काठमाडौँ ।
बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले भने, ‘हो, हामीले पुलिसमा उजुरी दर्ता गरेका छौं र रणवीर सिंहको एआई-जेनरेट गरिएको डीपफेक भिडियोको प्रचार गर्ने ह्यान्डल विरुद्ध एफआईआर दर्ता गरिएको छ।’ उजुरी दर्ता गर्नु बाहेक, रणवीरले हालै सोशल मिडियामा आफ्ना फलोअरहरूलाई चेतावनी दिएका थिए र लेखेका थिए, ‘साथीहरू, डीपफेकहरूबाट जोगिनुहोस् ।’
डीपफेक भिडियोमा रणवीर राजनीतिक दललाई समर्थन गरेको देखिएका छन् । यो भिडियो रणवीरको भर्खरै वाराणसी भ्रमणको हो जसमा उनले शहरसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरिरहेका थिए ।
डीपफेक भिडियोमा रणवीरलाई यसो भन्दै देखाइएको थियो- ‘मोदी जीको उद्देश्य हाम्रो दुखी जीवन मनाउनु हो। हाम्रो पीडा, हाम्रो बेरोजगारी र हाम्रो मुद्रास्फीति। किनकी हामी भारत अहिले अन्यायको युगमा यति गतिमा अघि बढिरहेका छौँ तर हामीले आफ्नो विकास र न्यायको माग गर्न बिर्सनु हुँदैन । त्यसैले सोचेर भोट गरौ ।’
यसअघि अभिनेता आमिर खानको एउटा नक्कली भिडियो पनि भाइरल भएको थियो जसमा उनी राजनीतिक दललाई समर्थन गरेको देखिएका थिए ।
भिडियो भाइरल भएपछि आमिरले यसमा प्रतिक्रिया दिँदै आफू कुनै पनि पार्टीलाई समर्थन नगर्ने र यो भिडियो नक्कली भएको बताए । अभिनेताले यस विषयमा साइबर सेलमा एफआईआर पनि दर्ता गराएका थिए ।
वर्कफ्रन्टमा, रणवीरको अर्को फिल्म अजय देवगन स्टारर ‘सिंघम अगेन’ मा आउदै छन् । रोहित शेट्टी निर्देशित यस फिल्ममा अजय र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, टाइगर श्राफ, दीपिका पादुकोण र अर्जुन कपूर पनि देखिनेछन् । यसपछि उनले फरहान अख्तरको फिल्म ‘डन ३’ को सुटिङ सुरु गर्नेछन् ।
न्युज कारखाना
मुम्बइ, १० बैशाख ।
अन्ततः सलमान खानको बजरंगी भाइजान–२ निर्माण हुने भएको छ ।
जसलाई लिएर पछिल्लो समय निर्माता केके राधामोहनले ‘बजरंगी भाइजान २’ को स्क्रिप्ट सकिएको पुष्टि गरेकी छन् ।
उनका अनुसार ‘बजरंगी भाइजान २’ र ‘राउडी राठौर’ दुबै सिनेमाको सिक्वेलका स्क्रिप्ट पनि पूरा भइसकेको छ ।
बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’ को सिक्वेल बनाउने घोषणा यसअघि नै गरेका थिए ।
निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’ को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका थिए । जसको स्क्रिप्ट तयार भएको निर्मात्री राधामोहनले गरेका हुन् ।
सलमान खानका अनुसार बजरंगी भाइजानको सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्रप्रसादले लेख्ने छन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् ।
अब यो फिल्म कहिले देखी सुटिङमा जान्छ भन्नेमा कुनै जानकारी दिइएको छैन । त्यसमाथी, आगामी मे देखी सलमान खान ‘सिकिन्दर’ को सुटिङमा ब्यस्त हुने भएकाले यसपछि मात्रै सलमान बजरंगीको सिक्वेलमा काम गर्न सक्ने भारतीय मिडियाले जनाएका छन ।
न्युज कारखाना
मुम्बई, १० बैशाख ।
सलमान खानको फिल्म ‘सिकन्दर’ को सुटिङ अर्को महिनादेखि सुरु हुँदैछ ।
