कहिल्यै कोही आएको छैन र आउने पनि छैन्।
आफ्नो उत्कृष्ट अभिनयका साथसाथै देव आनन्दले आफ्नो स्टाइलले करोडौंको मनमा राज गर्थे । फ्यानहरु उनको लागि पागल थिए । आफ्नो मनपर्ने स्टारको झलक पाउन उनका फ्यानहरू जे पनि गर्न तयार थिए । त्यसैले आज हामी तपाईलाई देव आनन्दका फ्यानसँग सम्बन्धित एउटा यस्तो घटना बताउन गइरहेका छौँ, जुन थाहा पाउँदा तपाई छक्क पर्नुहुनेछ ।
देव आनन्द आफ्नो समयका सबैभन्दा सुन्दर अभिनेता थिए। उनी आफ्नो लुक्सका कारण धेरै चर्चामा रहे । उनलाई बलिउडको फेसन आइकन पनि भनिन्छ । केटीहरू उनको स्टाइलमा पागल थिए। भनिन्छ, केटीहरू देव आनन्दका लागि यति पागल थिए कि उहाँको एक झलक पाउन घरको छतबाट हाम फाल्ने गर्थे । यही कारणले गर्दा अदालतले देव आनन्दलाई कालो सूट लगाउन प्रतिबन्ध लगाइएको थियो।
वास्तवमा देव आनन्दको फिल्म ‘काला पानी’ सन् १९५८ मा रिलिज भएको थियो । यस फिल्ममा उनले सेतो शर्ट र कालो कोट लगाएका थिए । उनको ड्यासिङ लुक निकै मन पराइएको थियो । देव आनन्दको यो लुकको क्रेज यस्तो थियो कि उनलाई देखेपछि केटीहरू आफ्नो छतबाट हाम फाल्न तयार भए । सुपरस्टारको एक झलक पाउनका लागि धेरै केटीहरूले आत्महत्याको प्रयास समेत गरेको खबर आएको थियो । मुद्दा गम्भीर भएपछि अदालतले देव आनन्दलाई कालो कपडा लगाउन प्रतिबन्ध लगाएको थियो ।
हिन्दी सिनेमाको इतिहासमा नायकको पहिरनमा अदालतले हस्तक्षेप गरेको यो पहिलो पटक हो । सन् १९४६ मा उनले देव अनन्तको फिल्म ‘हम एक हैं’ बाट आफ्नो फिल्मी करियर सुरु गरेका थिए । यसपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन् । उनले आफ्नो करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन् । तर, ४ डिसेम्बर, २०११ मा देव आनन्दले यस संसारलाई सधैंको लागि अलविदा गरेका थिए।न्युज कारखाना
काठमाडौं, २३ चैत ।
नेपाल आइडल बिजेता गायक रवी ओड बिरूद्द पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दाको बिषयमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
गायक ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन् ।
पत्नीले अप्राकृतिक र असहज तरिकाले निरन्तर आफूलाई बलात्कार गर्ने गरेको भन्दै गम्भिर आरोप लगाएकी छन् ।
सो पक्राउ पुर्जी जारी भएसँगै गायक ओड भने फरार छन् । सो घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ ।न्युज कारखाना
काठमाडौँ ।
वरिष्ठ पत्रकार, सञ्चारकर्मी, साहित्यसर्जक र जनताको जान्न पाउने हकको अभियानकर्ता विनयकुमार कसजूले आफ्नो जीवनकालमा नेपाली समाजलाई अझ उन्नत र जागृत तुल्याउन के कसरी योगदान पुर्याउनु भएको थियो भन्ने सम्बन्धमा एक कार्यक्रमको आयोजना गरी सम्झना गरियो ।
यस क्रममा विनय कसजूका जीवनका विभिन्न कालखण्डमा उनका सम्र्पकमा आएका, सहकार्य गरेका, परिवारका सदस्य र विभिन्न किसिमले चिन्नेजान्नेहरुले सम्झनामा लेखेका १३६ लेख रचनाहरुको संकलन विनय कसजू स्मृतिग्रन्थ लोकार्पण पनि गरियो ।
लोकार्पण कार्यक्रममा प्रा.डा. जीबेन्द्र देव गिरीले ७८८ पृष्ठमा सामेल ग्रन्थका सामग्रीहरुको समीक्षा गरेका थिए ।