जुन फिल्मको एआर मुरुगादासले निर्देशन गर्ने भएका छन् ।
साजिद नाडियाडवालाले निर्माण गरेको यो फिल्ममा मुख्य भूमिकाका लागि त्रिशा कृष्णनको नाम यसअघि सार्वजनिक भएको थियो । तर अहिले उनी यो प्रोजेक्टबाट अलग भएको बताइएको छ ।
इन्डियाग्लिट्जको रिपोर्टका अनुसार कियारा आडवाणी ‘सिकंदर’ मा सलमानको अपोजिटमा देखिनेछिन् । हालसालै कियारा साजिद नाडियाडवालाको अफिस बाहिर देखिएकी थिइन् । यो फिल्मको सिलसिलामा उनी साजिदलाई भेट्न आएको खबर आएको थियो । आजकल कियारा शंकरको तेलुगु फिल्म ‘गेम चेन्जर’ मा पनि काम गरिरहेकी छिन् । जसमा उनीसँगै रामचरण देखिने छन् ।
साथै, हालै ‘सिकन्दर’ को सुटिङको बारेमा एउटा अपडेट आएको छ । मिड डेको रिपोर्टका अनुसार सलमान खानको फिल्म ‘सिकंदर’को सुटिङ पक्कै पनि अर्को महिनाबाट सुरु हुनेछ । तर यसको छायांकन भने लगातार हुने छैन । ‘सिकन्दर’ सुरु गरे पछि मुरुगादासले बीचमा छिटो ब्रेक लिनेछन्।
‘सिकन्दर’ बाहेक उनले आफ्नो आगामी फिल्ममा पनि काम गर्ने छन् । यो उनको तमिल भाषाको फिल्म हो, जुन उनले शिवकार्तिकेयनसँग बनाउन लागेका हुन् । जसलाई उनले यही जुनमा पूरा गर्नेछन् ।
यसअघि सलमान खान ‘सिकंदर’ मा त्रिशा कृष्णनसँग देखिने खबर आएको थियो । अहिले तृषा यस प्रोजेक्टबाट अलग भएको खबर छ । तर, धेरै मिडिया रिपोर्टमा यो पनि भनिएको छ कि तृषाले फिल्ममा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछिन् । अब निर्माताहरूबाट कुनै आधिकारिक जानकारी नआएसम्म। त्यतिन्जेल केही भन्न हतार हुनेछ ।न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
गत बिहिबार सार्वजनिक युवा स्टार अनमोल केसीको अभिनय रहेको फिल्म ‘फर्की फर्की’ ट्रेलरले दर्शकबाट उत्साहप्रद समर्थन पाएको छ ।
कुनै पनि नेपाली फिल्मको ट्रेलरलाई १ दिनमै १० लाख बढि पटक हेरिएको रेकर्ड राखेको यो फिल्मको ट्रेलरले दुई दिनमै २२ लाख (२ मिलियन) बढि पटक हेरिएको किर्तिमान पनि राखेको छ ।
ट्रेलरलाई हालसम्म युट्यूवमा २२ लाख बढि पटक हेरिँदा ४६ हजार बढि लाइक प्राप्त छ भने झण्डै ६ हजार प्रतिक्रिया प्राप्त छन् । झण्डै सय प्रतिशतको आसपासमा सकारात्मक प्रतिक्रिया पाएको ट्रेलरले अनमोलको स्टारडम र नेपाली फिल्मको ‘हिरोइज्म’ लाई कायम राख्न सफल देखिन्छ । अधिकांश प्रतिक्रियामा दर्शकले अनमोल लभर ब्वाईको रूपमा ब्याक भएकोमा स्वागत गरेका छन् भने उनको नयाँ फिल्म छिटो हेर्न आतूर रहेको प्रतिक्रिया उत्तिकै व्यक्त छन् । ट्रेलरमा जोडिएको अनमोल र अभिनेत्री जसीता गुरुङको प्रेम प्रसंग र नेपाली फिल्ममा पहिलोपटक देखाउन खोजिएको ‘टाइम लूप’लाई दर्शकले व्यग्र प्रतिक्षा गरेको संकेत ट्रेलरमा प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।
निर्माता रोहित अधिकारीले फिल्मप्रति ट्रेलर हेरेर नै दर्शकले देखाएको चासो र व्यक्त गरेको प्रतिक्रियाले निर्माण टिम उत्साहित रहेको बताए । युवापुस्तामा सर्वाधिक लोकप्रिय रहेका अभिनेता अनमोलले दर्शकले मन पराउने कथा रहेकैले र लगातार गरिरहेका फिल्म भन्दा केहि भिन्न प्रकारको कथा रहेकोले ‘फर्की फर्की आफ्नो लागि विशेष रहेको बताए ।
यसैबीच फिल्मको ट्रेलरले प्राप्त साथ र प्रतिक्रियाले फिल्मको वैदेशिक प्रदर्शनमा उछाल आएको छ । निर्माता अधिकारीले ट्रेलर रिलिजपछि नेपालीहरू बसोबास गर्दै आएका दर्जन बढि देशहरूबाट फिल्मको माग आएको बताए । केहि देशहरूमा फिल्मको प्रदर्शन अधिकार यसअघि नै बिक्री भइसकेको र धेरैमा कुरा अघि बढिसकेको बताउँदै रिलिज पहिले नै फिल्मले ७५ प्रतिशत लगानि सुरक्षित गर्ने बाटोमा गएको अधिकारीले बताए ।
फिल्मको आधिकारिक सामाजिक सञ्जालबाट विदेश प्रदर्शन अधिकारको अपडेट सार्वजनिक गर्दै जाने उनले बताए । वैदेशिक प्रदर्शन अधिकार, डिजिटल अधिकार र फिल्मसँग जोडिएका ब्राण्डबाट प्राप्त रेभिन्यूले फिल्म रिलिज सँगसँगै नाफाको बाटोमा जान लागेको उनको दाबी छ ।
सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धी अर्यालले प्रमुख भुमिकामा अभिनय गरेका छन् । काफ्ले र अर्याल दुबैको लागि यो फिल्म डेब्यू रहनेछ । रोहित अधिकारी फिल्मस्ुले ओएसआर डिजिटलको सहकार्यमा फिल्म निर्माण गरेको हो । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । निर्देशक गुरुङकै कथा तथा पटकथा रहेको फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा कुबेर फिल्मस् ले प्रदर्शन अधिकार खरिद गरेको छ ।न्युज कारखाना
काठमाडौँ ।
सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई चलचित्रको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिए । उनीहरुको स्क्रिप्ट तयार भइसकेको छ ।
हालै हैदराबादमा आयोजित फिल्म ‘रुस्लान’ को प्रमोशनल कार्यक्रममा निर्माता राधामोहनले यस्तो बताएका हुन् । यी दुवै फिल्मको स्क्रिप्ट राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेको राधामोहनले बताए ।
निर्माताले भने, ‘लेखक विजयेन्द्रप्रसादले मेरो लागि दुईवटा कथा लेखेका छन् । एउटा ‘विक्रमकुडु–२’ हो, जसको हिन्दी सिक्वेल ‘राउडी राठौर–२’ नामबाट बन्नेछ । यसको कथा तयार छ र हामी छिट्टै यसको कास्टिङको काम सुरु गर्नेछौं, यस अवसरमा उनीसँगै लेखक विजयेन्द्र प्रसाद पनि उपस्थित थिए ।
‘बजरंगी भाइजान’को सिक्वेलको बारेमा कुरा गर्दै राधामोहनले यो फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने बताए ।
यसअघि २०२१ मा फिल्म ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा सलमानले ‘बजरंगी भाइजान’को सिक्वेल बन्न लागेको कुरा पुष्टि गरेका थिए । २०२३ मा, बलिउड हंगामाले एक रिपोर्टमा यो फिल्ममा पूजा हेगडे मुख्य भूमिकामा देखिने दाबी गरेको थियो। फिल्मको शीर्षक ‘पवनपुत्र भाईजान’ रहनेछ ।न्युज कारखाना
काठमाडौँ ।
सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई चलचित्रको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिए । उनीहरुको स्क्रिप्ट तयार भइसकेको छ ।