स्मृतिग्रन्थमा डा. हरि प्रसाद भण्डारीको रचना विनय कसजूको व्यक्तित्व तथा कृक्तित्व र ११० व्यक्तिका संस्मरण, १८ व्यक्तिका लेख समालोचना, ८ व्यक्तिका कविता र विनय कसजूका लघुकथा, बालकथा, कथा र किताब नमुनाको रुपमा सामेल गरिएको छ ।
विनय कसजू स्मृतिग्रन्थ लोकार्पण कार्यक्रममा डा. भवेश्वर पंगेनीले जन्मथलो पाल्पा प्रति विनय कसजूको लगाव र योगदान, हेमबहादुर बिष्टले पत्रकारको रुपमा विनय कसजूको योगदान, कृष्णहरि बास्कोटाले सूचनाको हक र जनताको जान्न पाउने अधिकारका क्षेत्रमा योगदान, प्रा.डा. दयाराम श्रेष्ठले उहाँको साहित्य सिर्जना र प्रमोद प्रधानले बालसाहित्य क्षेत्रमा विनय कसजूको योगदान सम्बन्धमा संक्षिप्त परिचर्चा गरेका थिए ।
यस त्रममा जलेश्वरी श्रेष्ठले विनय कसजूको महिला प्रतिको दृष्टिकोण प्रस्तुत गरेकी थिइन् ।
स्मृतिग्रन्थ लोकार्पणको यसै कार्यक्रममा विनय कसजूकी अर्धाङ्गनी गंगादेवी कसजूको साहित्य सिर्जना चिया बेच्ने केटोको पनि लोकार्पण गरियो । चिया बेच्ने केटोमा गंगादेवी कसजूका आठ कथा समावेश छन् । यस कथा संग्रहको संपादन डा. हरिप्रसाद भण्डारीले गरेका हुन् ।
विनय कसजू स्मृतिग्रन्थको संपादन प्रा.डा. कपिल लामिछाने, प्रा.डा. ध्रुवकुमार घिमिरे, डा. पुष्करराज भट्ट, डा. हरिप्रसाद भण्डारी र मन्जु ज्ञवालीले गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी प्रा.डा. चुडामणी बन्धु थिए भने, लोकार्पण कार्यक्रमको सभापतित्व गंगादेवी कसजूले गरेकी थिइन् ।
स्मृतिग्रन्थ प्रकाशन पछिको पृष्ठभुमी माथि प्रकाश पार्दै कार्यक्रममा उपस्थीत सबैको स्वागत प्रा.डा. कपिल लामिछानले गरेका थिए । लोकार्पण कार्यक्रमको संचालन प्रा.डा. ध्रुवकुमार घिमिरेले गरेका थिए ।
लोकार्पण कार्यक्रममा विनय कसजूप्रति श्रद्घा, स्नेह, आत्मियता र सहकार्यका सामेल साथै परिवारका सदस्य गरि सय भन्दा बढिको सहभागिता रहेको थियो । न्युज कारखाना
काठमाडौँ ।
आगामी चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’ को नयाँ गीत ‘किन ?’ सार्वजनिक गरिएको छ ।
बुधबार सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, संगीत तथा गायन रहेको छ । गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचलबीचको प्रेम देखाइएको छ ।फिल्मले यस गीतबाट फिल्म अन्तरजातीय प्रेमकथामा बनेको अनुमान गर्न सकिन्छ ।
रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक आदिको पनि अभिनय रहेको छ ।
फिल्मको निर्माताहरुमा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ छन् । कार्यकारी निर्माता क्रिश लामा हुन् । ‘डिग्री माइला’ नाटकमाथि बनेको फिल्म हो । २०६९ र २०७१ सालमा मण्डला थिएटरमा ‘डिग्री माइला’ नाटक मञ्चन भएको थियो । नाटकलाई दयाहाङले निर्देशन गरेका थिए । रामबाबुले नाटककै कथालाई केही परिमार्जित गरेर फिल्मको स्वरुप दिएका हुन् ।न्युज कारखाना
गीतको लिंक:
काठमाडौँ ।
अजय देवगनका फिल्म दे दे प्यार दे र सन अफ सरदार निकै हिट भएका थिए, अब यी दुई फिल्मको सिक्वेलको तयारी चाँडै सुरु हुँदैछ । रिपोर्टका अनुसार अजयले जुनबाट लन्डनमा दुबै फिल्मको छायांकन सुरु गर्नेछन् ।