हालै हैदराबादमा आयोजित फिल्म ‘रुस्लान’ को प्रमोशनल कार्यक्रममा निर्माता राधामोहनले यस्तो बताएका हुन् । यी दुवै फिल्मको स्क्रिप्ट राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेको राधामोहनले बताए ।
निर्माताले भने, ‘लेखक विजयेन्द्रप्रसादले मेरो लागि दुईवटा कथा लेखेका छन् । एउटा ‘विक्रमकुडु–२’ हो, जसको हिन्दी सिक्वेल ‘राउडी राठौर–२’ नामबाट बन्नेछ । यसको कथा तयार छ र हामी छिट्टै यसको कास्टिङको काम सुरु गर्नेछौं, यस अवसरमा उनीसँगै लेखक विजयेन्द्र प्रसाद पनि उपस्थित थिए ।
‘बजरंगी भाइजान’को सिक्वेलको बारेमा कुरा गर्दै राधामोहनले यो फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने बताए ।
यसअघि २०२१ मा फिल्म ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा सलमानले ‘बजरंगी भाइजान’को सिक्वेल बन्न लागेको कुरा पुष्टि गरेका थिए । २०२३ मा, बलिउड हंगामाले एक रिपोर्टमा यो फिल्ममा पूजा हेगडे मुख्य भूमिकामा देखिने दाबी गरेको थियो। फिल्मको शीर्षक ‘पवनपुत्र भाईजान’ रहनेछ ।न्युज कारखाना
काठमाडौँ ।
दिनेश राउत निर्देशित फिल्म ‘पूजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
आगामी जेठ १० गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको नयाँ पोस्टरमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित मुख्य दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बूलाई सामेल गरिएको छ ।
पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई आफ्नो भूमिका अनुसारको लुक्समा देखाइएको छ । आर्यन ढाका टोपीसहित देखिएका छन् भने प्रदीप लामो कपालसहित कालो टोपी र हाफ पाइन्टमा देखाइएको छ । त्यस्तै पललाई बन्दुक बोकेको र आक्रामक लुक्समा देखाइएको छ । यस पोष्टरले फिल्मको ग्रामिण परिवेस झल्काउछ ।
विकास सुवेदीले लेखेको फिल्ममा मोहन निरौला, प्रेम सुब्बा, तारा शर्मा, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ । फिल्मको पहिलो टिजर शुक्रबार रिलिज हुने निर्देशक राउतले जानकारी दिएका छन् ।न्युज कारखाना
काठमाडौँ ।
बलिवुडका सुपरस्टार सलमान खानले ईदको अवसरमा आफ्नो आगामी फिल्म ‘सिकंदर’ घोषणा गरेका छन् ।
यो फिल्मलाई दक्षिणका चर्चित निर्देशक ए. आर. मुरुगादासले निर्देशन गर्नेछन्, जसले यसअघि ‘गजनी’ र ‘हॉलिडे’ जस्ता हिन्दी फिल्महरू निर्देशन गरिसकेका छन् । यस फिल्मको निर्माता साजिद नाडियाडवाला हुनेछन् ।
बिहीबार इदको विशेष अवसरमा सलमानले सामाजिक सञ्जालमार्फत यो फिल्मको घोषणा गरेका हुन् । पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘यो ईदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् र अर्को ईद आउनुहोस् र ‘सिकंदर’लाई भेट्नुहोस्… सबैलाई ईदको शुभकामना।’
मुरुगादास र सलमानले यसअघि फिल्म ‘जय हो’ मा सँगै काम गरिसकेका छन् ।
सलमानको पछिल्लो फिल्म टाइगर-३ २०२३ मा रिलिज भएको थियो । उनको २०२४ मा किक-२ रिलिज हुने बताइएको छ भने २०२५ मा टाइगर भर्सेज पठान पनि आउदै छ ।न्युज कारखाना
काठमाडौँ ।
कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले आफु र आफ्नो टिमको गल्तिले दुर्घटनामा परेको स्वीकार गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले दुई साता आघि आफु र आफ्नो टिमले गल्ति गरेका कारण दुर्घटनामा परेको स्वीकार गर्दै अहिले सुशान्त बस्याल बाहेक सबै डिस्चार्ज भएको र उनको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका हुन् । साथै उनले ड्रिंक एण्ड ड्राइभ नगर्न समेत सुझाव दिएका छन् ।
उनले भनेका छन्-
जिवन एक भोगाई हो । मानविय गुण नै हो नतिजा कहिले सहि र कहिले गलत भईदिन्छ । ई सबै भोगाई र सिकाई को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors र Comedian कार दुर्घट्नामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो । अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घट्नाले हामिलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्-झकाएको छ । आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पुर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion को प्रशारण लाई निरन्तरता दिदै छौं । त्यहि माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला ।
यहि चैत्र ८ गते राति भण्डारीसहित ६ जना चढेको बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कारमा रहेका निर्देशक भण्डारीसहित, पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका थिए ।न्युज कारखाना
मुम्बइ, २९ चैत ।
फिल्म निर्माता करण जोहर अब जुनियर एनटीआर स्टारर ‘देवाराः पार्ट १’ मा सामेल भएका छन्।
करणले अक्टोबरमा रिलिज हुने यो फिल्मको उत्तर भारतीय नाटकीय वितरण अधिकार किने पछि उनको सहकार्य जुनियर एनटिआरसँग हुन लागेको हो ।
रविना टण्डनका पति अनिल थडानीको कम्पनी एए फिल्म्सले पनि करणलाई यो सम्झौतामा सहयोग गर्ने छ । दुवैले युवा सुधा आर्ट्स र एनटीआर आर्ट्ससँगको सहकार्यमा यो काम गरेका हुन् ।
यस सम्झौताको जानकारी दिँदै करणले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै लेखेका छन्, ‘म्यान अफ मास जुनियर एनटीआरको फिल्म ‘देवारा’ को हिस्सा हुन पाउँदा म सम्मानित र अत्यन्तै आभारी छु भन्न पाउँदा खुसी छु। हामी भारतीय सिनेमामा अर्को ठूलो सिनेमेटिक अनुभवको लागि वितरण साझेदारको रूपमा उत्तर अमेरिकामा यो फिल्मसँग सम्बद्ध छौं।
यसअघि यो फिल्म यसै वर्षको अप्रिल ५ मा रिलिज हुने तय भएको थियो । तर, भिएफएक्सको काम अधुरो भएकाले निर्माताले यसलाई स्थगित गरेका छन् । अब यो यस वर्षको दशैंमा अक्टुबर १० मा रिलिज हुदैँछ।
दुई भागमा रिलिज हुने यस फिल्मको पहिलो भाग तेलुगु, तमिल, हिन्दी, मलायालम र कन्नड भाषामा रिलिज हुनेछ । जुनियर एनटीआरका साथै सैफ अली खान र जान्हवी कपूर पनि फिल्ममा देखिने छन् । यसको निर्देशन कोरतल्ला शिवले गरेका हुन् ।
वर्क फ्रन्टको कुरा गर्ने हो भने जुनियर एनटीआरले चाँडै मुम्बईमा आफ्नो अर्को फिल्म ‘वार २’ को सुटिङ सुरु गर्नेछन्। यसमा उनी ऋतिक रोशनसँग भिड्दै देखिने छन् ।न्युज कारखाना