रिपोर्ट अनुसार अजय देवगनले जुनदेखि लन्डनमा दे दे प्यार दे- २ र सन अफ सरदार- २ को सुटिङ सुरु गर्नेछन् । अहिले अजय सिंघम अगेन र रेड- २ को सुटिङमा व्यस्त छन् । यी दुवै चलचित्र मेमा पूरा हुनेछन् । यी दुवै फिल्म यसै वर्ष रिलिज हुँदैछन् । उनीहरुको सुटिङपछि अजय जुनमा लण्डनमा पहिले दे दे प्यार दे- २ र त्यसपछि सन अफ सरदार- २ को सुटिङ गर्नेछन् ।
दे दे प्यार दे- २ को पहिलो शेड्युल १५ दिनको लागि राखिएको छ, जसलाई अंशुल शर्माले निर्देशन गर्दैछन् । पहिलो शेड्युलपछि अजयले सिधै सन् २०१२ को फिल्म सन अफ सरदारको सिक्वेलमा काम सुरु गर्नेछन् । रिपोर्टका अनुसार पञ्जाबी फिल्म उद्योगका एक प्रसिद्ध निर्देशकलाई फिल्म सन अफ सरदार- २ को लागि ल्याइएको छ ।
अजय देवगन अजय देवगनसँग एक–दुई होइन ८ वटा सिक्वेल फिल्म छन् । आगामी दिनमा उनी रेड- २, दे दे प्यार दे- २, सन अफ सरदार- २, गोलमाल- ५, सिंघम अगेन, धमाल- ४, दृश्यम- ३ र शैतान- २ मा देखिनेछन् ।
अजय देवगनको पछिल्लो फिल्म फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । विकास बहलले निर्देशन गरेको यो अलौकिक हरर फिल्मले अहिलेसम्म बक्स अफिसमा २०० करोडको कलेक्सन गरेको छ । फिल्ममा अजय देवगनसँग आर. माधवन र ज्योतिका मुख्य भूमिकामा छन् । अजयले छिट्टै यो फिल्मको सिक्वेलमा काम गर्नेछन् ।न्युज कारखाना
काठमाडौँ।
अत्यधिक मदिरा सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गरेको आरोपमा गायक राजेश पायल राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
गायक राईसहित तीन जनालाई प्रहरीले गएराती मदन भण्डारी कलेज अगाडिबाट पक्राउ गरेको थियो ।
हाल प्रहरी वृत्त नयाँ बानेश्वरमा उनलाई राखिएको प्रहरीले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, २१ चैत ।
मिस्टर एण्ड मिस नेशनल २०२४ का अन्तिम ३० जना प्रतियोगी घोषणा गरिएको।
बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोतिज स्यास सेरेमोनी सेमी फाइनलिस्ट समर्वजनिक गरिएको हो।
देशका विभिन्न स्थानमा सञ्चालन गरिएको अडिसनमार्फत यी प्रतिस्पर्धी छानिएको सनुर्वी इन्टरनेशनलका सञ्चालक तथा मिस्टर एण्ड नेशनलका राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्ययले बताए।
स्यास सेरेमोनीमा सबैजना प्रतिस्पर्धीलाई प्रतियोगी अंकसमेत प्रदान गरियो थियो। स्यास ग्रहण गर्दै प्रतियोगीहरूले आ-आफ्नो परिचय दिएका थिए।
जसमध्ये धेरैको आकांक्षा वातावरण, समाज र स्वास्थमा योगदान पुर्याउनु रहेको छ। यसपटक मिस्टर एण्ट मिस नेशनल २०२४ मा प्रतियोगीहरूमा विद्यार्थी, खेलाडी, मोडल, चिकित्सकतगायतका रहेका छन्।न्युज कारखाना
काठमाडौँ ।
बलिवुडका चर्चित निर्माता र अभिनेता बोनी कपुर र अनिल कपुरबीचको सम्बन्ध बिग्रिएको खबर बलिवुडमा अहिले चर्चाको विषय बनेको छ । मिडिया रिपोर्टका अनुसार कपुर दाजुभाईबीच अहिले सम्बन्ध खराब भएको असर फिल्ममा देखिन थालेको छ ।
निर्माता बोनीले आफ्ना भाई अनिल कपुरसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै उनी बिना नै ‘नो एन्ट्री’ को सिक्वेल घोषणा गरेपछि यसको चर्चा बढेको हो ।
बोनी कपूरले भनेका थिए- ‘अहिले अनिलसँग कुनै सम्बन्ध छैन ।’ बोनीले फिल्ममा आफुले अनिललाई नलिएको विषयमा उनी रिसाएको बताएका छन् । उनले अन्य कारण केहि नभएको बताउदै उनी रिसाउनु स्वाभाविक भएको बताएका छन् । बोनीले यो व्यवसायिक निर्णय भएको बताउदै आफुले अनिललाई दुख पुराउने केहि काम गर्न नसक्ने समेत स्पष्ट गरेका छन् ।
उनले नो इन्ट्रीको सिक्वेलको घोषणा गर्दै फिल्ममा वरुण धवन, दिलजीत दोसांझ र अर्जुन कपूरलाई लिएको कन्फर्म गरेका छन् ।
यसैबीच, फिल्मका निर्देशक अनीस बज्मीले फिल्म नो एन्ट्री २, बोनी कपूर र अनिल कपूरबीचको झगडामा आफ्नो प्रतिक्रिया दिएका छन्। अनीस बज्मीले भने, ‘दुबै दाजुभाइ हुन्, भोलि एक अर्कालाई भेटेर अँगालो हाल्ने छन् ।’
साथै बज्मीले दुवैको सम्बन्ध बिग्रिएको खबर सुनेर आफु छक्क परेको बताएका छन् ।
सन् २००५ मा आएको फिल्म ‘नो इन्ट्री’ मा सलमान खान, अनिल कपूर, फरदीन खान, बिपाशा बसु, ईशा देओल, लारा दत्ता, सेलिना जेटली र बोमन इरानी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो । ‘नो एन्ट्री २’ मा वरुण धवन, अर्जुन कपुर र दिलजीत दोसांझको नाम पक्का भएको छ । न्युज कारखाना
काठमाडौँ ।
२००१ को बलिवुडको सुपरहिट फिल्म नायकको सिक्वेल बन्ने भएको छ । राजनीतिक विषयवस्तुमा बनेको यस फिल्ममा अनिल कपूर मुख्य भूमिकामा थिए ।
हालै निर्देशक एस शंकरले नायक-२ को स्क्रिप्टको विषयमा अनिल कपूरको घरमै पुगेर छलफल गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार यी दुईबीच लामो समयसम्म कुराकानी चलिरहेको छ ।
एस शंकरद्वारा निर्देशित फिल्म नायक सन् २००१ मा रिलिज भएको थियो । यो १९९९ को तमिल फिल्म मधुलवनको रिमेक थियो, जसलाई एस शंकरले निर्देशन गरेका थिए । फिल्ममा अनिल कपूरसँग रानी मुखर्जी, अमरिश पुरी, परेश रावल, जोनी लिभर देखिएका थिए ।
अनिल कपूर पछिल्लो पटक फिल्म फाइटरमा देखिएका थिए । सिद्धार्थ आनन्दले निर्देशन गरेको यस फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण, करण सिंह ग्रोवर र अक्षय ओबेरोय देखिएका थिए । फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । हालै यो ओटीटीमा पनि रिलिज भएको छ ।
यसै क्रममा एस शंकर फिल्म गेम चेन्जर रिलिजको तयारीमा छन् । यस फिल्ममा रामचरण र रेन्ट आडवाणी मुख्य भूमिकामा देखिनेछन् ।न्युज कारखाना
काठमाडौँ ।
साउथ अभिनेता अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पाः द रुल’ को पोस्टर टिजर सार्बजनिक भएको छ ।
निर्माण पक्षले फिल्मको पोस्टरसँगै टिजरको रिलिज मिति समेत सार्वजनिक गरेको छ । अल्लु अर्जुनको जन्मदिनमा निर्माण पक्षले यो फिल्मको टिजर रिलिज गर्नेछ । साउथ सुपरस्टार अल्लु अर्जुनले ८ अप्रिलमा आफ्नो ४२औं जन्मदिन मनाउने भएका छन् । यस अवसरलाई विशेष बनाउन पुष्प २ को टिमले फिल्मको दोस्रो टिजर रिलिज गर्न लागेको हो । यो फिल्म आगामी अगस्त १५ मा रिलिज हुदै छ ।
यस अघि पुष्पा- द राइज २०२१ मा रिलिज भएको थियो । यो फिल्मले भारतीय बक्स अफिसमा बम्पर कमाई गरेको थियो ।न्युज कारखाना